कोरोना नियन्त्रण गर्न प्रदेश-२ सरकारले बनायो सर्वदलीय संयन्त्र गठन – Nagarikabhiyan : National News

कोरोना नियन्त्रण गर्न प्रदेश-२ सरकारले बनायो सर्वदलीय संयन्त्र गठन

जनकपुर । शनिबार बिहान प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणका लागि केन्द्रीय सरकारले चालेको कदमलाई थप प्रभावकारी बनाउन सर्वदलीय संयन्त्र गठन गरेको छ ।

प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्रिय सरकारले चालेको कदमबारे जानकारी गराउँदै थप सहयोग र सहकार्यका लागि सर्वदलीय संयन्त्र गठन गरेको हो ।

सामाजिक विकास मन्त्री नवल किशोर साहको अध्यक्षतामा गठित उक्त सर्वदलीय संयन्त्रमा नेकपा एमाले संसदीय दलका नेता शत्रुधन महतो, नेपाली काँग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता भरत साह र जसपाका सचेतक परमेश्वर साह, प्रदेश सभा सदस्य राम अशिष यादव लगायतको शिर्ष नेताको उपस्थितिमा भएका छन् । त्यस्तै, कोरोना संक्रमणको दोस्रो लहर सुरुसँगै प्रदेश २ मा २५ जनाभन्दा बढीलाई एक ठाउँमा भेला हुन रोक लगाइएको छ । सांस्कृतिक, धार्मिक, राजनीतिक गतिविधिमा पनि स्थानीय प्रशासनको सहयोगमा रोक लगाउने निर्णय गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले बताएका छन् ।