सर्लाहीमा ज्येष्ठ नागरिक आवास भवनको शिलान्यास – Nagarikabhiyan : National News

सर्लाहीमा ज्येष्ठ नागरिक आवास भवनको शिलान्यास

सर्लाही। प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले सर्लाही जिल्लाको लालबन्दीमा ज्येष्ठ नागरिक आवास भवनको शिलान्यास गरेका छन् ।

प्रदेश सरकारको दुई करोड ८० लाख रुपैयाको लागतमा नगरपालिका वडा नम्बर ४ मा ज्येष्ठ नागरिक आवास भवन निर्माण हुने छ । समाजमा ज्येष्ठ नागरिकको भूमिका अत्यन्त सराहनीय रहेको भन्दै मन्त्री सोनलले ज्येष्ठ नागरिकलाई सम्मानजनक जीवनयापनका लागि र एक ठाउँमा भेला भएर भलाकुसारी गर्न भवन सहयोगी सिद्ध हुने बताए ।

प्रतिनिधि सभा सदस्य प्रमोद साह, प्रदेश सांसद प्रमेश्वर साह, लालबन्दी नपाका प्रमुख मानबहादुर खडका, लालबन्दी नपा ४ का वडा अध्यक्ष सोमनाथ बराल लगायतको उपस्थितिमा भएको शिलान्यास कार्यक्रममा स्थानीय ज्येष्ठ नागरिक बलबहादुर थापालाई मन्त्री सोनलले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।