अमेरिकामा एकैदिन १९६६ कोरोना संक्रमितको मृत्यु – Nagarikabhiyan : National News

अमेरिकामा एकैदिन १९६६ कोरोना संक्रमितको मृत्यु

एजेन्सी । अमेरिकामा एकैदिन १ हजार ९ सय ६६ कोरोना संक्रमितको मृत्यु भएको छ ।

अमेरिकामा तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै आज बिहानसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ४३ हजार १ सय ८२ पुगेको हो ।

यस्तै त्यहाँ १ करोड ९७ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा १ लाख ८६ हजार २ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ ।

यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ९७ लाख ८१ हजार ६२४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड १६ लाख ९६ हजार ७२७ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ७७ लाख ४१ हजार ७१५ जनामध्ये २८ हजार ९१२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।