५ श्रावण २०८०, शुक्रबार ०८:२३ – Page 11 – Nagarikabhiyan : National News

नेपाली नर्सलाई बेलायतमा रोजगारी खुल्यो, अनलाइनबाटै आवेदन दिन सकिने

बेलायतमा काम गर्न जान इच्छुक नेपाली नर्सहरुका आवेदन खुला गरिएको छ। ९० दिनको समय अवधि राखेर आवेदन खुला गरिएको हो।

बिहीबार काठमाडौमा आयोजित बेलायतको स्वास्थ्य सेवामा नेपाली नर्सलाई पदस्थापन गर्ने सम्बन्धमा श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय र ब्रिटीस राजदुतावासद्धारा आयोजना गरिएको कार्यक्रम मार्फत् आवेदन खुला गरिएको जानकारी दिइएको हो।

मन्त्रालयको वेव साइडमा रहेको जततउकस्रराभचmक।मयाभ।नयख।लउरजयmभ मा आवेदन दिन सकिने जनाइएको छ। आवेदन दिनका लागि नेपालको नसिंङ काउन्सिलमा रजिष्टर भएका नर्सहरुले, कम्तीमा तीन वर्षको नसिंङ कोर्ष पीसीएल वा बीएन सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने, यस पेशामा दुई वर्ष काम गरेको अनुभव हुनुपर्ने छ।

यस्तै आवेदन दिएर छनौटमा परेका नर्सहरुले आइ ई एल टी एस मा न्युनतम ७ अंक अनिवाय ल्याउनु पर्नेछ। उनीहरुको छनौट प्रक्रिया जी टू जी प्रक्रिया बामेजिम नेपालको बैदेशिक रोजगार विभाग र बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयरले गर्नेछ।

सम्झौता अनुसार पहिले चरणमा एक सय जना नर्सलाई बेलायत पठाइने छ। यसअघि दुई देशबीच गत ६ भदौ २०७९ मा भएको सम्झौता अनुरुप नेपाली नर्सलाई बेलायतमा रोजगारी दिने विषयमा कार्ययोजना पारित भएको थियो। तथ्यांक अनुसार हाल नेपालमा ७४ हजार नर्सहरुले सेवाका लागि अनुमति लिएका छन्।

पाँच दिनदेखि फोहर बञ्चरेडाँडा लैजान नसक्दा सडकमा दुर्गन्ध फैलिँदै

काठमाण्डौ – आज पनि काठमाण्डौबाट फोहर बोकेका गाडी बञ्चरेडाँडा जानबाट रोकिएका छन् । फोहरका गाडीलाई अवरोध नगर्ने मौखिक सहमति भए पनि कार्यान्वयनमा आएको छैन ।

काठमाण्डौ उपत्यकाबाट पाँच दिनदेखि फोहर बोकेका गाडी रोकिएका छन् । यसले गर्दा उपत्यकाका ठाउँठाउँमा फोहरको सङ्कलन पनि रोकिएको छ । जनघनत्व र चाप धेरै भएको सहरी क्षेत्रमा फोहर थुप्रिन थालेको छ । असन, न्युरोड, कलङ्कीलगायत मुख्यमुख्य सहरका सडक छेउछाउमा फोहरको डङ्गुर थुप्रिएको छ । यसले दुर्गन्ध फैलिन थालेको छ ।

काठमाण्डौ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले फोहर बञ्चरेडाँडा लैजान नपाउँदा सङ्कलन पनि रोकिएको बताउनुभयो । उहाँका अनुसार काठमाण्डौ महानरभित्र मात्रै दैनिक साढे ६ सय टन फोहर निस्कन्छ । सहमति पछि पनि फोहर बोक्ने गाडीलाई किन अवरोध भइरहेको हो भन्नेबारे आफूहरु अन्योलमा रहेको उहाँको भनाइ छ । समस्या समाधानका लागि आज सम्बन्धित पक्षसँग छलफलको तयारी भएको उहाँले जानकारी दिनुभयो ।

महानगरपालिकाले बञ्चरेडाँडा र सिसडोलका स्थानीयबासिन्दासँग फोहर लैजाने सहमति नहुञ्जेलसम्म फोहर उठाउन नसक्ने जनाएको छ । महानगरको वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठका अनुसार अझै चार–पाँच दिन फोहर उठ्ने सम्भावना छैन । स्थानीय बासिन्दाको मुख्य माग थपिँदै जाँदा सहमति जुट्न कठिनाइ भएको उहाँको भनाइ छ ।

स्थानीयबासिन्दाले भने सरकारले फोहरको राम्रो व्यवस्थापन नगरेसम्म अवरोध नहट्ने बताएका धादिङको धुनिबेसी नगरपालिकाका–१ का वडाध्यक्ष मानबहादुर तामाङले बताउनुभयो । उनीहरुले फोहरलाई पूरै माटोले छोप्न र दुर्गन्ध फैलिनबाट रोकेपछि मात्रै फोहर लैजान दिने बताएका नुवाकोटको ककनी गाउँपालिकाका वडा नम्बर १ का वडाअध्यक्ष पदमबहादुर श्रेष्ठ बलामीले बताउनुभयो । फोहरको विषयलाई लिएर गएको १ गतेदेखि नुवाकोटको ककनी र धादिङको धुनीबेसीका स्थानीयबासिन्दा आन्दोलनमा छन् ।

अस्ति दुर्गन्ध हटाइ फोहर छोप्ने मौखिक सहमति भएर आन्दोलन रोकेको भनिए पनि फोहर व्यवस्थापनका लागि काठमाण्डौबाट गाडी जान सकेका छैनन् ।

मनसुन ब्रेकु केही दिन लगातार र ठूलो पानी नपर्ने

काठमाण्डाै – अब केही दिन लगातार र ठूलो पानी नपर्ने भएको छ । केही दिन मनसुन निष्क्रियजस्तै रहने भएकाले पानी कम पर्ने र मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तो अवस्थालाई मौसमविद्ले मनसुन ब्रेकु भन्ने गरेका छन् । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेकाले नेपालमा यसको असर कम रहने मौसमविद्ले बताएका छन् ।

मौसमविद् बिनु महर्जनका अनुसार आज बिहीवार देशका धेरैजसो ठाउँमा घाम लागेको छ । भोलि शुक्रवार पनि देशका धेरैजसो ठाउँमा घाम लाग्ने सम्भावना छ ।मनसुन ब्रेकु हुँदा मनसुनी गतिविधि कम हुने भएकाले गर्मी बढ्छ । अब एकरदुई दिन धेरै ठाउँमा हल्का मात्रै पानी पर्ने अनुमान छ ।

अहिले बाग्मती प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । साथै कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा हल्का वर्षा भइरहेको छ ।

जिल्ला नगर केन्द्रिय तथा पालिका अन्तर सम्वाद कार्यक्रम विराटनगर

विराटनगरमा आज जिल्ला नगर क्षेत्रिय तथा पालिका अन्तर सम्बाद कार्यक्रम आयोजना भएको छ ।
राप्रपा मोरङ जिल्लाका अध्यक्ष गोपाल कटुवालको अध्यक्षतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रमुख अतिथीको रुपमा महामन्त्री प्रलाद साह ,केन्द्रिय प्रवक्ता भक्ती सिटौलाको उपस्थिती रहेको थियो ।

यसका साथै केन्द्रिय सदस्य केदार कोईराला , बिस्वमोहन थापा , केन्द्रिय सह प्रवक्ता दिनेश साह , कोशी प्रदेश सचिब भरत पोखरेल , निवर्तमान जिल्ला अध्यक्ष माधव आर्चाय लगायत जिल्ला भरीको अगुवाहरुको पनि सहभागिता रहेको थियो ।
देशमा राजालाई जसरी भएनी ल्याउने र संघियता खारेज हुनुपर्ने अध्यक्ष गोपाल कटुवालले भने । उनी भन्छन् ‘हाम्रो पाटि एक हुन आवस्यक छ र त्यसका लागि सबैको साथ र सर्मथनको निकै जरुरी रहेको छ ।’ यसलाई शक्तीशाली बनाउनका लागि चुनावको मध्यमबाट अघि बढ्नु पर्ने र दशै तिहार पछि आन्दोलको बाटो अपनाउनु पर्ने अवस्यकता रहेको बताउछन् । राजनिती के हो भन्ने हामीले सबै सिकाउन सक्नु पर्ने उनले बताए ।

यसका साथै झापा जिल्ला अध्यक्ष केशव ओझाले झापाको तर्फ बाट शुभकामाना व्यक्त गरेको छन् । उनि भन्छन् , ‘पार्टिको राम्रो भुगोल बनाउनका लागि हरेक वडामा वडा समिती बनाउनु भन्दा अगाडी हामीले हरेक टोलमा रहेको टोल विकास समितीमा जान आवस्यक छ र हरेक टोल विकासको कार्यकर्ताहरुलाई समेटेर वडा समिती बनाए पस्चात हाम्रो भुगोल बन्न सक्ने छ । ’ आम सर्वसाधरणहरुको पिडा बुभm्नका लागि सर्वसाधरणहरुको ढोका सम्म पुग्न आवस्यक रहेको छ ।

झापामा राप्रपाले हरेक पार्टीको निगरानी गरिरहेको र भष्ट्रचार गर्नेहरुको बिरद्धमा आवाज उठाईरहको उनले जानकारी दिए । ६ दिन सम्ममा ४२ जना कार्यकताहरुलाई प्रशिक्षण तालिमको आयोजना गरेको र त्यसको लागि केन्द्रियको निर्देशन छिटै पहल हुनेछ भन्ने कुरालाई पनि उनले जोड दिए । झापाबाट मोरङलाई हरेक किसिमको सहयोग गर्न तयार रहेको र मोरङ जिल्ला लाई कसरी अब्बल बनाउने भन्ने बिषयमा तत्पर रहेको बताए ।

 

एमालेले भन्यो, ‘पार्टीको सदस्य सङ्ख्या घटेको छैन, आउँदो महाधिवेशनमा १० लाख पुर्‍याउँछौँ’

काठमाण्डौ –चालु आर्थिक वर्ष २०८०र८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थ मन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ ।
चालु आर्थिक वर्षको बजेटले लिएका लक्ष्य तथा उद्देश्य प्राप्त गर्नका लागि स्रोतको अधिकतम उपयोग, खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न मार्गदर्शनमा भनिएको छ । त्यस्तै समग्र वित्तीय अनुशासन कायम गर्दै विद्यमान ऐन नियमलगायत कानुनी व्यवस्थाको पालनाका लागि पनि मार्गदर्शनमार्फत सरकारले निर्देशन दिएको छ । चालु आर्थिक वर्षको बजेटमा राखिएका वार्षिक योजना तथा कार्यक्रमको पूर्वतयारीका काम चाँडो सक्न अर्थ मन्त्रालयले निर्देशन दिएको हो ।

राष्ट्रिय गौरवका आयोजनाबाहेक अन्य आयोजनाका हकमा स्रोत सहमतिको सम्पन्न गर्नुपर्ने अवधि बढीमा तीन वर्षको रहने जनाइएको छ ।
बहुवर्षीय ठेक्कामा गएका कार्यक्रम तथा आयोजना विनियोजित बजेटबाटै कार्यान्वयन गर्नुपर्नेछ । सडक, पुल, बाँध, सिँचाइ, नहरजस्ता लामो समयसम्म सञ्चालनमा रहने पाँच करोड रुपैयाँभन्दा माथिका पूर्वाधार आयोजनाको हकमा नयाँ आयोजनाको ठेक्का व्यवस्थापन गर्दा निर्माण सम्पन्न भएपछि कम्तीमा पाँच वर्षसम्म सम्बन्धित निर्माण व्यवसायीले नै मर्मत गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

पानी, बिजुली, सञ्चार महसुल, घरभाडा, इन्धन, मर्मत खर्च, मसलन्द तथा कार्यालय सामाग्री खर्च, भत्ता, तालिम, गोष्ठी, सेवा शुल्क, भ्रमण खर्चलगायतका प्रशासनिक खर्चमा अधिकतम मितव्ययिता अपनाउन भनिएको छ । त्यसका लागि सरकारी खर्चमा सभा, सम्मेलन, गोष्ठी, सेमिनार, अन्तरक्रियाजस्ता कार्यक्रम सञ्चालन गर्दा सरकारी निकायकै सभाहल प्रयोग गर्नुपर्नेछ । सम्बन्धित संस्था वा सरकारी सभाहल उपलब्ध हुन नसक्ने अवस्थामा अधिकतम मितव्ययी हुने प्रकारले कार्यक्रम आयोजना गर्नुपर्नेछ ।

यो वर्ष सरकारी कार्यालयले नयाँ गाडी किन्न नपाउने, यस्तो छ अर्थ मन्त्रालयको ८१ बुँदे मार्गदर्शन

काठमाण्डौ – चालु आर्थिक वर्ष २०८०र८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थ मन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ ।
चालु आर्थिक वर्षको बजेटले लिएका लक्ष्य तथा उद्देश्य प्राप्त गर्नका लागि स्रोतको अधिकतम उपयोग, खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न मार्गदर्शनमा भनिएको छ । त्यस्तै समग्र वित्तीय अनुशासन कायम गर्दै विद्यमान ऐन नियमलगायत कानुनी व्यवस्थाको पालनाका लागि पनि मार्गदर्शनमार्फत सरकारले निर्देशन दिएको छ । चालु आर्थिक वर्षको बजेटमा राखिएका वार्षिक योजना तथा कार्यक्रमको पूर्वतयारीका काम चाँडो सक्न अर्थ मन्त्रालयले निर्देशन दिएको हो ।

राष्ट्रिय गौरवका आयोजनाबाहेक अन्य आयोजनाका हकमा स्रोत सहमतिको सम्पन्न गर्नुपर्ने अवधि बढीमा तीन वर्षको रहने जनाइएको छ ।
बहुवर्षीय ठेक्कामा गएका कार्यक्रम तथा आयोजना विनियोजित बजेटबाटै कार्यान्वयन गर्नुपर्नेछ । सडक, पुल, बाँध, सिँचाइ, नहरजस्ता लामो समयसम्म सञ्चालनमा रहने पाँच करोड रुपैयाँभन्दा माथिका पूर्वाधार आयोजनाको हकमा नयाँ आयोजनाको ठेक्का व्यवस्थापन गर्दा निर्माण सम्पन्न भएपछि कम्तीमा पाँच वर्षसम्म सम्बन्धित निर्माण व्यवसायीले नै मर्मत गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

पानी, बिजुली, सञ्चार महसुल, घरभाडा, इन्धन, मर्मत खर्च, मसलन्द तथा कार्यालय सामाग्री खर्च, भत्ता, तालिम, गोष्ठी, सेवा शुल्क, भ्रमण खर्चलगायतका प्रशासनिक खर्चमा अधिकतम मितव्ययिता अपनाउन भनिएको छ । त्यसका लागि सरकारी खर्चमा सभा, सम्मेलन, गोष्ठी, सेमिनार, अन्तरक्रियाजस्ता कार्यक्रम सञ्चालन गर्दा सरकारी निकायकै सभाहल प्रयोग गर्नुपर्नेछ । सम्बन्धित संस्था वा सरकारी सभाहल उपलब्ध हुन नसक्ने अवस्थामा अधिकतम मितव्ययी हुने प्रकारले कार्यक्रम आयोजना गर्नुपर्नेछ ।

 

अवैध सुन तस्करीमा आफुलाई मुछेको भन्दै मल्होत्राले गरे पत्रकार सम्मेलन

काठमाडौं । व्यवसायी दिपक मलहोत्राले अवैध सुन प्रकरणमा आफ्नो फोटोसहित नयाँ पत्रिकाले समाचार छापेको प्रति आपत्ती जनाएका छन् । उनले बिहीबार पत्रकार सम्मेलन गराउँदै नयाँ पत्रिकाले छापेको समाचार कपोकल्पित रहेको बताएका हुन् ।
उनले बुधबार त्रिभुवन विमानस्थानबाट भित्रिएको एक क्वीन्टर सुनमा आफ्नो कुनैपनि संंलग्नता नभएको बताए । उनले भने,‘सुन ल्याउने गिरोहलाई जोगाउनलाई नै मेरो नाम जोडिएको हुनुपर्छ, ‘सुन ल्याउने व्यक्तिहरुसंग मेरो कुनै पनि चिनजान छैन ।’

नयाँ पत्रिकाले असत्य र कपोकल्प्ति समाचार छापेको दावी गर्दै उनले उक्त समाचार लेख्ने पत्रकार र प्रकाशन गर्ने माध्ययमले माफी माग्नुपर्ने बताएका छन् । यदि माफि नमागेको खण्डमा आफु कानुनी बाटोमा जाने चेतावनी समेत दिएका छन् ।

अवैध सुन तस्कर प्रकरणमा कर्मचारी निलम्बन गर्न मन्त्रालयको मुख ताक्दै भन्सार

काठमाडौं । अवैध सुन तस्कर प्रकरणमा संलग्नता रहेको आसंकामा कर्मचारी निलम्बन गर्न भन्सार कार्यालय मन्त्रालयको निर्णयलाई कुरेर बसेका छन् । बुधवार अवैध रुपमा नेपाल भित्रिएको अन्दाजी सयकेजी सुन प्रकरणमा मुछिएका एक कर्मचारीलाई निलम्बन गर्न कार्यालयले मन्त्रालयको निर्णय कुर्नु परेको हो ।

संकाको घेरामा रहेका नायब सुब्बा कुमार ढकाललाई निलम्बन गरिसकेको विभागका प्रवक्ता पुण्ग विक्रम खड्काले बताए । उनले भने, ‘हाल त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायव सुब्बा कुमार ढकाललाई निलम्बन गरिसकेको छ र अधिकृत सन्तोष चन्दलाई पनि निलम्बनको लागी अर्थमन्त्रालयमा सिफारिस पठाइसकेको छ । मन्त्रालयबाट निर्णय आएपछि उहाँ निलम्बनमा पर्नुहुन्छ ।’

प्रवक्ता खड्काको अनुसार तत्काल केहि महिना काम गर्न नमिल्ने गरि निलम्बनको प्रकिया अघि बढाइएको भएपनि पुष्टीभएपछि पूर्ण रुपमा कारबाही हुनेगरी अघि प्रक्रिया अघि बढ्ने छ ।

राष्ट्रपति पौडेलद्वारा अर्थसम्बन्धी तीनवटा विधेयक प्रमाणीकरण

काठमाडौं :राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न तीनवटा विधेयक प्रमाणीकरण गरेका छन्।

बिहीबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै राष्ट्रपति पौडेलले गत असार ३१ गते ‘विनियोजन विधेयक, २०८०’, ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ प्रमाणीकरण गरेको बताएका हुन्।

संघीय संसदको दुवै सदनबाट पारित भएका विधेयकहरु राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुनको रुपमा कार्यान्वयनमा जाने संवैधानिक व्यवस्था छ।

अनुशानविपरीत काम गर्दै आएको भन्दै जनमत पार्टीका पाँच नेता अनुशासन कारबाहीमा

काठमाण्डाै – जनमत पार्टीको अनुशासन समितिले पार्टीको नीति, निर्देशन तथा विधान विपरीत काम गरेको भन्दै पार्टीका पाँच नेतालाई कारबाही गरेको छ ।
कारबाहीमा पर्नेमा पूर्वसांसद बाराका शिवचन्द्र कुशवाहा, सप्तरीका गुलाब मण्डल, रुपन्देहीका शङ्कर खड्का, भोपेन्द्र यादव तथा कपिलवस्तुका भगवानदास यादव रहेका पार्टीका केन्द्रीय प्रवक्ता शरद सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार कुशवाहालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिएको छ भने मण्डल, भगवानदास यादव र खड्कालाई जनमत पार्टीको सदस्यबाट एक वर्षका लागि निलम्बन गरिएको छ । यसैगरी भोपेन्द्र यादवलाई पार्टीको सचिवालयबाट तीन महिनाका लागि निलम्बन गरिएको जनाइएको छ ।

पार्टीले विज्ञप्ति प्रकाशन गरी कुशवाहाले पार्टी अनुशानविपरीत काम गर्दै आएको तथा पार्टी नेतृत्वविरुद्ध लागेको, भोपेन्द्र यादवले केन्द्रीय नीतिको उल्लङ्घन गरी गुटबन्दी गरेको जनाएको छ ।

यस्तै मण्डलले मन्दिरको व्यवस्थापन समितिको चुनावमा बागी उम्मेदवार बनेर असहयोग गरेको, खड्काले विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेर असहयोग गरेको तथा भगवानदास यादवले पार्टीका बैठक र काम कारबाहीका क्रममा होहल्ला गर्दै अनुशासनहिन काम गरेको विज्ञप्तिमा जनाइएको छ ।

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

काठमाडौं :नेपालका लागि कतारका राजदूत प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन्।

कतारका राजदूत युसूफ बिन मोहम्मद अल–हइल बिहीबार बिहान प्रधानमन्त्रीलाई भेट्न निवास बालुवाटर पुगेका थिए। भेटमा दुई देशको सम्बन्ध बारेमा चर्चा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीलाई भेट्न बालुवाटर पुगे राजदूत हइल

काठमाडौं :नेपालका लागि कतारका राजदूत प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन्।

कतारका राजदूत युसूफ बिन मोहम्मद अल–हइल बिहीबार बिहान प्रधानमन्त्रीलाई भेट्न निवास बालुवाटर पुगेका थिए। भेटमा दुई देशको सम्बन्ध बारेमा चर्चा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सिजी सिमेन्टको चेन चुँड्दा १३ मजदुर घाइते

पाल्पा :पाल्पाको रैनादेवी छहरा–२ सोमादी सर्देवास्थित सिजी सिमेन्ट कम्पनीभित्र वारपार गर्न बनाइएको चेन चुँडिँदा १३ मजदुर घाइते भएका छन्।

घाइते हुनेमा रैनदेवी छहरा–३ का पदम सोमै, सोही ठाउँका चिन्ताबहादुर डंगोल र सुमन नेपाली, सुनवलका लीलबहादुर गुरुङ, कपिलवस्तुका महेश बराम, कमल पासी, उमेश पासी, रुपन्देही देवदहका यमबहादुर विक, सोहनलाल जैसी र अक्सर मिसर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

घाइते सबैको तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी निरीक्षक भूपेन्द्र थापाले बताए। चेन १३ फिट माथिबाट खसेको प्रहरीले जनाएको छ।

सुन तोलाको १ लाख १३ हजार ६ सय

काठमाडौं :नेपाली बजारमा सुनको मूल्यले उच्च रेकर्ड कायम गरेको छ।
नेपाली बजारमा बिहीबार सुनको मूल्य हालसम्मकै उच्च अर्थात् प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज सुनको मूल्य प्रति तोला ५ सय रुपैयाँले बढेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि असर परेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले साढे २ महिनाअघिको रेकर्ड तोड्न सकेको छैन भने नेपालमा यसअघिका सबै मूल्य रेकर्ड तोडिएको छ। साढे २ महिनाअघि अन्तर्राष्ट्रिय बजारमा प्रति औंस २०५० डलर हाराहारी रहेको सुनको मूल्य २० दिनअघि १९ सय डलर हाराहारीमा झरेको थियो। हाल भने सन प्रति औंस १९८५ डलर छ।

चाँदीको मूल्यले भने नेपाली बजारमा तीन दिन यता दैनिक उच्च रेकर्ड बनाइरहेको छ। मंगलबार प्रति तोला १४८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १४९० रुपैयाँ पुग्यो भने बिहीबार १४९५ कायम भएको महासंघले जनाएको छ।

महिला विश्वकप आजदेखि सुरु हुँदै

काठमाडौं : फिफा महिला विकपको नवौं संकरण आजबाट अष्ट्रेलिया र न्यूजिल्याण्डमा सुरु हुँदैछ।
प्रतियोगिताको उद्घाटन भने न्युजिल्याण्डमा हुनेछ। उद्घाटन खेलमा समूह ए को आयोजक न्युजिल्याण्ड र नर्वे भिड्ने छन्। न्युजिल्याण्ड र नर्वेबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ। खेल न्युजिल्याण्डको इडेन पार्कमा हुनेछ।

यस्तै पहिलो दिन नै समूह बी मा रहेको अर्को आयोजक अष्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्ड भिड्ने छन्। स्टेडियम अष्ट्रेलियामा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।
३२ टोली सहभागी भएको प्रतियोगिता आगामी २० अगस्टसम्म हुनेछ।

कांग्रेस बैठक आजपनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने

काठमाडौं :नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ। पार्टी कार्यालय सानेपामा मंगलबारदेखि सुरु भएको बैठकमा आज पनि केन्द्रीय सदस्यहरुले धारणा राख्नेछन्।
बैठकमा प्रस्तुत १० वटा एजेण्डा र प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका हुन्। बैठक आज बिहान ११ बजे सुरु हुनेछ र प्रत्येक बोल्ने सदस्यलाई ७ मिनेटको समय निर्धारण गरिएको छ। सामाजिक सञ्जालमा बैठकको प्रत्यक्ष प्रशारण हुँदै आएको छ।

हिजो बोल्ने नेताहरुले प्रदेश समितिलाई जिम्मेवारीविहीन बनाइएको भन्दै नेतृत्वप्रति आक्रोश पोखेका छन्। अधिकांश सदस्यहरुले गुटबन्दी मौलाएको, सरकार र पार्टीबीच समन्वय हुन नसकेको र पार्टी विधानअनुरुप चल्न नसकेको धारणा राखे। केही नेताले भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको समेत बचाउ गरेका छन्।

बैठकमा सातै प्रदेश सभापतिहरुले प्रदेश समितिलाई जिम्मेवारीविहीन बनाइएको भन्दै नेतृत्वप्रति आक्रोश व्यक्त गरे। जिम्मेवारीविहीन बनाउनुको साटो प्रदेश संरचना खारेज नै गर्न उनीहरुले चुनौती दिए। पार्टीका नेताहरु प्रदेश समितिसँग समन्वय नगरी सिधै जिल्ला र स्थानीय तहमा जाने गरेको उल्लेख गर्दै उनीहरुले प्रदेशलाई कम महत्व दिए पार्टी संगठन कमजोर हुने धारणा राखे।

यस्तै, सदनमा पार्टीको उपस्थिति कमजोर भएकाले संसद बैठकमा जानुपूर्व सल्लाह गर्नुपर्नेमा पनि नेताहरुको जोड थियो। केही केन्द्रीय सदस्यहरुले भने भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको बचाउ गरेका थिए।