६ श्रावण २०८०, शनिबार ०६:४४ – Page 10 – Nagarikabhiyan : National News

प्रधानमन्त्री दाहाल आज इटाली जाँदै

काठमाडौं : संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल आज शनिबार इटाली जाँदैछन्।
नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्न लागेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

गोली प्रहारबाट घाइते युवकको उपचारका क्रममा मृत्यु

: सुनसरीको इहटरी–२० स्थित कोशी राजमार्गमा पर्ने चारकोसे जंगलको सेउती पुलमा शुक्रबार गोली हानेर एक युवकको हत्या गरिएको छ।
हत्या हुनेमा विराटनगरका २८ वर्षीय रोहित चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए।

धरानबाट इटहरीतर्फ आउँदै गरेको र केही समय जंगलको छेउमा बसिरहेका युवा–युवतीमध्ये युवकलाई गोली प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ।
सेउती पुलको बीचबाट जंगलपट्टी मोटरसाइकल रोकेर बसिरहेको अवस्थामा तीन जनाको समूहमा आएका युवामध्ये एक जनाले रोहितलाई गोली प्रहार गरेको प्रहरी नायब उपरीक्षक राईले बताए।

गोली लागेर गम्भीर घाइते भएका रोहितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। रोहितसँगै रहेकी विराटनगरकै सुमना खत्रीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। रोहित र सुमना प्रेमीप्रेमिका भएको बताइएको छ।

धनकुटामा घुमेर घर फर्कँदै गर्दा थकाइ लागेर सेउती पुलमा मोटरसाइकल रोकेर उनीहरू बसेका थिए। गोली लागेर गम्भीर घाइते भएपछि रोहितलाई सुमनाले नै एम्बुलेन्समा राखेर हस्पिटलसम्म ल्याएकी थिइन्।
घटनामा संलग्नको खोजी भइरहेको छ भने घटनाको विषयमा अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।

बिपी स्मृति दिवस मनाइँदै

काठमाडौं : प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४१ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो। उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याएका छन्। कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो। विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए।

दमाई महाराज’मा यसरी आए प्रकास सपूत

प्रकास सपूतको गीति भिडियो ‘दमाई महाराज’ सार्वजनिक भएको छ । पूर्ववत् गीति भिडियोमा झै यसपाली पनि उनले फरक सामाजिक मुद्दालाई मियोमा राखेका छन् । र, उही कथानक शैलीमा मीठो भाका हालेर पेश गरेका छन् ।

दमाई माहाराज’मा प्रकासले छुवाछुत वा नश्लीय विभेद विरुद्धको कुरा गरेका छन् । दमाईको गर्भमा जन्मिएको एउटा अबोध वालक मन्दिरमा प्रवेश गर्दा ‘अछुतो’ भयो भन्ने आडम्बरमाथि उनले कटाक्ष गरेका छन् । जन्मको आधारमा कोही सानो, ठूलो हुँदैन, धर्मग्रन्थले कसैमाथि विभेद गर्नु भनेको छैन, मान्छे जन्मले होइन कर्मले कोही श्रेष्ठ वा कोही निच हुन्छ भन्ने सन्देश पस्किएका छन् ।

हरेक पटक पृथक शैली पस्कने प्रकासको गीत यसपाली भजन शैलीमा छ । गीत प्रकास स्वयमले रचेका हुन् । संगीत पनि उनकै हो । आवाजमा प्रकासलाई शान्तिश्री परियारले साथ दिएकी छिन् । सुदिप सागरले संगीत संयोजन गरेका छन् ।

धार्मिक सप्ताहको पृष्टभूमी बनाएर प्रकासले गीतको म्युजिक भिडियो बनाएका छन् ।
दमाई महाराज’को म्युजिक भिडियोको कथा रचना र निर्देशन प्रकास सपूतले गरेका हुन् । भिडियोमा प्रकाससँगै अन्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठाकुरी देख्न सकिन्छ । भिडियोलाई मीलन कृष्ण महर्जनले र दिनेश पराजुलीले खिचेका हुन् । यो गीति भिडियो उनले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।

मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना

धनगढीः

कैलालीमा मोटरसाइकल एकआपसमा ठोक्किएर शुक्रवार दुर्घटना भएको छ।

जिल्लाको कैलारी गाउँपालिका–५ मनिकापुरमा दुर्घटना भएको हो। से ७ प २९५३ नम्बरको अमृत रानाले चलाएको मोटरसाइकल र से ६ प २८५३ नम्बरको सन्जु चौधरीले चलाएको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो। जिल्लाको गोदावरी नगरपालिका–५ का २७ वर्षीय अमृत राना सामान्य घाईते भएका छन्।

त्यस्तै अर्का चालक कैलारी गाउँपालिका–३ का सन्जु चौधरीलाई बढी चोट लागेकोले नोभा अस्पताल धनगढीमा उपचार भैरहेको प्रहरीले जनाएको छ। चौधरीको बाइक पछाडि सवार दुई जना सामान्य घाइते भएका छन्। उनीहरुको हसुलिया अस्पाल कैलारीमा उपचार भइरहेको छ।

 

भारतको एु एसीसी इमर्जिङ कपको फाइनलमा उपाधिका लागि पाकिस्तानसँग खेल्ने

काठमाण्डाै – भारतएु एसीसी इमर्जिङ टिम्स एसिया कपको फाइनलमा पुगेको छ । आज शुक्रवार कोलम्बोमा भएको सेमिफाइनल खेलमा बङ्गलादेश एु लाई हराउँदै भारत फाइनलमा पुगेको हो ।

भारतले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको बङ्गलादेश ३४ ओभर २ बलमा १ सय ६० रनमै अलआउट भयो । बङ्गलादेशका तन्जिद हसनले सर्वाधिक ५१ रन बनाए । बलिङतर्फ भारतका निशान्त सिन्धुले ५ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको भारत ४९ ओभर १ बलमा २ सय ११ रन बनाउँदा अलआउट भयो । भारतका कप्तन याश धुलले सर्वाधिक ६६ रन बनाए । बलिङतर्फ बङ्गलादेशका मेहदी हसन, तन्जिम हसन सकिब र रकिबुल हसनले २र२ विकेट लिए ।

अब भारतले उपाधिका लागि पर्सि आइतवार पाकिस्तान ुएु सँग खेल्नेछ । आजै भएको पहिलो सेमिफाइनलमा श्रीलङ्कालाई हराउँदै पाकिस्तान फाइनलमा पुगेको हो ।

सर्पको डसाइबाट दाङमा एक जनाको ज्यान गयो

दाङ – सर्पको डसाइबाट दाङमा एक जनाको ज्यान गएको छ । आज शुक्रवार दिउँसो पश्चिम दाङको शान्तिनगर गाउँपालिका(३ बस्तीखोलाका ५० वर्षीय दलबहादुर घर्तीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घरको ढोकाबाट बाहिर निस्किने क्रममा घर्तीलाई सर्पले डसेको थियो । उहाँको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा ज्यान गएको हो ।
घर्ती घरमा एक्लै बस्दै आउनुभएको थियो । उहाँका छोराबुहारी वैदेशिक रोजगारको सिलसिलामा बाहिर रहेका प्रहरीले जनाएको छ ।

अब लाठी बन्दुक बोकेर गरिने ड्युटीु बाट मात्र प्रहरीले जस पाउन सक्दैन आईजीपी कुँवर

काठमाण्डाै –प्रहरी महानिरीक्षक आईजीपी बसन्तबहादुर कुँवरले परिवर्तित सन्दर्भमा नेपाल प्रहरीले आफ्नो अध्ययन र बुझाइको दायरालाई बृहत् बनाउन जरुरी रहेको बताउनुभएको छ । सुरक्षाजस्तो संवेदनशील क्षेत्रमा काम गर्नुपर्ने भएकाले प्रहरीले कानुन, समाज र परिवर्तनका नियमहरूलाई बुझ्नका लागि पनि आफ्नो अध्ययन र बुझाइको दायरालाई बृहत् बनाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो ।

शुक्रवार काठमाण्डौमा वरिष्ठ प्रहरी उपरीक्षक एसएसपीडा। मनोजकुमार केसीद्वारा लिखित पुस्तक ‘इन्ह्यान्सिङ पोलिसिङ इन नेपाल ह्यूमन सेक्युरिटी इन्फम्ड एप्रोज, कन्सेप्ट एण्ड इम्पिलीकेशन’ को विमोचनमा आईजीपी कुँवरले अबको जमानामा लाठी, बन्दुक बोकेर गरिने ुड्युटीु बाट मात्र नेपाल प्रहरीले जस पाउन नसक्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, आफ्नो स्थापनाकालदेखि अहिलेसम्म नेपाल प्रहरी यो देशका हरेक सङ्घर्ष र परिवर्तनको साछी रहेको छ । यी परिवर्तनहरूले हामीलाई के सिकाएको छ भने प्रहरीले समाज र समयको ढुकढुकी बुझ्न जरुरी छ । अबको जमानामा लट्ठी, बन्दुक बोकेर गरिने ड्युटीबाट मात्र प्रहरीले जस पाउन सक्दैन । सुरक्षाजस्तो संवेदनशील विषयमा काम गर्नुपर्ने भएकोले प्रहरीले कानुन, समाज र परिवर्तनका नियमलाई बुझ्नुपर्छ । त्यसका लागि आफ्नो अध्ययन र बुझाइको दायरालाई बृहत् बनाउन जरुरी छ ।’

आईजीपी कुँवरले द्वन्द्वपछिको सङ्क्रमणकालीन समयमा हुने सुरक्षा समस्या र त्यसको समाधानका लागि केसीद्वारा लिखित पुस्तक उपयोगी हुने विश्वाससमेत व्यक्त गर्नुभयो । उहाँले पुस्तकको अनुकरण र अनुशरणबाट नेपाल प्रहरीको विकास र रूपान्तरणका लागि कोशेढुङ्गा सावित हुने बताउनुभयो

कार्यक्रममा पुस्तकका लेखक केसीले पुस्तक प्रहरी अनुसन्धानको कामलाई थप प्रभावकारी बनाउन सहयोगी हुने धारणा व्यक्त गर्नुभयो ।

धरानमा गोली हानी एक जनाको हत्या

सुनसरी – सुनसरीको धरान– इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली हानी एक जनाकाे हत्या भएकाे छ ।

आज शुक्रवार विराटनगर महानगरपालिका वडा नम्बर ५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको प्रहरीले जनाएकाे छ । मूलघाटबाट विराटनगर जाँदै गरेका चौधरीमाथि गोली हानी लुटपाट पनि भएको प्रहरीकाे भनाइ छ ।

प्रहरीका अनुसार चौधरीको साथमा भएको नगद रकम र मोबाइल लुटिएको छ । गोली प्रहार गरेको कारण नखुलेको र घटनाको अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले जानकारी दिनुभयो ।

धादिङको मलेखुमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

५ साउन, धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको रोराङ गाउँपालिका(३ मलेखुमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्‍यु भएको छ ।

काठमाडौबाट मुग्लिङतर्फ आउँदै गरेको ट्रक र सोही दिशामा आउँदै गरेको बागमती प्रदेश ०२(०३७ प ७७३१ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक डीएसपीसन्तु जैसवालले जानकारी दिए ।

डीएसपी जैसवालका अनुसार मोटरसाइकलको पछाडि सवार महिला घाइते भएकी छन् । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

डुबेर दुई बालिकाको मृत्यु

दैलेख :जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिका–३ पानीखोलाका दुई बालिकाको डुबेर मृत्यु भएको छ। उनीहरूको बिहीबार साँझ करिब ६ बजेतिर पोखरीमा डुबेर मृत्यु भएको हो।
मृत्यु हुनेमा चामुण्डा–३ पानीखोलाका बमबहादुर खप्तडी मगरकी ५ वर्षीया छोरी सपना र सोही ठाउँकी लीला खप्तडीकी ८ वर्षीया छोरी विपना खप्तडी मगर रहेको दैलेख प्रहरीले जनाएको छ।

बिहीबार साँझ घर नजिकै पोखरीमा नुहाउन गएका उनीहरूको डुबेर मृत्यु भएको चामुण्डा विन्द्रासैनी नगरपालिका–३ का वडाध्यक्ष दीपबहादुर शाहीले बताए।
दुवै बालिकाको शव दुल्लु अस्पतालमा पोस्टमार्टम गरिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको दैलेख प्रहरीले जनाएको छ।

कञ्चनपुरमा अपराधको जालोः ७२ फरार अपराधि पक्राउ, ९७५ विरुद्ध मुद्दा

धनगढीः कञ्चनपुर जिल्लाभित्र विभिन्न प्रकृतिका अपराध बढेको प्रहरीले दिएको तथ्यांकबाट खुलेको छ। आर्थिक वर्ष २०७८र७९ मा अदालतबाट दोषी ठहर भएका ६३ जना प्रतिवादी अपराधि लाई प्रहरीले पक्राउ गरेर अदालतमा पेस गरेको थियो भने यो संख्या आर्थिक वर्ष २०७९र८० सम्म आइपुग्दा ७२ नाघेको छ।

अझ अदालतबाट दोषी ठहर भएर फरार रहेकाहरु सयौँको संख्यामा छन्। बहुविवाह, लागुऔषध, चोरी डकैती, जबरजस्ती करणी, ज्यान मार्ने उद्योग लगायत गरेर कञ्चनपुरमा एकपछि अर्को अपराधका घटना बढ्दै गएको पाइएको हो। विभिन्न प्रकृतिका अपराधमा संलग्न विरुद्ध २०७८ सालमा ८ सय ७५ मुद्दा दायर भएकोमा ६ सय ७ मुद्दा मात्र किनारा लागेर बाँकी दुई सय ६८ मुद्दाको अन्तिम सुनुवाई हुन बाँकी नै थियो।

यो संख्या २०७९ मा आएर झन बढेको छ। सो अवधिसम्म विभिन्न प्रकृतिका अपराधमा संलग्न विरुद्ध ९ सय ७५ मुद्दा दायर भएकोमा तीन सय ८ मुद्दाको अझै सुनुवाई भएको छैन्। जिल्लाभित्र दुई वर्षको अवधिमा मात्र एक हजार ८ सय ५० पीडक विरुद्ध पीडितले सम्वन्धित निकायमा मुद्दा दायर गरेकोमा पाँच सय ७६ पीडित अन्तिम न्यायको सुनुवाइको पर्खाइमा छन्।

सुन तस्करीमा बालकोट, बालुवाटार र बूढानीलकण्ठ जोडिए पनि छाड्दिनँ गृहमन्त्री

काठमाडौं –उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रुपमा सुन भित्र्याउने जोकोहीलाई पनि कारबाही हुने बताएका छन्।
शुक्रबार बिहान सो विमानस्थलको अध्यागमन विभाग र भन्सार कार्यालयको अनुगमन गरेपछि उनले सो चेतावनी दिएका हुन्।

त्यस अवसरमा सञ्चारकर्मीहरुले सुन तस्करीमा बालकोट, बालुवाटार र बुढानिलकण्ठको पनि मिलेमतो हुने गरेको छ निरु भन्ने प्रश्न गरेका थिए। उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार र अपराध अनुसन्धानमा आफूले कुनै कोट, टार वा पार्टी नहेर्ने जवाफ दिए।

उनले सुनको अवैध धन्दाजस्ता आपराधिक क्रियाकलाप आगामी दिनमा पुनरावृत नहुने गरी नयाँ योजना ल्याउने घोषणासमेत गरे।
उपप्रधानमन्त्री श्रेष्ठले सुन तस्करीलगायतका अपराध नियन्त्रण गर्न सरकारले सचेतता, सावधानी र गम्भिर्यता अपनाउन नसकेको स्विकार गर्दै आईन्दा त्यस्तो अवस्था आउन नदिने दृढता समेत व्यक्त गरे।

उनले वर्तमान सरकारले भ्रष्टाचारलगायतका गतिविधिलाई अन्त्य गर्ने अभियान सुरु गरेको र त्यसलाई निष्कर्षमा पुर्‍याएरै छाड्नेसमेत दोहोर्‍याए। उपप्रधानमन्त्री श्रेष्ठले आफूलाई सो सुन प्रकरणमा मुछिएको भनेर प्रश्न गर्नै नमिल्ने जिकिरसमेत गरे।

आफूलाई भ्रष्टाचारविरोधी अभियानबाट हच्काउन सो प्रकरणमा मुछ्ने प्रयास गरिएको उनको जिकिर थियो। उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘अहिले जो सुकै भए पनि अव अन्तराष्ट्रिय विमानस्थल त्यसमा पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हाम्रो मुख्य विमानस्थल हो। यसले ५(६ वटा कुरामा हामीलाई असर पार्छ।ु

उपप्रधानमन्त्री श्रेष्ठले सो सुन प्रकरणबारे छानविन गर्न भन्सार विभागले समिति गठन गरेको उल्लेख गर्दै उसले नै छानविनको काम गर्ने र त्यसमा सघाउ पुर्‍याउनका लागि सम्बन्धित निकायलाई आफूले निर्देशन दिएको पनि बताए।

 

 

कोरिया गएर फर्किएकालाई ईपीएस भाषा परीक्षाको आवेदन खुल्यो

काठमाण्डौ ( कोरियामा काम गरेर फर्किएकालाई ईपीएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको छ । शाखाले आज सूचना निकालेर कोरियामा वैधानिक तरिकाले रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म आवेदन दिन  सकिने जनाएको छ । भाषा परीक्षा भदौ १८ देखि २९ गतेसम्म हुने छ ।

नतिजा प्रकाशन असोज ३ गते हुनेछ । दुई देशबीच भएको समझदारी अनुसार दक्षिण कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारलाई पुनः कामदारको रूपमा पठाउने प्रक्रिया अनुरूप आवेदन खुला गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

सन् २०१० जनवरी १ पछि भिसा अवधिभित्रै स्वेच्छिक रूपले नेपाल फर्केका इच्छुक नेपाली कामदारले आवेदन दिन सक्नेछन् । आवेदकको उमेर १८ वर्ष पूरा भइ ३९ वर्ष ननाघेको हुनुपर्नेछ ।

लम्पी स्किनको महामारी स् मर्न थाले याक र चौंरी

गाईभैंसीमा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोग रसुवाका उच्च क्षेत्रमा रहेका चौंरी गोठहरुमा समेत देखापरेको छ।
लम्पी स्किन रोगका कारण एक याकसहित २१ वटा चौंरी मरेको गोसाँईकुण्ड गाँउपालिका पशु सेवा शाखाका प्रमुख सुरेश बडालले जानकारी दिए।

जिल्लाको गोसाँईकुण्ड गाँउपालिका ५ को चोलाङ्पाटी तथा ६ नम्बर वडाको पाङ्लिङ खर्कका चौंरी गोठहरुमा रहेका चौरीहरुमा लम्पी स्किन देखा परेको छ। ३ हजार मिटर देखि ३ हजार ८ सय मिटर उचाइमा चरणका लागि लगिएका चौंरीमा लम्पी स्किनको प्रकोप देखिए पछि यहाँका किसान चिन्तित भएका छन्।

रोगको लक्षण देखिएका पशुहरुलाई लक्षणका आधारमा सामान्य तया ज्वरो नियन्त्रण गर्ने औषधि, खाना रुचि गराउने औषधि आवश्यकताकाअधारमा एन्टीबायोटिक र छालाको संक्रमण नियन्त्रण गर्न एन्टीसेप्टिक औषधिको प्रयोग गरिदै आएको पशुशाखा कार्यालयले जनाएको छ।

गोसाँईकुण्ड गाँउपालिकाको यस क्षेत्रमा दुई दर्जन गोठका ७ सय भन्दा बढी चौंरी मध्य असारमा चरणका लागि सो क्षेत्रमा लैजाने गरिन्छ। महामारीका रुपमा फैलिएको लम्पी स्किनका कारण देशभरबाट झण्डै ३० हजार पशु चौपाया मरेका छन् भने ७ लाख बढी संक्रिमत भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ।

 

शनिबार काठमाडौं र ललितपुरमा ८ घण्टा विजुली नआउने

काठमाडौं :शनिबार काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत वितरण प्रभावित हुने भएको छ।

नेपाल विद्युत प्राधिकरणका अनुसार टेकु सबस्टेसन स्तरोन्नती गरी टेकू–स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने काम भइरहेको हुँदा बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म विद्युत प्रभावित हुने भएको हो।

प्राधिकरणका अनुसार बागमती फिडर अन्तर्गतका सानेपा राम मन्दिर, गुसिगाल, एडभान्स कलेज, अमरावती र रेडिएण्ड स्कुल क्षेत्रमा विद्युत प्रभावित हुनेछ।त्यस्तै पुल्चोक फिडर अन्तर्गतका बल्खु, झम्सीखेल, पुल्चोक र ठाडोढुंगा क्षेत्रमा विद्युत प्रभावित हुनेछ। यसैगरी मती फिडर अन्तर्गतका ज्ञान तीर्थ मार्ग कालीमाटी सालिक चोक, छाउनी, डल्लु, बिजेश्वरी, स्वयम्भू, कीर्तिपुर फिडर अन्तर्गतका बल्खु, खसीबजार, त्रिभवुन विश्वविद्यालय लगायतका क्षेत्रमा विद्युत् प्रभावित हुने प्राधिकरणले जनाएको छ।

त्यसैगरी त्रिपुरेश्वर फिडरअन्तर्गतका टेकूदेखि पचली भैरव, उद्योग वाणिज्य संघ हुँदै सुकुम्बासी वस्ती लगायतका क्षेत्रमा विद्युत् प्रभावित हुने छ। प्राधिकरणले ती क्षेत्रमा निर्धारित समयअघि नै काम सकेर लाइन सुचारू गर्ने प्रयास रहने जानकारी गराएको छ।