लामो समय इयरफोन प्रयोग गरेर श्रवण शक्ति गुमाउँदै त हुनुहुन्न – Nagarikabhiyan : National News

लामो समय इयरफोन प्रयोग गरेर श्रवण शक्ति गुमाउँदै त हुनुहुन्न

काठमाडौं:मर्डिङ वाक् होस् वा बाटोमा हिड्दा होस् आजभोली प्रयाले ‘इयरफोन’ लगाएर हिड्ने गर्छन। मोबाइलमा कुरा गर्न मात्रै नभएर गीत तथा भिडियो हेर्नको लागि मानिसले ‘इयरफोन’ लगाउने गर्छन्।

आज भोलि त झन अफिसमा काम गर्नेहरुले पनि यदि ल्यापटप वा कम्प्युटरमा लामो समय बसेर काम गर्दा पनि ‘इयरफोन’ लगाएर काम गर्ने प्रचलन बढ्दो छ।
बजारमा पनि विभिन्न डिजाइनका ‘इयरफोन’हरु आउन थालेका छन्। नयाँ एयरपड, एयरबड्स, वायरलेस नेकब्यान्ड जस्ता ‘इयरफोन’ बजामा उपलब्ध हुन्छन्। आकारमा सानो हुने, ब्लुटुथ ‘इयरफोन’ ह्यान्डीइ र वायरलेस हुने भएकाले यसले जीवनशैलीमा सहज बनाएको छ। यसरी हाम्रो जीवनशैलीलाई हेडफोनले जति सरल बनाएको छ स्वास्थ्यको लागि पनि उतिनै असर गर्ने गर्छ।