१४ पुष २०७७, मंगलवार १७:०८ – Page 6 – Nagarikabhiyan : National News

चिनियाँ टोलीसँग कांग्रेसले उठायो हुम्ला जग्गा कब्जा मुद्दा, देउवा निवासमा नेताहरुले र्याखर्याख्ती पारे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाल आएको चिनियाँ प्रतिनिधिमण्डलसँग हुम्ला सीमा विवादको विषय उठाएको छ ।

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डल आज देउवा भेट्न बुढानिलकण्ठस्थित निवास पुगेको थियो । निवासमा पुगेको प्रतिनिधिमण्डललाई कांग्रेस नेताहरुले हुम्ला मुद्दा र त्यसबारे कांग्रेस नेताहरुलाई लगाइएको आक्षेपका विषयमा र्याखर्याख्ती पारेका थिए।

नेताहरुले आफ्नो पार्टी र नेतृत्वका विषयमा चिनियाँ पत्रपत्रिकामा आएका आक्षेपपूर्ण अभिव्यक्ति र टिप्पणीबारे चिनियाँ कम्युनिष्ट पार्टी र त्यहाँको सरकारको धारणा के हो भनेर सोधेका थिए ।

 

जवाफमा पत्रपत्रिकाका विषयले नेपाल र चीन अथवा कांग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीको सम्बन्धमा कुनै असर नपर्ने चिनियाँ प्रतिनिधिले बताएका थिए ।

भेटमा सहभागी कांग्रेसका नेता नारायण खड्काले हुम्लाको मुद्दाबारे सोधेका थिए । केही समयअघि हुम्लाको सीमा क्षेत्रमा चिनियाँ पक्षले अतिक्रमण गरेको समाचारसँगै कांग्रेस नेता जीवनबहादुर शाहीले स्थलगत अध्ययन भ्रमणपछि सीमा अतिक्रमण भएको प्रतिवेदन सार्वजनिक गरेपछि चिनियाँ कम्युनिष्ट पार्टी र त्यहाँको सत्ताको मुखपत्रका रुपमा परिचित ग्लोबल टाइम्सले कांग्रेस र यसको नेतृत्वमाथि गम्भीर आक्षेप लगाएको थियो ।

 

उक्त पत्रिकाले कांग्रेस पार्टीलाई ‘प्रो–इण्डियन पार्टी’ भारत परस्त र यसका नेताहरुमाथि भारत र पश्चिमा मुलुकको उक्साहटमा चीनसँग सीमा विवादको विषय उठाएको भन्दै लेख प्रकाशित गरेको विषयमा नेता खड्काले कुरा उठाएको बैठकमा सहभागी पूर्व राजदूत तथा कुटनीतिज्ञ दिनेश भट्टराईले जानकारी दिए ।

चिनियाँ प्रतिनिधिमण्डलले कांग्रेस चीनको राम्रो मित्र भएको र दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले निर्वाह गरेको भूमिकाको चीनले सधैँ उच्च प्रसंशा गरेको बताएका थिए ।

कांग्रेसले पनि चीनसँगको समबन्धलाई बीपीले नै प्रयोग गरेको शब्द ‘प्यारामाउण्ट इम्पोटेन्स’ सर्वाधिक महत्वको सम्बन्धका रुपमा लिने सवालमा प्रतिबद्ध भएको जानकारी देउवा र खड्काले गराएका थिए ।

 

बीपीकै पालामा दुई देशबीचको सीमा विवाद समाधानका लागि भएको सहमतिकै आधार र परिणाम स्वरुप सन् १९६० को सीमा सम्झौता भएको तर, कहिले काँही चाइनिज मिडियाहरुमा नेपाल र नेपाली कांग्रेसप्रति जे जस्ता लेख, रचना र टिप्पणीहरु आउँछन् यसबारे चीन र चिनियाँ कम्युनिष्ट पार्टीको धारणा के हो? भनि कांग्रेस नेता खड्काले जिज्ञासा राखेका थिए ।

जवाफमा कहिलेकाँही असमझदारी उत्पन्न हुन सक्छ तर, दुबै देशका मित्रहरु बसेर वार्ता र सम्वादका माध्यमबाट त्यस्ता असमझदारीहरु हटाउन र देखिएका समस्या समाधान गर्न सकिन्छ नि भनि जवाफ दिएको भट्टराईले बताए ।

देउवालाई चीन भ्रमणको निम्तो

प्रतिनिधिमण्डलले सभापति देउवालाई चीन भ्रमणको निमन्त्रणा दिएको छ । उपमन्त्री क्वोले आफूहरूले सन् २०२१ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको शतवार्षिकी मनाउन लागेको जनाउँदै सो कार्यक्रमका लागि निमन्त्रणा दिएका हुन् ।

उपमन्त्री क्वोले कांग्रेससँग आफूहरुको राम्रो सम्बन्ध रहिआएको उल्लेख गर्दै सो पार्टी सरकारमा भए पनि नभए पनि प्रशंसनीय भूमिका रहेको बताए ।

यो त भत्केरो मात्र हो, आँधीबेहरी आउन बाँकी छ : प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश तानाशाह बनेको आरोप लगाएका छन् ।

ओलीले एक सालदेखि पार्टी फुटाउने र लोकतन्त्रमाथि प्रहार गर्न खोजेको उनले बताए । अहिलेसंसद भंग गरेर देशलाई भड्खालो हाल्न चाहेको प्रचण्डको आरोप छ । त्यसविरुद्ध मंगलबार देशभर प्रदर्शन भएको भन्दै उनले प्रतिगमनलाई नच्याउने हो भने यो भत्केरो (बधुको घर पुग्न लाग्दा)मात्र सावित हुने चेतावनी दिए ।

०४६ को जनआन्दोलनको तयारीका क्रममा मदन भण्डारीले यो त आन्दोलन होइन, आन्दोलनको भत्केरो आएको मात्र हो ।अनलाइनखबर जन्ति आउनै बाँकी छ, बाजा बज्नै बाँकी छ’ भनेका स्मरण गर्दै उनले भने, ‘मैले पनि आज के सोचेको छु भने यदि संविधानमाथि भएको निर्मम प्रहारलाई सच्याउने कोसिस गरिएन भने यो भत्केउरो मात्र सावित हुनेछ । भोलि त आँधी हुरी आउनेछ ।’

जनता भनेको यस्तै हुन्, झुक्याएपछि झुक्किहाल्नेछन् भन्ने ठान्नु भूल हुने उनको चेतावनी छ ।

फिल्म ‘गणपति’ निर्माणको घोषणा

काठमाडौं । सविन अधिकारीको निर्देशन रहेने फिल्म ‘गणपति’ निर्माण घोषणा भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच फिल्म घोषणा गरिएको हो । फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक अधिकारी स्वयंले तयार पारेका हुन् । लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरीले फिल्म निर्माण गर्न लागेका हुन् ।

‘अ बिग म्यान फिल्मस्’को ब्यानरमा निर्माण हुने फिल्ममा मुकुन भुषाल, मेनुका प्रधान, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, श्रीदेव वि.एल,शुशील पोखरेललगायतका कलाकारको अभिनय रहनेछ । रातोपाटीमा लेखिएको छ ।  तनहुँको बन्दीपुर गाउँपालिका थारुबासमा छायाँकन हुने फिल्मले भगवान र मानिस बीचको फरकको कथा विषयमा उठाएको छ । माघ २ गतेबाट छायाँकन सुरु हुने बताइएको फिल्म गोविन्द शाहीले वितरण गर्नेछन् ।

कार्यक्रममा निर्देशक अधिकारीले ‘गणपति’ नाम धार्मिक सुनिए पनि फिल्ममा धर्मको विरोध र प्रचार नगरिने स्पष्ट पारे । ‘मान्छे र भगवानबीचको फरकलाई फिल्ममा देखाउनेछौं,’ उनले भने । फिल्मको कथा राम्रो लागेकोले अभिनय गर्न लागेको कलाकार मुकुन भुषाल र मुनुका प्रधानले कार्यक्रममा भनाई राखे ।

नेकपाको गोरखा पार्टी कार्यालय भवनमा दुवै समूहको दाबी

गोरखा । सदरमुकामस्थित चाइनिजधारामा रहेको मदन आश्रित स्मृति प्रतिष्ठानको भवनमा नेकपाका दुवै समूहले आ-आफ्नो दाबी गर्दा विवाद भएको छ ।

पार्टी कार्यालयभित्रै रहेका ओली समूहका कार्यकर्ताहरुको प्रशिक्षण चलिरहेको बेला दाहाल–नेपाल समूहका नेता कार्यकर्ता र्‍यालीको तयारीका लागि कार्यालय प्रवेश गर्न खोज्दा विवाद भएको हो । दुवै पक्षबीच कार्यालयको स्वामित्वको विषयलाई लिएर केहीबेर विवाद भएको थियो । दाहाल–नेपाल समूहले विरोध र्‍याली प्रतिष्ठानको भवनबाट सुरु गर्न खोजेपछि विवाद भएको थियो ।

स्मृति प्रतिष्ठानको भवनबाट तत्कालीन नेकपा एमालेले कार्यलय सञ्चालन गर्दै आएको थियो । माओवादी र एमाले एकीकरण भएपछि भने प्रतिष्ठानको भवनबाट नेकपाको नगर कमिटी र जनवर्गिय संगठनका गतिविधि सञ्चालन हुँदै आएको थियो । कान्तिपुरमा लेखिएको छ । उक्त भवनको दावा गरेर कुनै अर्थ नरहेको नेकपा ओली निकट केन्द्रिय सदस्य प्रेम गुरुङले बताए । ‘नेकपाले दावा गर्ने वैधानिक आधार छैन,’ उनले भने,‘प्रतिष्ठानसँग सम्झौता समझदारी गरेर साविकको एमालेले पार्टी कार्यालय सञ्चालनमा ल्याएको हो, पार्टी एकता भएपछि एग्रिमेन्ट नसकिएकाले नगर कमिटीको कार्यालय यहिबाट सञ्चालन गरौं त भन्ने भएको हो, यो सम्पत्ति प्रतिष्ठानकै हुन्छ ।’ जिल्ला कमिटीको कार्यालय साविकको माओवादीको कार्यालय(पाटेचौर)बाट सञ्चालन भएको उनले बताए ।

बहुमत आफ्नो पक्षमा रहकाले भौतिक सम्पत्ति स्वतः आफूहरुकै हुने दाहाल–नेपाल समूहका केन्द्रिय सदस्य हरिराज अधिकारीले बताउँछन् । ‘यहि कार्यालयबाट नगर पार्टी कमिटी चलिरहन्छ,’ उनले भने,‘विधान अनुसार बहुमत हामीसँग छ ।’

संसद् विघटनको विरोधमा दाहाल-नेपाल समूहले मंगलबार नै गोरखा सदरमुकाममा प्रदर्शन गर्‍यो । चाइनिजधाराबाट निकालिएको र्‍याली सदरमुकामको विभिन्न भागको परिक्रमा गर्दै हरमटारी चोकमा आएर विरोध सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य अधिकारीले केपी ओलीको असंवैधानिक कदमको विरुद्ध सडकमा आएको बताए ।

ओलीको थुप्रै विकल्प हुँदा हुँदै संसद् विघटन गरेको उनको भनाइ छ । ‘उहाँलाई समस्या परे केन्द्रिय समितिमा आएर भन्नसक्नुपर्थ्यो,’ उनले भने,‘यो कदम कुनैपनि हिसाबले संवैधानिक छैन ।’ संविधान मिच्‍ने अधिकार कसैलाई नभएको उनले बताए । ‘कांग्रेसले हाम्रो मौका यहि हो भनेर सपना नदेखे हुन्छ,’ उनले भने,‘विधि विधान नमिच्‍ने परिपाटीको विकासका लागि पनि संसद् पुनःस्थापना हुनैपर्छ ।’

प्रधानमन्त्री ओलीले आफैले बनाएको संविधानको बलात्कार गरे : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर कलंकको टीका लगाएको बताएका छन् ।

पार्टीद्वारा मंगलबार आयोजित देशव्यापी विरोध प्रदर्शनका क्रममा काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानमा हुँदै नभएको व्यवस्थालाई प्रयोग गरेर प्रतिनिधिसभा विघटनको प्रस्ताव गर्नु गलत रहेको बताए । उनले भने, ‘प्रतिनिधिसभा भङ्ग भएको छैन । भङ्ग भएको त केपी ओलीको सरकार हो ।’

उनले अगाडि भने, ‘केपी ओलीले इतिहासमा कलंकको टीका लगाएका छन्, त्यो कहिल्यै मेटिने छैन । आफैले बनाएको संविधानको बलात्कार गरेँ भनेर उनले आफैले नभनेसम्म इतिहासले र नेपाली जनताले माफी दिने छैनन् ।’

सिंगो देशले यो कदम असंवैधानिक, अलोकतान्त्रिक कदम हो भनेर भनिसकेको प्रचण्डले बताए । ‘म भरोसा गर्न चाहन्छु हाम्रो सम्मानित अदालतले सिंगो देशको यो भावनालाई सम्मान गर्नेछ,’ उनले भने, ‘सर्वोच्च अदालतले संविधानको मर्म र भावनालाई बुझ्दैन भनेर म सोच्न पनि सक्दिनँ ।’

देशभर भएको प्रदर्शन जनताले गरेको सहजीकरण हो भन्ने रुपमा बुझिदिन पनि उनले आग्रह गरे । उनले आन्दोलनको सुरुवातमात्र भएको पनि प्रस्ट पारे । संविधानमाथिको यो निर्मम प्रहारलाई सच्याउने कोसिस गरिएन भने भोलि आँधीहुरी आउने चेतावनी पनि उनले दिए । नेपाली जनतामा जागरण र चेतनाको नयाँ युग प्रारम्भ भएको उल्लेख गर्दै उनले ‘प्रतिगमनकारी’लाई खबरदारीसमेत गरे ।

‘बयलगाडा’को सिद्धान्त मलाई थाहा थियो 

अध्यक्ष ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओली परिवर्तनका पक्षधर होइनन् भन्ने आफूलाई थाहा भएर पनि पार्टी एकता गरेकोमा जनतामाझ क्षमायाचना गरेका छन् ।   उनले त्यसका बाबजुद ओलीले नै आफूले जनताको चाहनाअनुसार परिवर्तनलाई मानेको भनेर आफूसँग भनेका कारण त्यही कुरालाई विश्वास गरेर पार्टी एकतामा लागेको पनि प्रस्ट पारे ।

प्रचण्डले संविधान बनाउन अहिलेसम्म विश्वले मानेको सबैभन्दा लोकतान्त्रिक विधिमार्फत नेपालमा संविधान निर्माण भएको स्मरण गराए । ७० वर्ष लामो संघर्षको परिणामस्वरुप संविधानसभाबाट संविधान निर्माण भएको उनको भनाइ थियो ।

कम्युनिस्ट पार्टीलाई मत दिएपछि राजनीतिक स्थायित्वको नयाँ युग प्रारम्भ हुनेछ भन्ने जनअपेक्षा रहेको उनले स्मरण गराए । उनले नेपाली जनताको अगाडि उभिएर आफूहरुले नै बनाएको, आफ्नै पार्टीले बनाएको प्रधानमन्त्रीबाट त्यो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भयो भनेर भन्नुपर्ने अवस्था आएको बताए ।

‘ओली संघीयता विरोधी, धर्मनिरपेक्षताविरोधी हो भन्ने मलाई थाहा थियो,’ उनले भने, ‘उहाँको मनले मानेको थिएन, तर जनताको आँधीहुरी आएपछि त्यसैमा बगिदिएँ भनेर उहाँले भन्नुहुन्थ्यो ।’वाम गठबन्धनलाई जनताले झण्डै दुई तिहाइ मत दिएका भए पनि तीन वर्ष पुग्दा नपुग्दै यो दिन आइपुग्ला भन्ने नसोचिएको उनले सुनाए ।रातोपाटीबाट

अरुलाई बदल्ने कि आफु बद्लिने ?

अरुलाई बदल्न जति असहज वा असंभव हुन्छ, आफुलाई बदल्न उत्तिनै सहज हुन्छ । अरुलाई राम्रो बनाएर संसार राम्रो देखिने होइन । आफु राम्रो भएपछि संसार राम्रो देखिने हो । अर्थात बस्तुलाई आफ्नो रुची अनुरुपको रंगमा बदल्ने होइन, बरु आफ्नो हेराई बदल्ने हो ।

हामी अक्सर गुनासो गर्छौं, ‘फलानोले यसो ग¥यो, उसो ग¥यो ।’ अर्काको व्यवहार र विचारबाट हामी कहिले खुसी त कहिले दुखी भइरहेका हुन्छौं ।

धेरैजसो त हामी अरुबाट बढी अपेक्षा राख्छौं । अरुलाई आफु अनुकुल बनाउने प्रयास गर्छौं । अरुले के गर्छ, के भन्छ, के सोच्छ, त्यसमा सरोकार राख्छौं । हो, यही कुराले हामीलाई दुखी तुल्याउँछ । निरास तुल्याउँछ । किनभने संसारमा कुनैपनि व्यक्ति हामीले सोचेजस्तो हुन सक्दैन ।

हामी आफुलाई जसरी सोच्छौं, उसले पनि उसको जीवनलाई त्यसैगरी सोचेको हुन्छ । उसको निम्ती हामी अनुकुल हुन सक्दैनौ भने अरुबाट हामीले किन त्यस्तो अपेक्षा राख्ने ? अब हामी आफैलाई बदलेर हेरौं । सबै कुरा राम्रो देखिनेछ । सबै राम्रो लाग्ने छ ।

हामी के कुरामा जोड दिन्छौं भने, मेरो सबै समस्याहरु सल्टाउन पाइयोस् । मेरो समस्या सबैले बुझे हुन्थ्यो । मेरो समस्या समाधानका लागि सबैले सहयोग गरे हुन्थ्यो ।

अब यही कुरा हामी अर्काको आँखाबाट हेरौं । फालनोको समस्या मैले बुझिदिनुपर्छ । फलानोको समस्या समाधानका लागि मैले पहल गरिदिनुपर्छ । हो, यो ढंगले हामी कहिल्यै सोच्छौं ।

हामी सधै आफुलाई केन्द्रमा राखेर सोच्छौं । त्यही कारण अरुबाट हामी केही न केही अपेक्षा गरिरहेका हुन्छौं । तर, अरुको पनि आफ्नै समस्या हुन्छन्, आफ्नै अप्ठ्यारा हुन्छन् । उनीहरुलाई आफ्नै समस्याले घेराबन्दीमा पारेको हुन्छ । त्यस्तो अवस्थामा हामी आफ्नो मात्र कुरालाई महत्व दिएर सोच्नु बेकार हुन्छ ।

हाम्रो नराम्रो बानी भनेको, अरुलाई दोष दिने हो । आफ्नो काम ठिक ढंगले सम्पन्न भएन, आफुले सोचेजस्तो सबैकुरा ठिकठाक भएन भने हामी अरुलाई दोष दिन्छौं । अरुप्रति नकारात्मक धारणा बनाउँछौं । तर, हामी आफ्नो लागि हामी आफै दोषी हुन्छौं ।

संसारका सबै मानिसको व्यवहार, बुझाई, हेराई एकनास हुँदैन । मैले जुन कुरालाई राम्रो देखें, त्यो कुरालाई उसले पनि त्यही दृष्टिले हेर्नुपर्छ भन्ने छैन । मैले कुनैपनि कुरालाई जसरी बुझें, त्यो कुरालाई उसले पनि त्यसरी नै बुझ्नुपर्छ भन्ने छैन । तर, हामी के चाहन्छौं भने, मैले जे देखें, जसरी बुझें त्यही अनुरुप अरुले पनि बुझ्नुपर्छ । यो गलत धारणा हो । मानिसको सोंच, सोच्ने तह, धरातल अलग हुन्छ । हामीले त्यसलाई बदल्न सक्दैनौं । आफुलाई बदल्ने एउटै कडी भनेको आफु सकारात्मक रहने हो । सबैप्रति समान दृष्टिकोण र धारणा राख्ने हो ।

संसारमा कोही पनि कहिले पनि पूर्ण हुन सक्दैन । तर, अपूर्ण हुँदैमा निरास हुनुपर्ने केही छैन । अपूर्ण हुँदैमा सबै कुरा तहसनहस हुने पनि होइन । जे, जति उपलब्ध छ, त्यसैमा रमाउनुपर्छ । जे छ, त्यसमै सन्तुष्ट गर्नुपर्छ । सबै कुराप्रति सकारात्मक दृष्टि र सोंच राख्नुपर्छ । यसले हामीलाई कहिल्यै दुखी हुन दिनेछैन ।

प्रधानमन्त्री ओली सुध्रिने आशा छ : माधव नेपाल

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सुध्रिने आशा लिएका छन् ।

संसद विघटनको विरोधमा मंगलबार राजधानीको भृकुटीमण्डपमा आयोजित प्रचण्ड–नेपाल समूहको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई सच्चिनका लागि अन्तिम मौका रहेको बताएका हुन् ।

नेकपा प्रचण्ड–माधव समूहका दोस्रो अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री अ‍ोली सुध्रिन्छन् कि भनेर अहिले आफूहरुले अन्तिम मौका दिएको बताएका छन् ।
पार्टी, देश र जनताविरुद्ध गद्दार गरे पनि सुध्रिन्छन् कि भनेर आफूहरुले अहिले अन्तिम मौका दिएको र पार्टीबाट पनि हटाइ नसकेको उनले खुलासा गरे ।

पार्टी अनुशासनको उल्लंघन गर्दै स्वेच्छाचारी कदम चालेपछि अध्यक्ष पदबाट हटाएपनि केन्द्रीय सदस्य र पार्टी सदस्यबाट नहटाएको बताउँदै उनले भने–‘सुध्रिनिहुन्छ कि भनेर आशा गरेका छौं । केन्द्रीय सदस्य, पार्टी सदस्यबाट हटाएका छैनौं । अन्तिम मौका दिएका छौं ।’

आक्रोशपूर्ण रुपमा प्रस्तुत भएका अध्यक्ष नेपालले केपी ओली एण्ड प्रवृतिको आयु सकिएको समेत टिप्पणी गरे ।
ओलीले चालेका निरंकुशताविरुद्ध कदमको विरोधमा आफूहरु दृढताका साथ उभिएको बताउँदै अध्यक्ष नेपालले भने, ‘उहाँको उक्त कदमलाई कोही पनि सहन तयार छैन, त्यो पुस ५ को दिन जनताले बनाएको संविधानको मर्म र भावनालाई कुठाराघात भएको दिन कालो दिन हो ।’

यसैगरी ओलीतिर लागेका नेताहरुतर्फ संकेत गर्दै उनले बालुवाटारको बालुवा पेल्दा तेल निकाल्न सकेकोमा स्याबास दिएका छन् । उनले–‘बाङ्गो पुच्छरलाई तोरीको तेल घस्दा सोझो बनाउन सक्नुभयो भने स्याबास भन्छु ।’ उनले प्रधानमन्त्री ओली पश्चाताप गरेर आए छलफल गर्न समेत तयार रहेको बताए ।

अन्यथा, भीरबाट लड्नेलाई रामराम मात्र भन्न सकिने पूर्वप्रधानमन्त्री समेत रहेका बताउँदै उनले यही बाटोमा हिँडे निरंकुश बाटो समातेका केपी ओली एण्ड प्रवृत्तिको अन्त्य हुने बताए ।

नेपालले प्रश्न गरे, ‘के त्यो राजनीतिक, संवैधानिक, जनभावना, राजनीतिक दलको चाहना अनुरुप छ ? परिवर्तनको जनआकांक्षा अनुरुप छ ?’ हरेक कोणबाट हेर्दा त्यो कदम अनुपयुक्त रहेका उनको भनाइ छ ।
यसविरुद्ध सबै जनता, समुदाय र वर्ग लागेको र लाग्नुपर्नेमा नेपालले जोड दिए । यसले संविधानलाई क्षतविक्षत र अस्थिरता निम्त्याएको उनले बताए । ओलीको उक्त कदमले जनताको सुखको दिनहरु ल्याउन पाइँदैन कि भनेर आफूहरु चिन्तित रहेको उनको भनाइ छ ।
ओलीमा व्यक्तिवाद, निरंकुशता र गुटगत प्रवृत्ति हावी भएकोले पार्टी अनुशासन, विधिपद्दति केहीबारे मतलव नभएको नेपालको टिप्पणी छ । त्यसैले ओलीको असंवैधानिक कदमलाई अस्वीकार गर्नुको विकल्पन नरहेको उनले बताए ।द नेपालटपबाट

“स्पुट्नीक भी” प्रयोग गर्ने दोस्रो देश बन्यो बेलारुस

मस्को । रसियामा निर्मित कोरोनाभाइरस विरुद्धको खोप स्पुटनीक भी प्रयोग गर्ने देशमा बेलारुस दोस्रो बनेको छ । यसअघि रुसले यसको प्रयोग गरेको थियो । यो खोपको विकास पनि रुसमा नै एक सरकारी निकायले गरेको थियो ।

स्पुटनीक भी खोप उत्पादन गर्ने निकायको आधिकारिक सामाजिक सञ्जालमा लेखिएको छ, “यो खोप प्रयोग गर्ने देशहरुको सूचीमा बेलारुस दोस्रो भएको छ, बेलारुसमा आम नागरिकलाई पनि यो खोप लगाउन थालिएको छ ।”

सो निकायले आफ्नो खोप विश्वसनीय र प्रभावकारी भएको, तर शरीरमा कुनै प्रतिकूल प्रभाव नपर्ने दाबी पनि गरेको छ । स्पुटनीक भी खोप लगाएकाहरुलाई लाभ नै भएको र धेरैले राहत महसुस गरेको सो निकायले सामाजिक सञ्जालमा लेखेको छ ।

रुसका स्वास्थ्य मन्त्री दिमित्री पिनेभिचले कोरोनाविरुद्धको खोप प्रयोग गर्ने अवसरलाई बेलारुसले राम्रोसँग प्रयोग गरेको बताए । बेलारुसमा सोमबार एक दिन मात्रै एक हजार ८१४ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् भने अहिलेसम्म एक लाख ८८ हजार ५८८ जना सङ्क्रमित भएका छन् ।

सन् २०२० मा ५० पत्रकारको ह’त्या

एजेन्सी । सन् २०२० मा विश्वभरी कुल ५० पत्रकार तथा सञ्चारकर्मीहरुको ह’त्या भएको छ ।

 

रिपोटर्स विथाउट बोडर्सले मङ्गलबार वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै ह’त्याका अधिकांश घटना द्वन्द्वग्रस्त मुलुकहरुमा भएको उल्लेख गरेको छ । प्रतिवेदनले अपराध, भ्रष्टाचार, वातावरणलगायतका विषयमा खोजमुलक समाचार लेख्ने पत्रकारहरु बढी प्रभावित भएको औंल्याएको छ ।

ह’त्याका घटना विशेष गरेर मेक्सिको, भारत र पाकिस्तानमा भएको भन्दै त्यहाँका घटनाका बारेमा धेरै चर्चा प्रतिवेदनमा गरिएको छ ।पत्रकार ह’त्या सम्बन्धी घटनामध्ये ८४ प्रतिशत घटना नियोजित र योजनाबद्ध रुपमा भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । जबकी गत बर्ष सन् २०१९ मा यस्ता घटना ६३ प्रतिशत मात्रै रहेको पनि बोडर्सले जनाएको छ ।

“यस संस्थाले लामो समयदेखि बार्षिक यस्ता प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ, तर यस्तो अवस्था कमै मात्रै देखिएको थियो,” रिपोर्टर्स विथाउट बोडर्सका प्रधान सम्पादक पौलिन अडेस मेभेलले भन्नुभयो ।

सबैभन्दा धेरै पत्रकारको ह’त्या मेक्सिकोमा भएको पाइएको छ । मेक्सिकोमा आठ पत्रकारको हत्या भएको प्रतिवेदनमा उल्लेख छ । उनीहरुको ह’त्या विशेष गरेर लागुऔषध ओसारपसार र राजनीतिक घटनासँग सम्बन्धित भएर गरिएको उहाँले जानकारी दिनुभयो । मेक्सिकोमा भएको ह’त्यामा संलग्नमध्ये कसैलाई कारबाही भएको छैन ।

अफगानिस्तानमा द्वन्द्वका क्रममा पाँच पत्रकारको ह’त्या भएको छ । शान्ति वार्ताको प्रयास भइरहे पनि अफगानिस्तानमा लामो समयदेखिको द्वन्द्व अझै कायमै छ ।

विश्वभरी अघिल्लो वर्ष सन् २०१९ मा ५३ पत्रकारको ह’त्या भएको थियो । त्यो अनुसार यस वर्षको सङ्ख्या भने कम भएको हो । कोरोनाभाइरसको महामारीका कारण हिं’सात्मक घटना कम भएको, पत्रकारहरु कार्यक्षेत्रमा कम गएकोलगायतका कारणले कमी आएको हुन सक्ने बोडर्सले जनाएको छ ।

यूएईले एक महिना बढायो भिसाको म्याद

एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई)ले विश्वका धेरै मुलुकमा हवाई यात्रामा लगाइएको प्रतिबन्धको कारण समस्यामा परेका पर्यटकहरुका लागि विना कुनै शूल्क पर्यटक भिसाको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । यूएईका प्रधानमन्त्री शेह मोहम्मद बिन राशिद अल मखतुमले सोमबार यो आदेश जारी गरेका हुन् ।

आदेशका अनुसार यूएई आउने सबै पर्यटकहरुको भिसा एक महिनाको लागि बढाइएको छ । यसबाट नयाँ वर्षको छुट्टी मनाउन यूएई आएका पर्यटकहरु लाभान्वित हुनेछन् । आदेशमा सरकारी संस्थाले पर्यटकको सुरक्षा र सुविधामा सुधारको लागि काम गर्नेछन् ।

कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार देखिएसँगै अहिले विभिन्न मुलुकले हवाई उडानमा रोक लागाइरहेका छन् । यस्तोमा भ्रमणको लागि आएका पर्यटकलाई कुनै समस्या नहोस् भन्ने उद्देश्यका साथ यूएईले यस्तो निर्णय गरेको हो ।

प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी विरोधसभामा नेकपाको प्रचण्ड–माधव पक्ष (तस्बिरसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक कदम’का विरुद्ध सडक संघर्षमा उत्रिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले मंगलबार देशव्यापी विरोधसभा आयोजना गर्दैछ । सोही क्रममा विभिन्न जिल्लामा जुलुससहित कार्यकर्ताहरु विरोधसभा स्थलतर्फ गइरहेका छन् ।

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा स्थायी कमिटी सदस्य भीम रावलले विरोधसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सोही सिलसिलामा धनगढीको सहिद चौराहाबाट विभिन्न नारासहितको जुलुस निस्किएको छ ।

यस्तै, गण्डकी प्रदेशको राजधानी पोखरामा पनि नेकपाको प्रचण्ड–माधव समूहका प्रभावशाली नेताद्वय सुरेन्द्र पाण्डे र खिमलाल देवकोटासहितले विरोधसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । पोखरामा पनि सो पार्टीका नेता–कार्यकर्ताहरु जुलुससहित विरोधसभास्थलतर्फ प्रस्थान गरेका छन् ।

यस्तै, लुम्बिनी प्रदेशको राजधानी बुटवलमा पूर्वमन्त्री घनश्याम भुसाललगायतले विरोधसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । बुटवलमा पनि नेकपाको प्रचण्ड–नेपाल पक्षका नेता–कार्यकर्ताहरु नारा–जुलुससहित विरोधसभास्थलतर्फ गइरहेका छन् ।

यस्तै, कर्णाली प्रदेशको राजधानी सुर्खेत, प्रदेश २ को राजधानी जनकपुर, प्रदेश १ को राजधानी विराटनगर, बागमती प्रदेशको हेटौंडा लगायतका सहर तथा सबै जिल्लामा विरोध प्रदर्शन सुरु भएको जनाइएको छ । रातोपाटीबाट

निर्वाचनमा जाने कुरा जनमतविरुद्ध होइनः महेश बस्नेत

राँझा । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतले संसद् विघटन गरेर निर्वाचनमा जाने कुरा जनमतविरुद्ध नभएको बताएका छन् । प्रेस सङ्गठन बाँकेले नेपालगञ्जमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले लोकतन्त्रको सुन्दर पक्ष भनेकै आवधिक निर्वाचन भएको जनाउँदै जनताले मतको अधिकार प्रयोग गर्न पाउने कुरा जनमतविरुद्ध हुन नसक्ने बताए ।

जित्ने सुनिश्चित नभएका नेताले निर्वाचनको विरोध गरेको विचार राख्दै उनले सडकमा प्रदर्शन गर्न छाडेर जनताको माझ जान दलहरुलाई आग्रह गरे ।  पूर्वमन्त्री बस्नेत नेकपाको कोहलपुरमा आयोजना हुने युवा भेलामा सहभागी हुन यहाँ आएका हुन् ।

के पुरुषलाई पनि हुन्छ स्तनको क्यान्सर ? थाहा पाउनुहोस्, के हो लक्षण

स्तन क्यान्सर महिलाको रोग मानिन्छ तर धेरै कमलाई थाहा हुन्छ कि पुरुषलाई पनि स्तनको क्यान्सर हुन्छ । यद्यपि, महिलाको तुलनामा पुरुषमा यो रोग निकै कम पाइन्छ तर पनि केही वर्षमा यस्तो घटनामा वृद्धि भएको छ । पुरुषमा हुने स्तन क्यान्सरको विषयमा मानिसहरु जागरुक छैनन् । ध्यान नदिने भएकोले पुरुषलाई यो रोग निकै ढिला भइसकेपछि मात्रै थाहा हुन्छ ।

पुरुषमा स्तन क्यान्सरका कारणः

भारतका क्यान्सर विशेषज्ञ डाक्टर जगदिश सिन्देका अनुसार केही विशेष कारणले पुरुषमा स्तन क्यान्सरको खतरा बढ्ने गर्छ । जस्तै कि यदि कुनै पुरुषले आफ्नो छाती नजिकै रेडिएशन थेरेपी लिन्छन् भने स्तन क्यान्सरको सम्भावना बढ्छ । यसका साथै यदि कसैको परिवारमा स्तन क्यान्सरको समस्या छ भने उनीहरुमा पनि यो रोगको सम्भावना बढ्ने गर्छ । खराब जीवनशैली र केही जेनेटिक डिसअर्डरका कारण पनि पुरुषमा स्तन क्यान्सर हुनसक्छ ।

पुरुषमा स्तन क्यान्सरको लक्षणः

पुरुषमा स्तन क्यान्सरको मामिला ६० वर्ष माथिकामा विशेषगरी पाइएको छ । लक्षणबारे थाहा नहुने भएकोले यसको गम्भीर स्थिती देखिने गर्छ । आउनुहोस्, त्यस्ता लक्षणबारे जानकारी लिऔं जसलाई कुनै पनि पुरुषले नजरअन्दाज गर्नु हुँदैन ।

छातीमा गाँठो बन्नुः

यदि तपाईंको छातीमा गाँठो बनेको छ भने यसलाई नजरअन्दाज नगर्नुहोस् । यो स्तन क्यान्सरको लक्षण हुनसक्छ । यो गाँठो स्तनको मुन्टो वरिपरि पनि हुनसक्छ । साधारणतया यस्ता गाँठो दुख्दैनन् तर छुँदा कडा हुन्छन् । क्यान्सर बढ्दै गएपछि यो गर्धनसम्म सुन्निने गर्छ । यद्यपि, धेरैजसो गाँठो क्यान्सरका लक्षण हुँदैनन् तरपनि यदि तपाईंमा यस्तो समस्या देखिएको छ भने डाक्टरसँग सम्पर्क गर्नुहोस् ।

डण्डीफोरजस्तो घाउः

स्तन क्यान्सरको ट्युमर छालाबाट पनि निस्कन सक्छ । क्यान्सर बढेको स्थितीमा निप्पलमा घाउ देखिने सक्छ । यो घाउ एउटा पिम्पलजस्तै देखिन्छ । यसका साथै स्तन वरिपरि गाँठो देखिनु वा छातीको छालाको रङ परिवर्तन हुने लगायतका लक्षण पनि पुरुषको स्तन क्यान्सरको संकेत हुनसक्छ ।

ट्युमर बढ्नुका साथै स्तनभित्र एक प्रकारको जकडिएको महसुस हुन्छ । यस्तोमा निप्पल भित्रतिर जान पनि सक्छ । निप्पल भएको हिस्सा वरिपरिको छाला रुखो हुनथाल्छ र बिमिरा पनि देखिन थाल्छ ।

निप्पल डिस्चार्जः

यदि तपाईंको शर्टमा कुनै गहिरो दाग देखिन्छ भने यसलाई बेवास्ता नगर्नुहोस् । यो निप्पल डिस्चार्जमा रगत पनि हुनसक्छ । निप्पल वरिपरिको छाला सुन्निनु र छाला निकै रुखो हुनेलगायतको समस्या देखिन थाल्छ ।

अन्य लक्षणः

यी लक्षणसहित सधैंभरी थाकेको महसुस हुनु, हड्डी दुख्नु, सास फर्ने समस्या हुनु, बिरामी भएको जस्तो महसुस गर्नु र छाला चिलाउने लगायतका लक्षण पनि देखिन सक्छ । यदि तपाईंलाई यी लक्षणमध्ये केही देखियो भने तुरुन्त डाक्टरलाई सम्पर्क गर्नुहोस् ।

पुरुषमा स्तन क्यान्सरको लक्षण देखिएको खण्डमा त्यसको बायोप्सी गरिन्छ । यसमा छातीमा देखिएको गाँठोको एउटा टुक्रा निकालेर परीक्षणका लागि प्रयोगशालामा पठाइन्छ । परीक्षणमा गाँठो क्यान्सर हो कि होइन भनेर थाहा हुन्छ । यसका साथै क्यान्सरका केही अन्य परीक्षण पनि गरिन्छ ता कि यसको स्टेजबारे पत्ता लाग्न सकोस् ।

के हो उपचारः

स्तन क्यान्सरको उपचार पुरुष र महिला दुबैमा एकै प्रकारको हुन्छ । स्तन क्यान्सर हुँदा तीन प्रकारको उपचार गरिन्छ । पहिलो उपचारमा बिरामीको शल्यक्रिया गरेर छातीबाट गाँठो निकालिन्छ । दोस्रो तरिकामा बिरामीको किमोथेरापी गरिन्छ । यसमा औषधी मार्फत् क्यान्सरका कोसिकालाई नष्ट गरिन्छ ।

तेस्रो उपचार रेडिएशन थेरेपीमार्फत् गरिन्छ । यसमा हाई एनर्जी एक्स–रेज वा गामा–रेज रेडिएशनको माध्यमले क्यान्सरको उपचार गरिन्छ । डाक्टरका अनुसार हरेक व्यक्तिले यो थाहा पाउनुपर्छ कि महिलालाई मात्रै स्तन क्यान्सर हुँदैन । त्यसैले सबैले आफ्नो लक्षणमाथि ध्यान दिन आवश्यक छ ।

जुम्लामा मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन हुँदै

जुम्ला । जिल्लाका आठवटै स्थानीय तहमा मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा आएको छ । गत आर्थिक वर्षमा ढिलोगरी सञ्चालनमा ल्याएको सो कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयनमा आउन सकेको थिएन । चालू आर्थिक वर्षमा सयममै बजेट उपलब्ध गराएर यो कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न थालिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत जिल्लाको सामाजिक विकास कार्यालय र स्थानीय तहबीचको समन्वयमा सञ्चालित सो कार्यक्रमले रोजगार गुमाएका व्यक्तिलाई रोजगार दिने सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख बलवीर सुनारले बताउनुभयो । उहाँले कार्यक्रम सञ्चालनका लागि यहाँका स्थानीय तहमा बजेट पठाउने कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “ सो कार्यक्रमका लागि प्रत्येक वडामा रु ३३ लाखदेखि ६५ लाखसम्म बजेट पठाउने तयारी गरिएको छ । त्यसका लागि जिल्लास्थित सामाजिक विकास कार्यालयमा बजेट पठाइसकिएको छ ।” सो कार्यक्रमका लागि यो वर्ष प्रत्येक जिल्लामा रु १७ करोडदेखि ४४ करोडसम्म बजेट पठाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

“जनसङ्ख्या, भौगोलिक विकटता, गरिबीजस्ता कुरालाई प्राथमिकतामा राखिएको छ”, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्् कार्यालयका प्रवक्ता केशव उपाध्यायले भन्नुभयो, “चालू आर्थिक वर्षमा यो कार्यक्रमका लागि रु दुई अर्ब ९७ करोड ७१ लाख ५१ हजार विनियोजन गरिएको छ ।” सो रकम प्रदेशका ७९ वटै स्थानीय तहका ७१८ वडामा पठाइने प्रवक्ता उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, “हाल योजना छनोटको काम भइरहेको छ । पुस ६ गते मात्रै प्रत्येक स्थानीय तहलाई बेरोजगार व्यक्तिको विवरण पठाउन परिपत्र गरिएको छ ।” यही पुस १५ गतेभित्रै १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिको विवरण पठाउन आग्रह गरिएको प्रवक्ता उपाध्यायको भनाइ छ ।

गत वर्षको तुलनामा यो वर्षको बजेट वुद्धि गरिएको छ । गत आवमा यहाँका स्थानीय तहलाई रु ६४ लाखका दरमा रकम उपलब्ध गराइएको जिल्लाका सामाजिक विकास कार्यालयले जनाएका छन् । गत आर्थिक वर्षको जेठको अन्तिम समयमा बजेट पठाउँदा बजेट कार्यन्वयनमा चुनौती थपिएको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नमराज सापकोटाले बताउनुभयो ।

सो कार्यक्रमले गत वर्ष यहाँका स्थानीय तहले पदमार्ग, घोडेटो बाटो, मन्दिर, ग्रामीण सडक, खानेपानी निर्माणलगायतका काम गरेका थिए ।

अमेरिकामा एकैदिन १९६६ कोरोना संक्रमितको मृत्यु

एजेन्सी । अमेरिकामा एकैदिन १ हजार ९ सय ६६ कोरोना संक्रमितको मृत्यु भएको छ ।

अमेरिकामा तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै आज बिहानसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ४३ हजार १ सय ८२ पुगेको हो ।

यस्तै त्यहाँ १ करोड ९७ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा १ लाख ८६ हजार २ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ ।

यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ९७ लाख ८१ हजार ६२४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड १६ लाख ९६ हजार ७२७ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ७७ लाख ४१ हजार ७१५ जनामध्ये २८ हजार ९१२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई किन हटाउँदैछन् प्रधानमन्त्री ओली? गोपाल खनाललाई ल्याउने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई पदबाट हटाउने भएका छन् । भट्टराईको कार्यकालमा परराष्ट्र नीति र कुटनीतिमा असन्तुलन बनेको भन्दै प्रधानमन्त्रीले हटाउने तयारी गरेका हुन् ।

ओलीले परराष्ट्र सल्लाहकारमा गोपाल खनाललाई ल्याउने तयारी गरेका छन् । खनाल यसअघि ओलीको पहिलो प्रधानमन्त्रीकालमा परराष्ट्र विज्ञ थिए । त्यतिबेला उनले कुशलतापूर्वक काम गरेका थिए ।

हालैमात्र प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपप्रमुखको टोलीसँग भट्टराईकै जोडबलमा भेटेका थिए । ओली चिनियाँ प्रतिनिधिमण्डलसँग भेट्न चाहँदैन्थे। तर भट्टराईको आग्रहमा भेटेका ओली भेटपछि असन्तुष्ट भएका थिए । भेटमा चिनियाँ प्रतिनिधिमण्डलले एकताका लागि दबाब दिने हिसाबले कुरा गरेपछि ओली असन्तुष्ट बनेका थिए । उनले अब आफू पछि हट्न नसक्ने बताएका थिए ।

यो त एउटा उदाहरण मात्रै हो । भट्टराईले कुटनीतिक असन्तुलन हुनेगरी भेटको कार्यतालिका मिलाउने, कुनै देशलाई बढी प्राथमिकता कुनै देशलाई प्राथमिकता नै नदिने गरेका थिए । यसबाट पछिल्लो समय ओली असन्तुष्ट रहँदै आएका छन् ।

 

त्यसो त भट्टराईले चीनबाट पैसा लिएर भारतको जासुसी गरिरहेको रिपोर्ट प्रमाणसहित छापिएका थिए । भट्टराईले श्रीमतीमार्फत चीनको लागि जासुसी गर्दै आएको रिपोर्टहरु आएका थिए । यसबाट पनि प्रधानमन्त्री ओलीको सन्तुलिन परराष्ट्र नीतिमा धक्का लागेको थियो । बालुवाटार स्रोत भन्छ, ‘छिट्टै प्रधानमन्त्रीज्यूले परराष्ट्र सल्लाहकार परिवर्तन गर्नुहुन्छ। गोपाल खनाललाई ल्याउने कुरा छ।