१० असार २०८०, आईतवार १८:०३ – Page 5 – Nagarikabhiyan : National News

काठमाण्डौ महानगरको बजेट २५ अर्ब ५४ करोड,धुलोरहित काठमाण्डौु योजनालाई एक अर्ब रुपैयाँ पूर्ण पाठ

काठमाण्डौ महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०८०र८१ का लागि बजेट ल्याएको छ । आइतवार महानगरकी उपमेयर सुनिता डंगोलले नगरसभाको बैठकमा आउँदो आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभयो ।

बजेटमा चालुतर्फ आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार ३३ दशमलव ७२ प्रतिशत र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ ९६६ दशमलव २८ प्रतिशत० विनियोजन गरिएको छ ।

महानगर क्षेत्रभित्रका सम्पूर्ण सडक तथा पेटीमध्ये विस्तृत परियोजना प्रतिवेदन डीपीआर भएका सडक तथा पेटीहरू मर्मत तथा निर्माण गरी धुलोरहित काठमाण्डौु योजनालाई कार्यान्वयन गरिने बजेटमा उल्लेख छ । यस योजनाअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्न एक अर्ब रुपैयाँ विनियोजन गरेको उपमेयर डंगोलले जानकारी दिनुभयो ।

यस्तै सडक निर्माण कार्यलाई थप व्यवस्थित बनाउन आफ्नै आस्फाल्ट प्लान्ट स्थापनासहित पूर्वाधार एम्बुलेन्सलाई प्रभावकारीरूपमा सञ्चालन गर्न २५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

विराटनगर महानगरको बजेट तीन अर्ब २८ करोड रुपैयाँ

काठमाण्डाै – विराटनगर महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०८०र८१ का लागि तीन अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
महानगरको १२ औँ नगरसभामा आइतवार उपमेयर शिल्पा कार्कीले चालु आर्थिक वर्षको तुलनामा ४८ करोड २५ लाख रुपैयाँले कम बजेट सार्वजनिक गर्नुभएको हो ।

अनुमानित बजेटको स्रोत व्यवस्थापनमध्ये सङ्घीय सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब १९ करोड २४ लाख, प्रदेश सरकारबाट चार करोड ५१ लाख ६३ हजार, राजस्व बाँडफाँटबाट ८० करोड २४ लाख ३७ हजार, आन्तरिक आयबाट ९९ करोड ५० लाख, जनसहभागितााबट १० करोड, आन्तरिक ऋणबाट १० करोड, सङ्घ–सस्थाबाट तीन करोड र नगद मौज्दातबाट दुई करोड रुपैयाँ आय हुने अनुमान रहेको छ ।

अख्तियारको टोलीले पशुपतिनाथ मन्दिरको जलहरीमा राखिएको सुनको तौल लिँदै, मन्दिर परिसर खाली गराइयो

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको जलहरीमा राखिएको सुनको तौल लिने काम गरिरहेको छ ।
जलहरीमा तोकिएको परिमाणभन्दा कम सुन राखिएको र गुणस्तर पनि कम भएको विषयमा अनुसन्धान गर्न अख्तियारको टोली पशुपतिनाथ मन्दिरमा पुगेको छ । अख्तियारको टोलीले सुनको विषयमा अनुसन्धान गर्ने भएपछि मन्दिर परिसर खाली गराइएको छ । अहिले मन्दिर परिसरमा सञ्चारकर्मी, सुरक्षाकर्मी र कार्यालय सम्बन्ध व्यक्तिबाहेकलाई प्रवेश दिइएको छैन ।

अख्तियारसँगै सुनचाँदी व्यवसायी सङ्घका पदाधिकारी एवम् विज्ञका साथै खानी तथा भूगर्भ विभागका अधिकारी र पशुपति विकास कोषका पदाधिकारीलाई समेत राखेर सुनको जलहरी तौलने र गुणस्तरसमेत जाँच्ने कार्यक्रम छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पशुपतिनाथमा राखिएको १०८ किलोको सुनको जलहरीमा तौल र गुणस्तरको विषयमा अख्तियारमा उजुरी परेको थियो । ११ किलो कम सुन राखिएको भन्दै महालेखा परीक्षकको कार्यालयले पनि अनियमितताको शङ्का गरेको थियो ।

 

१८ वर्षीया निलम यो संसार मा रहेनन्

१० असार देवानगञ्ज  – कैलालीको अत्तरियामा एक १८ वर्षीया किशोरी मृत फेला परेकी छन्। गोदावरी नगरपालिका(४ बसन्तपुरका भक्तबहादुर बोहराकी छोरी निलम मृत फेला परेकी हुन्।

शनिबार करिब ४ बजेको समयमा निलम आफै घरभित्र मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय अत्तरियाका प्रमुख गणेश बरालले जानकारी गराए।
निलम नेपालगन्जमा पढ्थिन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पोखरामा चट्याङ लागेर एक जनाको ज्यान गयो

देवानगञ्ज  – पोखरा महानगरपालिका वडा नम्बर २३ को हर्पनमा गएराति चट्याङ लागेर एक जनाको ज्यान गएको छ । चट्याङ लागेर ४९ वर्षीय देवबहादुर विकको गएको हो ।
चट्याङ लागेर बेहोस भएका उहाँलाई मेट्रोसिटी अस्पताल पोखरामा उपचारका लागि ल्याए पनि चिकित्सकले मृत घोषण गरेका हुन् ।

उहाँको शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

हेटौँडामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गयो

 –  हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलमा गए राति भएको दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ ।
भैँसेबाट हेटौँंडातर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३–००२प ६४४ नम्बरको स्कुटरलाई बाग्मती प्रदेश०३–००१ख ८५१ नम्बरको टिपरले ठक्कर दिँदा २५ वर्षका अमित कपाडीको ज्यान गएको हो ।

टिपरको ठक्करबाट घाइते कपाडीको हेटौँडा अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिनुभयो । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्कुटरका चालक सामान्य घाइते भइ हेटौँडा अस्पताल उपचारपश्चात घर फर्किसकेका प्रहरी निरीक्षक घिमिरेले जानकारी दिनुभयो ।

जसपाको विधान अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं : जनता समाजवादी पार्टी नेपाल जसपाको विधान अधिवेशन आजदेखि काठमाडौंमा सुरू हुँदैछ।
तीन दिनसम्म चल्ने अधिवेशनको दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्घाटन हुनेछ। जसपा नेता राजकिशोर यादवका अनुसार विधान अधिवेशनको पहिलो दिन आज पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ।

भोलि विभिन्न ग्रुप बनाएर छलफल गर्ने र १२ गते विधानमाथि नेताहरुले धारणा राख्नेछन्। विधान महाधिवेशनमा केन्द्रीय कमिटीका ४१० सदस्यका साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट करिब ८०० प्रतिनिधि सहभागी हुनेछन्।

सहभागीहरुलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल गर्ने र पास गर्ने तयारी छ। यसअघि हिजो बसेको केन्द्रीय समिति बैठकले विधान अधिवेशनको अन्तिम मस्यौदा अनुमोदन गरेको थियो।

दर्ता नभएका मोबाइल दर्ता गर्न असार मसान्तसम्मको म्याद

काठमाडौं :  दर्ता नभएका मोबाइल असार महिनाभित्र राजस्व तिरेर दर्ता गर्न सकिने भएको छ। दर्ता नभएका मोबाइलको राजस्व बुझाएर असार ३० गतेसम्म दर्ता गर्न सकिने विभागले जनाएको हो।

नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० मा आवश्यक विवरण भरेर राजस्व बुझाएपछि मोबाइल दर्ता गर्न सकिने भन्सार विभागले जनाएको हो।

२०७९ पुस १५ गतेदेखि एमडीएमएस प्रणाली कार्यान्वयन आएको घोषणा गरे पनि चर्को विरोधपछि सरकारले स्थगित गरेको थियो । त्यसअघि नै प्राधिकरणले असोज १ गते यसको परीक्षण शुरु गरेको थियो । त्यतिवेला २०७९ भदौ मसान्तसम्म प्रयोगमा रहेका सबै मोबाइललाई स्वतः उक्त प्रणालीमा दर्ता गरिएको थियो। त्यसयता दर्ता नभएका मोबाइल अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था प्राधिकरणले गरेको थियो।

सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को आर्थिक विधेयकमार्फत दर्ता नभएका त्यस्ता मोबाइल राजस्व तिरेर दर्ता गर्न सकिने व्यवस्था गरेपछि विभागले त्यसको कार्यान्वयनका लागि असारसम्मको समय तोकेको हो। असारभित्र दर्ता नहुने मोबाइलमा ‘नेटवर्क लक’ हुनेछ। नेपालका दूरसञ्चार सेवाप्रदायकको सेवा लिन पाइने छैन ।

आर्थिक विधेयकमा विभिन्न कारणले दर्ता हुन नसकेमा मोबाइल फोन सेटको आइएमइआई नम्बर उल्लेख गरेर एकमुष्ट महशुलबापत आइफोन र एक लाख रुपैयाँभन्दा बढी मूल्यका लागि प्रतिफोन १० हजार रुपैयाँ बुझाउनुपर्ने उल्लेख छ। स्मार्ट फोन सेटका लागि प्रतिफोन सेट तीन हजार रुपियाँ र स्मार्ट मोबाइलबाहेकका अन्य साधारण मोबाइल फोनसेटका लागि प्रतिफोन सेट २०० रुपैयाँ बुझाएर एमडीएमस प्रणालीमा दर्ता गर्न चाहे प्राधिकरणले त्यस्ता फोन दर्ताको व्यवस्था गर्नुपर्ने छ।

 

लामो समय को विवाद पछि नागरिकता वितरण सुरु

जन्मसिद्ध नेपाली नागरिकका सन्तानले नागरिकता पाउने नयाँ व्यवस्थाको कार्यान्वयन सुरु भएको छ । गएको बिहीवार सर्वोच्च अदालतले नागरिकता संशोधन ऐन कार्यान्वयन गर्ने बाटो खुला गरिदिएपछि नयाँ व्यवस्थाअनुसार नागरिकता दिन थालिएको हो ।

केही जिल्लाले अस्ति शुक्रवारदेखि नै जन्मसिद्धका सन्तानलाई नागरिकता वितरण थालेका र धेरै जिल्लाले आजदेखि सुरु गर्ने गृह मन्त्रालयले जनाएको छ । जन्मसिद्धका नागरिकका सन्तानले वंशजको नागरिकता पाउने स्पष्ट व्यवस्था ऐनमा भएकाले नियमावली पर्खन नपर्ने गृह मन्त्रालयको भनाइ छ ।

लामो समयदेखि विवादमा रहेको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन कार्यान्वयनको बाटो खुला भएको हो । नयाँ कानुनले जन्मसिद्ध नेपाली नागरिकका सन्तानले नागरिकता पाउने बाटो खुला गरेको छ । २०४६ चैतसम्म नेपालभित्र जन्मिएका व्यक्तिले २०६४ को संविधानसभा चुनावअघि निवेदन दिएका आधारमा नेपालको जन्मसिद्ध नागरिकता पाएका थिए । तर, त्यतिबेला तिनका सन्तानको विषयमा कुनै व्यवस्था गरिएको थिएन, यो ऐनले जन्मसिद्धका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था गरेको छ ।

ऐनमा ‘२०७२ असोज ३ अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ’ भनिएको छ ।

नागरिकता ऐनमा गरिएको नयाँ व्यवस्थाअनुसार करिब ५ लाखले नागरिकता लिने अनुमान छ । नयाँ ऐनले आमाका नामबाट पनि नागरिकता प्राप्त गर्ने बाटो खुकुलो गरेको छ तर त्यसका लागि बाबुका विषयमा आमाले स्वघोषणा गर्नुपर्ने विभेदकारी व्यवस्था पनि राखेको छ ।

यो कानुनअनुसार नेपालको नागरिक आमाबाट नेपालमा नै जन्म भइ नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिका हकमा निजको बाबुको पहिचान हुन नसकेको बेहोराको निज र निजको आमाले तोकिएबमोजिमको स्वघोषणा गर्नुपर्नेछ । यसरी आमाका नामबाट नागरिकता प्रदान गर्दा स्वघोषणा गर्नुपर्ने व्यवस्थाको विरोध भैरहेको छ ।

रुसमा वाग्नर समूहको विद्रोह स्थगित लडाकुका प्रमुख देश छोडेर बेलारुस प्रस्थान

रुसमा वाग्नर समूहले विद्रोहलाई स्थगित गरेको छ । वाग्नरका प्रमुख येभगेनी प्रिगोजिन रुस छाडेर बेलारुस प्रस्थान गरेका बीबीसीले जनाएको छ । यसअघि सरकारले सेनाविरुद्धको अपराधमा मुद्दा चलाएकोमा अब मुद्दा फिर्ता लिने पनि खबरमा उल्लेख छ । थप रक्तपात हुन नदिने भन्दै वाग्नर समूह राजधानी मस्को प्रवेश नगरि फर्किएको हो ।

प्रिगोजिनका समर्थकहरू गएराति रोस्तोभबाट फिर्ता भएका छन् । भाडाको यो सैन्य समूह वाग्नरले सबै कार्यक्रमलाई फिर्ता लिएको छ । बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले येभगेनी प्रिगोजिनसँग कुराकानी समेत गर्नुभएको छ ।

हिजो वाग्नर समूह हातहतियारसहित मस्कोतर्फ अगाडि बढिरहेको थियो । योसँगै मस्कोको सुरक्षा व्यवस्था कडा पारिएको थियो भने राष्ट्रपति भ्लादिमिर पुटिनले यो समूहलाई रोक्न कुनै कसर बाँकी नराख्ने चेतावनी दिनुभएको थियो । रूसले वाग्नर लडाकु समूहलाई आत्मसमर्पण गर्न आग्रह समेत गरेको थियो ।

 

हेवाखोला तर्न सहारा

पाँचथर –  पाँचथर र ताप्लेजुङ जोड्ने हेवाखोलामा ओहोरदोहोरका लागि फड्के पुलको निर्माण गरिएको छ । बाढीले हेवाखोलामा पर्ने मेची राजमार्गको मोटरेबल पुल र तमोर करिडोरको बेलीब्रिज बगाएपछि आवतजावतका लागि हिजो फड्के पुलको निर्माण गरिएको हो ।

ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापासहित व्यवसायी, नागरिक सङ्घसंस्थाका प्रतिनिधिको टोली, सुरक्षा निकायको सक्रियतामा बाँसको फड्के बनाइएको हो । यसअघि तुइनको माध्यमबाट खोला पार गर्दै आएका यहाँका नागरिकले हिजोदेखि भने बाँसको फड्केबाट खोला तरिरहेका छन् ।

असार २ गते शनिवार राति आएको बाढीले हेवाखोलामा पर्ने मेची राजमार्गको सडक र तमोर करिडोरको बेलीब्रिज बगाएको हो । बाढीका कारण ताप्लेजुङ जिल्ला, पाँचथरकै फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने सडक सम्पर्क एक हप्तादेखि टुटेको छ । तर हप्तादिन बितिसक्दा पनि हेवाखोलामा डाइभर्सन निर्माणको काम भने हुनसकेको छैन ।

एक हप्ता बित्न लाग्दा पनि डाइभर्सनको काम पूरा नहुँदा हिलिहाङ र याङ्वरक गाउँपालिकावासी तथा ताप्लेजुङ जिल्लावासी समस्यामा परेका छन् । बिरामीलाई बोकेर खोला तार्नुपर्ने स्थिति छ भने सागसब्जी, दुग्धजन्य पदार्थको निर्यातमा समस्या भएको छ ।

ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापाले जतिसक्दो चाँडो डाइभर्सनको काम सक्नुपर्ने बताउनु भयो । ुपाँचथरमा सबै जना लागेर छिटो डाइभर्सन बनाइदिनुपर्यो । ताप्लेजुङमा खाद्यान्न अभाव हुन थालिसक्यो । डाइभर्सन र बेलीब्रिज निर्माणमा तदारुकता चाहियोु उहाँले भन्नुभयो। उहाँले ताप्लेजुङमा खाद्यान्नको अभाव हुने भएकाले तत्काल डाइभर्सन र बेलीब्रिज बनाउन आग्रह गर्नुभयो ।

डाइभर्सन निर्माणका लागि शनिवार आठवटा ह्युमपाइप ल्याइएको सडक डिभिजन कार्यालय इलामका इन्जिनियर विपिन ढुङ्गानाले बताउनु भयो । डाइभर्सन निर्माण स्थलसम्म सडक विस्तार भएको उहाँले बताउनु भयो ।

 

चट्याङ लागेर दाङ र बाग्लुङमा चार जनाको ज्यान गयो, वैशाखयता १७ जनाले ज्यान गुमाए

काठमाण्डाै –  यसवर्ष वैशाखयता चट्याङ लागेर १७ जनाको ज्यान गएको छ । ८४ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाख १ गतेदेखि अहिलेसम्म चट्याङका एक सय वटाभन्दा धेरै घटना भएका छन् ।

हिजो एकैदिन दाङ र बाग्लुङमा चट्याङ लागेर चार जनाको ज्यान गएको छ । चट्याङ लागेर दङ्गीशरण गाउँपालिका–६ बागरका ३२ वर्षीय समिर केसी र दङ्गीशरण गाउँपालिका–३ चखौराका ३७ वर्षीय रामनारायण चौधरी ९वीरेन्द्र० को ज्यान गएको हो । दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

यस्तै, बाग्लुङको ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा चट्याङ पर्दा ६ वर्षीय छोरा दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको ज्यान गएको हो । चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।

मौसमविद्का अनुसार प्रि–मनसुनमा चट्याङ धेरै पर्ने भए पनि अहिले मनसुन सुरु भइसक्दा पनि छिटपुट घटना भइरहेका छन् । चट्याङ पर्दा शरीरमा त्यसको विद्युत् प्रवाह भएर घाइते हुने तथा ज्यान नै जाने खतरा हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो । अझै दुई–तीन महिना चट्याङ पर्ने सम्भावना उच्च हुने भएकाले सावधानी अपनाउन उहाँको आग्रह छ ।

चट्याङ पर्ने समयमा खेतबारीको काममा नजान र गड्याङगुडुङको आवाज सुनेपछि घरभित्र वा सुरक्षित ठाउँमा बस्न विज्ञको सुझाव छ । चट्याङ पर्दा सबै विद्युतीय उपकरणलाई बन्द गर्नुपर्छ यस्तो बेला मोबाइल नचलाउन, चार्ज नगर्न तथा पानीबाट पनि टाढा बस्न विज्ञको सुझाव छ । विज्ञका अनुसार पानीले पनि विद्युत् प्रवाह गर्ने भएकाले चनाखो हुनुपर्छ ।

मादीमा एकल पुरुषलाई भत्ता, हलगोरु पाल्ने कृषकलाई अनुदान

कास्की –  कास्कीको मादी गाउँपालिकाले पालिकाका एकल पुरुषलाई सामाजिक सुरक्षाबापत मासिक भत्ता दिने भएको छ । पालिकाको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा ६० देखि ६८ वर्षका विपन्न एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरिएको छ ।

गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङले अध्यक्षसँग विदुर कार्यक्रमअन्तर्गत विपन्न विदुरको सामाजिक सुरक्षाका लागि मासिक भत्ता उपलब्ध गराउन कार्यविधि तर्जुमा गरी लागू गरिने बताउनुभयो । यसैगरी पालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ । गोरु संरक्षण गर्न हलगोरु पाल्ने किसानलाई अनुदानको व्यवस्था गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गोरु संरक्षण र कमजोर किसान संरक्षणअन्तर्गत हलगोरु पाल्ने कृषकलाई अनुदान दिनका लागि आवश्यक व्यवस्था मिलाइने छ ।” उत्पादनमा अनुदानअन्तर्गत दूध अण्डामा अनुदान दिइने पालिकाले जनाएको छ । मादीले ‘किसानसँग गाउँपालिका’ कार्यक्रम सुरु गर्ने भएको छ ।

जसबाट गाउँपालिकालाई तरकारी उत्पादन, फलफूल उत्पादन, रैथाने बाली संरक्षण र उत्पादन र मौरीपालनको पकेट क्षेत्रमा विकास गर्ने नीति कार्यक्रममा रहेको छ । मादीको नीति तथा कार्यक्रममा कृषि एम्बुलेन्स खरिद, स्थानीय कृषि उत्पादनहरु सिन्की, गुन्द्रुक तथा राडी, भ्राङ्ग्रा र बख्खुको ब्राण्डिङ गरिने कार्यक्रम समावेश छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारअन्तर्गत हरेक शुक्रबार विद्यालयमा अतिरिक्त क्रियाकलाप गरिने र त्यसको लागि ‘नो ब्याग, नो बुक’ कार्यक्रम ल्याइएको छ । पालिकाको आफ्नै पाठ्यक्रम निर्माण, सामुदायिक विद्यालयले बस सञ्चालन गर्न चाहेमा ५० प्रतिशत अनुदान, हरेक विद्यालयमा कम्प्युटर र छात्रवृत्ति प्रदान गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।

यसैगरी मादीको गौरव आयोजनाका रुपमा सिक्लेस–कोरी–मनाङसम्म जाने पदमार्गलाई शान्ति मार्गको रुपमा विकास गरिने नीति कार्यक्रममा उल्लेख छ । शान्तिमार्गका लागि सङ्घीय सरकारसँग समन्वय गरिने पालिकाले जनाएको छ ।

सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा पालिकास्तरीय खेल मैदान निर्माणलाई अघि बढाइने, अध्यक्ष कप खेल कार्यक्रम आयोजना र मादी प्रज्ञा प्रतिष्ठानको स्थापनालाई नीति कार्यक्रममा समावेश गरिएको छ ।

भूमि बैंक स्थापना गरी बाँझो जग्गा गाउँपालिकाले लिजमा लिई वास्तविक किसानलाई जग्गा लिजमा दिई उत्पादनशिल क्षेत्रमा लगानी केन्द्रित गर्ने गरिने अध्यक्ष गुरुङले बताउनुभयो । यसैगरी जग्गा चक्लाबन्दी गरी उत्पादन वृद्धि गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिने नीति कार्यक्रममा समावेश छ ।

सिन्धुलीको बितिजोरमा बाढीपहिरो, ३१ वटा घरमा क्षति

सिन्धुली –  सिन्धुलीको गोलञ्जोर गाउँपालिका–२ बितिजोरमा आज बिहान आएको बाढीपहिरोबाट ३१ वटा घरमा क्षति पुगेको छ । बाढीले खेतसमेत बगाएको छ ।
बाढीले पाक्न लागेको मकै र रोपाइँ गर्न राखिएको धानको ब्याडसमेत बगाएको हो ।

लगातारको वर्षापछि खसेको पहिरो र खोल्सामा लेदोसहित आएको बाढीले बितिजोरको कुखुरेटारका चित्रबहादुर माझीको गोठ बगाउँदा पाँच वटा सुँगुर र ६० वटा कुखुरा मरेका छन् ।

बाढीपहिरोले बितिजोरका कखुरेटार, तीनमाने, कटहरे र भालुखोलाका बासिन्दाको घरमा क्षति पुगेको छ । क्षतिको विवरण संकलन गरिरहेका छौँ वडाध्यक्ष कार्कीले भन्नुभयो–ुरोपाइँका लागि तयार हुँदै गरेको धानको ब्याड पुरिँदा किसान मर्कामा परेका छन्

छोटो बाटो जान खोज्दा बगेर एक किशोरीको ज्यान गयो

दैलेख – दैलेखमा खोलाले बगाउँदा शनिबार एक किशोरीको ज्यान गएको छ । ठाँटीकाँध गाउँपालिका–४ गैरागाउँकी १६ वर्षीया उर्मिला कठायतको ज्यान गएको हो ।

गएराति गहुँ पिस्न घट्टमा बास बसेकी ती किशोरी झोलुङ्गे पुलबाट घुमाउरो पर्ने ठानेर छोटो बाटोका लागि भूतगाढ खोला तर्न लाग्दा खोलाले बगाएको ठाँटीकाँध प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक असई कृष्ण कुँवरले बताउनुभयो ।

घट्ट नजिकैबाट खोला तर्न लागेकी ती किशोरीलाई खोलाले बगाएर झण्डै २ सय मटिर टाढा खोलाको किनारामा ल्याएको थियो । मृतक उर्मिला ठाँटीकाँध गाउँपालिका–४ मा रहेको देउती मावि गैरागाउँमा कक्षा १० मा अध्ययनरत हुनुहुन्थ्यो ।

नेपालले पहिलो विकेट गुमायो, आसिफ शेख शून्यमा आउट

काठमाण्डाै –  आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट अन्र्तगत नेदरल्याण्डसँगको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।
नेपालका आसिफ शेख २ बलमा शून्य रनमा आउट भए ।

आफ्नो समूह चरणको अन्तिम खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गरिरहेको छ । टाकाशिंगा स्पोट्र्स क्लबमा नेदरल्यान्ड्सले टस जितेर पहिला फिल्डिङ रोजेको हो । समूह ‘ए’ बाट सुपर सिक्समा पुग्न नेपालले आज नेदरल्यान्ड्सलाई हराउनुपर्ने दबाब छ । नेपाल पराजित भए बाहिरिनेछ ।

आज नेपालले जितेमा र अन्तिम खेलमा पर्सी सोमबार नेदरल्यान्ड्स वेस्ट इन्डिजसँग पराजित भए नेपाल सुपर सिक्समा पुग्नेछ ।