देवानगञ्ज गाउँपालिकाद्वारा ५५ करोड ९२ लाख ९८ हजार ९ सय बजेट सार्वजनिक
११ असार २०८०, सोमबार १०:०७
देवानगंज । सुनसरीको देवानगंज गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८०र८१ का लागि ५५ करोड ९२ लाख ९८ हजार ९०० साय रुपैयाँ बजेट प्रस्तुत गरेको छ।
देवानगंज गाउँपालिका उपाध्यक्ष कुमारी विभा यादवले आइतवार १३ औं गाउँ परिषदमा उक्त बजेट प्रस्तुत गरेका छन।
सङ्घीय सरकार र प्रदेश सरकारवाट प्राप्त बजेट, आन्तरिक आम्दानी र दातृ निकाय एवं सङ्घ संस्थाबाट उपलब्ध स्रोत अनुमान विवरणका आधारमा सो रकमको बजेट प्रस्तुत गरिएको छ ।
बजेटमा चालु तर्फ ३५ करोड १६ लाख ९८ हजार ९ सय रुपैया र पुँजीगततर्फ २० करोड ७६ लाख रुपैया ९बजेट विनियोजन गरिएको छ ।
देवानगंज गाउँपालिकाले यस वर्षको बजेटमा शिक्षा, स्वास्थय, कृषि लागयत किसानहरुको सिंचाइका लागि विधुतिकरणको लागि बजेटमा विषेश प्राथमिकतामा राखेको छ । शिक्षा तिर एक वडा एक नमुना विद्यालयको आवधारण समेता बजेटमा समावेश गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया