अवैध सुन तस्कर प्रकरणमा कर्मचारी निलम्बन गर्न मन्त्रालयको मुख ताक्दै भन्सार – Nagarikabhiyan : National News

अवैध सुन तस्कर प्रकरणमा कर्मचारी निलम्बन गर्न मन्त्रालयको मुख ताक्दै भन्सार

काठमाडौं । अवैध सुन तस्कर प्रकरणमा संलग्नता रहेको आसंकामा कर्मचारी निलम्बन गर्न भन्सार कार्यालय मन्त्रालयको निर्णयलाई कुरेर बसेका छन् । बुधवार अवैध रुपमा नेपाल भित्रिएको अन्दाजी सयकेजी सुन प्रकरणमा मुछिएका एक कर्मचारीलाई निलम्बन गर्न कार्यालयले मन्त्रालयको निर्णय कुर्नु परेको हो ।

संकाको घेरामा रहेका नायब सुब्बा कुमार ढकाललाई निलम्बन गरिसकेको विभागका प्रवक्ता पुण्ग विक्रम खड्काले बताए । उनले भने, ‘हाल त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायव सुब्बा कुमार ढकाललाई निलम्बन गरिसकेको छ र अधिकृत सन्तोष चन्दलाई पनि निलम्बनको लागी अर्थमन्त्रालयमा सिफारिस पठाइसकेको छ । मन्त्रालयबाट निर्णय आएपछि उहाँ निलम्बनमा पर्नुहुन्छ ।’

प्रवक्ता खड्काको अनुसार तत्काल केहि महिना काम गर्न नमिल्ने गरि निलम्बनको प्रकिया अघि बढाइएको भएपनि पुष्टीभएपछि पूर्ण रुपमा कारबाही हुनेगरी अघि प्रक्रिया अघि बढ्ने छ ।