गोकुल बाँस्कोटाले फेरे नेकपा अध्यक्ष
१४ पुष २०७७, मंगलवार २०:५४
काठमाडौं । पूर्वमन्त्री गोकुल बाँस्कोटाले गृहजिल्ला काभ्रेपलाञ्चोकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष फेरेका छन् । नेकपा ओली पक्षले काभ्रे जिल्ला अध्यक्ष अशोक ब्याञ्जुलाई चयन गरेको हो ।
ओली नेकपाको मंगलवार बसेको दोस्रो बैठकले जिल्ला अध्यक्ष चयन गरेका ब्याञ्जु धुलिखेल नगरपालिकाका मेयर एवं नेपाल नगरपालिका संघका अध्यक्ष समेत हुन् ।
बैठकले पार्टी सचिवमा नारायण पाण्डे चयन गरेको छ । बैठकले १२४ सदस्यीय जिल्ला कमिटी घोषणा समेत गरेकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया