१५ पुष २०७७, बुधबार १४:२० – Page 4 – Nagarikabhiyan : National News

बेलायतले दियो अस्ट्राजेनिकाको खोपलाई अनुमति

लन्डन । फाइजर र मोडर्नाको तुलनामा केही कम प्रभावकारी देखिएको अक्सफोर्ड र अस्ट्राजेनिकाद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई बेलायत सरकारले अनुमति प्रदान गरेको छ ।

बेलायतमा अस्ट्राजेनिकाको खोपलाई आगामी जनवरी ४ देखि प्रयोगमा ल्याइने तयारी गरिएको छ ।
यो खोपलाई सामान्य तापमानमा पनि भण्डारण र यताउता लैजान सकिने अस्ट्राजेनिकाले बताएको छ । फाइजर–बायोएनटेक तथा मोडर्नाले तयार पारेका खोपलाई भने निकै चिसो तापक्रममा भण्डार गर्नुपर्ने भएकाले ओसारपसारमा निकै कठिनाई हुने गरेको छ ।

बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले जनवरीदेखि अस्ट्राजेनिकाको खोप दिन शुरु गरिने बताए । अस्ट्राजेनिकाको खोप आम जनतालाई दिने बेलायत पहिलो मुलुक हो । बेलायतमा नयाँ स्वरुपमा कोरोनाभाइरस देखिएसँगै अस्ट्राजेनिकाको खोप चलाउन थालिएको हो ।

बेलायत सरकारको स्वास्थ्य नियामक निकाय (एमएचआरए) ले अक्सफोर्ड र अस्ट्राजेनिकाले विकास गरेको खोप प्रयोगमा ल्याउन सकिने भन्दै अनुमति दिएको थियो । एक जना स्वास्थ्य विभागका प्रवक्ताले अस्ट्राजेनिकाको खोप स्वीकृत गर्नुअघि विज्ञहरुबाट तथ्याँक विश्लेषण गरिएको र सुरक्षा, गुणस्तर र प्रभावकारिता सन्तोषजनक पाइएको बताएका छन् ।

आइतबार मात्र अस्ट्राजेनिकाका प्रमुख कार्यकारी पास्कल सोरिएटले खोपले अस्पतालमा उपचार गराउनुपर्ने कोभिडका बिरामीलाई शत प्रतिशत सुरक्षा प्रदान गर्ने बताएका थिए । उनले आफूहरुले विकास गरेको खोपले फाइजर र मोडर्नाको झैं ९० प्रतिशतकै हाराहारीमा काम गर्ने बताएका छन् । यसअघि गरिएका परीक्षणमा खोपले ७० प्रतिशतको हाराहारीमा काम गर्ने बताइएको थियो । तर पछिल्लो पटकको अध्ययनले अस्ट्राजेनिकाको खोप पनि ९० प्रतिशत प्रभावकारी देखिएको बताइएको छ ।

सर्लाहीमा ज्येष्ठ नागरिक आवास भवनको शिलान्यास

सर्लाही। प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले सर्लाही जिल्लाको लालबन्दीमा ज्येष्ठ नागरिक आवास भवनको शिलान्यास गरेका छन् ।

प्रदेश सरकारको दुई करोड ८० लाख रुपैयाको लागतमा नगरपालिका वडा नम्बर ४ मा ज्येष्ठ नागरिक आवास भवन निर्माण हुने छ । समाजमा ज्येष्ठ नागरिकको भूमिका अत्यन्त सराहनीय रहेको भन्दै मन्त्री सोनलले ज्येष्ठ नागरिकलाई सम्मानजनक जीवनयापनका लागि र एक ठाउँमा भेला भएर भलाकुसारी गर्न भवन सहयोगी सिद्ध हुने बताए ।

प्रतिनिधि सभा सदस्य प्रमोद साह, प्रदेश सांसद प्रमेश्वर साह, लालबन्दी नपाका प्रमुख मानबहादुर खडका, लालबन्दी नपा ४ का वडा अध्यक्ष सोमनाथ बराल लगायतको उपस्थितिमा भएको शिलान्यास कार्यक्रममा स्थानीय ज्येष्ठ नागरिक बलबहादुर थापालाई मन्त्री सोनलले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

नाइजेरियामा सुरक्षा कारबाहीमा ९ जनाको मृत्यु

एजेन्सी । नाइजेरियामा मंगलबार राति सुरक्षाकर्मीहरुले यहाँको उत्तरी अबुजा शहरमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि नौ जना अज्ञात व्यक्तिको ज्यान गएको बताइएको छ । उनीहरु सशस्त्र समूहका व्यक्ति थिए वा को थिए भन्ने बारेमा भने केही पनि बताइएको छेन । प्रहरीले उनीहरुको कारबाहीका क्रममा ज्यान गएको बताएको छ।

यहाँका अधिकारीहरुले अबुजा शहरमा केही समय अघिदेखि नै सशस्त्र समूहले स्थानीय नागरिकलाई दुःख दिएको बताएका थिए । त्यसैले सो शहरमा ठूलो संख्यामा प्रहरीहरु पनि परिचालन भएका बताइएको थियो । प्रहरी कारबाहीमा परेर सोमबार राति उनीहरु मारिएको जानकारी यहाँका अधिकारीहरुले मंगलबार जानकारी गराएका थिए ।

उक्त शहरमा रातिको समयमा बन्दुकधारीहरु लुट्नका लागि पनि आउने गरेका थिए । उनीहरुलाई नै लक्ष्य गरेर प्रहरीले सो सुरक्षा कारबाही चलाएको थियो । अबुजा शहर यहाँको कादुना राज्यमा पर्दछ । सो कादुना राज्यका प्रहरी प्रमुख स्यामुअल अरुवानले सो क्षेत्रमा प्रहरीले गरेको कारबाहीका क्रममा मारिएकाहरुको पहिचानको खोजी भएको जानकारी दिए ।

ती लुटेराहरुको निकै नै आतंक रहेको भनिएका क्षेत्रहरुमा एम्बुस थापेर प्रहरी बसेको थियो । सो एम्बुसलाई पनि छलेर भाग्न खोजेपछि प्रहरीले उनीहरुमाथि गोली चलाएको प्रहरी कमिसनार स्यामुअलले जानकारी दिए । उनका अनुसार सो क्षेत्रमा नाइजेरियमा सशस्त्र विद्रोह गरिरहेका आतंंककारी समूहका व्यक्तिहरुको पनि बस्ती रहेकोले उनीहरुको खोजीका लागि पनि ठूलो संख्यमा प्रहरी परिचालन गर्ने गरिएको छ ।

नयाँ भाइरस भित्रिएसँगै नेपाल-भारत सीमामा निगरानी

काठमाडौं । बेलायतमा देखा परेको नयाँ प्रकारको कोरोना भाइरसका सङ्क्रमितहरू भारतमा पनि देखिएसँगै नेपाल-भारत सीमा नाकामा निगरानी थालिनुको साथै क्वारेन्टाइनका नियम फेरि लागु गर्न लागिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपाल भारत सीमाका विभिन्न ठाउँमा हेल्थ डेस्क राख्ने र जनशक्ति बढाउने गरी विभिन्न निकायसँग समन्वय भइरहेको छ। बेलायतबाट नेपाल आएकामध्ये हालसम्म पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको र नयाँ प्रकारको कोरोना भाइरस भएरनभएको पुष्टिका लागि नमुना हङ्‌कङ पठाउन लागिएको स्वास्थ्य अधिकारीहरूको भनाइ छ।

के छ सीमाको स्थिति ?
वेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरस बिस्तारै विभिन्न देशमा फैलिन थालेसँगै नेपाल सरकारले बेलायतबाट आउन प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। हाल नयाँ कोरोना भाइरसका सङ्क्रमित भारतमा समेत भेटिएपछि नेपालमा पनि भित्रिन सक्ने चिन्ता बढेका छन्। नेपाल(भारत सीमा खुला भएकाले भारतबाट कोरोना भाइरसको नयाँ प्रकार नेपाल भित्रिन सक्ने सम्भावना उच्च रहेको निष्कर्ष निकालिएको छ ।

स्थल र हवाई मार्गबाट आएकाहरूलाई क्वारन्टीन र परीक्षण अनिवार्य गर्नेगरी काम सुरु गर्न लागिएको बताइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारी भन्छन्, ‘जोखिमको आधारमा आवागमनहरूलाई व्यवस्थित गर्ने, विदेशबाट भित्रिने सबै नाकाहरूमा निगरानी बढाउने, अनि आएका व्यक्तिहरूलाई क्वारन्टीनमा राख्ने र परीक्षण गर्ने रणनीतिहरू अलि सघन रूपमा अघि बढाइएको अवस्था छ। क्वारन्टीनमा १० दिन बस्न र बसाउन सबै निकायसँग समन्वय अघि बढाइएको छ।’

के नेपालमा हुन्छ परीक्षण ?
नयाँ प्रकारको कोरोना भाइरस बेलायतबाट विभिन्न देशमा फैलिएलगत्तै कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक एक पटक बसेको थियो। भारतमा समेत देखिएपछि सीसीएमसीको थप बैठक छिट्टै बसेर थप निर्णय लिने बताइएको छ। अहिले पनि नेपालीहरूलाई प्रवेशका लागी भारतसँगका १४ वटा नाका खुला रहेका र ती नाकामा बेलैमा सतर्कता अपनाउन नसके छिटो फैलिन सक्ने नयाँ प्रकारको कोरोना भाइरसले नेपालमा सङ्क्रमण फेरि बढाउन सक्ने कतिपयको चिन्ता छ।

बेलायतबाट आएका मानिसको स्थिति के छ ?
यूकेबाट नेपाल आएका मानिसहरूलाई अहिले होटलमा क्वारन्टीनमा राखिएको र उनीहरूको परीक्षणको काम भइरहेको बताइएको छ। परीक्षण भएकामध्ये पाँच जनामा कोरोना भाइरस पुष्टि भएको र त्यो नयाँ प्रकारको कोरोना भाइरस भएरनभएको निर्क्योल भइनसकेको अधिकारीहरूको भनाइ छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डे भन्छन्, ‘विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा डब्ल्यूएचओको हङ्‌कङस्थित सेन्टरमा नमुना पठाएर अध्ययन गर्दैछौँ।’ नयाँ प्रकारको भाइरस निर्क्योल गर्न आवश्यक पर्न सक्ने सम्पूर्ण जीनोम सिक्वेन्सिङ गर्ने सुविधा नेपालमा नभएको उनले बताए। तर आनुवंशिक अनुसन्धानको क्षेत्रमा काम गरिरहेका एक वैज्ञानिकले नेपालमै यो परीक्षण गर्न सकिने सुविधा रहेको बताए।द नेपालटपबाट

सिंगापुरमा बुधबार कोभिड १९ विरुद्धको खोप लगाइँदै

एजेन्सी । सिंगापुरमा आज कोभिड १९ विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । बुधबार बिहानबाट सिंगापुरमा पनि कोभिड १९ का विरुद्धको खोप लगाउन थालिएको बताइएको छ ।

यो खोप पहिलो चरणको हो । यो पहिलो चरणको खोप सिंगापुरका स्वास्थ्यकर्मीहरुलाई दिइने जानकारी गराइएको छ । यहाँको नेसनल सेन्टर फर इन्फेक्सस् डिजिजका स्वासथ्यकर्मीहरुलाई दिइने बताइएको छ । सोही किसीमले तयारी भएको सिंगापुरको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

उक्त एनआइडिसीका कम्तीमा पनि ३० जना कर्मचारीका साथै अरु अस्पतालका नर्स, चिकित्सक, स्वास्थ्यकर्मीहरु र उक्त केन्द्रका प्रशासनका कर्मचारीहरुलाई पहिलो चरण्मा खोप लगाइने छ । त्यसपछि यहाँका अरु स्वास्थ्यकर्मी तथा महामारी नियन्त्रणका लागि पहिलो पंक्तिमा नै खट्नुपर्ने अवस्थाका अरु कर्मचारीलाई आगामी वर्ष अर्थात् सन् २०२१ को जनवरीमा नै लगाइने बताइएको छ ।

त्यसैगरी आगामी फेब्रुअरीबाट यहाँका कम्तीमा पनि ७० वर्ष नाघेका बृद्धबृद्धाहरुलाइ यो खोप दिइने जानकारी पनि यहाँको स्वास्थ्य मन्त्रालयले दिएको छ ।

जब शरीरमा पोटिनको कमी हुन्छ

कुनै पनि मानिसको शरीरलाई कति मात्रामा प्रोटिनको आवश्यक्ता पर्छ भन्ने कुरा उसको शरीर, तौल, मांसपेशी, शारीरीक श्रम तथा उमेर अनुसार निर्धारण हुन्छ । जबसम्म तपाई शरीरलाई चाहिने प्रोटिनको आवश्यक मात्रामा सेवन गर्नुहुँदैन, तपाई आफ्नो शरीरलाई ठूलो हानी पु¥याउनु हुन्छ ।

आखिर, प्रोटिनको कमीका कारण शरीरमा के के हानी हुनसक्छ ?

सामान्यतया शरीरको मांसपेशी मजबुत बनाउन चिकित्सकहरु प्रोटिन खाने सल्लाह दिने गर्दछन् । शरीरमा प्रोटिनको कमी भएमा पेटभर खाना खाँदा समेत नअघाएको महसुस हुने गर्छ । र, जति खाना खाएपनि दिनभर भोको महसुस हुने गर्छ ।

‘सेल मेटाबोलिज्म’ मा  प्रकाशित एक अध्ययन अनुसार उच्च मात्रामा प्रोटिनको सेवनले भोकलाई नियन्त्रण गर्ने प्रोटिन निष्काषित हुने गर्छ, जसले लामो समय पेट भरिएको महसुस हुने गर्छ ।  मुसाहरुमा गरिएको उक्त अध्ययन अनुसार उच्च प्रोटिनयुक्त खानेकुरा खाने मुसाको तुलनामा प्रोटिनको सेवन नगर्ने मुसाहरुमा बोसोको मात्रा धेरै रहेको पाइएको छ ।

हुन त विज्ञानमा अहिलेसम्म यो कुनै उपचारको विकास भएको छैन, जसले रोग मुक्त जीवन जिउने सुनिश्चितता गरोस् । यद्यपि शरीरमा लाग्न नदिन वा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन प्रोटिन एक राम्रो विकल्प हुनसक्छ ।

‘ओबेसिटी एण्ड वेट लस थेरापी’ नामक जर्नलमा उल्लेख गरिए अनुसार प्रोटिनको कमी हुने व्यक्तिमा प्रतिरोधात्मक क्षमता कम हुने गर्छ ।

किनकी प्रोटिनले शरीरको कोषिका निर्माण गर्नुका साथै शरीरको एन्ट बडिज निर्माण गर्न सहयोग पु¥याउँछ । जसले शरीरलाई विभिन्न किटाणु , जिवाणु तथा रोगहरुसित लड्न सिकाउँछ ।

हड्डीको समग्र विकास तथा हड्डीको मजबुतीको लागि प्रोटिनको पनि महत्वपूर्ण भूमिका रहेकै हुन्छ  । त्यसैले, जो व्यक्तिले पर्याप्त मात्रामा प्रोटिनको सेवन गर्र्दैन, त्यस्ता व्यक्तिमा हड्डी कमजोर हुने समस्या निम्तनुका साथै हड्डी फ्राक्चर हुने समस्या पनि बारम्बार उत्पन्न हुन्छ ।

शरीरमा प्रोटिनकै कमीका कारण शरीरमा इडिमाको समेत समस्या निम्तने गर्छ । अलाइनखबर न जसका कारण हातखुट्टामा फ्लुड जम्मा भए हातखुट्टा सुन्निने गर्छ ।

प्रोटिनले रक्तनलीमा नुन तथा पानीलाई नियन्त्रणमा राख्न अहम भूमिका निर्वाह गर्छ ।र ,उक्त  नुन तथा पानीलाई कोषिकामा छिर्न दिदैन ।  यदी रगतमा प्रोटिनको मात्रा न्युन भएमा उक्त फ्लड नियन्त्रित हुन पाउँदैन, जसका कारण हातखुट्टा दुख्ने सुन्निएर इडिमा हुने हवार्ड हेल्थ पब्लिसिङ्गले जनाएको छ ।

कपाल सम्बन्धि जस्तोसुकै व्युटी प्रोडक्ट खरीद गरेपनि यदी शरीरमा प्रोटिनको कमी छ भने त्यसको कुनै अर्थ रहदैन । किनकी शरीरमा प्रोटिनको कमी भएमा यसले सबैभन्दा धेरै असर कपाललाई पार्ने गर्दछ । त्यसो त हाम्रो कपालको रौ किरेटिन नामक तत्वले बनेको हुन्छ , जुन हाम्रो कपालको जरामा उत्पादन हुने गर्छ । तर जब शरीरले पर्याप्त मात्रामा प्रोटिन पाउँदन, तब कपाल फुस्रो हुने, पातलिने, टुक्रिने तथा कपाल फाट्ने गर्दछ ।

मानिसको कपाल झै हातखुट्टाको नङ पनि केराटिनबाट बनेको हुन्छ । त्यसैले, शरीरमा प्रोटिनको कमी भएमा नङ  चिरा पर्नुका साथै टुट्ने तथा भाच्चिने गर्दछ । त्यसैले पनि, नङलाई स्वस्थ राख्न छाला रोग विशेषज्ञहरु खानामा भरपूर मात्रामा प्रोटिनलाई समावेश गर्न सुझाव दिने गर्छन् ।

प्रोटिनको कमीका कारण पनि मानिसलाई उच्च रक्तचापको समस्या हुने गर्दछ । अमेरिकन जर्नल अफ हाइपरटेण्सनका अनुसार अण्डा, मासु लागायतका उच्च प्रोटिनयुक्त आहारको सेवन गर्ने युवाहरुमा चार वर्षको अवधीमा उच्च रक्तचापको समयमा कम भएको  पाइएको छ ।

त्यसैले, पनि चिकित्सकहरु उच्च रक्तचापको विरामीलाई प्रशस्त मात्रामा प्रोटिनको सेवन गर्न सल्लाह दिने गर्दछन् । अन्यथा, उच्च रक्तचापका कारण मानिसलाई हृदयघात, पक्षघात लगायतका समस्या निम्तने जोखिम उच्च हुने गर्दछ ।

छाला रातो हुने, छालामा फोका आउने तथा छाला चिलाउने समस्या प्रोटिनको कमीका लक्षण हुनसक्दछन् । ओरिगन स्टेट युनिर्भसिटीले गरेको एक अनुसन्धान अनुसार शरीरमा प्रोटिनको कमी भएमा छाला सम्बन्धि एलर्जीहरु देखा पर्ने गर्दछ । यस्ता एलर्जीलाई चिकित्सकीय भाषामा एक्जिमा पनि भन्ने गरिन्छ । जसका कारण छाला चिलाउने, पोल्ने तथा  छालामा रातो दाग आउने गर्दछ ।

मांसपेशी मजबुत बनाउन प्रोटिनको सेवन जरुरी छ । जब हामी प्रोटिनको सेवन गर्छौ, हामीले सेवन गरेको प्रोटिन अमिनो एसिडको रुपमा टुक्रिने गर्दछ र शरीरको मांसपेशीलाई आवश्यक पोषण प्रदान गर्दछ । जसका कारण मांसपेशी बलियो हुने गर्दछ ।

तर शरीरमा प्रोटिनकै कमी भएमा शरीरले अन्य तत्वबाट प्रोटिन खोज्न थाल्दछ । त्यतिबेला यसले पुन अमिनो एसिडबाट प्रोटिन लिने गर्दछ । जसका कारण मांसपपेशी कमजोर हुने सान फ्रान्सिसको क्रोनिकलमा प्रकाशित लेखमा उल्लेख छ ।

अनियमित महिवारीका कारण धेरै महिलालाई समस्या हुने गर्छ । अनियमित महिनावारी विशेषगरी पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पिसिओएस्) का कारण हुने गर्छ ।  पिसिओएस भएमा महिलामा हर्मोन सम्बन्धि समस्या हुनेका साथै बाझोपनाको समस्या निम्तने गर्छ । पिसिओएसको समस्या कम गर्न चिकित्सकहरु उच्च प्रोटिनयुक्त खानेकुराको सेवन गर्न सल्लाह दिने गर्दछन् ।

धनुषामा भयानक सवारी दुर्घटना : ट्यांकर र ट्रक चालक सहित दुई जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम । धनुषामा भएको भयानक सवारी दुर्घटनामा दुई जनानको मृत्यु भएको छ ।

धनुषाधाम नगरपालिका–९ धारापानीस्थित भारतीय ट्रक र ईन्धन बोक्ने टयाँकर एक आपसमा ठोक्किदा २ जनाको मृत्यू भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार घुमाउँरो बाटोमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ च ९३१७ नम्बर पिकअप बोलेरोलाई पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको बिआर ०६ जिडी ८८५९ नम्बरको भारतीय ट्रकले ठक्कर दिएको तथा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख २३३८ नम्बरको डिजेल बोकेको तेल टयाँकरलाई सोही भारतीय ट्रकमा ठोक्कि दुर्घटना भएको हो । टुडेपाटी

दुर्घटनामा टयाँकर चालक विराटनगर नगरपालिका– ४ बस्ने ३६ वर्षीय अर्जुन कुमार मण्डल र भारतीय ट्रक चालक बर्ष २० का रँगीला कुमारको मृत्यू भएको हो ।

टाउकोमा गम्भिर चोट लागेका अर्जुन मण्डललाई जनकपुरको प्रादेशिक अस्पाल लैजाँदै मृत्यू भएको बताईएको छ । रँगीलाको मृत्यु समेत उपचारको क्रममा प्रादेशिक अस्पतालमै भएको प्रहरीको भनाई छ ।

दुर्घटनामा टयाँकरका सहचालक विराटनगर ४ बस्ने धनराज यादव गम्भिर घाईते भएका छन् । यस्तै भारतीय ट्रक चालकको सहचालक समेत गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । उनको उपचार जनकपुरको प्रादेशिक अस्पतालमा भइरहेको छ । उनको अवस्था समेत चिन्ताजनक रहेको बताइएको छ ।

भारतीय पूर्वराजदूतको संकेत : ओलीलाई हटाएर नयाँ प्रधानमन्त्री बनाउँछौं

काठमाडौं। नेपालका लागि पूर्वराजदूत एवं भारतका पूर्वविदेश सचिव श्याम शरणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न मनाएर विवादास्पद छवि नभएका कुनै राजनीतिज्ञलाई प्रधानमन्त्री बनाउन पहल भइरहेको दावी गरेका छन्।

भारतको अंग्रेजी पत्रिका दि ट्रिब्युनमा नेपालसम्बन्धी एक लामो लेख प्रकाशित गर्दै शरणले प्रधानमन्त्री ओलीले सो पहलको विरोध गर्नेसमेत उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘यो पछिल्लो संकट कसरी अगाडि बढ्छ हामीले प्रतिक्षा गर्नुपर्छ र हेर्नुपर्छ।’

उनले नेकपामा पछिल्लो समयमा देखिएको विवाद मिलाउन चीन लागेको समेत दावी गरेका छन्। ‘निश्चय नै चाइनिज एक्टीभिस्ट-राजदूत रेफ्रीको भूमिकामा नेकपाका विभिन्न गुट एकीकृत बनाउन व्यस्त रहेकी छिन्। चीनले एकताको अन्तिम प्रयास गर्नका लागि चार सदस्यीय पार्टी टिमलाई नेपाल पठाएको छ,’ उनले लेखमा भनेका छन्।

‘यसले पछिल्लो घटनाक्रमप्रति चीनको चासोलाई प्रतिविम्बित गर्छ,’ उनले भनेका छन्, ‘के जानकारीमा आएको छ भने प्रधानमन्त्री केपीमाथि संसद भंगको निर्णय उल्टाउन र नेतृत्व परिवर्तन स्वीकार गर्न दबाव दिइएको छ।’ उनले नेपालजस्तै एकदमै संवेदनशील मुलुकमा भारतको दीर्घकालीन चासो स्थीर बहुदलीय प्रजातन्त्र र आर्थिक समृद्धिबाट मात्र पूरा हुनेसमेत उल्लेख गरेका छन्।

त्यसका लागि भारत एक महत्वपूर्ण साझेदार रहेको समेत उनले उल्लेख गरेका छन्। उनले अगाडि भनेका छन्, ‘ओलीलाई सहयोग पुर्याउनु वा स्पष्ट रुपमा राइट विंग गठबन्धनलाई सहयोग गरेर नेपाल कम्युनिष्ट पार्टीलाई विस्थापित गर्नु एकदमै क्षणिक दृष्टि हुनेछ।’ लोकपाटी न्यूज

शरणले लेखमा पछिल्लो समयमा नेपालमा चीन र अमेरिकाको बढ्दो द्वन्द्वको बारेमा पनि उल्लेख गर्दै भनेका छन्, ‘काठमाडौंमा अमेरिका र चीनको विचमा भइरहेको पावर प्लेमा नयाँदिल्लीचाहिँ साइड सो हुने खतरासमेत देखिएको छ।’ उनले नेपालको अहिलेको राजनीतिक संकट चीनका लागि ट्क्याटीकल सेटब्याक भएपनि यसबाट भारतलाई केही पनि फाइदा नहुने समेत उल्लेख गरेका छन्।

ओलीले आफ्नै राजनीतिक जीवन धरापमा पारे : वर्षमान पुन

रोल्पा । नेकपाका स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ ले प्रधानमन्त्री केपी ओलीको नियत चुनाव गराउने नभएको बताएका छन् ।  गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार प्रेस संगठनले गरेको पत्रकार भेटघाटमा पुनले अबको चार महिनामा चुनाव नहुने र ओली पनि सत्तामा नरहने उल्लेख गरे । आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार चलाइरहेका ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेर मुलुकको संविधान र आफ्नै राजनीतिक जीवनसमेत धरापमा पारेको टिप्पणी गरे ।

‘इतिहासको दिशालाई उल्ट्याउन खोज्दा उहाँको राजनीतिक जीवन नै धरापमा परेको छ’ निवर्तमान ऊर्जामन्त्री समेत रहेका पुनले भने, ‘अब न वैशाखमा चुनाव हुन्छ, न त उहाँ प्रधानमन्त्री रहिरहनुहुन्छ ।’ ओलीले सैनिक सत्ता वा संकटकाल लगाएर भएपनि गैरसंवैधानिक सत्ता लम्ब्याउने धम्की दिन थालेको भन्दै पुनले त्यस्तो धम्कीबाट आफूहरु नतर्सने स्पष्ट गरे । ‘सैनिक सत्ता वा संकटकालको कुरा गरेर हामीलाई नधम्क्याए हुन्छ’, उनले भने, ‘वर्षौंसम्म राजाको सैनिक सत्ता र संकटकाल भोगेका र त्यसलाई परास्त गरेका नेपाली जनता तर्सनेवाला छैनन् ।’

पुनले जनप्रतिनिधिविहीन शासन चलाउने रहर र व्यक्तिगत इगो त्याग्न ओलीलाई सुझाव दिए । आफैंले मिचेको संविधानलाई पूरानै ट्रयाकमा फर्काउन योगदान गरे ओलीलाई इतिहासले कहीँ न कहीँ सम्मान गर्ने उनको भनाइ छ । ‘नत्र जनताले बालुवाटारको झ्यालबाट फाल्छन्, समयमै यो कुरा हेक्का राख्दा राम्रो होला’, पुनको चेतावनी थियो । ओलीलाई शेरबहादुर देउवाको विगत स्मरण गर्न पनि पुनले सुझाव दिए ।

पुनले भने, ‘शेरबहादुर देउवाले ५९ सालमा निर्वाचन घोषणा गर्नुभयो, संसद विघटन गर्नुभयो । संसद दरबारमा बुझाएर आफै जेल परेपछि  गल्ती भयो भनेर आफैं आन्दोलनमा आउने अवस्था बन्यो । राजनीतिक इतिहास बुझ्दा ओलीजीलाई राम्रै होला ।’ पुनले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्रीको असंवैधानिक कदममा साथ दिएर मुलुकको अभिभावकत्व गुमाएको टिप्पणी गरे । निर्वाचन घोषणा गरिसकेको सरकारलाई काम चलाउन नभनेर राष्ट्रपतिले समेत संविधान उल्लंघन गरेको चर्चा पुनले गरे ।

राष्ट्रपतिले प्रधानमन्त्रीको प्रतिगमनकारी कदमलाई बैधता दिनुभएको उनको भनाई थियो । चुनावी सरकारलाई कतै पनि काम चलाउ सरकार भनी उल्लेख नगरेको भन्दै उनले आपत्ति जनाए । फरक प्रसंगमा मन्त्री पुनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपा नै वैध भएको दाबी गरे । ४ सय ४१ सदस्यीय नेकपा केन्द्रीय समितिमध्ये ३ सय १५ केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको भन्दै पुनले आयोगले साविक केन्द्रीय सदस्यको बहुमतलाई आधार मानेर निर्णय दिने विश्वास व्यक्त गरे ।

केन्द्रीय समितिको दुई तिहाई सदस्य आफूहरुको पक्षमा रहेको भए पनि ओली पक्षका एक सय जनाले ११ सयभन्दा बढी संख्यामा नयाँ सदस्य थप्नु अनैतिक र अराजनीतिक भएको आरोप उनले लगाए । एक सय जनाले ११ सयको संख्या थप्नु सामन्तले सयको पछाडि शून्य थपेर ११ सय बनाएको जस्तै किर्ते र जालसाँजीपूर्ण काम भएको टिप्पणी पुनको छ ।

‘एक सय जना गुटका मान्छे बसेर ११ सय केन्द्रीय समिति विस्तार गरेको भन्नु हास्यास्पद मात्र होइन, जाली तमसुकमा शून्य थपेको जस्तै भयो’, उनले भने । फरक प्रसंगमा उनले ओलीले प्रदेशसभा समेत विघटनको तयारी गरेको चर्चा चल्न थालेको भन्दै प्रधानमन्त्रीले प्रदेश विकटन गर्ने अधिकार संविधानले नदिएको स्पष्ट गरे ।

प्रधानमन्त्रीलाई चीनले दियो सहनै नसकिने दबाब, बालुवाटारमा ओलीले थर्काए चिनियाँ टोलीलाई!

काठमाडौं । नेकपा विभाजनउन्मुख हुँदा नेपाल भ्रमणमा आएको चिनियाँ प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई असह्यै दबाब दिएको खुलासा भएको छ ।

१२ गते नेपाल आएर आज फर्किन लागेको चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्रीको प्रतिनिधिमण्डले प्रधानमन्त्री केपीमाथि संसद भंगको निर्णय उल्टाउन र नेतृत्व परिवर्तन स्वीकार गर्न दबाव दिएको खुलासा भएको हो ।

नेपालका लागि पूर्वराजदूत एवं भारतका पूर्वविदेश सचिव श्याम शरणले संसद भंगको निर्णय उल्ट्याउन ओलीलाई चीनले दबाब दिएको खुलासा गरे। भारतको अंग्रेजी पत्रिका दि ट्रिब्युनमा लेख लेख्दै शरणले नेकपामा पछिल्लो समयमा देखिएको विवाद मिलाउन चीन लागेको समेत दावी गरेका छन् ।

‘निश्चय नै चाइनिज एक्टीभिस्ट–राजदूत रेफ्रीको भूमिकामा नेकपाका विभिन्न गुट एकीकृत बनाउन व्यस्त रहेकी छिन् । चीनले एकताको अन्तिम प्रयास गर्नका लागि चार सदस्यीय पार्टी टिमलाई नेपाल पठाएको छ,’ उनले लेखमा भनेका छन्, ‘यसले पछिल्लो घटनाक्रमप्रति चीनको चासोलाई प्रतिविम्बित गर्छ ।’

प्रधानमन्त्रीले अस्वीकार गरे

चीनले संसद भंग गर्ने र नेतृत्व छाडेर प्रचण्डलाई दिने प्रस्ताव ठाडै अस्वीकार गरेका थिए । बालुवाटार स्रोतका अनुसार ओलीले आफू ब्याक नहुने स्पष्ट जवाफ चिनियाँ पक्षलाई दिएका थिए । ओली नमानेपछि नेकपा मिलाउने चिनियाँ प्रयास असफल भएको छ ।

वीरगञ्जबाट ६ लाख मूल्यको भन्सार छलीका सामान बरामद

वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट ६ लाख मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको छ । लत्ता कपडा, प्याज, लसुन तथा समान ओसार्न प्रयोग गरिएको मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वाटर पर्साले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका–१५ बसपार्क र वीरगञ्ज–१४ गण्डक चोकबाट भन्सार छली गरेर अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ता कपडा, प्याज, लसुन तथा मोटरसाइकल बरामद गरेको गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक दिपेन्द्र थापाले जानकारी दिए । बरामद गरिएको सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक जीवन मल्ल ठकुरीले बताए ।

सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदै

डोटी । सुदूरपश्चिम प्रदेशमा आज पुस १५ गते ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ । डोटीसहित यहाँका बझाङ, बाजुरा, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर, कैलाली, डडेल्धुरा जिल्लामा ‘पुसे पन्ध्र’ पर्व धुमधामका साथ मनाइन्छ ।  हरेक वर्ष पुस १५ गते यहाँका स्थानीय तहका गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ । यस क्रममा १५ हात लामो मुढाको आगो ताप्दै दन्त्यकथा भन्दै रात काट्ने गरिन्छ ।

पुस १५ का दिन विशेषगरी तरुल, सक्खरखण्ड, फर्सी, पिँडालुलगायतका माटोमुनि उम्रिने चिजलाई उसिनेर खाने चलन छ । माटोमुनि उम्रिने पदार्थ खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति, तागत बढ्ने भएकाले खाने गरेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीयवासी रामबहादुर विष्टले बताए । उनले भने, “माटोमुनि उम्रिने चिज खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति आउने भएकाले आजका दिन प्रायः सबैले खाने चलन छ, आजको दिन यहाँ रमाइलो गरिन्छ ।”

आजको दिन यहाँका नागरिकले वन जङ्गलमा काम नगर्ने र बञ्चरो, हँसिया, घाँसपात, दाउरा बान्ने डोरी आदिको पनि पूजा गर्ने चलन रहेको अर्का स्थानीयवासी शिवबहादुर कामीले जानकारी दिए । उनका अनुसार आजको दिन यहाँका प्रायः सबै नागरिक घरमा लगाएको र जङ्गलमा पाइने तरुल खनेर उसिनेर खान्छन् । आज तरुल खानैपर्ने मान्यताअनुरूप यहाँका शहरबजार क्षेत्रमा तरुल किन्नेको घुइँचो लाग्ने गदर्छ । पूर्वजका पालाका पौराणिक कथाहरूलाई एक पिँढीबाट अर्को पिँढीमा सम्झिँदै अनि सम्झाउँदै र सुन्दै वा सुनाउँदै यो पर्व मनाउँदै आइएको छ ।

पूर्वजका पालादेखि चल्दै आएका चाडपर्व र यी चाडपर्व मनाउने तिथिमितिलाई मनन गर्दा मान्छेले फुर्सदको समयमा मनोरञ्जन लिने र दिने सोचका साथ तय गरेको पाइएको डोटी उद्योग वाणिज्य सङ्घका पूर्व केन्द्रीय सदस्य तथा दिपायलका स्थानीयवासी डम्बर भण्डारीले बताए । उनले भने, “आजको दिन यहाँका नागरिकले राजभर जाग्राम बसी पुराना किंवदन्ती सुन्ने र सुनाउने चलन छ, जसलाई सुदूरपश्चिममा ‘बातै’ भन्ने चलन छ ।”

आजको दिन यहाँका नागरिक कसैले पनि काम नगर्ने तथा आफ्नो फुर्सद निकाली खानेकुरो कन्दमुख लाने तथा रमाइलो गर्ने चलन छ । गहुँ छरिसकेपछि गाउँघरतिर पूर्ण फुर्सदिलो महिनाका रूपमा हेर्न सकिन्छ पुस महिनालाई । पुस पन्ध्रको लामो रातलाई कतै कतै कुनिकेउली खाने पर्वका रूपमा पनि लिनइने गरिन्छ । सुदूरपश्चिममा मनाइने पुसे पन्ध्रलाई स्वतन्त्रताको प्रतिकका रूपमा लिने चलन छ ।

घरघरबाट विभिन्न परिकार बनाउन सामग्री लगेर एक ठाउँमा जम्मा भई पकाउने र बाँडीचुँडी खाने चलनलाई यहाँ पुसे पन्ध्र भन्ने गरिन्छ । रातभर विभिन्न पौराणिक र लोककथा, गाउँखाने कथा सुन्ने, सुनाउने साथै गीत–सङ्गीतको समेत भरपुर आनन्द लिने पर्वका रुपमा हेर्न सकिने भएकाले आजको दिन यहाँ निकै महत्वका साथ हेरिने गरिएको दिपायल सिलगढी नगरपालिका–५ का टीकासिंह भण्डारीले जानकारी दिए ।

पछिल्ला दिनमा यो पर्व मात्र औपचारिकता निभाउने ढङ्गले मनाइँदै आएको स्थानीयवासी बताउँछन् । कोरोना कहरका कारण यो वर्ष पहिले जस्तो गरी मनाउन गाह्रो हुने कतिपय स्थानीयवासीको भनाइ छ ।  यहाँका गाउँघरमा आजको दिन शालिन र भद्र ढङ्गले दिनभरि देउडा खेल्ने तथा महिला पुरुषले सवाल जवाफसमेत फर्काउने गर्दछन् । आजको दिन परापूर्वकालदेखि नै महिला पुरुषसँगै देउडा खेल खेल्ने चलन कायमै रहेको सायल गाउँपालिकाका स्थानीयवासी शिद्धराज जोशीले जानकारी दिए ।

केपी ओलीले ‘सामाजिक जनवादी पार्टी’को नाम प्रस्ताव गरेको खुलासा

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले तत्त्कालीन नेकपा (एमाले)को नाम परिवर्तन गरेर ‘सामाजिक जनवादी पार्टी’ बनाउन प्रस्ताव गरेको खुलासा भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष माधवकुमार नेपालले पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा ओलीले कम्युनिस्ट भन्ने नाम हटाएर ‘सामाजिक जनवादी पार्टी’ नाम प्रस्ताव गरेको बताए ।

‘केपी ओलीलाई कम्युनिस्ट भन्ने शब्दनै मन पर्दैन’, नेता नेपालले भने, ‘उति बेलानै ओलीजीले पार्टीको नामबाट कम्युनिस्ट शब्द हटाउन प्रस्ताव गर्नुभएको थियो ।’

अध्यक्ष नेपालले ओलीमा कम्युनिस्टको गुणनै नरहेको बताए । उनले भने, ‘कम्युनिस्टमा हुने गुण ओलीमा छैन ।’

प्रधानमन्त्री ओलीलाई ‘बा’ भनेर सम्बोधन गर्दा खुसी हुने गरेको बताएका नेता नेपालले भने, ‘केपी ‘बा’ । कस्तो ‘बा’ रु उहाँलाई कमरेड भनेको मन पर्दैन । लाल सलाम भनेको मन पर्दैन । कम्युनिस्टको अन्तर्राष्ट्रिय गीत मन पर्दैन ।’

‘ओलीजी सर्वज्ञानी हुँभन्ने ठान्नु हुन्छ । उहाँ फोटो पूजक हो । किताबमा प्रत्येकमा उहाँले फोटो राख्न लगाउनु हुन्छ । देखाइदिउँ किताव रु’, नेपालले भने, ‘सडकमा फोटो टाँस्न लगाउनुभयो । केटाहरूलाई लगाएर रातारात फोटो टाँस्न लगाइयो । ओली राजनेता होइन । उहाँमा संकृणता छ ।’

झापा आन्दोलनमा ओलीको कुनै पनि भूमिका नरहेको नेपालले बताए । झापाबाट भागेर मोरङ आएका बेला ओलीलाई आफूले संरक्षण गरेर राखेको उनले बताए । रिपब्लिक दैनिकबाट

चिनियाँ हस्तक्षेपविरुद्ध दुतावास आगाडी युवाहरुको प्रदर्शन, दर्जनौ पक्राउ!

काठमाडौं । नेपालमा भइरहेको चिनियाँ हस्तक्षेपविरुद्ध युवाहरु सडक प्रदर्शनमा उत्रिएका छन् ।
हस्तक्षेपविरुद्ध मंगलवार काठमाडौं र पोखरामा प्रदर्शन भयो । स्थानीय प्रहरीका अनुसार दर्जनौ युवा हिरासतमा छन् ।

काठमाडौंमा स्वतन्त्र विद्यार्थी युवा समूहले राजधानीमा मसाल जुलुस निकालेको हो । पचासौ युवाको सहभागिता थियो । उनीहरुले नाराबाजी गर्दै महाराजगंजस्थित कान्तिबाल अस्पतालबाट मसाल जुलुस निकालेका थिए । यहाँबाट केही पक्राउ परेका छन् ।

उनीहरुले नेपालको आन्तरिक राजनीतिमा चिनियाँ हस्तक्षेप बन्द गर। हुम्लामा चिनले मिचेको नेपाली भुमि फिर्ता गर। तातोपानी र रसुवागढी भन्सार नाका खुल्ला गर भन्ने नारा लगाएका थिए ।
त्यसैगरी पोखरामा पनि स्वतन्त्र युवाहरुको समूहले मंगलवारै प्रदर्शन गर्यो  । त्यहाँ पनि केही प्रहरी नियन्त्रणमा परे ।

नेकपा आन्तरिक द्वन्द्वले विभाजन उन्मुख हुँदा चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझाउको प्रतिनिधिमण्डल काठमाडौं आएर मिलाउने प्रयास गरिरहेको छ । सबै दलका नेताको घरघरमा पुगिरहेको छ । नेकपा विवाद मिलाउन चीन देखिने गरी मैदानमा उत्रेपछि चौतर्फी विरोध भइरहेका बेला युवाहरु भने सडक प्रदर्शनमै उत्रिएका हुन् ।

वीरगञ्जस्थित दुई तेल उद्योगमा प्रहरीको छापा

पर्सा । वीरगञ्ज महानगरपालिका–३ स्थित सोयाबिन तेललाई तिलको तेल भनेर विक्री गरी उपभोक्ता ठग्ने दुईवटा उद्योगमा जिल्ला प्रहरी कार्यालय पर्साले छापामारी नक्कली उत्पादन बरामद गरेको छ । शिवशक्ति रिप्याकिङ उद्योग र त्रिदेव रिप्याकिङ उद्योगमा पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्त नेतृत्वको प्रहरी टोलीले मंगलवार साँझ छापा मारेको हो ।

उद्योगमा रिफाइन तेल बाहिरबाट ल्याएर केमिकल प्रयोग गरी त्यसलाई तिलको तेल बनाएर प्याकिङ गरी बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले छापामारी गरेको थियो । उद्योगबाट नक्कली उत्पादनका साथै नक्कली स्टीकर र भारत तथा नेपालका विभिन्न उद्योगको नाममा तयार प्याकेटहरूसमेत बरामद गरिएको छ ।

No description available.

प्रहरीले शिवशक्ति रिप्याकिङ उद्योगका सञ्चालक दीपक कुमार वर्णवाल र दिव्य रिप्याकिङ उद्योगका सञ्चालक राजन कुमार वर्णवाल पक्राउ समेत गरेको छ । दीपकले भाइ सन्दीपकुमार अग्रवालको नाममा उद्योग दर्ता गरेर सञ्चालन गर्दै आएका थिए ।

१५ लिटरको जर्किन र प्याकेटमा सोयाबिन तेल ल्याई उनीहरुले तीलको तेल भनेर बोतलमा रिप्याकिङ गरेर बेचेको प्रहरीको आरोप छ । कम्पनीले आफनो नाममा छापेको प्याकेटमा प्याक गरी विक्री वितरण गर्दै आएको भेटिएको, कुन ठाउँबाट खरीद विक्री गरिएको छ, त्यो विषयमा थप अनुसन्धान गर्ने काम भईरहेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक राजेशराज पुरीले बताए ।

No description available.

सोयाबिनको तेल लगेर रिप्याकिङ गर्ने र शत प्रतिशत शुद्ध तिलको तेल भनेर बिक्री गरेर हिन्दु आस्थासँग खेलवाड समेत गरेको प्रहरी उपरिक्षक गंगा पन्तले बताइन् । ‘शुद्ध तिलको तेल पुजापाठमा बढी प्रयोग हुन्छ । उद्योगिहरुले तिलको तेलको नाममा सोयाबिन तेल रिप्याकिङ्ग गरी उपभोक्तालाई ठग्ने काम गरेको हुनाले ठगि मुद्दामा आवश्यक कारवाही हुन्छ,’ उनले भनिन् ।

प्रहरीले छापामारी गरेर शिवशक्ति रिप्याकिङ उद्योगबाट अन्दाजी २ हजार ५ सय लिटर र दिव्य रिप्याकिङ उद्योगबाट ३ हजार ६ सय लिटर भटमासको तेल, नक्कली स्टीकर र भारत तथा नेपालका विभिन्न उद्योगको नाममा तयार प्याकेटहरू समेत बरामद गरेको छ ।द नेपालटपबाट

१२ घण्टाको पैदल हिँडेर ३ जना साथीले बचाए बाबुछोराको ज्यान

काठमाडौं । अष्ट्रेलियाको विकट क्षेत्रमा फसेका १० वर्षीय बालक र उनका बाबुलाई तीनजना साथीहरुले १२ घण्टा पैदल हिँडेर बचाएका छन् ।

गत आइतबार उनीहरु अष्ट्रेलियाको क्विन्सल्याण्डको उत्तर-पश्चिमी क्षेत्रमा यात्रा गरिरहेका थिए । तर, उनीहरु चढेको कार बाढीले जलमग्न भएको सडकको बीचमा फस्यो ।

हिलोबाट कार बाहिर निकाल्न नसकेपछि उनीहरुको समूहले त्यो रात कारमा नै बितायो । भोलिपल्ट बिहानै उनीहरुको समूहका तीनजना साथीहरु सहयोगको खोजीमा त्यहाँबाट सबैभन्दा नजिकमा पर्ने ठूलो सहर माउन्ट एसातर्फ लागे । यो सहर उनीहरु फसेको स्थानबाट ५० किलोमिटर टाढा थियो ।

उनीहरु १२ घण्टा हिँडेर उक्त सहरको प्रहरी चौकीमा पुगेर सहयोगका लागि आग्रह गरे । उनीहरुले आफ्नो साथी रहेको स्थानको लोकेसन पनि प्रहरीलाई दिए । त्यहाँबाट परिचालन भएको प्रहरीले साँझ हुनुभन्दा केही समयअगावै उनीहरुलाई हेलिकप्टरमार्फत उद्धार गर्‍यो । उनीहरु कारको छानामा सहयोगको लागि कुरिरहेका थिए ।

प्रहरीका अनुसार उद्धार गरिएका बाबुछोराको अवस्था सामान्य छ र १२ घण्टाको पैदल हिँड्ने तीन साथीहरुमा पनि कुनै समस्या देखिएको छैन । अनलाइनखबरमा लेखएिको छ । उद्धार टोलीका पाइलट रुसेल प्रोक्टरले बाबुछोराले सही समयमा सही काम गरेको भन्दै उनीहरुको प्रशंसा गरे ।

उद्धारको लागि लामो समय लागेको भए पनि उनीहरु एकै स्थानमा धैर्यतापूर्वक बस्नुले उद्धाकार्य सहज भएको उनको भनाइ छ । भ्रमणमा हिँड्दा उनीहरुले साथमा खानेपानी राख्नु पनि उनीहरुको अर्को बुद्धिमानी भएको उद्धारकर्ताहरुले बताए । अष्ट्रेलियाको उत्तरपूर्वी क्विन्सल्याण्डमा वषर्ायाममा बाढीको प्रकोप देखिने गरेको छ ।