भारतको एु एसीसी इमर्जिङ कपको फाइनलमा उपाधिका लागि पाकिस्तानसँग खेल्ने
५ श्रावण २०८०, शुक्रबार २१:०५
काठमाण्डाै – भारतएु एसीसी इमर्जिङ टिम्स एसिया कपको फाइनलमा पुगेको छ । आज शुक्रवार कोलम्बोमा भएको सेमिफाइनल खेलमा बङ्गलादेश एु लाई हराउँदै भारत फाइनलमा पुगेको हो ।
भारतले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको बङ्गलादेश ३४ ओभर २ बलमा १ सय ६० रनमै अलआउट भयो । बङ्गलादेशका तन्जिद हसनले सर्वाधिक ५१ रन बनाए । बलिङतर्फ भारतका निशान्त सिन्धुले ५ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको भारत ४९ ओभर १ बलमा २ सय ११ रन बनाउँदा अलआउट भयो । भारतका कप्तन याश धुलले सर्वाधिक ६६ रन बनाए । बलिङतर्फ बङ्गलादेशका मेहदी हसन, तन्जिम हसन सकिब र रकिबुल हसनले २र२ विकेट लिए ।
अब भारतले उपाधिका लागि पर्सि आइतवार पाकिस्तान ुएु सँग खेल्नेछ । आजै भएको पहिलो सेमिफाइनलमा श्रीलङ्कालाई हराउँदै पाकिस्तान फाइनलमा पुगेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया