सर्पको डसाइबाट दाङमा एक जनाको ज्यान गयो – Nagarikabhiyan : National News

सर्पको डसाइबाट दाङमा एक जनाको ज्यान गयो

दाङ – सर्पको डसाइबाट दाङमा एक जनाको ज्यान गएको छ । आज शुक्रवार दिउँसो पश्चिम दाङको शान्तिनगर गाउँपालिका(३ बस्तीखोलाका ५० वर्षीय दलबहादुर घर्तीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घरको ढोकाबाट बाहिर निस्किने क्रममा घर्तीलाई सर्पले डसेको थियो । उहाँको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा ज्यान गएको हो ।
घर्ती घरमा एक्लै बस्दै आउनुभएको थियो । उहाँका छोराबुहारी वैदेशिक रोजगारको सिलसिलामा बाहिर रहेका प्रहरीले जनाएको छ ।