इनरुवाको १० नंम्बर वडामा अन्सारी टोल कमिटी गठन
५ चैत्र २०७८, शनिबार १२:११
सुनसरीको विभिन्न टोल गठन गर्ने क्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) इनरुवा नगरपालिकाको १० नंम्बर वडामा अन्सारी टोल कमिटी गठन गरेको छ । एक महिनादेखी माओवादीको जारी टोल कमिटि भेला तथा गठनको क्रममा इनरुवा नगरपालिका १० नंम्बर वडाको अन्सारी टोल कमिटी रउफ अन्सारीको अध्यक्षतामा २३ सदस्यीय टोल कमिटी गठन गरिको हो । सनिबार पार्टीका जिल्ला संयोजक योगेन्द्र प्रसाद मण्डल पप्पुको प्रमुख अतिथित्यतामा टोल कमिटि गठन गरेको पार्टीका नगर उपाध्यक्ष मोख्खतार हुसेनले जानकारी दिनुभयो । अन्सारी टोल कमिटी गठन तथा भेलामा अतिथीहरु पार्टीका प्रदेश सदस्य तथा इनरुवा इन्चार्ज ओके दाहाल, इनरुवा नगर अध्यक्ष तोया गिरी पोदार, नेता रमेश भट्टराई, मुख्तार आलम सहितको उपस्थिती रहेको थियो ।
सोही अन्सारी टोल कमिटी गठन कार्यक्रममा नेपाली काङ्ग्रेस ,एमाले र राप्रपा सहितका पार्टी परित्याग गरेर ४० जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पार्टीका नेताहरुले आगन्तुक कमरेडहरुलाई सु–स्वागत गर्दै प्रदेश गराएको पार्टीले जनाएको छ । नवप्रवेशीलाई माओवादी केन्द्र जिन्दावाद, महान अमर सहिदहरु लाल सलाम, घरघर जाउँ; माओवादी केन्द्रलाई बिजयी गराऔ, नेकपा माओबादी केन्द्र जिन्दाबादको नारा लगाउदै अविर लगाएर स्वगत गरेको पार्टीका नगर अध्यक्ष तोया गिरीले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया