मध्यहर्षाहीमा भाेलि देखि तीन दिन कुस्ती प्रतियोगिता हुने – Nagarikabhiyan : National News

मध्यहर्षाहीमा भाेलि देखि तीन दिन कुस्ती प्रतियोगिता हुने

देवानगञ्ज । तराईमा अत्याधिक रुचाईएको तथा लोपोन्मुख कुस्ती खेल भाेलि (मंगलवार) देखि तीन दिन सम्म देवानगञ्ज गाउँपालिका वडा नम्बर १ साविक मध्यहर्षाही ५ मा रहेकाे श्री जनता माध्यमिक विधालयकाे खेल मैदानमा हुने भएकाे छ ।

दुर्गा पुजा मेला व्यवस्थापन समितिकाे आयाेनामा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता हुने आयाेजक समितिले नागरिक अभियान लाई जानकारी दिएका छन । मंगलवार देखि तीन दिन सम्म चलने प्रतियोगितामा नेपाल र भारतकाे चर्चित पहलमानहरूकाे कुस्ती हेर्न सकिन्छ ।

मेला व्यवस्थापन समितिका अध्यक्ष सुर्यनाराण मेहताका अनुसार भाेलि मंगलवार देखि तीन दिन सम्ममा तीन दर्जनभन्दा बढी पहलमानहरूकाे कुसती हेर्न सकिने बताउनु भयाे ।

नेपाली कांग्रेसका क्षेत्रीय सभापति श्यामलाल मेहताका अनुसार यस्ताे कुस्ती प्रतियोगिता सुनसरी जिल्लामै पहिलाे पटक मध्यहर्षाहीमा रहेकाे दुर्गा मन्दिरमा प्रत्येक वर्ष दशैंकाे अवसरमा लागने मेलामा मात्र हुनेगरेकाे बताउनु भयाे । मेहताले कुस्ती प्रतियोगिता लाेप हुँदै गएकाे र यसकाे समरक्षणकाे लागि सवै निकायले पहल गर्न आवश्यक हरेकाे बताउनु भयाे ।
देवानगञ्ज गाउँपालिका वडा नम्बर एकमा रहेकाे दुर्गा माताकाे मन्दिरमा प्रत्येक वर्ष दशैंकाे अवसरमा भव्य मेला लागने गरेकाे छ । यश पालिकाकाे मेलामा कुस्ती, साँकृतिक कार्यक्रमका संगै लाेप हुँदै गएकाे धार्मिक र माैलिक नाच सतिकमला नाच समेत हुने आयाेजक समितिका अध्यक्ष सुर्यनारायण मेहताले बताउनु भयाे ।