देवानगंज नाकाबाट तेल तस्करीको नयाँ रहस्य, प्रहरी प्रशासनकै मिलोमतोमा तस्करी !
११ बैशाख २०७८, शनिबार १७:२८
देवानगंज । सुनसरीको देवानगंज गाउँपालिकाको सीमा नाकाबाट दैनिक लाखौको इन्धन तस्करी भइरहदाँ पनि प्रहरी प्रशासन मौन देखिएको छ । देवानगंज बजारमा रहेको पेट्रोल पम्पहरुबाट तेल तस्करी भइरहेको भन्दै विवेकसिल साझ पार्टीले केही दिन अगाडि जिल्ला प्रशासन कार्यलाय सुनसरीमा ज्ञापन पत्र बुझाएको थियो र सोही आधारलाई मध्य नजर गर्दै सुनसरीको प्रमुख जिल्ला अधिकारी र स्थानीय पालिका अध्यक्ष, सुरक्षा निकायका प्रमुखहरुको छलफलमा स्थानीयहरु तेल खरिद गर्दा वडा कार्यलायको सिफारीस अनिवर्य लिनुपर्ने नियम लगायो तर यो नियमले जनतालाई मात्र सास्ती भएको छ । किसानका लागि समस्या र तस्करका लागि अफर बनेको छ ।
देवानगंजवाट हुने तस्करी देवानगंजको पम्पबाट मात्र नभएर अयन्त्रबाट तेल ल्यार देवानगंज नाकाबाट तस्करी भइरहेको देखिन्छ । नागरिक अभियानको स्थलगत रिर्पोटिंगका क्रममा सुनसरीको सदरमुकाम इनरुवावाट म्याजिकमा पेट्रोल र डिजल लोड गरी देवानगंज वोडरसम्म लगेर भारत तिर तस्करी भइरहेको पाइएको छ । प्रत्येक दिन इनरुवावाट इन्धन खरिद गरी तस्करी भइरहेको भए पनि प्रहरी प्रशासन मौन रहेको देखिन्छ तर सास्ती भने देवानगंज गाउँपालिका किसानहरुलाई भइरहेको छ ।
विवेकसिल साझा पर्टीको मात्र विज्ञप्ती हेर्ने सुनसरी प्रसाशनले प्रशासन कार्यालयको आखाँ अगाडीबाटै इन्धन ल्यार तस्करी भरहेको भए पनि प्रहरी प्रशासन नदेखे झै गरेर व्यापरीहरुसंग मोटो रकमको चलखेल गरेको नागरिक अभियानलाई गुनासो प्राप्त भएकोछ । प्रहरी प्रशासन कै मिलोमतोमा इन्धन तस्करी भएको र स्थानीयहरु सास्ती दिइरहेको नागरिकको गुनासो छ । यो गुनासो सही होइन भने इनरुवा देखि देवानगंज वोडरसम्म इन्धन तस्करी गर्दा समेत प्रहरी प्रसाशन किन मौन बसेको होला ?
यता इन्धन तस्करी देवानगंज नाका मात्र हेर्ने विवेकशिल साझ पार्टीले यता पनि हेर्न हो कि संचार माध्यमले समाचार लेखेको हेर्न विवेकसिल साझ पार्टीले तस्करी किन नहेरेको होला त ? विवेकशि साझ पार्टीले जनताको हित भन्दा समेत जनतालाई दुुख दिनेकाम मात्र गरेको देखिन्छ । सुनसरी प्रशासनले समेत हचुवाको भरमा तल निर्देशन दिने गरेकोले जनतालाई सहज भन्दा असहज भएको जनमत पार्टीका यूूवा नेता भवानि मेहताको आरोप रहेको छ । मेहताका अनुसार जनतालाई त्यस्तै स्थानीय सकरावाट असहयोग भइरहेको बेला यो टोकन प्रणालिले किसानहरु झन समस्या परको प्रति दुख व्यत्त गर्नुभयो । मेहताका अनुसार तस्करी रोक्ने अन्य उपाय हुदाँहुदै टोकान हटाउन सुनसरी प्रशासनसंग माग गरीएको छ ।
यता इन्धन तस्करीमा केही संचार माध्यमहरुको समेत सम्लगनता रहेको देखिन्छ । तेल तस्करीमा नजराना मागेको र खुलेको छ । केही झोले पत्रकार र मिडियाले व्यपारीहरुसंग तस्करी गराउन र गर्न सहयोग आफुहरु तयार रहेको बताएका छन् । उनीहरुले समाचर तस्करहरुको पक्षमा लेखे बापत मासिक नजराना लिने गरको नाम उल्लेख नगर्ने सर्तमा एक जना व्यापारीले बताउनुभयो ।
यसरी सीमामा भईरहेको इन्धनको तस्बरी र चौपाया चोरी नियन्त्रण गर्नका लागि प्रहरी प्रशासन इमान्दरी पूर्व जिम्मेबारी निर्वाह गर्न जरुरी छ । होईन भने तस्करहरु मोटाउने जनता मारमा पर्ने निशिचत छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया