१२ असार २०८०, मंगलवार १६:४१ – Page 4 – Nagarikabhiyan : National News

कोशी प्रदेशका मन्त्री राजभण्डारीविरुद्ध मुद्दा दायर

देवानगंज कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीविरुद्ध मुद्दा दायर भएको छ।
मन्त्री राजभण्डारीले शिक्षादिप कलेजले आइतबार आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै ‘न्यायाधीशले पैसा खाएर स्टेअर्डर दिएको’ भन्ने विवादित अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिका कारण उनीविरुद्ध मंगलबार अदालतको अपहेलना मुद्दा दायर भएको हो।

मन्त्री राजभण्डारीले कार्यक्रममा दिएको अभिव्यक्तिले अदालतको अपहेलना भएको भन्दै अभिवक्ता उद्धवचन्द्र घिमिरेले अपहेलना मुद्दा दायर गरेका हुन्।
कार्यक्रमका बोल्ने क्रममा मन्त्री राजभण्डारीलेले न्यायाधीशलाई फटाहा र कलंकको संज्ञासमेत समेत दिएका थिए।
मन्त्रीले राजभण्डारीले दिएको अभिव्यक्ति नेपालको संविधानको धारा १३६‚ न्याय प्रशासन २०७३ को दफा १७ बमोजिम अदालतको अपहेलनाको बनेको जाहेरीमा उल्लेख छ।

निवेदनमा मन्त्री राजभण्डारीलाई अदालतको अपहेलनामा १ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना गर्न माग गरिएको छ।

कोशी प्रदेश सरकारको गत जेठ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंसराज वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको थियो।
उक्त निर्णयविरुद्ध वाग्लेले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए। उच्च अदालतका न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले प्रदेश सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न जेठ ५ गते अन्तरिम आदेश दिएको थियो।

पुनः उच्च अदालत विराटनगरका न्यायाधीशद्वय कृष्णकमल अधिकारी र राजनप्रसाद भट्टराईको इजलासले जेठ ५ को अन्तरिम आदेशलाई नै निरन्तरता दिएको थियो। सोही आदेशविरुद्ध मन्त्री राजभण्डारीले आक्रोश व्यक्त गरेका थिए।

भिरबाट लडेर एक जनाको ज्यान गयो

देवानगञ्ज  – गोरखामा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । भिरबाट लडेर बारपाक सुलिकोट गाउँपालिका–७ पाँचखुवा देउरालीका ६० वर्षीय मीनबहादुर गुरुङको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले घरबाट आइतवार जङ्गलमा काठ लिन भनेर गएका गुरुङलाई अमलेमा रहेको जङ्गलमा सोमवार मृतावस्थामा फेला पारेको बताउनुभयो।

गुरुङको काठ लिएर फर्कने क्रममा भिरबाट लडेर ज्यान गएको अनुमान प्रहरीले गरेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रनाउ लामिछाने बताउनुभयो ।

गायक सपुतमाथि बोतल प्रहार गर्ने व्यक्तिलाई रोमानियामा पक्राउ

देवानगंज  गायक प्रकाश सपुतमाथि बियरको बोतल प्रहार गर्ने नेपाली व्यक्तिलाई कानूनी कार्वाहीका लागि रोमानियाको अध्यागमन कार्यालयमा बुझाइएको छ ।
आयोजक संस्थाका नरेश गिरीका अनुसार ती व्यक्तिलाई अहिले रोमानियाको अध्यागमनमा हिरासतमा राखिएको छ । नेपाली समयानुसार सोमबार राती भएको उक्त घटना लगत्तै आयोजकले ती व्यक्तिलाई नियन्त्रणमा लिएर अध्यागमनलाई बुझाएका थिए ।

अध्यागमनले अब उनलाई अदालतमा पेश गर्ने जानकारी गिरीले दिए । ‘अब उनीबारे अदालतले निर्णय गर्नेछ’ गिरीले भने । ‘याद नेपाली म्युजिक फेस्टिभल भाग २’ नाम दिइएको उक्त कन्सर्टमा गायक सपुतले आफ्नो चर्चित गीत ‘बोल माया’ गाउँदै थिए ।

मादक पदार्थ सेवन गरेको भनिएका ती व्यक्तिले क्यान बियरको बोतलले प्रहार गर्दा गायक सपुतको अनुहारमा चोट लागेको थियो । ती व्यक्तिको नाम भने खुलाइएको छैन । उक्त समारोहमा ४०० को संख्यामा नेपालीको सहभागिता रहेको जनाइएको छ । कन्सर्टमा सहभागि हुन नेपालबाट गायक सपुत र प्र्रीति आले रोमानिया पुगेका थिए ।

नागरिकता पाएसँगै खुशी

दिउँसो १२ बजे चर्किएको घाममा कोही छाता ओडेर त कोही कागजातका फाइलले अनुहार छेक्दै लामो ताँतीमा आफ्नो पालो कुरिहेको भीड थियो जिल्ला प्रशासन कार्यालय मोरङमा। त्यसो त सधैंभन्दा आज अर्थात सोमबार प्रशासन परिसरको माहोल नै भिन्नै रहेको अनुभूति गर्न सकिन्थ्यो।

त्यही भीडमा नियाल्दै जाँदा भेटिएका अनुहारहरुमा अनेक खालका भाव झल्किएको अनुभूति छर्लङ्गै महसुस गर्न सकिन्थ्यो। सर्वोच्च अदालतमा परेको रिट टुंगो लागेसँगै जिल्ला प्रशासन कार्यालय मोरङले सोमबार जन्मको आधारमा नागरिकता प्राप्त गरेकाका सन्तानलाई नागरिकता वितरण सुरु गरेपछि नागरिकता लिनेको लामो लाइन देखिएको हो।

सोहीअनुसार नागरिकता लिने भीडमा भेटिएका मोरङ कटहरी(४ का २६ वर्षीय निरज कामतको हातमा नागरिकता परेसँगै मरिसकेको सपना फेरि जागृत भएको थियो। उनी भन्दै थिए, ‘जुन समयमा मैले नागरिकता पाउनुपर्ने थियो पाइनँ, ५ वर्षको संघर्षपछि बल्ल न्याय पाएको छु।’

प्रहरी बनेर आफ्नै देशवासीको सुरक्षा गर्ने उनको ठूलो सपना रहेछ तर नागरिकता नभएकै कारण सपनालाई तिलाञ्जली दिनुको विकल्प नरहेको उनले दुखेसो सुनाए।

मैले जुन समय नागरिकता पाउनुपर्ने थियो त्यो समयमा पाइनँ र मैले मेरो सपना गुमाएँ, भविष्य गुमाएँ। बल्ल पाँच वर्षपछि न्याय पाएँ‚’ उनले हर्षित हुँदै सुनाए, ‘ २६ वर्षको भएँ, बिबिएस तेश्रो वर्षमा अध्ययन गर्दैछु। यो बेला प्रहरी जवानमा भर्ती हुने मेरो सपना थियो तर नागरिकता नभएर सपना त्यसै तुहियो।’

प्रहरी बन्ने सपना अधुरो भए पनि नेपाली नागरिक हुँ भन्नुमा नै गर्व रहेको बताउँदै उनले अब कुनै निजी कम्पनिमा रोजगारी गर्ने योजना रहेको सुनाए।

सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि माइतीघर मण्डलामा नागरिकताविहीन संघर्ष समितिले गरेको प्रदर्शनीमा उनले जेठ ३१ गते सर्वोच्च अदालत परिसरमा शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्न खोजेका थिए।

सन्दीपविरूद्धको मुद्दामा पीडितलाई १ लाख क्षतिपूर्ति दिन आदेश

काठमाडौं, ११ असार क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतले गौशाला(२६ लाई क्षतिपूर्ति दिन आदेश दिएको छ।
सोमबार काठमाडौं जिल्ला अदालतले क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा जाहेरीकर्ता गौशाला(२६ लाई राहातस्वरूप १ लाख क्षतिपूर्ति दिन आदेश दिएको हो।

जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले जाहेरीकर्ता गौशाला(२६ लाई राहातस्वरूप सरकारी कोषबाट १ लाख क्षतिपूर्ति दिन आदेश दिएको हो।
तर, जाहेरीकर्ता गौशाला(२६ ले लामिछानेबाट १० लाख र मासिक ५० हजार भरणपोषण खर्च मागेकी थिइन्। रानीका

एमालेमा भीम रावललाई जिम्मेवारी समिति हरायो, नतिजा आएन

नेकपा एमालेले पार्टीका पूर्व उपाध्यक्ष डा।भीमबहादुर रावलसँग जिम्मेवारी दिने भन्दै एक चरण वार्ता गरेको थियो। त्यो वार्ता सकारात्मक भएको कुरा सार्वजनिक गरिए पनि दोस्रो चरणको वार्ता अथवा रावललाई जिम्मेवारी दिने कुराको टुंगो भने लागेको छैन।

एमालेको १० औं महाधिवेशनपछि पार्टीको कुनै जिम्मेवारीमा नरहेका रावल अहिले पार्टीमा निष्क्रियजस्तै अवस्थामा छन्।
बेलाबखत रावलले एमाले नै छोड्ने चर्चा चले पनि उनले आफूले लामो समय पार्टी निर्माणमा योगदान पुर्‍याएको भन्दै एमालेमै बस्ने बताउँदै आएका छन्।

सोही क्रममा केही समयअगाडि एमालेले चलाएको मिसन ग्रास रुट अभियानका क्रममा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रावलको गृहजिल्ला अछाम पुगेका थिए। अछाममा उनले रावलको आलोचना गरेपछि सभामै रावलका कार्यकर्ताले प्रतिवाद गरेका थिए।

त्यसपछि पनि रावल र पौडेलको आपसमा जुहारी नै चलेको थियो। उनीहरुले एकअर्काको आलोचना गरेका थिए। सो घटनापछि एमालेले गत चैत १८ गते पार्टीको केन्द्रीय सचिवालय बैठकबाट रावलसँग वार्ता गर्न भन्दै समिति गठन गरेको थियो।

उपाध्यक्ष पौडेलकै संयोजकत्वमा गठित उक्त वार्ता समितिमा पार्टीका सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्णबहादुर थापा पनि सदस्य थिए।

सुदूरपश्चिम प्रदेशको विषय भएको र पार्टीको मिसन ग्रासरूट अभियानकै समयमा आन्तरिक विवाद समाधान गर्न भन्दै पार्टीले सुदूरपश्चिममा खटाएका उपाध्यक्ष पौडेल र सुदुरपश्चिमकै नेताहरू रहेको वार्ता समिति बनाइएको थियो।

कञ्चनपुरकी १७ वर्षीया रितु मृत फेला

 ११ असार देवानगञ्ज ।  ११ असार देवानगञ्ज । कञ्चनपुरको वेदकोट नगरपालिका–९ सुन्दरपुरकी १७ वर्षीया रितु राना मृत अवस्थामा फेला परेकी छन् ।

उनी आज बिहान आफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

आज अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस, नेपालमा कारोबार बढ्दै

काठमाण्डाै –  लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध सचेतना जगाउन काठमाण्डौमा प्रभातफेरी निकालिएको छ । लागुऔषध दुरुपयोग तथा ओसार–पसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भ पारेर गृह मन्त्रालयले प्रभातफेरी निकालेको हो ।

भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी भद्रकाली मन्दिर परिक्रमा गरी पुनः भृकुटीमण्डप हुँदै राष्ट्रिय सभागृहमा पुगेर कार्यक्रममा परिणत भएको छ । प्रभातफेरीमा सहभागीले लागुऔषधको दुर्व्यसन र ओसारपसारविरुद्ध विभिन्न जनचेतनामूलक ब्यानर, प्लेकार्ड प्रदर्शन गरेका छन् ।

हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका रूपमा मनाउने गरिन्छ । विश्व समुदायलाई लागुऔषधको असर र कारोबारबाट मुक्त गराउने मुख्य उद्देश्यसहित मनाइँदै आएको दिवसको यस वर्षको नारा जीवन बचाउँ भन्ने रहेको छ ।

लागुऔषधको असन्तुलित प्रयोगले विश्वमा हरेक वर्ष एक लाख ९० हजार जनाभन्दा धेरै मानिसको ज्यान जाने गरेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ । नेपालमा सन् १९६० पछि नै लागुऔषधको कारोबार तथा प्रयोग बढ्दै आएको छ ।

बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

११ असार,  ।भारतको ओडिसामा यात्रुबस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । आठ यात्रु गम्भीर घाइते भएका छन् ।
सामाचार एजेन्सी एएनआईका अनुसार ओडिसाको गंजम जिल्लामा गएराति बस दुर्घटना भएको हो ।

ओडिसा राज्यको सडक परिवहन निगमको बस र एक निजी बस ठोक्किएर दुर्घटना भएको हो । मृतकहरु निजी बसमा सवारहरु रहेको बताइएको छ ।
ओडिसाका मुख्यमन्त्रीले दुर्घटनामा दुःख व्यक्त गर्दै मृतकका परिवारलाई ३(३ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।

देवानगञ्ज गाउँपालिकाद्वारा ५५ करोड ९२ लाख ९८ हजार ९ सय बजेट सार्वजनिक

देवानगंज  । सुनसरीको देवानगंज गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८०र८१ का लागि ५५ करोड ९२ लाख ९८ हजार ९०० साय रुपैयाँ बजेट प्रस्तुत गरेको छ।

देवानगंज गाउँपालिका उपाध्यक्ष कुमारी विभा यादवले आइतवार १३ औं गाउँ परिषदमा उक्त बजेट प्रस्तुत गरेका छन।

सङ्घीय सरकार र प्रदेश सरकारवाट प्राप्त बजेट, आन्तरिक आम्दानी र दातृ निकाय एवं सङ्घ संस्थाबाट उपलब्ध स्रोत अनुमान विवरणका आधारमा सो रकमको बजेट प्रस्तुत गरिएको छ ।

बजेटमा चालु तर्फ ३५ करोड १६ लाख ९८ हजार ९ सय रुपैया र पुँजीगततर्फ २० करोड ७६ लाख रुपैया ९बजेट विनियोजन गरिएको छ ।
देवानगंज गाउँपालिकाले यस वर्षको बजेटमा शिक्षा, स्वास्थय, कृषि लागयत किसानहरुको सिंचाइका लागि विधुतिकरणको लागि बजेटमा विषेश प्राथमिकतामा राखेको छ । शिक्षा तिर एक वडा एक नमुना विद्यालयको आवधारण समेता बजेटमा समावेश गरिएको छ ।

किन भयो गायक प्रकाश सपुतमाथि बियरको बोलत प्रहार

राज बोगटी ११ असार देवानगञ्ज ।  लोक तथा दोहोरी गायक प्रकाश सपुतमाथि बियर बोतल प्रहार भएको हो।
कार्यक्रमको लागि रोमानियामा रहेका गायक सपुतलाई बोतल प्रहार भएको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल छ।

उक्त बोलत बियरको भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै उक्त भिडियोमा उल्लेख छ।रोमनियामा जुन २५ गते अर्थात् हिजो आइतबार उक्त कार्यक्रम भएको थियो। यस घटनाबारे  जानकारी आउन बाँकी छ।

रडुवा खोलामा मिनी ट्रक खस्यो

डडेल्धुराः  डडेल्धुराको एक खोलामा मिनी ट्रक खसेको छ। केआइसिंह राजमार्ग अन्तर्गत डडेल्धुराको रडुवा खोलामा मिनी ट्रक खसेको हो।

सोमवार बिहान धनगढीदेखि बाजुरा जाँदै गरेको सुपप्र ०१००१ प १८८६ नम्बरको मिनी ट्रक डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ रडुवामा दुर्घटना भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। उक्त खाद्यान्न बोकेको ट्रक डोटीको जोरायल गाउँपालिका–२ बस्ने २३ वर्षीय प्रकाश मल्लले चलाइरहेका थिए। दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले बताएको छ। ट्रक सडकबाट अन्दाजी ५० मिटर तल खसेको जनाइएको छ।

 

 

फोटो प्रकाश कठायत पि.के

काठमाडौं महानगरपालिकामा व्यवसाय गर्दै हुनुहुन्छरु कुनमा कति कररु

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करका दर तोकेको छ। अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० नगरसभामा प्रस्तुत गर्दै महानगरले करका दर तोकेको हो।

महानगरले विभिन्न व्यवसायको प्रकृति र लगानीको अवस्था हेरेर व्यावसायिक कर तोकेको हो। महानगरपालिकाको आर्थिक विधेयकअनुसार उत्पादनमूलक व्यवसाय तथा उद्योगमा हल्का पेय पदार्थ उद्योग कोकाकोला, पेप्सीकोला र फ्रुटी आदिघरेलुमा दर्ता भएका ५० हजार रुपैयाँ कर तिर्नुपर्नेछ।

घरेलु उद्योगबाट उत्पादन हुने सोडा आदि हलुका पेयपदार्थ उत्पादन गर्ने उद्योगको नवीकरणका रुपमा वार्षिक शुल्क दुई हजार, डिस्टिलरी उद्योगलाई ५० हजार, विभिन्न निर्यातयोग्य वस्तु तथा व्यवसायलाई पाँच हजार र आयातयोग्य वस्तु तथा व्यवसायलाई १० हजार रुपैयाँ कर तोकिएको छ।

चलचित्र निर्माण कम्पनीलाई १५ हजार तथा वितरक कम्पनीलाई रु पाँच हजार कर तोकिएको छ। मिनरल वाटर उद्योगलाई पाँच हजार, आइसक्रिम उद्योग ठूलो तीन किलोवाटभन्दा माथि लाई १० हजार र यस्तो घरेलु उद्योग तीन किलोवाटसम्म लाई दुई हजार रुपैयाँ कर तोकिएको छ।

ब्राण्डेड बिस्कुट, पाउरोटी, केक उद्योगलाई १० हजार र यस्ता घरेलु उद्योगलाई दुई हजार रुपैयाँ कर तोकिएको छ। डेरी उद्योगले १० हजार, कुटानी–पिसानी मिलले पाँच हजार, ब्रान्डेड जुत्ता, चप्पल उद्योगले १२ हजार, ब्याग, बेल्ट, पर्स आदि उत्पादन उद्योगले पाँच हजार रुपैयाँ कर तिर्नुपर्नेछ।

खाद्यान्न उद्योग पाँच किलोवाटभन्दा माथि का लागि १० हजार र यस्ता साना उद्योगलाई पाँच हजार रुपैयाँ कर तोकिएको छ। कार्पेट, गार्मेन्ट, पस्मिना र प्लाष्टिक उद्योगले १० हजार रुपैयाँ कर तिर्नुपर्नेछ। कापी, किताब तथा मुद्रण उद्योगका लागि क्षमताअनुसार दुई हजारदेखि १२ हजार, जमिनमुनिको पानी प्रशोधन उद्योगका लागि ५० हजार, बोटल र जार पानी उद्योगका लागि सात हजार रुपैयाँ कर तोकिएको छ।

वानएक्स बेट प्रचार आरोपमा राजकुमार पक्राउ

काठमाडौं : नेपालमा प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वानएक्स बेट’ मार्फत सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थप एकजना युट्युबरलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, तेमाल–८ घर भई काठमाडौँको बूढानीलकण्ठ–११ बस्ने २२ वर्षीय राजकुमार थापा भन्ने युट्युबर राजकुमार तमाङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

उनका अनुसार तमाङले बेटिङ एप ‘वानएक्स बेट’ मार्फत विभिन्न खेलहरु खेलाउनका लागि आफ्नो युट्युब च्यानलमार्फत वानएक्स बेटलाई प्रचारप्रसारमा सहयोग पुग्ने गरी प्रोमोकोडसमेत दिई विज्ञापन गरी सर्वसाधारणलाई सट्टाबाजी गर्न्गराउनका लागि उत्प्रेरित गर्ने कार्यमा संलग्न रहेको आरोपमा काठमाडौँ कपनबाट पक्राउ गरिएको हो।

पक्राउ परेका तामाङलाई सट्टाबाजी गर्न वा गराउन नहुने कसुरमा थप अनुसन्धानका लागि आज आइतबार जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

यसअघि प्रहरीले ‘वानएक्स बेट’ मार्फत सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा चर्चित कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’, राजु मास्टरलगायत आठजनालाई पक्राउ गरिसकेको छ।

ल्यापटपलगायत चोरीका सामानसहित दुई पक्राउ

काठमाडौं : प्रहरीले चोरीका सामानसहित दुई जनालाई काठमाडौंबाट पक्राउ गरी अनुसन्धान थालेको छ। ललितपुरमा चोरी गरेका सामान काठमाडौंमा ल्याई लुकाएर राखिएको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए।

पक्राउ पर्नेमा काठमाडौंको नक्साल घर भई रविभवनमा सोल्टी सिटी अपार्टमेन्टमा बस्ने सुबोध श्रेष्ठ र लैनचौर घर भई सोही ठाउँमा बस्ने रोशनी महर्जन रहेका छन्। उनीहरुको साथबाट ११ थान ल्यापटप, आइफोन, अन्य मोबाइलसहित घर फोर्न प्रयोग हुने रड, पिलास, पेचकससहितको ब्याग, चोरीमा प्रयोग भएका कपडालगायतका सामग्री बरामद गरिएको उनले बताए।
जेठ २९ गते ललितपुर जिल्लाको मानभवनमा ओमप्रकाश प्रधानले सञ्चालन गरेको ग्लोबल लिङ्क टेक्नोलोजी प्रालिको झ्यालको ग्रिल तोडफोड गरी काउन्टरमा रहेको एक लाख आठ हजार तथा कार्यकारी अधिकृतको कोठाबाट ३७ हजार तथा ल्यापटप चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा उक्त घटनामा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका हुन्।

पशुपतिको जलहरी परीक्षणको काम सकियो

काठमाण्डाै –  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको जलहरी निकालेर सुनको गुणस्तर र तौल परीक्षण गरेको छ ।
जलहरीमा तोकिएको परिमाण भन्दा कम सुन राखिएको र गुणस्तर पनि कम भएको भन्दै उजुरी परेपछि अख्तियारको टोलीले जलहरी निकालेर पशुपति क्षेत्रमा गुणस्तर तथा तौल परीक्षण गरेको हो ।

हिजो बेलुकीदेखि शुरु भएको परीक्षण राति अबेर मात्रै सकिएको छ । अहिले अनुसन्धानका क्रममा रहेकाले परीक्षणबाट प्राप्त विवरण गोप्य रहने र अनुसन्धान टुङ्गोमा पुगिएपछि सार्वजनिक हुने अख्तियारले जनाएको छ ।

तौल तथा गुणस्तर जाँचका लागि अख्तियारले सुनचाँदी व्यवसायी सङ्घका पदाधिकारी एवं विज्ञका साथै खानी तथा भूगर्भविभागका अधिकारीहरु र पशुपति क्षेत्र विकास कोषका पदाधिकारीलाई समेत सहभागी गराएको छ ।