१५ पुष २०७७, बुधबार ११:२० – Page 5 – Nagarikabhiyan : National News

धमाधम काममा फर्कंदै कलाकर्मी, भन्छन् ‘मामका लागि बाध्यता’

 काठमाडौँ । कोरोना सङ्क्रमण र त्यसले निम्त्याउने जोखिम अहिले पनि यथावत नै छ । देशको चौतर्फी गतिविधि नियाल्ने हो भने लाग्छ मुलकमा कोरोना हटिसक्यो । विश्वका कतिपय मुलुकलाई हेर्ने हो भने कोरोना सङ्क्रमणको अवस्था दोस्रो फेजमा देख्न सकिन्छ । पहिलेको कोरोनाले हाहाकार मच्चाइरहेको वर्तमान समय बेलायतमा कोरना भाइरसको नयाँ डरलाग्दो रूप फेला परेको र त्यो तीव्र रूपमा फैलिइरहेको समाचारले विश्वलाई फेरि भयभित तुल्याएको छ । कतिपयले यसलाई खोप स्थापित गर्ने षड्यन्त्र बताउँछन् । कारण जेसुकै होस् पछिल्ला तथ्य–तथ्याङ्कहरुलाई हेर्दा भाइरसको यो नयाँ प्रजाति र त्यसको सङ्क्रमण नकार्ने स्थिति भने पक्कै छैन ।

बेलायतमा देखिएको नयाँ भाइरस उच्च सतर्कता अपनाउँदा अपनाउँदै पनि जर्मनी, फ्रान्स, स्पेन, स्विडेन, लेबनान र जापान लगायतमा देखापरेको समाचारबाट थाहा पाउन सकिन्छ ।

पहिलेको होस् वा अहिले बेलायतामा देखिएको नयाँ कोरोना दुवैको सङ्क्रमण गर्मीको तुलनामा जाडो महिनामा धेरै हुने स्वास्थ्यविज्ञहरु बताउँदैछन् । हाम्रो देशको कुरा गर्ने हो भने सार्वजनिक स्थान होस् वा प्राइभेट सबैतिरको हविगत तथा कोरोनाविरुद्ध जनस्वास्थ्यका नियमहरु पालनामा भयानक लापरबाही देखिएको छ । कोरोना अगाडिकै गतिमा देशको अर्थतन्त्रलगायत सबै गतिविधि फर्काउन सरकारले केही क्षेत्रबाहेक सबैक्षेत्र खुला गरेकाले पनि अहिले सबै काममा फर्किएका छन् ।

हाम्रो कलाक्षेत्रको कुरा गर्ने हो भने सरकारले फिल्म हल माथिको प्रतिबन्ध अझै हटाएको छैन । सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर धेरै मानिस भिडभाड हुने अवार्डलगायत ठूला सभासमारोह नगर्न नगराउन अनुरोध गरिएको छ ।

वरिष्ठ कलाकार नीर शाह अहिले पनि कोरोनाको डर कायमै रहेको बताउँछन् । उनी अहिले सुटिङमा निकै व्यस्त छन् । उनको अभिनय रहने सिरियल ‘कुल खानदान’को सुटिङ भइरहेको छ । त्यसको अलवा उनी केही प्रोजेटको एक्सरसाइज पनि गर्दैछन् । उनी आफ्नो अहिलेका गतिविधिलाई कोरोनाको लापरबाही भन्दा पनि बिस्तारै चलायमान गराउने प्रयास बताउँछन् ।

तर कलाक्षेत्रमा भने अवार्डहरु आयोजना हुन थालेका छन् । फिल्म हल खोलिएका छन् । फिल्म, गीतसङ्गीत होस् वा सानोपर्दाका सबै कलाकर्मीको ब्यस्तता कोरोना कालभन्दा बढी रहेको देख्न सकिन्छ । के कोरोना सकिएको हो वा डर नभएको हो ?

‘हामी निडर भएर अहिले हिँडेको होइन र हिँड्नु पनि हुँदैन’ शाहले भने ‘कोरोना मात्र होइन कुनै पनि रोगसँग खेलबाड गर्नु हुँदैन ।’

स्वास्थ्यको ख्याल राख्नु आफ्नो पहिलो जिम्मेवारी रहेको बताउने शाह कोरोना होस् वा अन्य रोग, आफ्नो सतर्कता उत्तिकै रहेको बताउँछन् । ‘रोगप्रति चनाखो रहँदा रहँदै जीवनको सम्पूर्ण प्रक्रियामा पूर्णबिराम त दिनु भएन नि’ शाहले अगाडि थपे, ‘जिन्दगी चलायमान बनाउन पेसागत काममा फर्किएको हो ।’ आफ्नो सुटिङमा प्रशस्तै सुरक्षा अपनाउने गरिएको र कोरानाबाट अप्रिय घटना हुन नदिन सजग रहेको उनले सुनाए । शाहले हालै मदनकृष्ण श्रेष्ठसँग समेत फिल्म ‘पा’को सुटिङ सकाएका छन् ।

‘कोरोनासँग सतर्कता अपनाउनुपर्छ । त्योसँग अहिले पनि डराउनुपर्छ । कोरोना छैन भन्ने मानसिकता राख्नु हँुदैन । कोरोना छ । नयाँ कोरोना पनि आइरहेको छ’ शर्माले भने ‘आफ्नो जीवन पनि त नर्मल बनाउनुपर्यो नि । सधैँ डराएर मात्र जीवन चल्दैन ।’ कोही न कोही मानिस केही न केही रोगसँग लडिरहेको हुने तर्क राख्ने शर्मा कोरोनासँग पनि त्यसरी नै लड्नुपर्ने धारणा राख्छन् ।

शाहको जस्तै विचार अभिनेता तथा निर्देशक अशोक शर्माको पनि रहेको छ । उनी चलचित्र प्रदर्शक पनि हुन् । लामो समयदेखि बन्द रहेको चलचित्र घर गत १० गतेबाट उनी लगायतको पहलबाट सञ्चालनमा आएको छ । सरकारले भने  चलचित्र घर सञ्चालन अनुमति दिएको छैन ।

फिल्म क्षेत्र चलायमान बनाउन पनि आफूहरुले चलचित्र घर सञ्चालनमा ल्याएको शर्माले सुनाए । ‘अहिले फिल्म हलमा १५, २० जना र शनिबार केही बढी दर्शक देखिएका छन्’ शर्मा थपे ‘नियमित हल खोल्ने र नयाँ फिल्म हाल्ने हो भने यो क्षेत्र चलायमान हुन्छ । केही दिनको हल सञ्चालनले त्यो देखाएको छ ।’ शर्मा फिल्म प्रदर्शकको अलवा वितरक तथा निर्माता, निर्देशक पनि हुन् । उनी फिल्म ‘रातो टीका निधारमा’ निर्माणको तयारी गर्दैछन् ।

अभिनेत्री करिष्मा मानन्धर पनि अहिले काममा फर्किएकी छन् । उनी ‘मुन्द्रे कमेडी क्लब’को अलवा अन्य केही प्रोजेटमा व्यस्त छिन् । रोग नर्बिएर सजगताका साथ काम गरिरहेको उनी बताउँछन् ।

‘कामै नगरी सधैँ डराएर जीवन चल्दैन’ करिष्माले भनिन्, ‘जीवन सक्रिय राख्न आफ्नो काममा फर्किनुपर्छ ।’ भिडभाड नगरी, स्वास्थ्य सुरक्षा अपनाएर काम गरिरहेको उनी सुनाउँछिन् । उनले थपिन्, ‘नचाहँदा नचाहँदै भिडभाड हुन्छ । हामीले रोग बिर्सनु भएन । झन् नयाँ रूपमा आएको छ ।’

कलाकारसमेत रहेका लोक गायक कस्तुप पन्तको पनि व्यस्तता पहिलेभन्दा अहिले झन् धेरै छ । केही दिनअगाडि ‘जिन्दगी पानीको फोका’, ‘जिन्दगी घामछाया’ गीत भिडियोसहित ल्याएका उनी अहिले छिट्टै नयाँ लोकदोहोरी ल्याउने कसरतमा छन् । जसका लागि उनले गायक गायिका कुलेन्द्र विश्वकर्मा र सङ्गीता अधिकारीको स्वर समेट्दैछन् । गीत रेकर्ड मात्र होइन म्युजिक भिडियो बनाउनेसम्म उनको दौडधुप रहने गरेको छ । कोरोनाको डरैडरमा बाध्यता र विवसताले अहिले काम गर्नु परिरहेको पन्त सुनाउँछन् ।

‘आफ्नो काममा फर्कन जस्तो सुकै चुनौती सामाना गर्नुपरे तयार छु’ पन्तले भने ‘अहिलेको समय काममा फर्कनुको  विकल्प रहनेछ । कोरोना सकिएको भने होइन ।’

पत्रकारबाट निर्देशक बनेका सुव्रतराज आचार्यले पछिल्लो केही समयमा १५ म्युजिक भिडियोको काम सकाएका छन् । त्यसको सम्पादन र नयाँको तयारीले उनलाई सास फर्ने फुर्सद छैन । कोरोनाको कहर नघटे पनि आफू काममा फर्कनु, आफ्नो  बाध्यता रहेको उनी बताउँछन् ।

हास्यकलाकार जितु नेपाल अहिले कमेडी सो ‘मुन्द्रे कमेडी क्लब’को अलवा अन्य केही काममा व्यस्त छन् । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर उनी नेपालगञ्ज कार्यक्रममा लिएरसमेत जाँदैछन् । उनी पनि कोरोनालाई चुनौती दिएर आफू काम फर्किएको मान्दैनन् ।

‘धेरै समय हामी चुप लागेर बस्यौँ । अब पनि चुप बस्ने हो भने हामी चल्न सक्दैनौँ’ उनले थपे ‘कोरोनाको कहरमा पनि थोरै व्यक्तिको सहभागितामा स्वास्थ्य सुरक्षा अपनाएर काम गर्न सकिँदो रहेछ ।’

‘मेरो एक पटक स्वास्थ्य पेसासँग सम्बन्धित रिलेटिभ भेट भएको थियो । उहाँले हामीले कोरोना भएको लाखौँ मानिस हेरिसकेका छौँ । हाम्रो टिमलाई अहिलेसम्म कोरोना लागेको छैन । हामी पन्जा, मास्क खोल्दैनौँ । दूरी मेन्टेन गर्छाैं र घरमा जाँदा पनि सुरक्षित जान्छौँ’ सुव्रतले ती आफन्तको कुरा सम्झँदै भने, ‘आफन्तले भनेझैँ काम गरिरहेको छु ।’ अहिलेसम्म कुनै युनिटका सदस्यमा कोरोना नदेखिएको आचार्यले बताए ।

हास्यकलाकार जितु नेपाल अहिले कमेडी सो ‘मुन्द्रे कमेडी क्लब’को अलवा अन्य केही काममा व्यस्त छन् । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर उनी नेपालगञ्ज कार्यक्रममा लिएरसमेत जाँदैछन् । उनी पनि कोरोनालाई चुनौती दिएर आफू काम फर्किएको मान्दैनन् ।

‘डर नभएको हैन । तर कति डराउनु भनेर काममा फर्किएको हो,’ नेपालले भने ‘हिजोअस्ति सबै घरमा थिए । लकडाउन पनि थियो । हामी निस्किएका थिएनौँ । अहिले सबैक्षेत्र खुलिसक्यो । नाराजुलुसका भिडभाडसमेत हुन थालेका छन्’ । काम नगरी घरमा बसेर पनि जीवन चल्न नसक्ने नेपालले सुनाए ।

हास्यकलाकार गोपाल ढकाल ‘छन्दे’ पनि आफ्नो व्यस्तता अहिले पहिलेभन्दा बढी भएको बताउँछन् । कोरोनाका कहर नसकिएको राम्रोसँग बुझेका उनी नयाँ सिरियलको, म्युजिक भिडियो सुटिङ तयारी गर्दैछन् । उनी स्टेज सो, फिल्मको सुटिङ, विज्ञापन चलचित्रल गायत काम गरिरहेका छन् ।

‘सुरक्षित भएर काम गरिरहेका छौँ । कामै नगरी बाच्न पनि गाह्रो छ,’ उनले भने ‘हाम्रो पेसामा एक व्यक्तिको कामसँग धेरैको रोजीरोटी जोडिएको हुन्छ । त्यसैले पनि काम गर्नैपर्ने बाध्यता छ ।’ काठमाडौँ बसाइ, यहाँको महँगीमा काम नगरी बाँच्न नसकिने उनको भनाइ रहेको छ ।

म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डेलाई पनि पछिल्लो समय खाने र बस्नेसमेत फुर्सद छैन । राजेश हमालदेखि अहिले चलेका, नचलेका र नयाँ कलाकारसँग उनी काम गरिरहेका छन् । उनको कामको गति हेर्ने हो भने कोरोनाको आभाष गर्ने समेत फुर्सद देखिँदैन ।

आफ्नो कामको रफ्तार रोजीरोटीसँग जोडिएको उनी बताउँछन् । ‘अहिले कोरोना छैन भन्न मिल्दैन । अहिले जाडोमा यो अझ शक्तिशाली होला’ पाण्डेले भने, ‘काम नगरी माम मिल्दैन । सावधानी अपनाएर काम गरिरहेका छौँ ।’ कोरोनासँग डराएरभन्दा पनि सामाना गरेर अगाडि बढ्नुपर्ने तर्क उनको रहेको छ ।

राजेश हमाललाई लिएर भर्खरै दुई म्युजिक भिडियो गरेका पाण्डेले यो साता मात्र ५ म्युजिक भिडियो बनाइसकेका छन् ।

कोरोना सङ्क्रमण र त्यसले निम्त्याउने जोखिम अहिले पनि यथावत नै छ । देशको चौतर्फी गतिविधि नियाल्ने हो भने लाग्छ मुलकमा कोरोना हटिसक्यो । विश्वका कतिपय मुलुकलाई हेर्ने हो भने कोरोना सङ्क्रमणको अवस्था दोस्रो फेजमा देख्न सकिन्छ । पहिलेको कोरोनाले हाहाकार मच्चाइरहेको वर्तमान समय बेलायतमा कोरना भाइरसको नयाँ डरलाग्दो रूप फेला परेको र त्यो तीव्र रूपमा फैलिइरहेको समाचारले विश्वलाई फेरि भयभित तुल्याएको छ । कतिपयले यसलाई खोप स्थापित गर्ने षड्यन्त्र बताउँछन् । कारण जेसुकै होस् पछिल्ला तथ्य–तथ्याङ्कहरुलाई हेर्दा भाइरसको यो नयाँ प्रजाति र त्यसको सङ्क्रमण नकार्ने स्थिति भने पक्कै छैन ।

बेलायतमा देखिएको नयाँ भाइरस उच्च सतर्कता अपनाउँदा अपनाउँदै पनि जर्मनी, फ्रान्स, स्पेन, स्विडेन, लेबनान र जापान लगायतमा देखापरेको समाचारबाट थाहा पाउन सकिन्छ ।

पहिलेको होस् वा अहिले बेलायतामा देखिएको नयाँ कोरोना दुवैको सङ्क्रमण गर्मीको तुलनामा जाडो महिनामा धेरै हुने स्वास्थ्यविज्ञहरु बताउँदैछन् । हाम्रो देशको कुरा गर्ने हो भने सार्वजनिक स्थान होस् वा प्राइभेट सबैतिरको हविगत तथा कोरोनाविरुद्ध जनस्वास्थ्यका नियमहरु पालनामा भयानक लापरबाही देखिएको छ । कोरोना अगाडिकै गतिमा देशको अर्थतन्त्रलगायत सबै गतिविधि फर्काउन सरकारले केही क्षेत्रबाहेक सबैक्षेत्र खुला गरेकाले पनि अहिले सबै काममा फर्किएका छन् ।

हाम्रो कलाक्षेत्रको कुरा गर्ने हो भने सरकारले फिल्म हल माथिको प्रतिबन्ध अझै हटाएको छैन । सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर धेरै मानिस भिडभाड हुने अवार्डलगायत ठूला सभासमारोह नगर्न नगराउन अनुरोध गरिएको छ ।

वरिष्ठ कलाकार नीर शाह अहिले पनि कोरोनाको डर कायमै रहेको बताउँछन् । उनी अहिले सुटिङमा निकै व्यस्त छन् । उनको अभिनय रहने सिरियल ‘कुल खानदान’को सुटिङ भइरहेको छ । त्यसको अलवा उनी केही प्रोजेटको एक्सरसाइज पनि गर्दैछन् । उनी आफ्नो अहिलेका गतिविधिलाई कोरोनाको लापरबाही भन्दा पनि बिस्तारै चलायमान गराउने प्रयास बताउँछन् ।

तर कलाक्षेत्रमा भने अवार्डहरु आयोजना हुन थालेका छन् । फिल्म हल खोलिएका छन् । फिल्म, गीतसङ्गीत होस् वा सानोपर्दाका सबै कलाकर्मीको ब्यस्तता कोरोना कालभन्दा बढी रहेको देख्न सकिन्छ । के कोरोना सकिएको हो वा डर नभएको हो ?

वरिष्ठ कलाकार नीर शाह अहिले पनि कोरोनाको डर कायमै रहेको बताउँछन् । उनी अहिले सुटिङमा निकै व्यस्त छन् । उनको अभिनय रहने सिरियल ‘कुल खानदान’को सुटिङ भइरहेको छ । त्यसको अलवा उनी केही प्रोजेटको एक्सरसाइज पनि गर्दैछन् । उनी आफ्नो अहिलेका गतिविधिलाई कोरोनाको लापरबाही भन्दा पनि बिस्तारै चलायमान गराउने प्रयास बताउँछन् ।

‘हामी निडर भएर अहिले हिँडेको होइन र हिँड्नु पनि हुँदैन’ शाहले भने ‘कोरोना मात्र होइन कुनै पनि रोगसँग खेलबाड गर्नु हुँदैन ।’

स्वास्थ्यको ख्याल राख्नु आफ्नो पहिलो जिम्मेवारी रहेको बताउने शाह कोरोना होस् वा अन्य रोग, आफ्नो सतर्कता उत्तिकै रहेको बताउँछन् । ‘रोगप्रति चनाखो रहँदा रहँदै जीवनको सम्पूर्ण प्रक्रियामा पूर्णबिराम त दिनु भएन नि’ शाहले अगाडि थपे, ‘जिन्दगी चलायमान बनाउन पेसागत काममा फर्किएको हो ।’ आफ्नो सुटिङमा प्रशस्तै सुरक्षा अपनाउने गरिएको र कोरानाबाट अप्रिय घटना हुन नदिन सजग रहेको उनले सुनाए । शाहले हालै मदनकृष्ण श्रेष्ठसँग समेत फिल्म ‘पा’को सुटिङ सकाएका छन् ।

‘कोरोनासँग सतर्कता अपनाउनुपर्छ । त्योसँग अहिले पनि डराउनुपर्छ । कोरोना छैन भन्ने मानसिकता राख्नु हँुदैन । कोरोना छ । नयाँ कोरोना पनि आइरहेको छ’ शर्माले भने ‘आफ्नो जीवन पनि त नर्मल बनाउनुपर्यो नि । सधैँ डराएर मात्र जीवन चल्दैन ।’ कोही न कोही मानिस केही न केही रोगसँग लडिरहेको हुने तर्क राख्ने शर्मा कोरोनासँग पनि त्यसरी नै लड्नुपर्ने धारणा राख्छन् ।

शाहको जस्तै विचार अभिनेता तथा निर्देशक अशोक शर्माको पनि रहेको छ । उनी चलचित्र प्रदर्शक पनि हुन् । लामो समयदेखि बन्द रहेको चलचित्र घर गत १० गतेबाट उनी लगायतको पहलबाट सञ्चालनमा आएको छ । सरकारले भने  चलचित्र घर सञ्चालन अनुमति दिएको छैन ।

‘कोरोनासँग सतर्कता अपनाउनुपर्छ । त्योसँग अहिले पनि डराउनुपर्छ । कोरोना छैन भन्ने मानसिकता राख्नु हँुदैन । कोरोना छ । नयाँ कोरोना पनि आइरहेको छ’ शर्माले भने ‘आफ्नो जीवन पनि त नर्मल बनाउनुपर्यो नि । सधैँ डराएर मात्र जीवन चल्दैन ।’ कोही न कोही मानिस केही न केही रोगसँग लडिरहेको हुने तर्क राख्ने शर्मा कोरोनासँग पनि त्यसरी नै लड्नुपर्ने धारणा राख्छन् ।

फिल्म क्षेत्र चलायमान बनाउन पनि आफूहरुले चलचित्र घर सञ्चालनमा ल्याएको शर्माले सुनाए । ‘अहिले फिल्म हलमा १५, २० जना र शनिबार केही बढी दर्शक देखिएका छन्’ शर्मा थपे ‘नियमित हल खोल्ने र नयाँ फिल्म हाल्ने हो भने यो क्षेत्र चलायमान हुन्छ । केही दिनको हल सञ्चालनले त्यो देखाएको छ ।’ शर्मा फिल्म प्रदर्शकको अलवा वितरक तथा निर्माता, निर्देशक पनि हुन् । उनी फिल्म ‘रातो टीका निधारमा’ निर्माणको तयारी गर्दैछन् ।

अभिनेत्री करिष्मा मानन्धर पनि अहिले काममा फर्किएकी छन् । उनी ‘मुन्द्रे कमेडी क्लब’को अलवा अन्य केही प्रोजेटमा व्यस्त छिन् । रोग नर्बिएर सजगताका साथ काम गरिरहेको उनी बताउँछन् ।

‘कामै नगरी सधैँ डराएर जीवन चल्दैन’ करिष्माले भनिन्, ‘जीवन सक्रिय राख्न आफ्नो काममा फर्किनुपर्छ ।’ भिडभाड नगरी, स्वास्थ्य सुरक्षा अपनाएर काम गरिरहेको उनी सुनाउँछिन् । उनले थपिन्, ‘नचाहँदा नचाहँदै भिडभाड हुन्छ । हामीले रोग बिर्सनु भएन । झन् नयाँ रूपमा आएको छ ।’

कलाकारसमेत रहेका लोक गायक कस्तुप पन्तको पनि व्यस्तता पहिलेभन्दा अहिले झन् धेरै छ । केही दिनअगाडि ‘जिन्दगी पानीको फोका’, ‘जिन्दगी घामछाया’ गीत भिडियोसहित ल्याएका उनी अहिले छिट्टै नयाँ लोकदोहोरी ल्याउने कसरतमा छन् । जसका लागि उनले गायक गायिका कुलेन्द्र विश्वकर्मा र सङ्गीता अधिकारीको स्वर समेट्दैछन् । गीत रेकर्ड मात्र होइन म्युजिक भिडियो बनाउनेसम्म उनको दौडधुप रहने गरेको छ । कोरोनाको डरैडरमा बाध्यता र विवसताले अहिले काम गर्नु परिरहेको पन्त सुनाउँछन् ।

‘आफ्नो काममा फर्कन जस्तो सुकै चुनौती सामाना गर्नुपरे तयार छु’ पन्तले भने ‘अहिलेको समय काममा फर्कनुको  विकल्प रहनेछ । कोरोना सकिएको भने होइन ।’

पत्रकारबाट निर्देशक बनेका सुव्रतराज आचार्यले पछिल्लो केही समयमा १५ म्युजिक भिडियोको काम सकाएका छन् । त्यसको सम्पादन र नयाँको तयारीले उनलाई सास फर्ने फुर्सद छैन । कोरोनाको कहर नघटे पनि आफू काममा फर्कनु, आफ्नो  बाध्यता रहेको उनी बताउँछन् ।

हास्यकलाकार जितु नेपाल अहिले कमेडी सो ‘मुन्द्रे कमेडी क्लब’को अलवा अन्य केही काममा व्यस्त छन् । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर उनी नेपालगञ्ज कार्यक्रममा लिएरसमेत जाँदैछन् । उनी पनि कोरोनालाई चुनौती दिएर आफू काम फर्किएको मान्दैनन् ।

‘धेरै समय हामी चुप लागेर बस्यौँ । अब पनि चुप बस्ने हो भने हामी चल्न सक्दैनौँ’ उनले थपे ‘कोरोनाको कहरमा पनि थोरै व्यक्तिको सहभागितामा स्वास्थ्य सुरक्षा अपनाएर काम गर्न सकिँदो रहेछ ।’

‘मेरो एक पटक स्वास्थ्य पेसासँग सम्बन्धित रिलेटिभ भेट भएको थियो । उहाँले हामीले कोरोना भएको लाखौँ मानिस हेरिसकेका छौँ । हाम्रो टिमलाई अहिलेसम्म कोरोना लागेको छैन । हामी पन्जा, मास्क खोल्दैनौँ । दूरी मेन्टेन गर्छाैं र घरमा जाँदा पनि सुरक्षित जान्छौँ’ सुव्रतले ती आफन्तको कुरा सम्झँदै भने, ‘आफन्तले भनेझैँ काम गरिरहेको छु ।’ अहिलेसम्म कुनै युनिटका सदस्यमा कोरोना नदेखिएको आचार्यले बताए । कुवेर गिरी / राताेपाटी

हास्यकलाकार जितु नेपाल अहिले कमेडी सो ‘मुन्द्रे कमेडी क्लब’को अलवा अन्य केही काममा व्यस्त छन् । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर उनी नेपालगञ्ज कार्यक्रममा लिएरसमेत जाँदैछन् । उनी पनि कोरोनालाई चुनौती दिएर आफू काम फर्किएको मान्दैनन् ।

‘डर नभएको हैन । तर कति डराउनु भनेर काममा फर्किएको हो,’ नेपालले भने ‘हिजोअस्ति सबै घरमा थिए । लकडाउन पनि थियो । हामी निस्किएका थिएनौँ । अहिले सबैक्षेत्र खुलिसक्यो । नाराजुलुसका भिडभाडसमेत हुन थालेका छन्’ । काम नगरी घरमा बसेर पनि जीवन चल्न नसक्ने नेपालले सुनाए ।

हास्यकलाकार गोपाल ढकाल ‘छन्दे’ पनि आफ्नो व्यस्तता अहिले पहिलेभन्दा बढी भएको बताउँछन् । कोरोनाका कहर नसकिएको राम्रोसँग बुझेका उनी नयाँ सिरियलको, म्युजिक भिडियो सुटिङ तयारी गर्दैछन् । उनी स्टेज सो, फिल्मको सुटिङ, विज्ञापन चलचित्रल गायत काम गरिरहेका छन् ।

‘सुरक्षित भएर काम गरिरहेका छौँ । कामै नगरी बाच्न पनि गाह्रो छ,’ उनले भने ‘हाम्रो पेसामा एक व्यक्तिको कामसँग धेरैको रोजीरोटी जोडिएको हुन्छ । त्यसैले पनि काम गर्नैपर्ने बाध्यता छ ।’ काठमाडौँ बसाइ, यहाँको महँगीमा काम नगरी बाँच्न नसकिने उनको भनाइ रहेको छ ।

म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डेलाई पनि पछिल्लो समय खाने र बस्नेसमेत फुर्सद छैन । राजेश हमालदेखि अहिले चलेका, नचलेका र नयाँ कलाकारसँग उनी काम गरिरहेका छन् । उनको कामको गति हेर्ने हो भने कोरोनाको आभाष गर्ने समेत फुर्सद देखिँदैन ।

आफ्नो कामको रफ्तार रोजीरोटीसँग जोडिएको उनी बताउँछन् । ‘अहिले कोरोना छैन भन्न मिल्दैन । अहिले जाडोमा यो अझ शक्तिशाली होला’ पाण्डेले भने, ‘काम नगरी माम मिल्दैन । सावधानी अपनाएर काम गरिरहेका छौँ ।’ कोरोनासँग डराएरभन्दा पनि सामाना गरेर अगाडि बढ्नुपर्ने तर्क उनको रहेको छ ।

राजेश हमाललाई लिएर भर्खरै दुई म्युजिक भिडियो गरेका पाण्डेले यो साता मात्र ५ म्युजिक भिडियो बनाइसकेका छन् ।

एसइइका लागि आवेदन खुला

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइइका लागि आवेदन फारम खुला गरेको छ । बोर्डले आज एक सुचना जारी गर्दै एसइई परीक्षामा सहभागि हुनका लागि भोलिदेखि माघ २१ गते भित्र फारम भरिसक्न विद्यार्थीहरुलाई आग्रह गरेको हो ।
 कोरोना संक्रमणको जोखिम कायमै रहेपनि बोर्डले भौतिक उपस्थितीमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । तर परीक्षा सञ्चालनको मोडालिटीबारे अन्तिम निर्णय भने प्रदेश र स्थानीय सरकारसंगको व्यापक छलफलपछि मात्रै गरिने शिक्षा मन्त्रालयले जनाएको छ । गत बर्ष कोरोना भाइरस संक्रमण जोखिमका कारण परीक्षा स्थगित गरिएपछि विद्यालयको आन्तरिक परीक्षा र मूल्यांकनका आधारमा नतिजा निकालिएको थियो ।  रेडियो कान्तिपुर 

कार्यकर्ता भेलामा सहभागी हुन ब्यांकेटमा जाँदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली आफूपक्षीय कार्यकर्ताको भेलालाई सम्बोधन गर्न बुधबार राजधानीको एक ब्यांकेटमा जाने भएका छन्।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार अपरान्ह १२ बजे बबरमहलस्थित कार्की ब्यांकेटमा हुने सुदूरपश्चिम स्तरीय अगुवा कार्यकर्ता भेलामा उनी सहभागी हुने भएका छन्।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटनको सिफारिस गरेपछि नेकपामा विभाजन आएको थियो। प्रधानमन्त्री ओलीले आफू पक्षीय नेता कार्यकर्तालाई बालुवाटारमै डाक्ने गरेका थिए।

पुस ६ गते उनले बालुवाटारमा दुबै सदनका सांसदहरूसँग छलफल गरेका थिए भने ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमै बसेको थियो।

९ गते बालुवाटारमा ओली समूहले खुला चौरमा टेन्ट टाँगेर कार्यक्रम गरेको थियो।

पुस ५ गतेपछि नेकपाको प्रचण्ड-नेपाल समूहले भने सबै बैठकहरू कार्की ब्यांकेटमै गरिरहेका थिए। प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक र स्थायी कमिटी बैठक सोही ब्यांकेटमा भएका थिए। सेतोपाटीमा लेखएिको छ । कार्की ब्यांकेटमै बसेको प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटीले ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो।

एक टेलिभिजन अन्तर्वार्ताका क्रममा प्रचण्ड-नेपाल पक्षलाई कटाक्ष गर्दै ओलीले आफू ब्यांकेटमा जान पनि नजाने खान पनि नखाने बताएका थिए।

ओली समूहले पुस १८ गते राष्ट्रिय सभागृहमा काठमाडौंका कार्यकर्ता भेला राखेको छ। उक्त भेलामा पनि प्रधानमन्त्री ओली सहभागी हुने बताइएको छ।

कहानी एक ‘मान्छेको मासु खाने प्रहरी’ को जसलाई अदालतले रिहा गरिदियो

एजेन्सी । जबदेखि इन्टरनेट हाम्रो घरमा भित्रिएको छ, यसका सकारात्मक र नकारात्मक पक्षले पनि हाम्रो जीवनमा जरो गाडेको छ । क्याथलिन मेंगन वेलमाथि पनि यस्तै केही भयो । उनका श्रीमान् इन्टरनेटमा धेरै समय बिताउने गर्दथे र यो कुरा क्याथलिनलाई कहिँ कतै खट्किरहेको थियो । एकदिन क्याथलिनको कम्प्युटर खराब हुँदा उनले आफ्ना श्रीमानको सिस्टम प्रयोग गर्न थालिन् ।

क्याथलिनलाई उनका श्रीमानको अन्य महिलासँग चक्कर चलिरहेको हो कि भन्ने शंका थियो । आफ्नो यो शंकाबाट पार पाउन क्याथलिनले आफ्ना श्रीमानको कम्प्युटरमा एउटा यस्तो सफ्टवेयर इन्स्टल गरिदिए जसमार्फत् उनी श्रीमानमाथि निगरानी राख्न सक्थिन् । तर यो जासुसीमार्फत् जे कुरा उनले थाहा पाइन्, त्यो क्याथरिनले कहिल्यै पनि सोचेकी थिइनन् ।

क्याथलिनका श्रीमान् इन्टरनेटमा यातना र यौन हमलाका शिकार भएका महिलाको तस्बिर खोज्ने गर्दथे । यतिमात्रै होइन, उनले जसलाई आफ्नो श्रीमान् ठान्थिन् उनले इन्टरनेटमा ‘महिलालाई अपहरण गर्ने, मान्छेको मासु पकाउने तरिका र गोरा मानिसहरुको गुलामी’ खोजिरहेका थिए ।

अचम्मको यौन इच्छालाई ठाउँ दिने एक वेब फोरममा क्याथलिनका श्रीमानले ‘गर्लमिट हन्टर’ युजरनेममार्फत् मान्छेको मासु खाएको र कसैमाथि यौन हमला गरेको आफ्नो अनुभवबारे निकै विस्तारले पोस्ट गरेका थिए ।

योभन्दा पनि खराब उनले के कुरा पत्ता लगाइन् भने उनका श्रीमान् अन्य पुरुषसँग इन्टरनेटमा महिलालाई कहिले, कहाँ र कसरी अपहरण गर्ने भनेर च्याट गर्दथे । त्यसपछि उनीहरुको हत्या गर्ने र उनीहरुको मासु खाने विषयमा पनि उनीहरु बीच कुरा हुन्थ्यो । ती महिलामा क्याथलिनको नाम पनि समावेश थियो साथै उनका कलेजका साथीदेखि छिमेककी एक किशोरीसम्मलाई आफ्नो शिकार बनाउने बारे उनीहरुले कुरा गरेका थिए ।

गिलबर्टो वेलेको कहानीः

अन्त्यमा, अक्टोबर सन् २०१२ मा उनका श्रीमानलाई पक्राउ गरियो । फेब्रुअरी सन् २०१३ मा जब क्याथलिनका श्रीमानको मुद्दाको सुनुवाई भइरहेको थियो तब आफ्नो बयान दिने बेला उनले भनेकी थिइन्, ‘उनीहरु मेरो खुट्टा बाँधेर मेरो घाँटी काट्न चाहन्थे ता कि रगतको छिर्का टाढासम्म पुगोस् र उनीहरु यसको मज्जा लिन सकून् ।’

यी मानिसहरुमाथि पागलपनको हदसम्म एक प्रकारको यौन इच्छा जागेको थियो जसमा क्याथलिनका श्रीमान् पनि संलग्न थिए । उनीहरु इन्टरनेटमा दुई महिलालाई एक–अर्काको अगाडि नै बलात्कार गरिदिने कुरा गर्दथे ता कि दुबैको डर धेरैभन्दा धेरै बढोस् । यतिमात्रै होइन, उनीहरुको उद्देश्य ती दुबै महिलालाई ‘ओभनमा ३० मिनेटसम्म पकाउने’ पनि थियो । यसो गरेर उनीहरु ती महिलालाई लामो समयसम्म तड्पिरहेको हेर्न चाहन्थे ।

क्याथलिनको बयान सुनेपछि उनका श्रीमान् गिलबर्टो वेले पनि रोएका थिए तर यो कहानी संसारसामू पोखिनु वा खेल खत्तम हुनुअघिसम्म गिलबर्टो वेले न्यूयोर्क प्रहरीका एक यस्ता अधिकारी थिए जोसँग मनोविज्ञानको डिग्री थियो । २८ वर्षका गिलबर्टोको घरमा केही महिना अघि मात्रै छोरीको जन्म भएको थियो ।

गिलबर्टोमाथि इन्टरनेटमा महिलाको अपहरण, बलात्कार, हत्या र मान्छेको मासु खानेबारे षड्यन्त्र रचेको आरोप लागेको थियो । उनीमाथि थुप्रै महिलाको ठेगाना र फोन नम्बर प्राप्त गर्नका लागि सरकारी डाटाबेसको प्रयोग गरेको पनि आरोल लागेको थियो । प्रमाण यति बलियो थियो कि यसलाई उनले कुनै पनि हालतमा अस्विकार गर्न सक्दैनथे ।

गिलबर्टोको वास्तविकता थाहा पाएपछि क्याथलिन डरले आफ्नो आमा–बुवाको घरमा गइन् जहाँबाट उनले एफबीआईसँग सम्पर्क गरिन् र त्यसपछि आफ्नो ल्यापटप र घरको अरु कम्प्युटरसम्म पहुँच दिइन् । अभियोजन पक्षले थुप्रै तर्क दिए । प्रोसिक्यूशनले जब आफ्नो कुरा राखिरहेका थिए तब रेन्डल डब्ल्यू  ज्याकसन नामका वकिलको नाम अघि सारियो ।

मुद्दा र प्रमाणः

यी वकिलसँगको कुराकानीमा गिलबर्टोले एक महिलालाई ओभनमा राख्ने योजना बनाइरहेको बताएका थिए । डार्क वेबमा गिलबर्टोको गतिविधिको कुरा आउँदा उनले अपराधको हरेक स–साना जानकारी त्यहाँ दिएको खुलासा भयो ।

बचाउ पक्षका वकिलले गिलबर्टोविरुद्ध पेश गरिएको प्रमाणको वास्तविकतामाथि आपत्ति जताएनन् । यसको विपरित, उनीहरुले स्विकार गरे कि यो कुनै डरलाग्दो फिल्मजस्तै अचम्मित गरिदिने भयानक थियो ।

यद्यपि, गिलबर्टोको पैरवी गरिरहेका वकिल जुलिया एल. गेटोले उनका क्लाइन्ट र हरर फिल्मबीच एउटा कुरा मेल खान्छ, ‘यो विशुद्ध रुपमा कपोल कल्पना हो जसको वास्तविकतासँग कुनै सम्बन्ध छैन । यो निकै भयानक फ्यान्टेसी हो ।’

वकिल जुलियाले गिलबर्टोको मुद्दालाई मौलिक अधिकारसँग जोड्दै भने, ‘मेरा क्लाइन्टलाई सोच्ने अधिकार छ, आफ्नो कुरा राख्ने अधिकार छ । यहाँसम्म कि कल्पनामा आउने अन्धकारपूर्ण विचार लेख्ने अधिकार पनि छ ।’

यो मुद्दाको दोस्रो पाटो यो पनि थियो कि गिलबर्टोविरुद्ध जतिपनि प्रमाण राखिएका थिए, ती सबैका बावजुल एउटा यस्ता कुनै साक्षी पेश गर्न सकिएन जसले यो प्रमाणित गर्न सकून् कि उनीहरुले कुनै महिलालाई थोरै पनि हानी पुर्याएका छन् ।

‘मान्छेको मासु खाने प्रहरी’

मिडियाले गिलबर्टोलाई ‘मान्छेको मासु खाने प्रहरी’ को ट्याग लगाइदिए । यो मुद्दा ल स्कूलमा अब केस स्टडीको रुपमा पढाइन्छ । कुन विचार समान्य हो र कुन खतरनाक ? यसको कानूनी हद के हो ? गिलबर्टोको केसमा यी सबै हैरान पारिदिने प्रश्न तेर्सिए ।

अपराधको रोकथामको नाममा दखल दिने सही समय कहिले हो ? के इच्छा र फ्यान्टेसी अपराध हुनसक्छ ? गिलबर्टोको मुद्दा हेरिरहेका जुरीले यसको जवाफ ‘हो’ मा दिए । गिलबर्टोलाई अपहरणको षड्यन्त्र रचेको र सरकारी डाटाबेसको प्रयोग गरेकोमा दोषी पाइयो ।

उनले इन्टरनेटमा जे पनि लेखे, तीमध्ये उनले केही पनि गरेका थिएनन् तर पनि उनलाई यो सबै लेखेकोमा जेल पठाइयो । तर के यो ती लेखकमा पनि लागू हुँदैन जसले यस्ता किताब लेखे, फिल्म र टिभी शोको स्क्रिप्ट लेख्छन् र जो असाध्यै सफल पनि हुन्छन् ।

यो साँचो हो कि यी लेखकका विपरित गिलबर्टो र जो व्यक्तिसँग उनले यो विचार व्यक्त गरेका थिए, उनीहरुको स्थिती अलग थियो । यस्तो यसकारण थियो किनभने गिलबर्टो यस्तो प्रकारको यौन उत्तेजनाको स्थितीमा थिए, जसका कारण उनले यस्तो स्थितीको कल्पना गरेका थिए ।

तर गिलबर्टोलाई दोषी पाइयो, आफ्नो विचार लेख्नका लागि, अन्य मानिसहरुसँग अपराधको षड्यन्त्र रचेका कारण, त्यसलाई इमेल र अन्य मानिसहरुसँग सेयर गरेका कारण  । उनले जे गरे त्यो अपराधको सुरुवाती अवस्था थियो ।

‘होमिसाइडल आइडिएशन’

गिलबर्टोको स्थितीलाई मनोविज्ञानमा ‘होमिसाइडल आइडिएशन’ भनिन्छ र थुप्रै वैज्ञानिकले यसमाथि अनुसन्धान पनि गरेका छन् । एक अनुसन्धानमा पाइए अनुसार ७३ प्रतिशत पुरुष र ६६ प्रतिशत महिलाको मनमा कसैको ज्यान लिने विचार आयो । नतिजालाई पुष्टि गर्नका लागि जब यो प्रयोग दोहोराइयो तब लगभग त्यहि नतिजा आयो । ७९ प्रतिशत पुरुष र ५८ प्रतिशत महिलाले यो कुरा स्विकार गरे ।

यो शोधमा भाग लिने सहभागीले कसलाई मार्न चाहन्थे ? पुरुषको मनमा आफ्नै सहयोगी वा अपरिचितलाई मार्ने विचार बढी आउको थियो जबकी महिला कुनै कारणसहित परिवारका कुनै सदस्यको विषयमा बढी आशंकित थिए ।

निर्णयविरुद्ध निर्णयः

यो राम्रा विचार होइनन् तर ‘डुविङ इभिल’ नामकी किताबकी लेखक जुलिया श भन्छिन्, ‘जो मानिसहरु भविष्यका लागि मानसिक रुपमा तयार हुँदैनन्, उनीहरु भावनात्मक हुने सम्भावना अत्यधिक रहन्छ र उनीहरुलाई यसका लागि जीवनभरी पछुतो हुन्छ ।’

त्यसैले नराम्रो इच्छाबारे सोचिरहनु राम्रो हुनसक्छ । तर यसको लक्ष्मण रेखा हुनुपर्दैन ? गिलबर्टोको अपिलको सुनुवाई गर्ने न्यायाधिसले भने, ‘गिलबर्टो जहाँ पाइए, त्यो त उनको लक्ष्मण रेखा हुनसक्दैन ।’ ट्रायल कोर्टको जजमेन्टको २१ महिनापछि अपिल कोर्टमा पछिल्लो निर्णय उल्ट्याइयो ।

जज पल गार्डेफले निर्णय सुनाउँदै भने, ‘गिलबर्टो आफ्नी श्रीमती, युनिभर्सिटीका पुराना साथीहरु र परिचितबारे जस्तो विचार राख्दथे त्यसले उनको बिरामी दिमागलाई देखाउँछ तर उनलाई दोषी ठहर गर्ने ठोस् आधार हुन सक्दैन ।’

गिलबर्टोले षड्यन्त्र रचेको भनी जति सटिक प्रमाण हुँदा हुँदै पनि न्यायाधिस पल गार्डेफले ट्रायल कोर्टको निर्णयलाई गलत ठहर गरे । आफ्नो निर्णयमा उनले एक स्थितीलाई उद्धृत गरे जसमा गिलबर्टोले कथित रुपमा सन् २०१२ को सुरुवातमा नै सोमबार तीन महिला अपहरण गर्नका लागि आफ्ना अनलाइन साथीसँग सहमति जताएका थिए ।

ती महिला न्यूयोर्क शहरमा, एक पाकिस्तानमा र एक ओहियोमा थिए । न्यायाधिस पल गार्डेफले भने, ‘गिलबर्टोले वास्तवमा एकै दिन यो सबैकुरा कसरी गर्न सक्छ भनेर कुनै जुरीले पनि निष्कर्ष निकाल्न सक्दैन ।’

गिलबर्टोकी वकिल जुलियाले सन् २०१४ को जुलाई महिनामा मुद्दा जितेपछि अदालतबाट बाहिर हुँदै भनिन्, ‘गिलबर्टो आफ्नो अपरम्परागत सोचका लागि दोषी हुन् । हामी कसैको विचारका लागि पुलिसिङ गर्न सक्दैनौं । सरकारले हाम्रो दिमागमा निगरानी गर्नु हुँदैन ।’

सन् २०१६ मा सार्वजनिक भएको किताब ‘र डिल, द अनटोल्ड स्टोरी अफ एनवाइपीडीस क्यानिबल कप’ लाई गिलबर्टले ब्रायन ह्वाइटनीसँग मिलेर लेखेका थिए । किताबका प्रकाशक ‘वाइल्ड ब्लू प्रेस’ ले किताब छापिएको कारणबारे जानकारी दियो । यसमा लेखिएको छ – लेखको कल्पनामा महिलासँग जस्तो व्यवहार गरिन्छ, जनताको बहुमत जस्तै, म पनि यो कुरा मन पराउदिनँ ।

किताबको अग्रलेखमा लेखिएको छ, ‘तर यो सोच्नु महत्वपूर्ण हुन्छ कि जब कुनै विचारले आफ्नो हद पार गर्छ तब अपराध बन्ने गर्छ ? यस्तो अवस्थामा यसबारे सोच्नुपर्छ ….’

यो किताबपछि गिलबर्टोले चार उपन्यास लेखेका छन् अब उनी ती चिज बेचेर पैसा कमाइरहेका छन् जुन उनी गोप्य रुपमा लेख्ने गर्छन् । बीबीसी

पाथीभरा क्षेत्रको जङ्गलमा डढेलो : रेडपाण्डा सङ्कटमा

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रको जङ्गलमा लागेको डढेलोले  रेडपाण्डा (रातो हाब्रे) को चरन तथा बासस्थान खरानी बनाएपछि सङ्कटमा परेको छ । छ दिनदेखि शुरु भएको डढेलो नियन्त्रणमा आउन नसक्दा पाथीभरा क्षेत्रको अनुमानित ९० हेक्टर वन क्षेत्रमा डढेलो फैलिसकेको डिभिजन वन कार्यालयका फोरेस्टर फुपुग्याबु शेर्पाले जानकारी दिए । डढेलो फैलिने क्रम जारी रहेकाले कति वन क्षेत्र डढेलोले नष्ट गर्छ, अहिले आँकलन गर्न नसकिने शेर्पाले बताए ।

पाथीभरा क्षेत्रको वनमा ८० हेक्टरभित्रको ब्लकमा आठदेखि ११ सम्म रेडपाण्डाको राम्रो चरन तथा बासस्थान भएको रेडपाण्डा क्षेत्रमा काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । रेडपाण्डाको बासस्थान पूरै डढेलोले खरानी बनाएपछि कति रेडपाण्डा अर्को स्थानमा जान सफल भए वा कति आगोले जलेर मरे अहिले अनुमान गर्न नसकिएको राईले बताए ।

आगलागीका कारण पाथीभरा क्षेत्रको फावाखोला जङ्गल र सिकैचा क्षेत्रको जङ्गलसमेत जलेको छ । हावा चलेकाले पनि आगो एक क्षेत्रबाट अर्को क्षेत्रमा सजिलै फैलिरहेको पाथीभरा क्षेत्र विकास समितिका निर्देशक मनमणि काफ्लेले बताए । हिउँ वा पानी नपरेसम्म आगो निभाउन नसक्ने अवस्था रहेको निर्देशक काफ्लेले बताए । पाथीभरा क्षेत्रको पश्चिमपट्टि रहेको मयाम पाताल जङ्गलमा आगो प्रवेश गरे मानव बस्तीमा पनि क्षति हुने उनले बताए ।

काठमाडौँबाट आएको सिम्रिक एयरको हेलिकोप्टरले आगो नियन्त्रण गर्ने प्रयास गरे पनि आगो निभेको छैन । सोमबार हेलिकोप्टरबाट पाँच पटकसम्म पानी खसाले पनि आगो निभेको थिएन । गत बिहीबारदेखि फुङलिङ नगरपालिका–११ फावाखोलामा रहेको सिम्बु सामुदायिक वन क्षेत्रमा लागेको डढेलो पाथीभरा मन्दिर नजिकै पुगेको हो । आगलागीको कारण अझै खुलेको छैन । स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो निभाउने प्रयास गरिरहेका छन् ।

गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदै

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन लिम्बूहरुले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किरात पर्व मनाउँछन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रका जातजातिले यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउँछन् ।

किरात समुदायले आपूmले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम भन्छन् । बाली लगाउने बेलामा भने किराँत जातिमा उभौँली अर्थात् यावा पर्व मनाइने प्रचलन छ ।

भूमि पूजाका लागि बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धान नाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ ।

ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ । किराँतको ऐतिहासिक पवित्र धार्मिकस्थल सानो हात्तीवनमा आज किराँत चाड विशेषरुपमा मनाइन्छ । पूजापछि आ–आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रङनाच, ढोलनाचलगायतका नाच नाचेर मनोरञ्जन गर्छन् । पर्व मनाउन त्यहाँ भेला भएका किराँतले आफ्नो परम्परगत सांस्कृतिक कार्यक्रम र विभिन्न खेलकूद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ ।

लिम्बूहरूले युमासामाङ र थेवासामाङलाई आफ्नो इष्टदेवता मान्छन् भने किराँत तागेरा निङ्वाफुमाङलाई आफ्नो देवताका रूपमा पुज्ने गर्छन् । तागेरा निङ्वाफुमाङ्लाई आकृति विनाको अदृश्य शक्ति मानिने भएकाले मूूर्ति वा प्रतिमा नहुने भनाइ छ ।

वैशाख पूर्णिमामा उभौली पूजा गरेका किराँतले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । यसलाई पर्यावरण अनुकूलताअनुरुपका कामका रुपमा समेत लिइने राईले बताए। उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रुपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ । पितृको मान र प्रकृतिको सम्मानका रुपमा दुवै पर्वलाई किराँतले मनाउँछन् ।

‘राष्ट्रपतिको तागत यिनीहरूले बुझेकै छैनन्, उहाँले इमर्जेन्सी पनि लगाइदिन सक्नुहुन्छ’

देशमा अहिले जे भइरहेको छ, त्यसको संकेत डेढ वर्ष पहिल्यै, प्रधानमन्त्रीकै मुखबाट बोलिएअनुसार नै भइरहेको छ । प्रमाण मान्ने हो भने प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको संसद विघटनसम्बन्धी सिफारिसको योजना राष्ट्रपतिलाई संसदभित्र ‘महारानी’ भनिएको घटनापछि बुनिएको थियो ।

‘संसदीय सुनुवाई समितिको सभापति रहेका जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णलाई एक रात बालुवाटारमा घण्टौं कुराएपछि प्रधानमन्त्रीले केही संकेत गरेका थिए । ०७६ जेठ १५ गते राष्ट्रपति विद्या भण्डारीले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भनेको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका विभिन्न नेताले प्रयोग गरेका ‘महारानी’ जस्ता शव्द र शैलीमाथि आपत्ति जनाउँदै प्रधानमन्त्रीले लक्ष्मणलाल कर्णसँग आक्रोश पोखेका थिए, ‘राष्ट्रपतिको तागत यिनीहरूले बुझेकै छैनन् । उहाँले इमर्जेन्सी पनि लगाइदिन सक्नुहुन्छ । त्यस्तो अधिकार र कर्तव्य भएको सम्मानित पदलाई हेप्ने, मिनिमाइज गर्ने ? जथाभावी टिप्पणी गर्ने ?’

प्रधानमन्त्रीको भनाइ थियो, ‘नीति तथा कार्यक्रम सरकारको हो, सरकारको कुरा राष्ट्रपतिले वाचन गर्ने हो ।’ उहाँले सभामुख कृष्णबहादुर महरातर्फ इंगित गर्दै भन्नुभएको थियो, ‘राष्ट्रपतिलाई संसद्मा बोलाउने हामी तर हामीलाई नै स्वागत गर्न नदिने ? यस्तोमा सरकारको भूमिका नै नहुने ?’

त्यसबेला लक्ष्मणलाल प्रधानमन्त्रीलाई भेट्न जानुको कारण थियो, पर्साको जगन्नाथपुरका एक राजपा कार्यकर्तामाथि मधेस आन्दोलन अघिदेखि नै लागेको ज्यानमुद्दा फिर्ता गराउने मुद्दा । दर्ता भएको छ तर प्रक्रिया टुंगिएको छैन । अदालतले फरार अभियुक्तका रुपमा पाँच वर्ष कैद ठेकिसकेको छ । मान्छे त्यसबेलासम्म बाहिरै छन् । तर, प्रधानमन्त्रीले मूल विषयमा त्यति चासो नराखी आफ्ना कुरा मात्र सुनाएर पठाउनुभएको लक्ष्मणलालले जनआस्थालाई त्यहीबेला बताउनुभएको थियो । त्यसदिन उहाँलाई शुरुमा साँझ ६ बजेको समय दिइयो । पछि ८ बजेको खबर गयो । तर, भेटघाटचाहिँ राति पौने एघार बजे बल्ल सम्भव भयो, लिफ्टबाट शयनकक्षमा सोझै ल्याउने निर्देशनसहित ।

डेढ वर्षअघिका प्रधानमन्त्रीका कुरा सुन्दा र अहिले राष्ट्रपतिमाथि प्रचण्ड खेमाले अध्यादेश प्रकरणका कारण महाअभियोग लगाउँदैछ भन्ने हल्लाकै कारण अकस्मात प्रतिनिधिसभा विघटनसम्मको काम हेर्दा लाग्छ, उहाँको दिमागमा अहिलेका परिघटनाहरु पहिल्यै सेट भएका रहेछन् । अझ, संकटकाल त लगाउनै बाँकी छ । त्योचाहिँ कहिले लाग्छ कुन्नि ! आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

आज २०७७ पुस १५ गते बुधवारकाे राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
भाइबहिनी वा सन्ततिका समस्यामा केन्द्रित हुनुपर्ने छ, सन्ततिका लागि केही धनराशि खर्च हुने सम्भावना छ । पारिवारिक वातावरण अनुकूल नहुनाले दिक्क लाग्न सक्छ । आर्थिक मामिलामा नराम्रो छैन । बौद्धिक र सृजनात्मक क्षमता ह्रास आएको अनुभूति भए पनि पठनपाठन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्ने छ । शरीरमा थकानको अनुभूति हुनसक्छ तथापि घरपरिवार, पारिवारिक सुख, मान्यजनको सेवासुश्रुषामा समय बितेको पत्तो पाउनुहुन्न । विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन् । यता घरैमा बस्नेले समेत सरलताको अनुभूति गर्नेछन् । काममा विविध चुनौतीको सामना गर्नु पर्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
आजका लागि शुभअङ्क : ४ र शुभरङ्ग : घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सों सोमाय नम न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।नयाँ योजना प्रारम्भ गर्न सकिनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अवसरवादीहरूबाट अलि सजग रहनुहोला। काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ।नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन हुनेछ। सानाे प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूकाेे उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ।

निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला।प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ। जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। तर कामको सन्दर्भमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। ठगीमा परिने समय रहेकाले धनमाल सुरक्षामा सजग रहनुहोला।विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमलिनुपर्ला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। समस्या दर्साउँदा सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ। धेरै सक्रियता स्वास्थ्यका लागि बाधक बन्न सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। तर अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
नोकरी र व्यवसायिक क्षेत्रमा आज तपाईंको बोलीको प्रतिकूल अर्थ लाग्नेछ, होस पुर्याएर बोल्नुहोला । उमङ्ग, जोस र जाँगरलाई संयम भई प्रयोग गर्नु श्रेयस्कर हुनेछ । दैनिक कारोबारबाट फाइदा नै हुनेछ । साझेदार वा सहयोगीको साथ पाइने छैन, त्यसैले व्यस्त रहेर दिन व्यतीत हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट सुखद समाचार आउने छ । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ महालक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ। आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्।सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ।

जङ्गली हात्ती (मकुना)को आक्रमणबाट फेरी एक जनाको मृत्यु

इनरूवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका वार्ड नं. ५ मा जङ्गली हात्ती (मकुना)को आक्रमणबाट फेरी एक जनाको मृत्यु भएको छ ।

आइतबार राती साढे ८ बजे कोशी गाउँपालिका वार्ड नं. ५ बस्ने १९ वर्षीय मोती कामतको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

पछिल्लो समय बढ्दै गएको हातीका आतंकका कारण कोशी गाउँपालिकाबासी चिन्तीत बनेका छन् ।

रातको समयमा जंगली हात्तीकोे कारण जाग्राम बसेपनि आफूहरु सुरक्षित नरहेको कोशी गाउँपालिका वार्ड नं ५ का मनोज यादवको भनाई छ ।

हात्तीको आक्रमणबाट कामतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कोशी कटान स्थित सोमबार बिहानै देखी कोशी गाउँपालिकाका स्थानीयहरु महेन्द्र राजमार्ग ५ घण्टा सम्म विभिन्न किसिमका नाराबाजी गर्दै बाटो जाम गरेका थिए ।

हात्तीको आक्रमणबाट मृत्यु भएका मृतकको शव सहित आन्दोलनमा उत्रिएका हात्ती पीडितहरूले पूर्वपश्चिम सडक खण्ड समेत अवरुद्ध गरेका थिए ।

हात्ती पीडित, स्थानीयवासी, कोशीटप्पु वन्यजन्तु आरक्षका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेल, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, कमल थापा लगातयतका जनप्रतिनिधि सहितको सर्वपक्षीय छलफल भएको छ ।

सर्वपक्षिय छलफलमा ०७७ साल मंसिर २९ गते कोशी गाउँपालिका वार्ड नं. ६ का प्रमोद यादव र सोमबार राती कोशी गापा वार्ड ५ का स्थानीय मोती कामतलाई जंगली हाती (मकुना) को आक्रमणबाट मृत्युु भएकोमा शोकाकुल परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्दै विभिन्न निणार्य गरेका छन् ।

मकुना हात्ती नियन्त्रण गरी त्यसलाई आवश्यक व्यावस्थापन गर्न विभागका महानिर्देशक सँग फोन मार्फत छलफल हुँदा चितवन र विभागबाट विज्ञ टोली आजै झिकाई काम सुरु गर्ने वा मंसिर ३० गतेको निणर्य कार्यान्वयन गर्न विभागलाई निणार्य गरेका हुन् ।

भने दुवै घटनामा मृत्यू भएका नजिकको हकदारलाई कानुन बजोजिम पाउने राहत शिघ्र उपलब्ध गर्ने , हात्ती समबन्धी विज्ञ टोलीको दरबन्दी आरक्ष कार्यालयमा व्यवस्थ ागर्ने, जंगली हात्ती नियन्त्रण गर्न र पूर्वी बाँधमा रहेको सोलार बत्तीमा विद्युत्त सुचारु गर्ने निणार्य गरेको हो ।

गोकुल बाँस्कोटाले फेरे नेकपा अध्यक्ष

काठमाडौं । पूर्वमन्त्री गोकुल बाँस्कोटाले गृहजिल्ला काभ्रेपलाञ्चोकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष फेरेका छन् । नेकपा ओली पक्षले काभ्रे जिल्ला अध्यक्ष अशोक ब्याञ्जुलाई चयन गरेको हो । 

ओली नेकपाको मंगलवार बसेको दोस्रो बैठकले जिल्ला अध्यक्ष चयन गरेका ब्याञ्जु  धुलिखेल नगरपालिकाका मेयर एवं नेपाल नगरपालिका संघका अध्यक्ष समेत हुन् ।

बैठकले पार्टी सचिवमा नारायण पाण्डे चयन गरेको छ । बैठकले १२४ सदस्यीय जिल्ला कमिटी घोषणा समेत गरेकाे छ ।

मुख्यमन्त्री राईलाई संसदीय दलको नेताको हैसियतमा काम नगर्न आग्रह

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश १ संसदीय दलका उपनेताले दलको नेताको हैसियतमा काम नगर्न खबरदारी गरेका छन् ।

मंगलबार लिखित पत्र पठाउँदै उपनेता टङ्क आङ्बुहाङले अविश्वासको प्रस्ताव परेकाले मुख्यमन्त्री राईलाई नेकपा संसदीय दलको नेताको हैसियतमा काम नगर्न भनेका हुन् ।

नेकपा विवाद बढेसँगै प्रचण्ड– माधव समूहले मुख्यमन्त्री राईविरुद्ध आइतबार अविश्वासको प्रस्ताव पेस गरेको थियो । सोमबार नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधे ।

स्पष्टीकरणमा प्रस्ताव फिर्ता लिएर २४ घण्टा भित्र स्पष्टीकरण पेस नगर कारवाही गर्ने चेतावनी दिइएको थियो । तर पत्र पठाएको २४ घण्टा नबित्दै मंगलबार बिहान उपनेता टङ्क आङ्बुहाङले दलका नेता राईलाई निर्देशनात्मक पत्र पठाउँदै दलको नेताको रुपमा काम नगर्न भनेका हुन् ।

ओली पक्षका मुख्यमन्त्री राईविरुद्ध नेकपाकै प्रचण्ड– माधव समूहका ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । सांसदलाई स्पष्टीकरण सोध्ने प्रमुख सचेतक राजभण्डारी ओली समूहका हुन् । मुख्यमन्त्रीलाई काम नगर्न निर्देशन दिने उपनेता प्रचण्ड– माधव पक्षका हुन् ।

संसदलीय द भित्र पनि दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव परेकाले मुख्यमन्त्री शेरधन राईलाई दलको नेताको हैसियतामा कुनै पनि काम कारवाही नगर्न पत्राचार गरिएको उपनेता आङ्बुहाङले बताए । संसदीय दलको विधानको प्रावधान अनुसार मुख्यमन्त्रीलाई पत्राचार गरिएको उनको भनाइ छ ।

ओलीले संसद विघट गर्नुपछाडि भयंकर ठूलो लोभ, भीम रावलले गरे खुलासा !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुका पछाडि भयंकर ठूलो लोभ रहेको नेकपाका प्रभावकारी नेता भीम रावलले बताएका छन् । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले मंगलबार महेन्द्रनगरमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता रावलले यस्तो बताएका हुन् ।

नेता रावलले ओलीले संसद विघटन गर्नु पछाडि पद जोगाउँने भयंकर ठूलो लोभ भएको बताएका हुन् । सभालाई सम्बोधन गर्दै नेता रावलले भने, ‘प्रचण्ड र माधव नेपाललाई पदको लोभी भन्ने ओलीले आफ्नो पद बचाउन देशलाई बर्बाद पारे’, उनले भने, ‘उनीभन्दा लोभी अरु को हुन सक्छ।’ अहिलेको लडाइँ सर्वसत्तावादविरुद्ध भएको उनको भनाइ थियो।

सुदूरपश्चिम प्रदेश इन्चार्जसमेत रहेका रावलले संविधानको कुनै पनि धारामा प्रतिनिधि सभा विघटन गर्न पाउने अधिकार नभएको समेत बताएका छन् । ‘स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेश पनि ल्याउँदिन, प्रतिनिधि सभा विघटन पनि हुँदैन भएका थिए,’ नेता रावलले भने, ‘तर, एकाएक प्रतिनिधि सभा विघटन भयो।’ पुस ५ गतेको दिन नेपाली राजनीतिक इतिहासमा कालो दिनका रुपमा चिनिएको नेता रावलले बताए।

नेता रावलले अरुलाई पदको लोभी भएको आरोप लगाउँदै प्रधानमन्त्रीले आफ्नो पद बचाउन देशलाई बर्बाद बनाएको बताए। ‘प्रचण्ड र माधव नेपाललाई पदको लोभी भन्ने ओलीले आफ्नो पद बचाउन देशलाई बर्बाद पारे’, उनले भने, ‘उनीभन्दा लोभी अरु को हुन सक्छ।’ अहिलेको लडाइँ सर्वसत्तावादविरुद्ध भएको उनको भनाइ थियो।

प्रधानमन्त्रीको निर्णय पक्षमा सुनसरीमा युवाहरु सक्रिय बन्दै

इनरुवा । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको निर्णयलाई स्वागत गर्नका लागि सुनसरीमा युवाहरु सक्रिय बन्न थालेको छ ।

संसद र पार्टी चल्नै नदिएपछि बाध्य भएर प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको भन्दै सो निर्णयलाई स्वागत गर्नका लागि सुनसरीमा युवाहरु सक्रिय बन्न थालेको हो ।

राष्ट्रिय युवा संघ सुनसरीका ईञ्चार्ज देवानन्द मेहता, युवा नेता रमेशकुमार यादव, अञ्जनीकुमार पोखरेल, प्रलाद बस्नेत, ऋतिक यादव, रोशन रेग्मी लगायतका युवाहरुले सुनसरीको इटहरीमा जिल्ला स्तरीय बैठक बसी प्रधानमन्त्री ओलीले गरेको निर्णयलाई स्वागत गर्ने तयारी थालेको छ ।

एकाएक ओलीले प्रधानमन्त्री पद गुमाउने घाेषणा, बालुवाटारमा खैलाबैला !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखपछि प्रधानमन्त्री केपी शर्मा ओली पदबाट हट्ने घोषणा गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले आउँदो बैशाखपछि ओली पदमा नरहने घोषणा गरेका हुन् ।

यसबाहेक प्रचण्डले ओलीले चुनाव गर्न मध्यावधि घोषणा नगरेको भन्दै  भ्रममा नपर्न समेत आग्रह गरेका छन् । प्रचण्डले भने, ‘कतिपय मानिसहरुलाई कम्युनिस्ट पार्टी विभाजित भएको, मध्यावधि भइहाल्यो भने हामीले चुनाव जितिन्छ भनेर अलिअलि सपना देख्न खोजेको सुनिन्छ, त्यो दुश्वस्न हो भन्ठान्छु । हुनेबाला चुनाव घोषणा भएकै होइन ।’

चुनाव हुन्छ भन्नेमा स्वयंम केपी शर्मा ओलीलाई भरोसा नभएको आफूले थाहा पाएको उनले बताए । उनले अघि भने, ‘चुनाव त हुँदैन, जबरजस्ती लैजाने भन्ने छ उहाँहरुको योजना ।’ छँदोखाँदोको बहुमत छोडेर दुर्घटना गराउनेले चुनाव गराउँछन् भन्ने ठान्नु गल्ती हुने उनले बताए ।

संसद विघटनविरुद्ध प्रदेश २ मा विशाल प्रदर्शन (फोटोफिचर)

जनकपुर । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले प्रदेश नम्बर २ मा विशाल प्रदर्शन गरेका छन् । मंगलबार नेपाल कम्यूनिष्ट पार्टी नेकपाले प्रदेश नम्बर २ को सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा पनि प्रधानमन्त्रीको कदमको विराधमा बृहत प्रदर्शन गरेका हुन् ।

सप्तरीमा सो समूहका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेन्द्र पासवान, सिरहामा स्थायी समिति सदस्य तथा पूर्वमन्त्री विश्वनाथ साह, धनुषामा स्थायी समिति सदस्य गणेश साह, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामचन्द्र झा, पूर्वमन्त्री यदुवंश झा, महोत्तरीमा केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज राजु खड्का, सर्लाहीमा पूर्वमन्त्री रामेश्वर राय यादव, रौतहटमा स्थायी समिति सदस्य तथा पूर्वमन्त्री मातृकाप्रसाद यादव, बारामा केन्द्रीय सदस्य कमल न्यौपाने र पर्सामा केन्द्रीय सदस्य उर्मिला अर्यालय तथा नेकपा प्रदेश– २ समितिका ईन्चार्ज नागेन्द्र चौधरी सहितले सम्बोधन गरेका छन् । बृहत प्रदर्शनलाई तस्बिरमा हेरौं ।रातोपाटीबाट

माफी माग्दै रजनीकान्तले भने-‘स्वास्थ खराब छ, चुनाव लड्दिन’

एजेन्सी । दक्षिण भारतका सुपरस्टार रजनीकान्तले चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । मंगलबार तमिल भाषामा एक विज्ञप्ति जारी गर्दै फ्यानसँग माफी मागे । जनताको सेवालाई भने निरन्तर जारी राख्ने विज्ञप्तिमा उल्लेख छ ।  विज्ञप्तिमा भनिएको छ, ‘खराब स्वास्थका कारण राजनीतिमा आउने घोषणा गरेर वीरता देखाउन चाहान्न । आफ्ना समर्थकहरुलाई पनि हैरान बनाउन चाहान्न । यस निर्णयबाट पनि केही फ्यानहरु दुुःखी हुनुुभएको होला, मलाई माफी दिनुस् ।’

डाक्टरले रजनीकान्तलाई आराम गर्न सल्लाह दिएका छन् । ब्लड प्रेसरमा देखिएको उतारचढाव र थकान महसूस भएपछि ७० वर्षीय रजनीकान्त २५ डिसेम्बरमा हैदरावादको एपोलो अस्पतालमा भर्ना भएका थिए । दुुई दिनपछि उनी डिस्चार्ज भए । डाक्टरहरुले रजनीलाई एक सातासम्म बेड रेस्ट गर्न, शारीरिक गतिविधि कम गर्न र कोरोनाबाट जोगिएर बस्न सल्लाह दिएका थिए । ३ डिसेम्बरमा रजनीकान्तले २०२१ को विधानसभा चुनाव लड्ने घोषणा गरेका थिए । उनले यसका लागि ३१ डिसेम्बरमा नयाँ पार्टी घोषणा गर्ने योजना पनि सुनाएका थिए ।

कमल हसनसँग गठबन्धन 

अघिल्लो वर्ष रजनीकान्तले अर्का अभिनेता तथा राजनीतिज्ञ कमल हसनसँग गठबन्धन गर्नका लागि छलफल गरेका थिए । ‘राज्यका जनताको हितलाई हेर्दै यदि कमल हसनसँग गठबन्धन गर्नुपर्ने अवस्था आयो भने हामी पक्कै पनि एक हुनेछौं’ रजनीकान्तले त्यतिबेला भनेका थिए ।  कमल हसनले निर्वाचन अभियान सकिएलगत्तै रजनीसँग भेट्ने बताएका छन् । ‘रजनीका फ्यानहरुझैं उनी पनि निराश छन्, तर उनको स्वास्थ प्रमुख हो,’ कमल हसनले भने ।

चुनावी राजनीतिमा यी अभिनेताहरु पनि 
दक्षिण भारतमा चुनाव उठ्ने कलाकारहरुको सूची लामो छ । विगतमा डाक्टर एमजी रामचन्द्रन, एम करुणानिधी, जे जयललिता, कमन हसन, विजयकान्त, सरत कुमार र करुनासलगायत लोकप्रिय कलाकार चुनावी प्रतिस्पर्धामा थिए ।