६ श्रावण २०८०, शनिबार १९:१४ – Page 9 – Nagarikabhiyan : National News

जुम्लामा भएको आगलागीको घटनामा संलग्न रहेको आरोपमा १० जना पक्राउ

जुम्ला – जुम्लाको गुठीचौर गाउँपालिका र चन्दननाथ गाउँपालिकामा भएको आगलागीको घटनामा संलग्न रहेको आरोपमा १० जना पक्राउ परेका छन् । नचिनेका मानिसको समूहले लगाएको आगलागीबाट सात घरमा क्षति पुगेपछि जिल्ला प्रहरी कार्यालय जुम्लाले शङ्कास्पद १० जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार आगलागीबाट गुठीचौर गाउँपालिका(४ का ६ वटा र चन्दननाथ नगरपालिका(१ का एक घर गरी सातवटा घरमा क्षति पुगेको छ ।

गएराति ११ बजेतिर लागेको आगोबाट धवलपुर गाउँका प्रेम न्यौपाने र खडानन्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने, दलिबाडा गाउँका लालचन्द्र सार्की र बिगारे गाउँका भीमप्रसाद जैसीको घरमा क्षति पुगेको छ । धिता र देपाल गाउँमा पनि उस्तै आगलागीको घटना भएको छ । ती घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।

आगो लगाउने समूहले सडकमा रोकिराखेको ट्र्याक्टर र मोटरसाइकलमा समेत आगो लगाएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीले पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको जानकारी दिनुभयो । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको उहाँले बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्ड इटलीको रोम प्रस्थान, खाद्य तथा कृषि सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्ने

काठमाण्डाै –प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटली प्रस्थान गर्नुभएको छ । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड इटली प्रस्थान गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु, मुख्य सचिव, सांसद, सुरक्षा निकायका प्रमुख लगायतले बिदाइ गरेका छन् ।

प्रधानमन्त्रीको टोलीमा कृषि तथा पशुपक्षी विकासमन्त्री डा। वेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा। जयकान्त राउत प्रधानमन्त्री पुत्री तथा स्वकीय सचिव गंगा दाहाल लगायत छन् ।

पर्सि ८ गतेदेखि संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटलीको रोममा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्टमा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

अतिकम विकसित देशको अध्यक्षको हैसियतमा उहाँले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँ साउन ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासमा सन्दर्भमा आयोजना हुने छलफलसमेतमा सहभागी हुनुहुनेछ । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र सङ्घका उच्च अधिकारीसँग भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ ।

खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्षलगायतका संयुक्त राष्ट्र सङ्घीय अधिकारीसँग प्रधानमन्त्रीले भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ ।

कार्यक्रममा नेपालको खाद्य सुरक्षासँगै नेपालले भोगिरहेको चुनौती एवम् अन्तर्राष्ट्रिय सहयोगका बारेसमेतमा छलफल हुनेछ । प्रधानमन्त्री प्रचण्ड आउँदो १२ गते स्वदेश फर्कनुहुने उहाँको सचिवालयले जनाएको छ ।

ललितपुर र काठमाडौँमा गाडीको ठक्करबाट तीनको मृत्यु, दुई घाइतेको उपचार चल्दै

काठमाडौँ :ललितपुर र काठमाडौँमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्।

ललितपुर महानगरपालिका १५ हात्तीवन पुल नजिक बा ३ ख ४१०८ नम्बरको बसले बा ५६ प ३४५२ नम्बरको मोटरसाइकललाई आज ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरुको पहिचान खुलेको छैन। बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यता काठमाडौँ महानगरपालिका ३१ शान्तिनगरस्थित सडकमा बा १ ह ३८८४ नम्बरको टेम्पुको ठक्करबाट पैदलयात्री मकवानपुर थाहा नगरपालिका १ घर भई काठमाडौं शान्तिनगर बस्ने ३८ वर्षीय रामभक्त श्रेष्ठको मृत्यु भएको छ।

गएराती भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको सिभिल अस्पताल बानेश्वर हुँदै बिएण्डबी अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो।

साथै उक्त टेम्पुको ठक्करबाट घाइते भएका अन्य २ जना पैदलयात्रीमध्ये १ जनाको केएमसी अस्पताल सिनामंगल र १ जनाको सिभिल अस्पताल बानेश्वरमा उपचार भइरहेको छ। टेम्पु चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

सात वर्षपछि नलगाड जलविद्युत् आयोजनाको डीपीआर तयार

जाजरकोट – नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डीपीआर प्रतिवेदन तयार भएको छ । ३१ महिनाभित्र पूरा गर्नुपर्ने यो प्रतिवेदन सात वर्षपछि तयार भएको हो ।

विसं २०७३ सालमा ३१ महिनाको समय राखेर अष्ट्रेलियन कम्पनी स्मेक, अष्ट्रेलियाको एमडब्लूएच र नेपालको उदय जेभीले विस्तृत अध्ययन, बोलपत्र आह्वानको तयारी तथा डीपीआर बनाउने ठेक्का पाएको थियो । नियमानुसार विसं २०७६ सालमा नै डीपीआर तयार गरिसक्नुपर्नेमा सात वर्षपछि मात्र तयार भएको आयोजनाका निर्देशक सुनिल पौडेलले जानकारी दिनुभयो ।

परामर्शदाताले दिएको अन्तिम प्रतिवेदन आयोजनाले जाँचका लागि नेपाल इञ्जिनियर्स एसोसिएसन ९एनईए० लाई उपलब्ध गराउँदा सकारात्मक प्रतिक्रिया दिएपछि डीपीआरको काम पूरा भएको उहाँले बताउनुभयो ।

निर्धारित म्यादभित्र काम सम्पन्न नभएपछि पटकपटक म्याद थपेर ताकेता गरेपछि डीपीआर प्रतिवेदन तयार भएको पौडेलको भनाइ छ । वातावरणीय प्रभाव मूल्याङ्कन ईआईए लाई पूर्णता दिनका लागि ऊर्जा तथा जलस्रोत मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालयमा पठाइएको उहाँले बताउनुभयो ।

वन मन्त्रालयले सातदिने सू्चना निकालेर पालिका तथा स्थानीय स्तरमा रहेका वन समूहसँग राय, सुझाव माग्ने तयारी भइरहेको आयोजनाका निर्देशक पौडेलले जानकारी दिनुभयो ।यो सुझावलाई एक समिति बनाइ निष्कर्ष निकालिने छ । डीपीआर र ईआईएको सबै काम अष्ट्रेलियन कम्पनी स्मेक, अष्ट्रेलियाको एमडब्लूएच र नेपालको उदय जेभीले गरिरहेका छन्उ     हाँले भन्नुभयो ।

डीपीआर प्रतिवेदन प्राप्त भएसँगै नलगाड जलविद्युत् आयोजनामा लगानी गर्न जापानी सहयोग नियोग जाइका सँग छलफल भएको र त्यस छलफल सकारात्मक भएको पौडेलले बताउनुभयो । उहाँका अनुसार लगानीका लागि जाइका तयार भएपछि सम्झौताको तयारी थालिएको हो ।

छिटोभन्दा छिटो सम्झौता गर्ने तयारी भइरहेको भन्दै पौडेलले चार सय १७ मेगावाट क्षमताको त्यस जलविद्युत् आयोजनामा सार्वजनिक–निजी साझेदारी अवधारणाअनुसार लगानी जुटाउने प्रयास गरिएको बताउनुभयो । उहाँका अनुसार सुरुआतदेखि नै आयोजनामा लगानी गर्न जापान सरकारले रुचि देखाएको थियो ।

डोटीका नौ वटा पालिकामा गरी एक अर्ब रुपैयाँभन्दा बढी रकम फ्रिजु

डोटी –डोटीमा आर्थिक वर्ष ०७९र०८० मा एक अर्ब तीन करोड ५७ लाख ६९ हजार सात सय ४१ रुपैयाँ फ्रिज गएको छ ।
जिल्लाको चालु र पुँजीगत गरी जम्मा दश अर्ब दुई करोड ५ लाख ९९ हजार दुई सय दुई रुपैयाँमध्ये नौ अर्ब ९८ करोड ४८ लाख २९ हजार चार सय ६० रुपैयाँ खर्च भएको छ । एक अर्ब तीन करोड ५७ लाख ६९ हजार सात सय ४१ रुपैयाँ खर्च हुन नसकी फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका प्रमुख कृष्णबहादुर धामीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कुल रकममा चालुभन्दा पुँजीगत रकम कम खर्च भएको देखिएको छ । चालुतर्फ कुल सात अर्ब नौ करोड ९७ लाख ६३ हजार दुई सय दुई रुपैयाँमध्ये ६ अर्ब ७० करोड ४७ लाख ६३ हजार सात सय ९० रुपैयाँ खर्च भएको छ । पुँजीगततर्फ कुल दुई अर्ब ९२ करोड ८ लाख ३६ हजार रुपैयाँमध्ये दुई अर्ब २८ करोड ६५ हजार ६ सय ७० रुपैयाँ मात्र खर्च हुन सकेको समेत कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

चालुतर्फ ९४ दशमलव ४४ प्रतिशत र पुँजीगततर्फ हेर्दा ८९ दशमलव ६६ प्रतिशत खर्च भएको देखिन्छ । नौ वटा पालिका रहेको डोटी जिल्लामा सायल गाउँपालिकाको सबैभन्दा बढी रकम फ्रिज गएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख धामीले बताउनुभयो । आर्थिक वर्ष ०७९र०८० मा सायल गाउँपालिकामा चालु र पुँजीगतमा भएको निकासामध्ये चार करोड नौ लाख ४१ हजार रकम खर्च हुन नसकी फ्रिज गएको छ ।

यस्तै, डोटीमा सबैभन्दा कम केआईसिंह गाउँपालिकाको रकम फ्रिज गएको छ । चालु र पुँजीगत गरी कुल बजेटको एक करोड ८० लाख ६२ हजार ७९ रुपैयाँ खर्च गर्न नसकी फ्रिज गएको कार्यालयले जनाएको छ ।

सय रुपैयाँ भन्दा बढीको सामानमा भन्सार लाग्ने नीति सच्याउन माग

६ साउन, बुटवल –भारतीय बजारमा खरिद गरेको सय रुपैयाँ भन्दा बढीको सामानमा भन्सार लाग्ने नीति सच्याउन माग गर्दै पूर्वमन्त्री सहितको टोलीले अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
नेपाली कांग्र्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहराज्यमन्त्री देबेन्द्रराज कँडेल सहितको टोलीले सरकारले १ साउनदेखि लागू गरेको उक्त नीति सच्याउन अर्थमन्त्री डा।प्रकाशशरण महतलाई आग्रह गरेको हो ।

१ साउनदेखि भारतीय बजारमा दैनिक उपभोग्य सामग्री र लत्ता कपडा खरिद गर्ने नेपालीले एक सय रुपैयाँ भन्दा बढीको सामानमा भन्सार तिर्नुपर्ने नियम सरकराले लगाएको छ ।
यस्तो भन्सार नीति देशका अन्तर्राष्ट्रिय सीमा तथा एयरपोर्टमा लागू नगरिएको तर भारतीय सीमा जोडिएका मधेश क्षेत्रमा मात्र लागू गरिएको भन्दै ज्ञापन पत्रमा यसले सीमावर्ती क्षेत्रका जनताको जीवनयापनमा कठिनाइ भएको उल्लेख गरिएको छ।

सीमावर्ती नेपालीको दैनिक आधारभूत प्रयोजनका नुन, तेल, मलखादजन्य वस्तुहरुमा यो नीति पूर्ण अव्यवहारिक र विभेदकारी भएकाले अविलम्व परिवर्तन गरी सहज गर्न माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।
अर्थमन्त्री डा। महतले सरकार सदैव जनताको सहज जीवनयापन र जनहितको पक्षमा रहेकोले अव्यवहारिक भएमा नीति पुनरावलोकन हुने प्रतिबद्धता जनाएको नेता कँडेलले बताए ।

खलङ्गा–तिङ्कर सडक पहिरोले भत्किएपछि व्यासमा उत्पादित तरकारी बारीमै कुहियो

दार्चुला –दार्चुलाको व्यास र सदरमुकाम खलङ्गासम्म जोड्ने खलङ्गा–तिङ्कर सडक बन्द हुँदा किसानले उत्पादन गरेको तरकारी खेतमै कुहिन थालेको छ ।
असार दोस्रो हप्तादेखिको वर्षाका कारण यो सडक खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा सडक बन्द भएको हो । सडक बन्द भएपछि व्यासमा उत्पादित आलु ढुवानी गर्न नसकिँदा खेतबारीमै कुहिन थालेको कृषक हरिश धामीले बताउनु भएको छ ।

व्यास गाउँपालिकाको कृषि विकास शाखाको आर्थिक तथा प्राविधिक सहयोगमा उत्पादन गरिएको कृषि उत्पादन खेतबारीमा कुहिन थालेपछि किसान चिन्तित भएका छन् ।
सरकारले उत्पादनमा मात्रै लगानी गरेर नहुने भन्दै उत्पादित कृषिउपजको ढुवानीमा समेत सहयोग गर्नुपर्ने व्यासका कृषकको भनाइ छ । जनभावना साना किसान कृषि सहकारी संस्था लिमिटेडले उत्पादन गरेको आलु खेतबारीमै कुहिन थालेको गाउँपालिकाको कृषि शाखाका प्रमुख विश्वेश्रप्रसाद बडूले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा किसानले उत्पादन गरेको छ सय क्विन्टल आलु खेतबारीमा कुहिन थालेको छ । एक सय क्विन्टल आलु खेतबाट निकालेको तथा पाँच सय क्विन्टल आलु खेतबारीबाट निकाल्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

आफैले थापेको जालमा परेर डुब्दा पाल्पामा एक जनाको ज्यान गयो

पाल्पा –पाल्पामा माछा मार्न आफैले थापेको जालमा परेर एक जनाको ज्यान गएको छ । रम्भा गाउँपालिका वडा नम्बर २, फोक्सिङकोटका २६ वर्षीय कोपिल पाडेमगरको ज्यान गएको प्रहरी चौकी हुँगीले जनाएको छ ।

कालीगण्डकी नदीमा माछा मार्न प्रयोग गरिने जालमा फसेर डुब्दा पाडेमगरको घटनास्थलमै ज्यान गएको हो । घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

 

गुठीचौरका ७ घरमा आगजनी आगो लगाउनेको खोजी हुँदै

जुम्ला –जुम्लाको गुठीचौर गाउँपालिका–४ गुठीचौरमा ७ वटा घरमा आगजनी भएको छ । गुठीचौरका विभिन्न गाउँमा गरी ७ वटा घरमा आगजनी भएको वडाध्यक्ष टीकादत्त न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार धवलपुर गाउँका प्रेम न्यौपाने र खडानन्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने, दलिबाडा गाउँका लालचन्द्र सार्की र बिगारे गाउँका भीमप्रसाद जैसीको घरमा आगलागी भएको छ । धिता र देपाल गाउँमा पनि उस्तै आगलागीको घटना भएको छ । ती घरमा आशिंक क्षति भएको छ ।

आगो लगाउने समूहले सडकमा रोकिराखेको ट्र्याक्टरमा समेत आगो लगाएको छ । आगलागीपछि प्रहरीको टोली अनुसन्धानमा खटिएको र आगो लगाउने व्यक्तिको खोजी भैरहेको जुम्लाका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘गएराति ११ बजेतिर आगो लगाइएको थाहा पाउने बित्तिकै प्रहरी खटाएका छौँ । के कति क्षति भएको छ भन्ने विवरण सङ्कलन भइरहेको छ ।’

गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले नचिनेका मानिसले आगो लगाएको र यसले गाउँमा असुरक्षा बढेको बताउनुभएको छ ।

एउटै मोटसाइकलमा ४ जना सवार, दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं :सुनसरीको इटहरीमा मोटरसाइकल र पिकअप ठोकिँदा ३ जनाको मृत्यु भएको छ। ​
चारजना चढेको मोटरसाइकल र भारतीय नम्बरको पिकअपसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने एकजनाको अवस्था गम्भीर छ।

मृत्यु हुनेमा इटहरी– १६ का २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरी र २६ वर्षीय करण चौधरी रहेको सुनसरी प्रहरीले जनाएको छ। तीनै जनाको बिपी स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो। शम्भु र करणको गएराति १२ बजेर ३० मिनेटमा निधन भएको हो भने अनिनासको उपचारका क्रममा आज बिहान ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका प्रेमलाल चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ।​

गएराति पौने ११ बजे पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर डब्लु बी ७३ इ ९११७ को पिकअपसँग पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको थियो। चारजनामध्ये को चालक हो भन्ने प्रहरीले यकिन गरेको छैन। उक्त मोटरसाइकल भने शम्भु चौधरीको नाममा दर्ता भएको ट्राफिक महाशाखा रामशाहपथले जनाएको छ।

पिकअप चालक भारत दार्जीलिङ फोडिगढी बस्ने ३२ वर्षीय गोविन्द वरमुनलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ।

लामो समय इयरफोन प्रयोग गरेर श्रवण शक्ति गुमाउँदै त हुनुहुन्न

काठमाडौं:मर्डिङ वाक् होस् वा बाटोमा हिड्दा होस् आजभोली प्रयाले ‘इयरफोन’ लगाएर हिड्ने गर्छन। मोबाइलमा कुरा गर्न मात्रै नभएर गीत तथा भिडियो हेर्नको लागि मानिसले ‘इयरफोन’ लगाउने गर्छन्।

आज भोलि त झन अफिसमा काम गर्नेहरुले पनि यदि ल्यापटप वा कम्प्युटरमा लामो समय बसेर काम गर्दा पनि ‘इयरफोन’ लगाएर काम गर्ने प्रचलन बढ्दो छ।
बजारमा पनि विभिन्न डिजाइनका ‘इयरफोन’हरु आउन थालेका छन्। नयाँ एयरपड, एयरबड्स, वायरलेस नेकब्यान्ड जस्ता ‘इयरफोन’ बजामा उपलब्ध हुन्छन्। आकारमा सानो हुने, ब्लुटुथ ‘इयरफोन’ ह्यान्डीइ र वायरलेस हुने भएकाले यसले जीवनशैलीमा सहज बनाएको छ। यसरी हाम्रो जीवनशैलीलाई हेडफोनले जति सरल बनाएको छ स्वास्थ्यको लागि पनि उतिनै असर गर्ने गर्छ।

महिला विश्वकप फुटबलमा अमेरिकाले भियतनामलाई तीन गोलले हरायो

काठमाण्डाै – फिफा महिला विश्वकप फुटबलमा अमेरिकाले भियतनामलाई हराएको छ । आज बिहान न्युजिल्याण्डको इडेन पार्कमा भएको समूह ‘ई’ को खेलमा भियतनाम अमेरिकासँग ३–० ले पराजित भयो ।

अमेरिकाका सोफिया स्मिथले २ तथा लिन्डसे होरानले एक गोल गरे । जितसँगै अमेरिकाले तीन अंक जोडेको छ । आज अरु तीन खेल हुँदैछन् । समूह ‘सी’ को जापान र जाम्बियाबीच दिउँसो पौने १ बजे खेल हुनेछ । त्यस्तै समूह ‘डी’ को इंग्ल्याण्ड र हैटीबीच दिउँसो सवा ३ बजे तथा समूह ‘डी’ कै चीन र डेनमार्कबीच बेलुका पौने ६ बजे खेल हुनेछ ।

महिला विश्वकपमा हिजो भएको खेलमा स्पेन र स्विजरल्याण्ड विजयी हुँदा नाइजेरिया र क्यानडाले गोलरहित बराबरी खेलेका थिए । अस्तीदेखि सुरु भएको महिला विश्वकप फुटबल आउँदो अगस्ट २० तारिखसम्म चल्नेछ । विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् ।

चार वटा प्रदेशका थोरै ठाउँमा हल्का वर्षा आज ठूलो पानी नपर्ने सम्भावना

काठमाण्डाै –देशका चार वटा प्रदेशका थोरै ठाउँमा अहिले हल्का वर्षा भैरहेको छ । गण्डकी, लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशका थोरै ठाउँमा अहिले हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभरकै मौसम बदली छ । मनसुनी वायुको आंशिक प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर छ । आज दिउँसो पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने महाशाखाका मौसमविद् रोजन लामिछानेले बताउनुभयो । उहाँका अनुसार आज ठूलो पानी पर्ने सम्भावना छैन ।

आज दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा बाँकी थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राति लुम्बिनी प्रदेशको तराई क्षेत्रका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना छ ।

विद्यालय व्यवस्थापन समिति भङ्ग

काठमाडौं :काठमाडौं महागरपालिकाले आफूमातहतमा सम्पूर्ण सामुदायिक विद्यालय व्यवस्थापन समिति विव्यस भङ्ग गर्ने निर्णय गरेको छ।
महानगरपालिकाको गत असार ३० गते सम्पन्न नगर सभाले उक्त प्रस्ताव पारित गरेको हो। नगर सभाले हालको समिति भङ्ग गरेर सम्बन्धित वडाका अध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव पारित गरेको छ।

नगर सभाले पारित गरेको प्रस्तावप्रति सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकले असन्तुष्टि जनाएका छन्।
महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले नगर सभाले पारित गरे पनि उक्त निर्णय हालसम्म प्रमाणीकरण नभएको जानकारी दिए। नगर सभाले पारित गरेको प्रस्ताव प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणीकरण भएपछि मात्रै राजपत्रमा प्रकाशित हुने व्यवस्था छ।

नगर सभाले पारित गरेको निर्णय सामान्यतया १५ दिनभित्रमा प्रमाणीकरण गर्ने चलन छ तर प्रमाणीकरण भएको भोलिपल्टदेखि नै पुरानो समिति स्वतः भङ्ग हुने छ भने वडाध्यक्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्ने छन्।

महानगरपालिकाभित्र ८९ वटा सामुदायिक विद्यालय छन्। महानगरपालिकाभित्र ३२ वटा वडा छन्। नयाँ व्यवस्था अनुसार व्यवस्थापन समिति गठन भएको अवस्थामा एकै वडाध्यक्षले थुप्रै विद्यालयको व्यवस्थापन समिति सम्हाल्नुपर्ने हुन्छ।

नगर सभाले विव्यस भङ्ग गर्ने निर्णय गरेसँगै सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा हालका व्यवस्थापन समितिका पदाधिकारीले असन्तुष्टि जनाएका छन्। वर्तमान समिति भङ्ग गरेर वडाध्यक्षको अध्यक्षतामा नयाँ समिति गठन गर्ने व्यवस्थाले विद्यालयमा प्रतिगमन भित्रिन लागेको र यसले आफूहरूलाई समेत समस्यामा पार्ने भन्दै उनीहरूले सङ्गठित रूपमा विरोध गर्ने तयारी गरेका छन्।

धर्म र पर्यटनलाई जोड्दै च्यवन धाम

गण्डकी :शुक्ला गण्डकी सेती गण्डकी को महिमा गान गरिएको कवि मुकुन्दशरण उपाध्यायको वर्णनात्मक काव्य प्राकृत पोखराको ‘शुक्ला गण्डकी’ शीर्षकको कविताको पङ्क्ति हो यो।
जनजीब्रोमा सेती नदीका रुपमा रहेको यस जलाशयलाई पूर्वीय धर्मशास्त्रमा पवित्र तीर्थस्थलका रुपमा लिने गरिएको छ। शुक्ला गण्डकी नदी र यससँग जोडिएका सभ्यतासँग नदी किनाराका विभिन्न धामहरूको चर्चा पनि उत्तिकै महत्वपूर्ण रहेको छ।

तीनै धामहरूमध्येको एक हो शुक्ला गण्डकी किनारको मुक्तिनाथ च्यवन धाम। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीको नजिकै रहेको मुक्तिनाथ च्यवन धाम विगत एक दशकयता यस क्षेत्रकै महत्वपूर्ण धार्मिक पर्यटकीय तीर्थस्थलका रुपमा विकास हुँदै गएको छ। स्थानीयवासीको सकृयतासँगै स्थानीय तथा प्रदेश सरकारको समेत प्राथमिकता परेसँगै यो धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास भएको हो।

वर्षौंदेखि सेती नदीले कटान गरेको भूगोल र ढुङ्गाका कारण विगतमा हिंडडुल गर्दा समेत त्रसित हुनुपर्ने अवस्थामा स्थानीय सकृयता, स्थानीय तह एवम् प्रदेशको सहयोगमा यस स्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको हो। परापूर्वकालमा यसै स्थानमा च्यवन ऋषिले तपस्या गरेको विश्वासका आधारमा यस स्थललाई च्यवन धामका रुपमा विकास गर्न खोजिएको मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाम विकास समितिका अध्यक्ष होमनाथ लम्सालले बताए।

कालीगण्डकीको बगरैबगर भएर पुग्न सकिने हिमाल पारीको जिल्लास्थित प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ रहेकै स्वरुपमा यस स्थलको विकास गर्न लागिएको कारण पनि यसको महिमा र गरिमा अझै चुलिंदै गएको छ। मुक्तिनाथलाई हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थलका रुपमा लिने गरिए जस्तै यस धामलाई हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थलका रुपमा विकास गर्न खोजिएको छ।

धामको जग्गा संरक्षणका लागि २०६५ सालदेखि नै स्थानीयवासीले सामूहिक सकृयता देखाएका थिए। २०६७ सालमा ऋषिगुरु श्रीराम पौडेलले स्थानीयवासीसँग आफू मुक्तिनाथमा गएर ध्यानमा बस्दा उक्त स्थान तपोभूमिका रुपमा पाएको बताए।

महिला विश्वकपमा आज चार खेल हुँदै

काठमाडौं :  महिला विश्वकप फुटबलमा आज चार खेल हुँदैछन्। आज पहिलो खेलमा विहान ६ बजेर ४५ मिनेटमा साविक विजेता अमेरिकाले भियतनामसँग खेल्दैछ। न्यूजिल्यान्डको इडन पार्कमा हुने खेलमा समूह इ मा रहेको साविक विजेता अमेरिकाले भियतनामसँग खेल्न लागेको हो।

आजै हुने अर्को खेलमा जाम्बिया र जापान भिड्नेछन्। न्यूजिल्यान्डको एफएनजी स्टेडियम वाइकाटोमा हुने खेल दिउँसो पौने १ बजे हुनेछ। शनिबार नै भएको खेलमा इंग्ल्याण्ड र हाइटी भिड्नेछन्। यी दुई टोलीको खेल अष्ट्रेलियामा दिउँसो सवा ३ बजे हुनेछ।

समूह डीमा रहेका चीन र डेनमार्कको खेल पनि आजै ‍छ। यी दुईबीचको खेल नेपाली समय अनुसार पौने ६ बजे अष्ट्रेलियाको पाथ रेक्टेङ्गुलर स्टेडियममा हुनेछ।
गत बिहीबारदेखि न्यूजिल्यान्ड र अस्ट्रेलियामा जारी विश्वकपको उद्घाटन खेलमा दुवै देशका टोलीले विजयी सुरुवात गरेका छन् भने शुक्रबार भएको खेलमा स्पेनले कोस्टारिकालाई तथा स्विट्जरल्याण्डले फिलिपिन्सलाई हरायो। यस्तै क्यानडा र नाइजेरियाले गोलरहीत बराबरी खेले।