ग्रीनल्याण्ड कलेजको वार्षिक साधारणसभा सम्पन्न
७ चैत्र २०७८, सोमबार २१:११
विराटनगर । विराटनगर–९ स्थित ज्ञानभूमि ग्रुपअफ इन्स्टिच्यूसन्स प्रा. लि. द्वारा सञ्चालित ग्रीनल्याण्ड कलेजले वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
धनकुट्टाको हिलेमा एक कार्यक्रमको आयोजनाविच कलेजले वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
साधारणसभाका लागि हिले पुगेका सञ्चालक सदस्यहरु माझ कम्पनीका अध्यक्ष समेत रहेका कलेजका प्राचार्य दिपक पोखरेलले आर्थिक वर्ष २०७७ र ७८ को आर्थिक प्रशाशनिक एवं शैक्षिक प्रतिवेदन प्रस्तुत गरे ।
प्राचार्य पोखरेलद्वारा प्रस्तुत प्रतिवेदन सञ्चालनहरुबीच छलफल पश्चात सर्वसम्मत रुपमापारित पारित गरेको कलेजले जनाएको छ । प्राचार्य पोखरेलले कलेज सञ्चालन सम्बन्धी आगामी कार्ययोजनासमेत प्रस्तुत गरे ।
प्रस्तुत कार्ययोजनामा बुँदागत छलफल गर्दै चिकित्सा शिक्षा, इन्जिनियरिङ शिक्षा तथाव्यवस्थापनतर्फ वि. वि. ए. मा छात्रवृत्तिमा नामनिकाल्न प्लस टु का विद्यार्थीहरुलाई सहयोग पु¥याउने किसिमले कक्षा ११ देखि नै सपर ४८ र सिम्याट कक्षा विशेष प्रारुपका साथ सञ्चालन गर्ने र प्रदेश १ मा ग्रीनल्याण्डले प्राप्त गरेको ऐतिहासिक सफलतालाई कायम राख्दै शैक्षिक गुणस्तर थप उचाइमा पुर्याउन शैक्षिक कार्यक्रमलाई प्रभावकारी बनाउदै अगाडी बढ्ने निर्णय गर्दै साधारण सभा सम्पन्न गरेको कलेजका संचालक शिवनरायण यादवले जानकारी दिनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया