कोशीमा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु
११ चैत्र २०७८, शुक्रबार १०:१६
भण्टावारी । सुनसरीको कोशी गाउँपालीका ८ स्थित भण्टावारीमा चौथो अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । बिहिवार बाट सुरु प्रथम अध्यक्ष कप टि२० क्रिकेट प्रतियोगिताको उद्घाटन कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले गरेका हुन । कोशी गाउँपालीकाको सहयोगमा कोशी क्रिकेट क्लब भण्टावारीले आयोजना गरेको अध्यक्ष कप क्रिकेट प्रतियोगितामा नेपाल विभिन्न ८ वटा टिमको सहभागिता रहेको छ ।
एक भव्य कार्यक्रमका बीच प्रतियोगिता उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालीका अध्यक्ष अन्सारीले कोशी गाउँपालीकामा प्रतिभावान क्रिकेट खेलाडी उत्पादन गर्नका लागि अध्यक्ष कप क्रिकेट प्रतियोगिता महत्त्वपूर्ण रहेको उल्लेख गरेका थिए । खेलाडीको क्षमता अभिवृद्धिका लागि गाउँपालीकाले निरन्तर खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको बताउदै उनले आगामी दिनमा समेत विभिन्न खेलका प्रतियोगिता लाई निरन्तरता दिने बताए । यसैबीच बिहिवार भएको प्रतियोगिताको उद्घाटन खेलमा रामधुनी लाई ३ विकेटले हराउँदै भण्टावारी सेमिफाइनलमा प्रवेश गरेको छ । रामधुनीले दिएको १ सय रनको चुनौती पछ्याउँदै जवाफी ब्याटिङ गरेको भण्टाबारीले १८ औं ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । बिहिवारको खेलको म्यान अफ द म्याच भण्टावारीका अमरनाथ कुमार घोषित भए ।
गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्य तथा कोशी क्रिकेट क्लब भण्टाबारीका अध्यक्ष सज्जाद आलमको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा उपाध्यक्ष अनिता यादव,कोशी गाउँपालीका ८ का वडाध्यक्ष विन्देश्वरप्रसाद यादव, ३ का वडाध्यक्ष सुलेमान मंसुरी, नेकपा माओवादी केन्द्र प्रदेश नम्बर १ का सदस्य तजमुल मंसुरी,सर्जुग सरदार, बलराम क्षेत्रीय, शमशाद आलम,मिल्तुल आलम,नुर आलम,वाजुल हक,उसमान मियाँ, सहाबुद्दिन आलम, ताहिर मिया,आधारभूत विद्यालय भण्टाबारीका प्रअ मोहितनारायण मण्डल,व्यवस्थापन समितिका अध्यक्ष राजकुमार यादव, जगदीश कामैत,नजिर शेख,समशेर आलम,संतोष सिपौलिया,महम्मद तलहा, दिलजान आलम,जुबेर आलम,मासुम राजा,पहलाद आलम,पप्पु कामैत,मिथुन देव,वसिम खानलगायतको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया