गढी ३ स्वच्छ र सफा गाउँ क्षेत्र घोषणा – Nagarikabhiyan : National News

गढी ३ स्वच्छ र सफा गाउँ क्षेत्र घोषणा

सुनसरी जिल्लाको गढी गाउँपालिकाको वडा नम्वर ३ को सरदार टोललाई पूर्ण सरसफाइ युक्त टोल तथा स्वच्छ र सफा गाउँ क्षेत्र घोषणा गरिएको छ । तीन वर्ष अघि खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको वडामा नमुनाका रुपमा सरदार टोललाई टोललाई स्वच्छ र सफा टोल घोषणा गरिएको हो ।
उक्त टोल जिल्लाकै दोस्रो पूर्ण सरसफाई तथा सफा र स्वच्छ गाउँ बन्न पुगेको छ । सरकारको पुर्ण सरसफाइ मार्गदर्शन २०७३ अनुसार सफा र स्वच्छ टोल घोषणा हुनको लागि आवश्यक पर्ने सवै सुचकहरु पुरा गरेकाले सरदार टोललाई पुर्ण सरसफाई युक्त स्वच्छ र सफा गाउँ घोषणा गरिएको गढी गाउँपालिकाका उपाध्यक्ष राजकुमारी चौधरीmे जानकारी दिनुभयो । सो मार्गदर्शनमा २०७३ ले ५ वटा चरणहरु सम्बन्धित बासिन्दाले पालना गर्नुपर्ने हुन्छ, तीमध्ये शौचालयको उचित प्रयोग, ब्यक्तिगत सरसफाई, सुरक्षित खानेपानी, सुरक्षित र स्वच्छ खाना, घर तथा आँगनको सरसफाइका १५ वटा सुचकहरु तथा ४५ वटा सहायक सुचकहरु पुरा गरेमा पुर्ण सरसफाइ युक्त गाउँ भन्न मिल्ने व्यवस्था भएकाले सरदार टोललाई घोषणा गरिएको चौधरीको भनाई छ । घोषणासभालाई सम्बोधन गर्दै चौधरीले घोषणा गरिएका प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्दै पालिका सबै वडामा यस्तो सन्देश पु¥याउन सफल भएकोमा वडा र सरदार टोलसुधार समितिहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । यहाँ सुरुवात गरेको यो प्रयासले नेपाल सरकारले सन २०३० सम्ममा राखेको दिगो विकासको लक्ष्य प्राप्तीलाइ पनि टेवा पुग्ने समेत चौधरीले बताउनुभयो । सो कार्यक्रममा गढी ४ का वडा अध्यक्ष रामचन्द्र महतोले आगामी दुई वर्षभित्र सिङ्गो गाउँपालिकालाई नै पुर्ण सरसफाइ युक्त गाउँ घोषणा गर्नको लागि काम थालिसकेको बताउँनुभयो । महतोले यस कार्यमा सबै स्थानीय बासिन्दाको साथ सहयोगको अपेक्षा गर्नुभएको थियो । स्वच्छ र सफा गाउँ घोषणा गर्नको लागि गैरसरकारी सस्थाहरु आरएसडीसी सुनसरी लगायतले गढी गाउँपालिकासंग साझेदारी गरेर जनचेतनामुलक कार्यक्रम तथा प्राविधिक सहयोग गरेका थिए । सफा र स्वच्छ गाउँ घोषणा कार्यक्रमका अध्यक्ष तथा गढी गाउँपालिका ३ का वडा अध्यक्ष टुनालाल चौधरीले आफूहरुले साकरात्मक प्रयास गर्दा गाउँबासिको उत्सहाजनक सहभागीता र सहयोगमा सफा र स्वच्छ गाउँ घोषणा सम्भव भएको बताउनुभयो । चौधरीले विकासका लागि सरसफाई र स्वच्छता पनि आवश्यक भएको र त्यो मानवीय विकासमा समेत पर्ने भएकाले सफा र स्वच्छ गाउँ सरदार टोललाई घोषणा गर्न पाउदाँ आफू हर्षित भएको बताउनुभयो । गढी ३ का वडा सचिव शत्रुधन श्रेष्ठले सफा र स्वच्छ गाउँ बनाउनमा दातृ निकायहरुको सहयोग रहेको बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका नेता तथा पूर्व छिटाहा गाविस उपाध्यक्ष रामदेव यादवले नागरिकको चेतनास्तर वृद्धि गर्दै सफा र स्वच्छ गाउँ घोषणा गरेकोमा सहयोगीहरुलाई धन्वयदा दिनुभयो । कार्यक्रममा श्री माविका प्रधानाध्यापक शिवचरण साह र स्थानीय निजी विद्यालयका प्रधानाध्यापक सुरेन्द्र चौधरी लगायतकाले सफा र स्वच्छ गाउँ घोषणा कार्यक्रमलाई सार्थक कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । यसैबीच कार्यक्रममा उत्कृष्ट सरसफाई गर्ने तीन परिवारलाई सरसफाई सामग्री सहित सम्मान गरिएको छ । समनित र पुरस्कृत हुनेहरुमा हेमकुमारी चौधरी, विनिता कर्ण र मनुलाल सरदार रहनुभएको छ । त्यसैगरी विषेश योगदान गर्ने उषा चौधरी र आरएसडीसीलाई पनि सम्मान गरेको वडा सचिव शत्रुधन श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा कार्यपालिका सदस्य हरी उराँव, वडा सदस्य पन्चलाल मेहता, चन्देश्वर साह, ललती चौधरी, इन्द्रदेवी ऋषिदेव, गढी ५ का वडा सचिव श्याम साह, आरएसडीसीका हरी बुडाथोकी, प्रहरी सहायक निरीक्षक सत्यनारायण कुर्मी सहितको उपस्थिती रहेको थियो ।