एसइइका लागि आवेदन खुला – Nagarikabhiyan : National News

एसइइका लागि आवेदन खुला

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइइका लागि आवेदन फारम खुला गरेको छ । बोर्डले आज एक सुचना जारी गर्दै एसइई परीक्षामा सहभागि हुनका लागि भोलिदेखि माघ २१ गते भित्र फारम भरिसक्न विद्यार्थीहरुलाई आग्रह गरेको हो ।
 कोरोना संक्रमणको जोखिम कायमै रहेपनि बोर्डले भौतिक उपस्थितीमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । तर परीक्षा सञ्चालनको मोडालिटीबारे अन्तिम निर्णय भने प्रदेश र स्थानीय सरकारसंगको व्यापक छलफलपछि मात्रै गरिने शिक्षा मन्त्रालयले जनाएको छ । गत बर्ष कोरोना भाइरस संक्रमण जोखिमका कारण परीक्षा स्थगित गरिएपछि विद्यालयको आन्तरिक परीक्षा र मूल्यांकनका आधारमा नतिजा निकालिएको थियो ।  रेडियो कान्तिपुर