११ बैशाख २०७८, शनिबार १९:१४ – Page 8 – Nagarikabhiyan : National News

सिसिएमसीको बैठक सुरु, कोरोनाबारे कस्तो हुदैछ छलफल ?

काठमाडौं। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

कोरोना महामारीले भयावहरुप लिइरहेका बेला चल्नुपर्ने कदमका विषयमा बैठकमा छलफल हुने जनाइएको छ। बैठकमा करोना महामारीबारे गरिएका तयारी र चाल्नु पर्ने कदमबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रीफिङ गरिने उपप्रधानमन्त्री इश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए। पछिल्ला दिनहरुमा लगातारको कोरोना संक्रमितको संख्या बढिरहेकाले त्यसविरुद्ध लड्नका लागि सिसिएमसीले नयाँ रणनीति तय गर्न लागेको बुझिएको छ।

कोरोनाका बिरामी धेरै भएका ठाउँमा स्थानीय रुपमै लकडाउन गर्ने यसअघि निर्णय गरिएको छ। शनिबारको बैठकमा यस विषयमा पनि छलफल हुने जनाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने लकडाउनका विषयमा कुनै सिफारिस नगरेको जनाएको छ। संक्रमणको जोखिम बढ्नुको साथै उपचारको संरचनाका विषयमा भने गम्भीर हुनुपर्ने उल्लेख गरेको छ।

 

उराँव विधार्थीलाई सम्मान

सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा क्याम्पसस्तरीय विधार्थी अन्तरक्रिया कार्यक्रम तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । सनिबार सम्पन्न भएको कार्यक्रममा सुनसरी र मोरगं सहित विभिन्न जिल्लाका ६७ जना उराँव विधार्थीलाई सम्मान गरिएको नेपाल उराव आदिबासी जनजाती प्रतिष्ठान इनरुवाले जनाएको छ । विधार्थीहरुको उच्च शिक्षामा पहुच स्थापित गर्नका लागि शैक्षिक सामग्री सहित सम्मान गरिएको नेपाल उराँव आदिबासी जनजाती प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिनुभयो ।
उराँवका अनुसार शिक्षा, सचेतनामा पछि परेको समुदाय भएकाले युवा तथा विधार्थीलाई प्रोत्साहन गर्नका लागि सम्मान गरेको बताउनुभयो । यसैबीच नेपाल उराँव आदिबासी जनजाती प्रतिष्ठान इनरुवाले आयोजना गरेको कार्यक्रमका सहभागी सरोकारवालाहरुले शिक्षा, रोजगार र सचेतना अभियान सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् । प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा उराँव सहभागीहरुले उराव समुदायको सबै बालबालिकालाई विद्यालय शिक्षा अनिवार्य दिनुपर्ने, उच्च शिक्षामा पहुच स्थापित गर्नुपर्ने, कम्तिमा कक्षा १२ सम्म उराँव विधार्थीका लागि पूर्ण निशुल्क शिक्षाको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा प्रतिष्ठानका पूर्व अध्यक्ष नुनुलाल उराँव, प्रधानाध्यापक परमेश्वर उराँव, शिक्षक सम्पतलाल उराव, जयकुमार उराव, वर्तमान अध्यक्ष बेचन उराँव, जयप्रकाश उराँव, रामलाल उराँव, दुर्गा नारायण उराँव, ब्रहमदेव उराँव, सुरज कुमार उराँव र पत्रकार जयकृष्ण यादव सहितले बोल्नुभएको थियो ।

धरानका पाखाहरूमा जग्गा सुधार तथा चक्लाबन्दी खेतीको सुरुवात

लामो समेयदेखी बाझो रहेको सुनसरी जिल्लाको धरान उपमहानगरपालिका २० स्थित भालढुगांका पाखाहरुमा जग्गा सुधार गरी चक्लाबन्दी खेती सुरु गरिएको छ ।
सुनसरीको धरान उपमहानगरपालिका २० भालढुगांमा श्रीकोकाह कृषक समूह धरान २० का २२ जना कृषकहरूको कुल १८ हेक्टर क्षेत्रफलमा जग्गा सुधार तथा चक्लाबन्दी खेतीको सुरुवात गरिएको हो । जग्गा सुधार तथा चक्लाबन्दी खेतीको लागि किसानहरुले चासो देखाएको र सरकारले पनि त्यसमा सहयोग गरेकाले खेती सुरुवात गरिएको छ ।
जिल्लाको धरान २० अन्तर्गतको पहाडी क्षेत्र भालढुगां, बरडाँडा, विष्णुपादुका र बराहक्षेत्रको चियाबारी, सूर्यकुण्ड लगायतका क्षेत्रहरूमा जग्गा साना तथा भिराला रहेकोले युवा पुस्ताहरू परम्परागत तरिकाबाट खेति गर्न असहज महसुस गर्दै खेतिपातिबाट बाहिर निस्कने र गाउँको अधिकांश जग्गाहरू बाँझो रहेकोले जग्गा चक्लाबन्दी गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, सुनसरीबाट खेती शुरूवात गरिएको इकाई प्रमुख दिपेन्द्र पोखरेलले बताउनुभयो ।
चक्लाबन्दी कार्यक्रम धरान उपमहानगरपालिका प्रमुख तिलक राईले उद्घाटन गर्नुभएको हो । चक्लाबन्दीमा स्थानीय जातको मुल्यवान धान खेती प्रदर्शनी कार्यक्रम तथा चक्लाबन्दीमा पकेट कार्यक्रम संचालन हुने नगर प्रमुख तिलक राईले बताउनुभयो । साथै जग्गा सुधार गरिएका पाखाका अधिकांश जग्गाहरूमा यान्त्रिकिकरण समेत गर्न सहज हुने भएकाले कृषकहरूलाई व्यावसायिक हुन टेवा पुग्ने र परियोजनाले केहि वर्षसम्म बाली प्रणालीमा रहेर सेवा दिनुपर्ने समेत बताउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, सुनसरीबाट साना तथा साँगुरा जग्गा सुधार तथा यन्त्रमैत्री जग्गा तयारी तथा चक्लाबन्दीमा स्थानीय धान उत्पादन गर्ने लक्ष्यका साथ यो कार्यक्रम सुरु गरिएको पोखरेलले बताउनुभयो । कार्यक्रमका लागि कुल लागत १५ लाख ९७ हजार रुपियाँ लाग्ने अनुमान गरिएको श्री कोकाह कृषक समूह, धरान २० का अध्यक्ष मचिन्द्र राईले जानकारी दिनुभयो ।
१, सुनसरीको धरान उपमहानगरपालिका २० स्थित भालढुगांका पाखाहरुमा जग्गा सुधार गरी चक्लाबन्दी खेतीको उद्घाटन गर्दै धरान प्रमुख तिलक राई सहितका सरोकारवालाहरु ।
तस्बिर ः जयकृष्ण यादव । इनरुवा

सुकुम्वासीलाई जग्गाधनी पूर्जा दिन्छौ :तुम्वाहाम्फे

संघीय सरकारका भूमी ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमायाँ तुम्वाहाम्फेले सुकुम्वासीलाई जग्गाधनी पूर्जा दिलाएरै छाडने प्रतिवद्धता जनाउनुभएको छ । सुनसरीको इटहरी उपमहानगरपािलका ९ मा जारी लगत संकलन कार्यको नीरिक्षणका क्रममा उहाँले यहि सरकारले सुकुम्वासीलाई जग्गा प्रदान गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।
उहाँले सरकार ढल्छ कि ? पूर्जा नपाइएलाकी ? फेरी पहिलाकै जस्तै होला की ? भन्ने आशंका नगरी ढुक्क भएर बस्न आग्रह गर्नुभयो । अहिलेको भूमी सम्वन्धि समस्या समाधान आयोग संविधानमा भएको ब्यवस्थालाई टेकेर ऐन वमोजिम गठन भएकाले यहि आयोगले भूमी सम्वन्धि समस्या समाधान गर्ने दावी गर्नुभयो ।
गलत विवरण र गलत कार्य नगरि छिटो र ब्यवस्थित ढंगले लगत संकलन गर्न मन्त्री तुम्वाहाम्फेले निर्देशन दिनुभयो । गतल विवरण दिने र भर्ने दुवैलाई कारवाही हुने तर्फ उहाँले सचेत गराउनुभयो । उहाँले सुकुम्वासीलाई जग्गा दिने भन्दै रकम असुली गर्ने गरेको पाइए कारवाही गरिने वताउनुभयो । स्थानीय तहले जति राम्रो र ब्यवस्थित ढंगले काम गर्छन त्यतिनै चाडो परिणाम आउने मन्त्री तुम्वाहाम्फेको भनाई छ । इटहरी उपमहानगरमा भूमी सम्वन्धी समस्या समाधानका लागि भइरहेको कार्यको उहाँले प्रशंशा गर्नुभयो । कार्यक्रममा इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतले वैशाख महिना भित्रमा इटहरीका सवै भूमिहिन सुकुम्वासी,भूमिहिन दलित र अब्यवस्थित वसोवासीको लगत संकलन सकिने वताउनुभयो । उहाँले इटहरीका सवै वडाहरुमा लगत संकलनको कार्य भइरहेको जानकारी गराउनुभयो ।
१, सुनसरीको इटहरीमा संघीय सरकारका भूमी ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमायाँ तुम्वाहाम्फे । तस्बीर ः जयकृष्ण यादव । इनरुवा

सुनसरी जिल्ला अदालतको भवन सिलान्यास

सुनसरी सदरमुकाम इनरुवामा सुनसरी जिल्ला अदालतको नयाँ भवन बन्ने भएको छ । लामो समेयदेखी पुरोनो भवनमा न्याय सम्पादनको काम हुदै आएकोमा सुनसरी जिल्ला अदालतको सात तल्ले नयाँ भवन निर्माण हुने भएको हो । नयाँ भवनका लागि सदरमुकाम इनरुवा ३ सोमबारे हाटमा जिल्ला अदालत भवनको परिसरैमा अत्याधुनिक भवनको शिलान्यास भएको छ । सनिबार विहान सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले एक औपचारिक कार्यक्रमबीच वैदिक विधिबाट शिलापत्र अनावरण गरी जिल्ला अदालत भवनको शिलान्यास गर्नुभएको हो ।
यहाँ एक हजार पाँच सय स्काईर मिटर क्षेत्रफलमा सुनसरी जिल्ला अदालतको भवन निर्माण शुरु भएको जिल्ला अदालतका श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेललले जानकारी दिनुभयो । नेपाल सरकारको सहरी विकाश तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन ईकाई मोरगंको ४१ करोड ६७ लाख ८९ हजार १०६ रुपियाँ ०४ पैसाको बजेटमा शर्मा सगुन जेभी बुटबल रुपन्ददेहीले नयाँ भवन निर्माण कार्य शुरु गरेको जिल्ला अदालतले जनाएको छ ।
भूकम्प प्रतिरोधात्मक निर्माण सहितको अत्याधुनिक भवनमा भवन निर्माणसँगै सात तलाको भवन अगामी २०८० साउन २२ गतेसम्ममा सम्पन्न सम्झौता भएको छ । यस्तै भवन निर्माणसँगै यहाँको इजलास संचालन गर्न थप सहजता हुने बताइएको छ । सिलान्यास कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले जतताको आस्थाको केन्द्र न्यायलय भएकाले त्यसलाई मर्न नदिन पूर्ण न्यायको सिद्धान्तलाई अबलम्बन गर्न न्यायधिसहरुलाई आग्रह गर्नुभयो । वहाँले न्यायका लागि अन्यायमा परेकाहरु आउने भएकाले त्यसमा सुक्षम अध्ययन र प्रमाणहरुको आधारमा फैसला गर्नुपर्ने भन्दै त्यो फैसला उच्च र र सर्वोच्चमा पनि उल्टाउनुपर्ने नहोस भनेर न्ययाधिसहरुलाई आग्रह गर्नुभयो ।


सिलान्यास कार्यक्रममा सुनसरी जिल्ला अदालतका न्यायधिसहरु कैलाशप्रसाद सुवेदी, सुभाषबाबु पुरी,दीपककुमार दाहाल, हेमबहादुर सेन,प्रकाश श्रेष्ठ, टिकेन्द्र दाहाल,रामचन्द्र खड्का र निर्मला योङया, अधिवत्ताहरु रामप्रसाद घिमिरे, हेमराज पोखरेल, प्रेम प्रसाद पोखरेल, जानकी अधिकारी, जिल्ला प्रशासन कार्यालयका सुधिर साफी सहितको उपस्थिती रहेको थियो ।
सिलान्यस कार्यक्रम उच्च अदालत विराटनगरका मूख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठउको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्त्वय न्यायाधीश कैलाशप्रसाद सुवेदीले राख्नुभएको थियो ।

१, सुनसरी सदरमुकाम इनरुवामा सुनसरी जिल्ला अदालतको नयाँ भवन निर्माणका लागि सिलान्यस कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा सहित न्यायाधीसहरु । तस्बीर ः जयकृष्ण यादव । इनरुवा

देवानगंज नाकाबाट तेल तस्करीको नयाँ रहस्य, प्रहरी प्रशासनकै मिलोमतोमा तस्करी !

देवानगंज ।  सुनसरीको देवानगंज गाउँपालिकाको सीमा नाकाबाट दैनिक लाखौको इन्धन तस्करी भइरहदाँ पनि प्रहरी प्रशासन मौन देखिएको छ । देवानगंज बजारमा रहेको पेट्रोल पम्पहरुबाट तेल तस्करी भइरहेको भन्दै विवेकसिल साझ पार्टीले केही दिन अगाडि जिल्ला प्रशासन कार्यलाय सुनसरीमा ज्ञापन पत्र बुझाएको थियो र सोही आधारलाई मध्य नजर गर्दै सुनसरीको प्रमुख जिल्ला अधिकारी र स्थानीय पालिका अध्यक्ष, सुरक्षा निकायका प्रमुखहरुको छलफलमा स्थानीयहरु तेल खरिद गर्दा वडा कार्यलायको सिफारीस अनिवर्य लिनुपर्ने नियम लगायो तर यो नियमले जनतालाई मात्र सास्ती भएको छ । किसानका लागि समस्या र तस्करका लागि अफर बनेको छ ।

देवानगंजवाट हुने तस्करी देवानगंजको पम्पबाट मात्र नभएर अयन्त्रबाट तेल ल्यार देवानगंज नाकाबाट तस्करी भइरहेको देखिन्छ । नागरिक अभियानको स्थलगत रिर्पोटिंगका क्रममा सुनसरीको सदरमुकाम इनरुवावाट म्याजिकमा पेट्रोल र डिजल लोड गरी देवानगंज वोडरसम्म लगेर भारत तिर तस्करी भइरहेको पाइएको छ । प्रत्येक दिन इनरुवावाट इन्धन खरिद गरी तस्करी भइरहेको भए पनि प्रहरी प्रशासन मौन रहेको देखिन्छ तर सास्ती भने देवानगंज गाउँपालिका किसानहरुलाई भइरहेको छ ।

विवेकसिल साझा पर्टीको मात्र विज्ञप्ती हेर्ने सुनसरी प्रसाशनले प्रशासन कार्यालयको आखाँ अगाडीबाटै इन्धन ल्यार तस्करी भरहेको भए पनि प्रहरी प्रशासन नदेखे झै गरेर व्यापरीहरुसंग मोटो रकमको चलखेल गरेको नागरिक अभियानलाई गुनासो प्राप्त भएकोछ । प्रहरी प्रशासन कै मिलोमतोमा इन्धन तस्करी भएको र स्थानीयहरु सास्ती दिइरहेको नागरिकको गुनासो छ । यो गुनासो सही होइन भने इनरुवा देखि देवानगंज वोडरसम्म इन्धन तस्करी गर्दा समेत प्रहरी प्रसाशन किन मौन बसेको होला ?

यता इन्धन तस्करी देवानगंज नाका मात्र हेर्ने विवेकशिल साझ पार्टीले यता पनि हेर्न हो कि संचार माध्यमले समाचार लेखेको हेर्न विवेकसिल साझ पार्टीले तस्करी किन नहेरेको होला त ? विवेकशि साझ पार्टीले जनताको हित भन्दा समेत जनतालाई दुुख दिनेकाम मात्र गरेको देखिन्छ । सुनसरी प्रशासनले समेत हचुवाको भरमा तल निर्देशन दिने गरेकोले जनतालाई सहज भन्दा असहज भएको जनमत पार्टीका यूूवा नेता भवानि मेहताको आरोप रहेको छ । मेहताका अनुसार जनतालाई त्यस्तै स्थानीय सकरावाट असहयोग भइरहेको बेला यो टोकन प्रणालिले किसानहरु झन समस्या परको प्रति दुख व्यत्त गर्नुभयो । मेहताका अनुसार तस्करी रोक्ने अन्य उपाय हुदाँहुदै टोकान हटाउन सुनसरी प्रशासनसंग माग गरीएको छ ।

यता इन्धन तस्करीमा केही संचार माध्यमहरुको समेत सम्लगनता रहेको देखिन्छ । तेल तस्करीमा नजराना मागेको र खुलेको छ । केही झोले पत्रकार र मिडियाले व्यपारीहरुसंग तस्करी गराउन र गर्न सहयोग आफुहरु तयार रहेको बताएका छन् । उनीहरुले समाचर तस्करहरुको पक्षमा लेखे बापत मासिक नजराना लिने गरको नाम उल्लेख नगर्ने सर्तमा एक जना व्यापारीले बताउनुभयो ।

यसरी सीमामा भईरहेको इन्धनको तस्बरी र चौपाया चोरी नियन्त्रण गर्नका लागि प्रहरी प्रशासन इमान्दरी पूर्व जिम्मेबारी निर्वाह गर्न जरुरी छ । होईन भने तस्करहरु मोटाउने जनता मारमा पर्ने निशिचत छ ।

 

सङ्क्रमितले अस्पतालका शैया भरिन थाले, सावधानी अपनाउन जरूरी

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणले गर्दा उपत्यकाका अस्पतालका रहेका श्यया भरिन थालेका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि श्यया भरिन थालेका हुन् । यही वैशाख ३ गते ९०० सङ्क्रमित भेटिएकामा वैशाख १० गते करीब तीनगुणा दुई हजार ५५९ जना पुगेका थियो । चिकित्सकका अनुसार अहिले नेपालमा १२.३ प्रतिशत सङ्क्रमण दर रहेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग, वीर, पाटन ,त्रिवि शिक्षण र सशस्त्र प्रहरी बल अस्पतालमा कोराना सङ्क्रमितले अस्पतालका श्यया भरिदै गएको छ । शुक्रराज अस्पतालका २२ सघन उपचार कक्षमध्ये २० र १२ भेन्टिलेटर सङ्क्रमितले भरिएको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार ५५ आइसोलेशन श्यया पनि भरिएका छन् ।

दैनिक आठ–नौ जना उपचारपछि घर गएपनि त्यतिकै सङ्ख्यामा बिरामी आउने उहाँको भनाइ छ । उहाँले अस्पतालमा सङ्क्रमितबाट निमोनिया लागेका बिरामीलाई मात्र भर्ना गरेको जानकारी दिनुभयो । “हामीले सामान्य ज्वरो, रुघाखोकी, जिउ दुख्ने खालका बिरामीलाई भर्ना गर्ने गरेका छैनौँ”, उहाँले भन्नुभयो, “अलि जटिल खालका निमोनिया र अक्सिजन दिनुपर्ने बिरामीलाई मात्र भर्ना गरेका छौँ ।”
उहाँले सङ्क्रमित बढ्न थालेपछि विनाकारण घरबाट ननिस्कन र निस्कनै परे मास्क, सेनिटाइजर र भौतिक दूरी कायम गर्न पनि आग्रह गर्नुभयो । अहिलेको कोभिड–१९ को भाइरस युके भेरियन्ट र डलब भेरियन्ट रहेकोले सङ्क्रमण सार्नसक्ने अत्यधिक क्षमता रहेको छ ।

अहिलेको कोभिड–१९ को नयाँ स्वरुपले एक जनाबाट एक घण्टामा ६०–७० जनामा सङ्क्रमण सार्न सक्छ । उहाँले सङ्क्रमण नियन्त्रण बाहिर जान थालेको सर्वसाधारण आफँै सचेत हुनुपर्ने भनाइ राख्नुभयो । “अहिलेको भाइरसले सङ्क्रमण लागेको चार–पाँच दिनमा नै आक्रमण गर्ने खालको छ”, उहाँले भन्नुभयो, “अहिले ५० वर्षमुनिका मानिसलाई पनि बढी सङ्क्रामक देखिएको छ ।”

यस्तै वीर अस्पतालमा पनि कोभिड–१९ का बिरामीलाई छुट्याइएको श्यया भरिन थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले उपत्यकामा अहिले ७७ जना सघन उपचार कक्षमा र ४० जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

मुलुकभरि एक हजार १८० सघन उपचार कक्ष र ५१२ भेन्टिलेटर रहेका छन् । तीमध्ये १७३ जना सघन उपचार कक्ष र ५७ जना भेन्टिलेटरमा सङ्क्रमितको उपचार भइरहेको छ । वीर अस्पतालका कोभिड–१९ सम्पर्क व्यक्ति डा अच्युत कार्कीले १७ मध्ये १५ सघन उपचार कक्ष श्यया, पाँच भेन्टिलेटर पूरै भरिएको बताउनुभयो ।
सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा कोरानाका बिरामीले भरिएका छन् । अस्पतालका कोभिड–१९ फोकल पर्सन डा प्रविन नेपालले १०० श्ययामध्ये सबै भरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमित बढ्दै गएपछि अस्पतालले आज थप ४० श्यया थप गर्न थालेको हो । यस्तै २० मध्ये १८ सघन उपचार कक्ष र आठमध्ये सात भेन्टिलेटर पनि सङ्क्रमित रहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले अस्पतालमा भर्ना भएका बिरामी श्वास फेर्न गा¥ह्रो, ज्वरो, छाती दुख्ने, निमोनिया जस्ता समस्या रहेकाले ६० प्रतिशतलाई अक्सिजनलाई दिनु परेको जानकारी दिनुभयो । अस्पतालमा आएका बिरामीमध्ये अधिकांश ४०–५० उमेर समूहका बिरामी रहेका छन् ।

यस्तै वीरमा ७६ आइसोलेशनमध्ये ६६ वटा सङ्क्रमित रहेका छन् । उहाँले दैनिक आठ–नौ वटा नयाँ बिरामी आउने गरेको भन्दै दैनिक सङ्क्रमित थपिँदै गए आफूले बिरामीलाई राख्न नसक्ने बताउनुभयो । उहाँले सानो ठाउँ भएकाले उपचार गराउन आउने बिरामी र खोप लगाउन आउने व्यक्तिमा सामाजिक दूरी कायम राख्न नसकेको जानकारी दिनुभयो ।

सङ्क्रमित बढ्न थालेपछि वीरले नजिकैको सर्जिकल भवनमा अबको केही दिनमा कोभिड–१९ का बिरामी राख्ने तयारी गरेको उहाँको भनाइ छ । त्रिवि अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले ५५ जना सङ्क्रमित उपचार भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार १२ जना आइसियु, ५ जना भन्टिलेटरमा र ३८ जना हाइ डिपेन्टिेन्ड युनिट (एचडियु)मा उपचार भइरहेको छ । अस्पतालमा ६० आइसियू र ५० एचडियू रहेका छन । उहाँले बिरामीलाई शुरुमा अब्जर्वेशन गरी राख्ने र समस्या देखिए आवश्यकता अनुसार आइसियू, एचडियू र भेन्टिलेटरमा राखिने बताउनुभयो । अस्पतालले आइसियुमा एक जना नर्सले एक जना बिरामी र एचडियुमा एक जना नर्सले दुई जनासम्म बिरामी हेर्ने व्यवस्था मिलाएको छ । उहाँले सङ्क्रमित संख्या बढ्ने भएको ५० आइसोलेन श्यया थपिन थालेको जानकारी दिनुभयो ।

शुक्रराज अस्पतालका प्रमुख कन्सल्टेन्ट डा अनुप बाँस्तोलाले सङ्क्रमण पहिलोभन्दा सङ्क्रामक रहेकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्नुभएको छ । उहाँले सङ्क्रमण यही गतिमा अघि बढे, बिरामीले उपचार नै नपाउने स्थिति आउनसक्ने भन्दै मानिसलाई घर बाहिर ननिस्कन अनुरोध गर्नुभएको छ । उहाँका अनुसार कोभिड–१९ को अहिलेको लहरमा सङ्क्रमित सिकिस्त हुने अनुपात पहिलो लहरको तुलनामा बढिरहेको छ ।
नेपालमा अहिले दुई लाख ९४ हजार ६०१ जना सङ्क्रमित, दुई लाख ७६ हजार ७५५ जना निको भएर घर फर्किएका र तीन हजार १२३ जनाको सङ्क्रमणको कारणले निधन भइसकेका छन् । यस्तै मुलुकभरि १३ हजार ५७८ होम आइसोलेशन र एक हजार १४६ जना संस्थागत आइसोलेशनमा रहेका छन् । सङ्क्रमितमध्ये १.१ प्रतिशतमा मृत्युदर र प्रति १० लाखमा १०७.८ जना मृत्यु हुने गरेको पाइएको छ । ५०० भन्दाबढी सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर, बाँके र रुपन्देही रहेका छन् ।  गोररखापत्रवाट

आज थप २४८६ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । नेपालमा कोरोनाभाइरसका दुई हजार ४८६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा सात हजार ५२५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ४८६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ९७ हजार ८७ पुगेको छ । एक हजार १४३ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १३३ जनामा पोजिटिभ देखिएको हो । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३६८ जना कोरोनामुक्त भएका छन् । कोभिड सङ्क्रमित तिब्र रुपमा थपिदै जाँदा निको हुने दर भने घटेको छ । हाल निको हुने दर ९३.३ प्रतिशत पुगेको छ ।

मन्त्रालयका अनुसार हाल १६ हजार ८२८ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । ७१ जना हाल क्वारेन्टिनमा छन् । हालसम्म २३ लाख ९५ हजार ७२५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । सोही अबधिमा १४ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ ।

पुनर्निर्मित धरहराको प्रधानमन्त्री ओलीबाट समुद्घाटन

काठमाडौं  ।  भुकम्पबाट क्षतिग्रस्त पुनर्निर्मित धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गरेकाछन् । सनिबार एक समारोहकाबीच पुनर्निर्मित धरहराको प्रवेशद्धारमा राखिएको शिलालेखको प्रधानमन्त्रीले अनावरण गरि धरहराको ऐतिहासिक धरहराको समुद्घाटन गरेकाहुन । त्यसपछि प्रधानमन्त्रीले लिफ्टबाट धरहराको २० औ तलामा पुगेर पुष्पपृष्टी गरेकाथिए । २०७२ बैशाख १२ गतेको महाभुकम्पबाट क्षतिग्रस्त भएको धरहरा पुर्ननिर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ फागुन ४ गते “मेरो धरहरा मै बनाउँछु” अभियानको घोषणा गरेका थिए ।

२०७५ साल पुस ५ गते प्रधानमन्त्री ओलीबाट नै सिलन्यास गरिएको पुनर्निर्मित धरहराको सनिबार प्रधानमन्त्री ओलीबाट नै समुद्घाटन भएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको नेतृत्वमा पुनर्निर्मित धरहराका लागि ३ अर्ब ४८ करोड रुपैयाँमा ठेक्का दिईएको थियो । धरहराको २२ औै तलामा पुरानो धरहराबाट निकालिएको पुरानो शिवलिंङ्ग राखिएको छ ।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका सचिव मणिराम गेलालले धरहरा निर्माण एउटा रुपान्तरण पनि भएको बताए । यसअघि धरहरा ऐतिहासिक पहिचानका रुपमा चिनिएकोमा अब भने पहिचान सहितको स्पेसबाट प्लेस बनाएकोले सामाजिक रुपान्तरण पनि भएको बताए ।

९० सालको महाभुकम्पनले क्षति पुर्याएपछि ११ तले धरहरा ९ तलामा सिमिति भएको थियो । त्यसपछि ९ तलामा नै सिमिति राखेर पुर्ननिर्माण गरिएको थियो । तर अहिले भने बाहिरबाट देखिदाँ ११ तले रहेपनि भित्र २२ तला रहेको छ । त्यसमा २ वटा लिफ्ट राखिएको छ । जमिन मुनि २ तला बनाईएको छ । ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहराको वरपर विश्राम स्थल सहितको बगैचाको हुनेछ भने संक्षित ऐतिहासिक सुनधारामा २४ सै घण्टा पानी आउने व्यवस्था मिलाईएको छ । त्यसैगरी ४ सय गाडी र ७ सय मोटरसाईकल पार्किङको पनि व्यवस्था छ ।धरहराको पुर्ननिर्माणमा मैलिकताको सम्बद्र्धन गर्दै आधुनिकताको प्रचुर प्रयोग गरिएको छ ।

कम्तीमा १ महिना लकडाउन गर्न सरकारलाई सीसीएमसीको सुझाब

काठमाडौं  ।  काठमाडौं उपत्यकामा लकडाउन गर्ने तयारी सरकारले गरेको छ। कोरोना महामारी बढ्दै गएको र स्वास्थ्य सुरक्षा सावधानी नअपनाएको भन्दै सरकारले काठमाडौं उपत्यकामा लकडाउन गर्ने तयारी गरेको हो।

आज दिउँसो ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा १ महिना लकडाउन गर्न सुझाव दिने सीसीएमसी सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार काठमाडौं उपत्यका प्रवेश गर्ने नाका १ महिना बन्द गर्ने र यातायातका साधन पनि चल्न रोक लगाउनु पर्ने अवस्थाबारे प्रधानमन्त्री ओलीलाई सीसीएमसी सचिवालयले ब्रिफिङ गर्नेछ।

बयलगाडेहरु धरहरा चढेर परिवर्तनकामी शक्तिलाई दुत्कार्दैछन् : डा. भट्टराई

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले परिवर्तनकामी शक्तिहरूलाई चिन्न आवश्यक रहेको बताएका छन्। लोकतन्त्र दिवसबारे सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै डा. भट्टराईले अहिले परिवर्तनकामी शक्तिहरूमाथि आक्रमण भइरहेकोले परिवर्तनका वास्तविक शक्तिलाई चिन्नुपर्ने बताएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा चढेर परिवर्तनकामी शक्तिमाथि दुत्कारिरहेको आरोप उनको छ। १२ बुँदे समझदारी हुनुअघि रत्नपार्क वरिपरि बयलगाडे महावाणीहरू ओकलिरहेका ओलीले लोकतन्त्र दिवसको दिन धरहरामा चढेर परिवर्तनकामी शक्तिमाथि दुत्कारिरहेको भट्टराईको भनाई छ। परिवर्तन ल्याउने बेला केपी ओली रत्नपार्क वरिपरि बदाम खाएर घाम ताप्दै गरेको विषय सबैले याद राख्नुपर्ने उनले बताए।

‘लोकतन्त्र दिवस मनाउँदै गर्दा सबैले याद राखौं-तत्कालीन माओवादी र ७ दल बिच १२ बुँदे समझदारी हुनुअघि आन्दोलन रत्नपार्क वरिपरि बदाम खाएर घाम ताप्दै थियो! बयलगाडे महावाणीहरू ओकलिँदै थिए! शक्तिकेन्द्रहरू २-खम्बे नीति फलाक्दै थिए! अनि आज उनै बयलगाडे धरहरा चढेर परिवर्तनकामीहरूलाई दुत्कार्दैछन्!’

 

कोरोना नियन्त्रण गर्न प्रदेश-२ सरकारले बनायो सर्वदलीय संयन्त्र गठन

जनकपुर । शनिबार बिहान प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणका लागि केन्द्रीय सरकारले चालेको कदमलाई थप प्रभावकारी बनाउन सर्वदलीय संयन्त्र गठन गरेको छ ।

प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्रिय सरकारले चालेको कदमबारे जानकारी गराउँदै थप सहयोग र सहकार्यका लागि सर्वदलीय संयन्त्र गठन गरेको हो ।

सामाजिक विकास मन्त्री नवल किशोर साहको अध्यक्षतामा गठित उक्त सर्वदलीय संयन्त्रमा नेकपा एमाले संसदीय दलका नेता शत्रुधन महतो, नेपाली काँग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता भरत साह र जसपाका सचेतक परमेश्वर साह, प्रदेश सभा सदस्य राम अशिष यादव लगायतको शिर्ष नेताको उपस्थितिमा भएका छन् । त्यस्तै, कोरोना संक्रमणको दोस्रो लहर सुरुसँगै प्रदेश २ मा २५ जनाभन्दा बढीलाई एक ठाउँमा भेला हुन रोक लगाइएको छ । सांस्कृतिक, धार्मिक, राजनीतिक गतिविधिमा पनि स्थानीय प्रशासनको सहयोगमा रोक लगाउने निर्णय गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले बताएका छन् ।

 

झापाको एक सरकारीसहित चार अस्पतालमा अक्सिजन प्लान्ट निर्माण

झापा । कोभिड–१९ सङ्क्रमितको उपचारका लागि
झापाको एक सरकारीसहित चार वटा अस्पतालले अक्सिजन प्लान्ट निर्माण गर्न थालेका छन् ।

कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्र रूपमा फ़ैलिने हुनाले भद्रपुरमा रहेको मेची प्रादेशिक अस्पतालमा वैशाख महिनाभित्र सञ्चालनमा ल्याउने गरी प्रदेश नं १ सरकारको रु ७५ लाख लगानीमा अक्सिजन प्लान्ट निर्माणाधीन छ ।

कोभिड–१९ सङ्क्रमितको उपचारका लागि विर्तामोडको निजी क्षेत्रबाट सञ्चालित बिएन्डसी हस्पिटल र ओमसाई पाथिभरा हस्पिटलले आफ्नै अक्सिजन प्लान्ट निर्माण गरिरहेका छन् । साथै मनमोहन सामुदायिक अस्पतालले विगत चार महिनादेखि नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइसकेको जनाएको छ ।

झापामा पहिलो अक्सिजन प्लान्ट सञ्चालन गर्ने मनमोहन सामुदायिक अस्पतालका निर्देशक रोमणि भट्टराईले दैनिक १८ वटा सिलिण्डर अक्सिजन उत्पादन भइरहेको छ । भने चार महिनाअघि शुभारम्भ कम्पनीसँगको साझेदारीमा प्लान्ट निर्माण गरिएको र उत्पादन हुन थालेपछि अक्सिजन बाहिरबाट खरिद गर्नुपर्ने झन्झटबाट अस्पतालमुक्त भएको उनले बताए ।

 

 

दोश्रो कोरोना लहर –  लकडाउन हुनु अघि खाली रहेका सिलिण्डर भर्न उपभोक्तालाई आग्रह

काठमाडौं ।  नेपाल एलपी ग्यास उद्योग सङ्घले आज एक सूचना जारी गर्दै खाली रहेका सिलिण्डर भर्न उपभोक्तालाई आग्रह गरेको छ ।

कोरोना महाकारीका कारण आपूर्ति व्यवस्थामा असहज स्थिति आउन सक्ने र

गतवर्ष कोरोना भाइरस नियन्त्रण गर्न सरकारले आकस्मिकरुपमा ‘लकडाउन’ गरेसँगै ग्यासको हाहाकार मच्चिएको थियो । दोश्रो कोरोना महामारीको समयमा उपभोक्ताले ग्यासको अभाव भोग्नु नपरोस् भनेर पहिलेनै सूचित गराइएको सङ्घका अध्यक्ष गोकुल भण्डारीले बताउनुभएको छ ।

छिमेकी भारतलगायत नेपालमा पनि कोरोनाको दोस्रो लहर फैलिएको छ । यसबाट दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या आउन सक्ने अनुमान गरिएको छ । साथै नेपाल आयल निगमले पनि ग्यासको अभाव हुन नदिनेतर्फ सचेत गराउँदै भण्डारण क्षमताअनुसार मौज्दात राख्न ग्यास उद्योगीलाई पत्र लेखेकोे छ ।

त्रिदेशीय टी–ट्वान्टीको फाइनल नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

काठमाडौ । नेपालले आज नेदरल्याण्ड्ससँग त्रिदेशीय टी–ट्वान्टी क्रिकेटको उपाधिका लागि खेल्दै छ ।

नेपाल लिग विजेता र नेदरल्याण्ड्स उपविजेता हुँदै फाइनलमा पुगेका हुन् ।

खेल त्रिवि मैदान कीर्तिपुरमा दिउँसो सवा १ बजे हुनेछ । कोरोना महामारीपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेल्न लागेको नेपाल उपाधि जित्ने लक्ष्यमा छ ।

नेपालले नेदरल्याण्ड्सलाई पहिलो खेलमा ९ विकेटले हराएको थियो ।

दोस्रो खेलमा भने नेपाल नेदरल्याण्ड्ससँग तीन विकेटले पराजित भएको थियो । यही कारण पनि आजको खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

आज दुवै टोली उच्च मनोबलका साथ मैदान उत्रिँदै छन् ।

 

आज २०७८ बैशाख ११ गते शनिबारको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आफन्तजन तथा दाजुभाईबाट प्रशस्त सहयोग पाईनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ । तरलपदार्थ पानि,दुध र खाद्यान्न जस्ता व्यावसाय फस्टाएर जानेछ । सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । बिद्यामा तपार्ईँले गरेको मिहिनेत खेर जानेछैन ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आउने अवसरलाई सही रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नोकरिमा वढोत्तरी हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् ।गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । राजनीति तथा समाजसेवामा गरीएको लगानी बालुवामा पानि जस्तै हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । नीति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथी हरुबाट आलोचना खप्नु पर्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेकोछ । मन कमजोर हुनेहुदा पढाइ लेखाइमा मन जानेछैन भने अरुभन्दा पछि परिनेछ । परिस्थितीले ऋण लगाउँने तथा बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । घरपरिवारमा आफन्त विच मनमुटाव बढ्ने तथा माया प्रेममा गलत बुझाईले समस्या निम्त्याउँन सक्छ, सचेत रहनुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

सवारी साधन तथा भौतिक सम्पती हात लागी हुनेछ भने विलासी वस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुदा मन प्रसन्न रहनेछ । नोकरी पाउँने तथा पदोन्नतीको प्रशस्त सम्भावना रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । खाद्यान्न लगाएत व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिने तथा परिवारका आवश्यक्ताहरु पूरा गर्न सकिनेछ । अध्ययनमा प्रतिस्पर्धीहरुलार्ई साईड लगाउँदै एक दुई कदम अगाडी बढ्न सकिनेछ । नयाँ ठाउबाट प्रेम प्रस्ताव आउने तथा प्रेमका कोपिलाहरु पक्रिएर जानेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

बौद्धिक कार्यमा सहभागी भएतापनि उपलव्धी भने नगन्य जस्तै हुनेछ । माया प्रेममा अविस्वास बढ्ने योग रहेकोछ । पति पत्नी विच मनमुटाव बड्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ । बिद्यामा सफलता पाउँन निकै मेहनेत गर्नुपर्ला । आफन्तबाट उपाहार प्राप्तीको योग रहेपनि टरेर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

राजनीति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यावहार गर्नुहोला आलोचनाको शिकार हुनुपर्नेछ । आमाको तथा आमा सरहका मानिसको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्नेछ । अध्ययन तथा अध्यापनमा मन नजाने हुनाले अरुभन्दा पछी परिनेछ । माया प्रेममा सामान्य मनमुटाव बढ्नेछ ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

दाजुभाई तथा छिमेकिबाट तपार्ईँले शुरु गरेको काममा सहयोग तथा समर्थन हुने हुदा मन प्रशन्न हुनेछ । मायाप्रेममा एक अर्काको भावना बुझ्न सकिने हुदा थप प्रगाडता बढेर जानेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडी बढ्ने योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आफन्त तथा परिवारका सदस्यहरुसँग घरायसी कुरामा राय बाजिनेछ भने आफन्तसँग कुनैपनि कारोबार नगर्नुहोला विवाद हुनसक्छ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने घर परिवार तथा कुटुम्वसँग मनमुटाव वढ्ने योग रहेकोछ । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

राजनीति तथा समाजसेवामा गरीएको लगानीबाट भनेजस्तो उपलव्धी हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउँने योग रहेको छ । सुन्दर तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर वस्त्र पहिरन अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडी बढ्न सकिने ग्रहयोग रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ । पढाइ लेखाइ तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । वन्द व्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुखी हुनेछ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।