विकास नचाहनेहरुको विरोध हो ः अंसारी
२३ माघ २०७८, आईतवार १७:०५
सुनसरीको कोशी गाउँपालिकामा भएको तिव्र विकास हेर्न नचाहन्नेहरुले आफू लाई बिबादमा तान्न खोजेको कोशीका अध्यक्ष ऐयुव अुंसारीले बताउनुभएको छ । आईतबार सुनसरीको कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले आफ्नो कार्यालयमा भएको घटना र यर्थातका बारेमा जानकारी दिदै विकास नचाहनेहरुले अनाबशक दुख दिने काममा लागेको बताउनुभयो । वहाँले विकास चाहनेहरुसँग सहकार्य गर्न तयार रहेको समेत बताउनुभएको छ । वहाँले विकास नपच्नेहरुले कोशी गाउँपालिकाको विराधमा उत्रेको पत्रकार सम्मेलनमा बताउनुभयो । वहाँले लौकहीमा आफ्नै कायौलयको सभामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै केही वडामा अनियमितता भएको भन्दै सिके राउत नेतृत्वको जनमत पार्टी नेपाल लगायत पार्टीका केही व्यक्तिहरुले गाउँपालीकाको कार्यालय अगाडि टायर बालेर जनताका काम अवरुद्ध गरेको र विकासमा बाधा पार्ने काम गरेको बताउनुभयो । वहाँले आफू निर्वाचन नभएसम्मको कोशीको अध्यक्ष भएकाले कसैलाई अन्याय हुन नदिने समेत बताउनुभएको छ । विकास नचाहने हिंसात्मक गतिविधि गर्ने जस्ता काम गर्ने पार्टी वा समूहको गतिविधि अब स्वीकार्य नहुने बताउदै उहााले विकास निर्माणकार्यमा अवरोध पु¥याउने व्यक्तिलाई आफूले भनाई जनताले नै प्रतिबाद गर्ने बताउनुभयो । विकास नचाहने केही परिचालित तत्वबाट सावधान हुनुपर्ने
बेला आएको र कोही कसैलाई असन्तुष्टी भए प्रकृयागत रुपमा आउन अपिल पनि गर्नुभयो ।
अनुशासित र पारदर्शी तवरबाट कोसी गाउँपालीकाको समग्र विकास निर्माणकार्यका साथै जनताका कामहरु गर्न लाग्दै आएको अवस्थामा गत आइतबारको घटनाले विकास विरोधीहरु सल्बलाएको महसुस भएको बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया