एकाएक ओलीले प्रधानमन्त्री पद गुमाउने घाेषणा, बालुवाटारमा खैलाबैला !
१४ पुष २०७७, मंगलवार १८:५४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखपछि प्रधानमन्त्री केपी शर्मा ओली पदबाट हट्ने घोषणा गरेका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले आउँदो बैशाखपछि ओली पदमा नरहने घोषणा गरेका हुन् ।
यसबाहेक प्रचण्डले ओलीले चुनाव गर्न मध्यावधि घोषणा नगरेको भन्दै भ्रममा नपर्न समेत आग्रह गरेका छन् । प्रचण्डले भने, ‘कतिपय मानिसहरुलाई कम्युनिस्ट पार्टी विभाजित भएको, मध्यावधि भइहाल्यो भने हामीले चुनाव जितिन्छ भनेर अलिअलि सपना देख्न खोजेको सुनिन्छ, त्यो दुश्वस्न हो भन्ठान्छु । हुनेबाला चुनाव घोषणा भएकै होइन ।’
चुनाव हुन्छ भन्नेमा स्वयंम केपी शर्मा ओलीलाई भरोसा नभएको आफूले थाहा पाएको उनले बताए । उनले अघि भने, ‘चुनाव त हुँदैन, जबरजस्ती लैजाने भन्ने छ उहाँहरुको योजना ।’ छँदोखाँदोको बहुमत छोडेर दुर्घटना गराउनेले चुनाव गराउँछन् भन्ने ठान्नु गल्ती हुने उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया