सुनसरी जिल्ला अदालतको भवन सिलान्यास – Nagarikabhiyan : National News

सुनसरी जिल्ला अदालतको भवन सिलान्यास

सुनसरी सदरमुकाम इनरुवामा सुनसरी जिल्ला अदालतको नयाँ भवन बन्ने भएको छ । लामो समेयदेखी पुरोनो भवनमा न्याय सम्पादनको काम हुदै आएकोमा सुनसरी जिल्ला अदालतको सात तल्ले नयाँ भवन निर्माण हुने भएको हो । नयाँ भवनका लागि सदरमुकाम इनरुवा ३ सोमबारे हाटमा जिल्ला अदालत भवनको परिसरैमा अत्याधुनिक भवनको शिलान्यास भएको छ । सनिबार विहान सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले एक औपचारिक कार्यक्रमबीच वैदिक विधिबाट शिलापत्र अनावरण गरी जिल्ला अदालत भवनको शिलान्यास गर्नुभएको हो ।
यहाँ एक हजार पाँच सय स्काईर मिटर क्षेत्रफलमा सुनसरी जिल्ला अदालतको भवन निर्माण शुरु भएको जिल्ला अदालतका श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेललले जानकारी दिनुभयो । नेपाल सरकारको सहरी विकाश तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन ईकाई मोरगंको ४१ करोड ६७ लाख ८९ हजार १०६ रुपियाँ ०४ पैसाको बजेटमा शर्मा सगुन जेभी बुटबल रुपन्ददेहीले नयाँ भवन निर्माण कार्य शुरु गरेको जिल्ला अदालतले जनाएको छ ।
भूकम्प प्रतिरोधात्मक निर्माण सहितको अत्याधुनिक भवनमा भवन निर्माणसँगै सात तलाको भवन अगामी २०८० साउन २२ गतेसम्ममा सम्पन्न सम्झौता भएको छ । यस्तै भवन निर्माणसँगै यहाँको इजलास संचालन गर्न थप सहजता हुने बताइएको छ । सिलान्यास कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले जतताको आस्थाको केन्द्र न्यायलय भएकाले त्यसलाई मर्न नदिन पूर्ण न्यायको सिद्धान्तलाई अबलम्बन गर्न न्यायधिसहरुलाई आग्रह गर्नुभयो । वहाँले न्यायका लागि अन्यायमा परेकाहरु आउने भएकाले त्यसमा सुक्षम अध्ययन र प्रमाणहरुको आधारमा फैसला गर्नुपर्ने भन्दै त्यो फैसला उच्च र र सर्वोच्चमा पनि उल्टाउनुपर्ने नहोस भनेर न्ययाधिसहरुलाई आग्रह गर्नुभयो ।


सिलान्यास कार्यक्रममा सुनसरी जिल्ला अदालतका न्यायधिसहरु कैलाशप्रसाद सुवेदी, सुभाषबाबु पुरी,दीपककुमार दाहाल, हेमबहादुर सेन,प्रकाश श्रेष्ठ, टिकेन्द्र दाहाल,रामचन्द्र खड्का र निर्मला योङया, अधिवत्ताहरु रामप्रसाद घिमिरे, हेमराज पोखरेल, प्रेम प्रसाद पोखरेल, जानकी अधिकारी, जिल्ला प्रशासन कार्यालयका सुधिर साफी सहितको उपस्थिती रहेको थियो ।
सिलान्यस कार्यक्रम उच्च अदालत विराटनगरका मूख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठउको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्त्वय न्यायाधीश कैलाशप्रसाद सुवेदीले राख्नुभएको थियो ।

१, सुनसरी सदरमुकाम इनरुवामा सुनसरी जिल्ला अदालतको नयाँ भवन निर्माणका लागि सिलान्यस कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा सहित न्यायाधीसहरु । तस्बीर ः जयकृष्ण यादव । इनरुवा