चिनियाँ हस्तक्षेपविरुद्ध दुतावास आगाडी युवाहरुको प्रदर्शन, दर्जनौ पक्राउ! – Nagarikabhiyan : National News

चिनियाँ हस्तक्षेपविरुद्ध दुतावास आगाडी युवाहरुको प्रदर्शन, दर्जनौ पक्राउ!

काठमाडौं । नेपालमा भइरहेको चिनियाँ हस्तक्षेपविरुद्ध युवाहरु सडक प्रदर्शनमा उत्रिएका छन् ।
हस्तक्षेपविरुद्ध मंगलवार काठमाडौं र पोखरामा प्रदर्शन भयो । स्थानीय प्रहरीका अनुसार दर्जनौ युवा हिरासतमा छन् ।

काठमाडौंमा स्वतन्त्र विद्यार्थी युवा समूहले राजधानीमा मसाल जुलुस निकालेको हो । पचासौ युवाको सहभागिता थियो । उनीहरुले नाराबाजी गर्दै महाराजगंजस्थित कान्तिबाल अस्पतालबाट मसाल जुलुस निकालेका थिए । यहाँबाट केही पक्राउ परेका छन् ।

उनीहरुले नेपालको आन्तरिक राजनीतिमा चिनियाँ हस्तक्षेप बन्द गर। हुम्लामा चिनले मिचेको नेपाली भुमि फिर्ता गर। तातोपानी र रसुवागढी भन्सार नाका खुल्ला गर भन्ने नारा लगाएका थिए ।
त्यसैगरी पोखरामा पनि स्वतन्त्र युवाहरुको समूहले मंगलवारै प्रदर्शन गर्यो  । त्यहाँ पनि केही प्रहरी नियन्त्रणमा परे ।

नेकपा आन्तरिक द्वन्द्वले विभाजन उन्मुख हुँदा चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझाउको प्रतिनिधिमण्डल काठमाडौं आएर मिलाउने प्रयास गरिरहेको छ । सबै दलका नेताको घरघरमा पुगिरहेको छ । नेकपा विवाद मिलाउन चीन देखिने गरी मैदानमा उत्रेपछि चौतर्फी विरोध भइरहेका बेला युवाहरु भने सडक प्रदर्शनमै उत्रिएका हुन् ।