लौकही (सुनसरी) , माघ २२ गते । सुनसरीको कोशी गाउँपालिका १ र भोक्राहा नरसिहं गाउँपालिका ३ र ६ को सिमाना स्थित खुनिया पुलमा बस र ट्रक एक आपसमा ठक्कर खादाँ अचानक आगलागी भएको छ । शुक्रबार भएको सावरीको आगलागी भई दुर्घटना हुदाँ घटना स्थलमा तीन जनाको मृत्यु भएको भने २७ जना घाईते भएका छन् । खुनिया पुल स्थित पुर्व पश्चिम राजमार्ग सडकखण्डमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको ना.८.ख ८४९३ नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक एक आपसमा ठक्कर खादाँ दुर्घटान भएका छन् । उक्त घटनामा परि मृत्यु हुनेमा बस चालक पाँचथर जिल्ला घर भएकाका ३६ वर्षिय सुरेन राई, बसमा सबार तत्काल नामथर बतन नखुलेको एक पुरुष र ट्रक चालक बाराको निजगढ ९ निबासी २७ वर्षिय शेख फिरोज रहेको सुनसरी प्रहरीले जनाएको छ । मृतक तिनैजनाको लाश वीपी कोईराला सवस्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा पोष्टमार्टमका लागि राखिएको प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयोे । प्रहरी प्रवत्ता कार्कीका अनुसार उक्त आगलागीमा परि घाईते हुनेहरुमा बाराको निजगढ ९ का ४३ वर्षिय दिपक श्रेष्ठ सहितका २७ जना रहेका छन् । श्रेष्ठको दाहिने खुट्टा र निधारमा चोट ,बोल्न सक्ने अवस्था रहेको छ । काठमाण्डौको माईतीदेबीका ५० वर्षिय सदाकत मिया मोरङ मिक्लाजुङ गाउँपालिका २ का १९ वर्षिय सबिन दाहल, उदयपुर चौदण्डीगढी ४ का २२ वर्षिय दिलकुमार बि.क, पाँचथरको फिदिम १० का ३८ वर्षिय पेवाहाङ जगेबु , देश भारत जलपायुगुडीका ६५ वर्षिय अमृता लामा,निजको छोरी ४२ वर्षिर्या मुन्ना लामा प्रधान, निजको काकी ५६ वर्षिया मनिता लामा, सोही ठाउँका उमेश लामा, रेखा लामा, नर्गेन लामा,सोनाम तामाङ, देश भारत बिहारका २३ वर्षिय महेन्द्र कनारे,पर्व लाम्बा, दोलखा बिभु ७ का ५६ वर्षिय मिङमा शेर्पा, निजको श्रिमती ४३ वर्षिया माया कुमारी तामाङ, छोरा ११ वर्षिय सुभाष तामाङ, उदयपुर त्रियुगा १० का २१ वर्षिय रोशन मुर्मु, मोरङको सुन्दरहरौचा ८ का २३ वर्षिय बिक्रम कटुवाल सहितका घाईत भएका छन् । त्यसैगरी उद्यपुरका ४४ वर्षिय सुभास घिमिरे, ईलामको माईजोमाई ४ का ४४ वर्षिय गोपाल दाहाल, तेर्हथुम दाङराषा ८ का ३३ वर्षिय जितबहादुर लिम्बु, धनुषाको धनुषा नगरपालिका ६ का २६ वर्षिय राहुल कुमार मण्डल, झापाको मेचिनगर १ का ३६ वर्षिय नबिन दुङगेल, नुवाकोटको त्रिसुली ५ का ३२ वर्षिय जिवन कुमाल, निजको श्रिमती २२ वर्षिया सबिना कुमाल र आछाम कमलबजार ७ का २१ वर्षिय दिनेश अधिकारी रहेका छन् । सबै घाईतेको, मुख, अनुहार, हात खुट्टामा चोट लगोको छ । केहीको इनरवा अस्पातलमा उपचार भएको छ भने केहीको विराटनगरको न्यूरो अस्पातल, विराट नरसिंह होममा उपचार भईरहेको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक कार्यालय इटहरीका अनुसार शुक्रबार राती करिव ८ बजेको समयमा सुनसरी भोक्राहा नरसिंह नपा–३ र ६ को सिमाना तथा कोशी १ को बीचमा पर्ने खुनिया खोला पुल स्थित पुर्ब पश्चिम लोकमार्गमा ना ५ ख २९९६ नं. को सिमेन्ट बोकेको ट्रक र पूर्ब बाट पश्चिम तर्फ जादै गरेको ना ८ ख ८४९३ नं. को यात्रुबाहक बस आपसमा ठक्कर लागी दुर्घटना भई अचानक दुबै सबारी साधनमा आगलागी भएको थियो । आगलागीबाट क्षति भएकोले घटनास्थलमा जलेका गाडीलाई साईड लगाई राखेको दुर्घटना भई आगलागी भएको कारण पुर्ब पश्चिम लोकमार्ग तत्काल अबरोध भएकोमा घाईतेको उद्धार तथा सबारी साधन हटाई राती ११ बजेबाट सडक सुचारु भएको थियो ।