होली मिलन तथा साहित्य कार्यक्रम सम्पन्न – Nagarikabhiyan : National News

होली मिलन तथा साहित्य कार्यक्रम सम्पन्न

सुनसरीको सदरमुकाम इनरुवा सहित विभिन्न स्थानीय तहमा मधेसी तथा थारु तथा आदीबासीहरु होली तथा पर्व धुमधामका साथ मनाइएको छ । विभिन्न कार्यक्रमको आयोजना गरि होली मलाइएको हो । सुनसरीको इनरुवामा संखुवागाछी बचत तथा ऋण सहकारी संस्था लिमिटेड इनरुवाको आयोजनामा होली मिलन तथा साहित्यिक कार्यक्रम शुक्रबार विहान सम्पन्न गरेको छ । इनरुवाका राजनीतिक दलहरु, नेता तथा साहित्यकार र पत्रकारहरुको रचना, विचार र कला प्रस्ुतत गर्दै होली साहित्य कार्यक्रम सम्पन्न गरेको संस्थाका अध्यक्ष फडिन्द्र दाहालले जानकारी दिनुभयो ।
कवी तथा साहित्यकारहरुलाई मौलिक तरकारीका माला लगाएर सम्मान सहित होली विषेश गित, गजल, कविता, जोगिरा र लघु नाटक सहित कार्यक्रम सम्पन्न गरेको दाहालले जानकारी दिनुभयो ।सम्पन्न कार्यक्रममा कालकार तथा पत्रकारिता, राजनीतिक र साहित्यमा रुची राख्ने ५० बढी सरोकारवालाहरुको सहभागिता रहेको थियो । सम्पन्न भएको कार्यक्रममा साहित्यकार फडिन्द्र प्रसाद दाहाल, किसोर कोईराला, काब्यकार डम्भरुबल्ल्भ भण्डारी, यसोधा अधिकारी, गीतकार राधा सुवेदी, टिका आचार्य, युवराज पोखरेल, समिक्षा दाहाल, सरिता घिमिरे, अर्जुन दाहाल(ओखलढुगेंं), कवि तथा पत्रकार जयकृष्ण यादव, वरिष्ठ साहित्यकार प्राज्ञ जिवनाथ पोखरेल, प्रध्यापक तथा साहित्यकार रमेन्द्रमुनि कोइराला, लिलानाथ सिलवाल,किसोर कोईराला, सागर तिम्सिना लगायतकाले रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार सहित नेकपा एमालेका नेता खेमराज पोखरेल, विदुर सुवेदी, नेपाली काग्रेंसका रोशन खड्का, सितोश पोखरेल, नेकपा माओवादी केन्द्रका ओके दाहाल, नेकपा एकिकृत समाजवादीका तिर्थ अधिकारी, समाजसेवी रोशन भट्टराई, झडक खड्का सहितकाले होलीमा आपसी दसदभाव र भाईचाराको कामना गर्दै शुभकामना दिनुभएको थियो ।
उता इनरुवामा इनरुवा जेसिजले पनि होली मिलन कार्यक्रम सम्पन्न गरेको स्थानीय सुनोज निरौलाले जानकारी दिनुभयो । उता बर्जु गाउँपालिकामा पनि विभिन्न कार्यक्रम गरेर होली विषेश सम्पन्न गरेको छ ।
यसैबीच गढी गाउँपालिका ४ छिटाहामा डिजिटल आर्दश गढी निर्माण अभियानको आयोजना र स्वयम सेवक शिक्षक प्राचार्यद्धारा बालिकाहरुसंग होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । गाउँमा गरिएको कार्यक्रममा गढी गाउँपालिकाका उपाध्यक्ष राजकुमारी चौधरीले एकआपसमा सदभाव, भातृत्व र शिक्षाका लागि पनि होलि मिलन कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो । चौधरीले गाउँका सयौं बालबालिकाहरुलाई अबिर र रंग लगाएर शुभमामना सहित गढीमा डिजिटल आर्दश गढी निर्माण अभियानको कार्यको प्रसंसा समेत गर्नुभयो । छिटाहाको वडा कार्यालय अगाडी नै नाचगान र पौराणिक होरीका गीतका कार्यक्रम सहित होलि मिलन कार्यक्रम गरेकोमा गढी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष रामचन्द्र महतोले छिटाहामा नौलौ कार्यक्रम भएको बताउनुभयो । मेहतोले डिजिटल आर्दश गढी निर्माण अभियानको आयोजना, बालबालिकाहरु र स्वयम सेवक शिक्षकले आयोजना गरेको कार्यक्रममा रमाईलो र आर्दश शिक्षा तथा अनुशासनको सन्देश प्रवाह भएको बताउनुभयो । कार्यक्रममा डिजिटल आर्दश गढी निर्माण अभियानका श्रवण कुमार यादव, विधान्दन यादव, सुरेन्द्र चौधरी सहित कक्षा १० मुनीका बालबालिकाहरुलाई आफूले सिकेका कुराहरु निशुल्क रुपमा सिकाउने स्वयम सेवक शिक्षकहरु सविता उराँव, रुवि शर्मा, सुशकला उराँव, रेनु मेहता, मनिता चौधरी, रुवि साहु, गौरी उराँव सहितको उपस्थिती रहेको थियो । कार्यक्रममा पत्रकार जयकृष्ण यादवले स्वयम सेवक शिक्षकको उदाहरणीय कार्यको प्रसंशा गर्नुभयो ।


१, सुनसरीको सदरमुकाम इनरुवामा आयोजना गरिएको होली विषेश कार्यक्रम ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा