९ असार २०८०, शनिबार १३:२३ – Page 6 – Nagarikabhiyan : National News

‘स्यानिटाइजर’ जस्तो अखाद्य पदार्थ खाएका २ जनाको ज्यान गयो, २ जना बिरामी

बर्दिया – बर्दियामा ‘स्यानिटाइजर’ जस्तो देखिने अखाद्य पदार्थ खाएका दुई जनाको ज्यान गएको छ । दुई जना बिरामी भएका छन् ।

मधुवन नगरपालिका–८ टिसियन फाँटामा ‘स्यानिटाइजर’ जस्तो देखिने तरल पदार्थ खाएका ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । एकै परिवारका ७५ वर्षीय जयबहादुर र ७५ वर्षीया जगतकुमारी गुरुङ बिरामी हुनुभएको छ । उहाँहरुलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताउनुभयो ।

ज्यान गुमाउने र बिरामीले हिजो बेलुका अखाद्य पदार्थ खाएको र थप के खाएका थिए भन्ने विषयमा थप अनुसन्धान भैरहेको पनि प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभएको छ ।

कान्तिलोकपथ अन्तर्गत पहिरो खस्दा यातायात प्रभावित

देवानगञ्ज । कान्तिलोकपथ अन्तर्गत ललितपुरको भट्टेडाँडामा पहिरो खस्दा यातायात प्रभावित भएको छ । भट्टेडाँडामा रहेको प्रहरीचौकीबाट झण्डै पाँच सय मिटर दक्षिणतर्फ बिहान पहिरो खसेको हो ।

काठमाण्डौबाट कान्ति लोकपथ हुँदै हेटौँडातर्फ छुट्ने गाडीलाई भट्टेडाँडा प्रहरी चौकी र हेटौँडाबाट काठमाण्डौका लागि छुट्ने गाडीलाई मकवानपुर प्रहरीले ठिंगनमा रोकेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पानी परिरहेकाले यो पहिरो पन्छाउन समस्या भएको छ ।

त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र भीमफेदी कुलेखानी सडकखण्डको कुलेखानी चित्लाङतर्फको यातायात सेवा भने सञ्चालनमा रहेको मकवानपुरका निमित प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो ।

चट्याङ लागेर ४५ भेडा मरे

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् ।

अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले आज विहान १ बजेतिर परेको चट्याङले लागेर ४५ भेडा मरेका जानकारी दिनुभयो ।

“बिहानै कृषकले ४५ भेडा मरेको जानकारी गराएपछि हामीहरु घटनास्थलतर्फ जाने तयारीमा छौँ”, उहाँले भन्नुभयो “चरनका लागि लेकमा लगेका भेडा खर्कमा बास बसेको ठाउँमा चट्याङ पर्दा गोठाला पनि सामान्य घाइते भएका छन् ।”

गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी र जनप्रतिनिधिको टोली घटनास्थलतर्फ गएको छ । घटनास्थलतर्फ जाँदै गरेका अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले चट्याङ लाखौँको पशुधनको क्षति भएको बताउनुभयो । ११ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

पोखरा–लोकमार्गको पर्वत खण्ड अवरुद्ध

पर्वतको मोदी गाउँपालिका–६ मा पर्ने महभिरमा सडक माथिबाट ढुङ्गा खस्दा मध्यपहाडी लोकमार्गको पोखरा–पर्वत खण्ड अवरुद्ध भएको छ । गए रातिदेखि परेको भारी वर्षाका कारण बिहानपख भिरबाट सडकमा ढुङ्गा खसेर पुरिएको हो । अवरुद्ध सडक खुलाउनका लागि जेसिबी र सुरक्षाकर्मीलाई परिचालन गर्ने तयारी भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेले जानकारी दिनुभयो ।

सडक अवरुद्ध हुँदा पोखरातर्फबाट धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङतर्फ आएका सवारीसाधन नयाँपुलमा रोकिएका छन् भने यस क्षेत्रबाट अन्यत्र जाने सवारीसाधन डिमुवामा रोकिएका छन् ।

अहिले पनि यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । ठूलो वर्षाका कारण केही ग्रामीण सडरुमा समेत आवतजावत बन्द भएको छ ।

देशभरको मौसम बदली वर्षा, जोखिम क्षेत्रमा सतर्कता अपनाउन आग्रह

देशभरको मौसम बदली भएको छ । मध्य र पूर्वी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । गएराति बारा, काभ्रेपलाञ्चोक, कास्कीको पोखरा र मकवानपुरमा धेरै पानी परेको छ । आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । देशभर मनसुन फैलिएको र सक्रिय अवस्थामा रहेकाले आगामी तीन दिनसम्म नै उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । मनसुनको समयमा बाढी, पहिरो, भूक्षयको सम्भावना हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

गएको जेठ ३१ गते पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन हिजो देशभर फैलिएको छ । अहिले मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको महाशाखाले जनाएको छ ।

७० दिनमा बाढी पहिरोका १ सय ४९ घटना स् २१ जनाको ज्यान गयो, २६ जना बेपत्ता

काठमाण्डाै – गएको बैशाखयता देशभर बाढी पहिरोका १ सय ४९ वटा घटना भएका छन् । बितेका ७० दिनमा बाढी पहिरोबाट २१ जनाको ज्यान गएको छ । २६ जना बेपत्ता छन् ।
बेपत्ताहरुको खोजी निरन्तर भैरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । बैशाखयता ८२ वटा पहिरो र ६७ वटा बाढीका घटना भएकोमा पहिरोका कारण १४ जनाको ज्यान गएको छ भने ५ जना बेपत्ता छन् । त्यस्तै बाढीमा परेर ७ जनाले ज्यान गुमाएका र २१ जना बेपत्ता रहेका प्राधिकरणको तथ्याङ्क छ ।

बाढी पहिरोका यी घटनामा ५ सय २१ परिवार प्रभावित भएका छन् । नेपालमा गएको जेठ ३१ गते भित्रिएको मनसुन अहिले देशभर फैलिएको छ । मनसुन भित्रिएको पूर्वी क्षेत्रमा भएको लगातारको वर्षाले सङ्खुवासभा, पाँचथर, ताप्लेजुङलगायतका जिल्लामा बाढी पहिरोले ठूलो क्षति गरेको छ ।

मनसुनको समयमा बाढी, पहिरो, भूक्षयको सम्भावना हुने भएकाले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गको आग्रह छ । यसपालिको मनसुनमा देशभर १२ लाख ५४ हजार जनाभन्दा धेरै नागरिक प्रभावित हुने पूर्वानुमान छ । साथै २ लाख ८६ हजारभन्दा धेरै घरधुरीमा असर पुग्ने सम्भावना छ ।

मनसुनमा हुन सक्ने विपद् जोखिमको न्यूनीकरणका लागि पूर्वतयारी अनुसार काम भैरहेको र विपद् प्रभावितलाई तत्काल पालिकाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायसँग सम्पर्क गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवं प्रवक्ता ध्रुवबहादुर खड्काको आग्रह छ ।

आज नेपालले जित्नै पर्ने दबाब

आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनोटमा आज नेपालले जित्ने पर्ने दबाबका साथ नेदरल्याण्ड्ससँग खेल्दैछ ।
जिम्बाब्वेको टाकासिंगा स्पोर्टस् क्लबमा दिउँसो १२स् ४५ बजे हुने खेलमा नेपाल नेदरल्याण्ड्सलाई पराजित गर्ने लक्ष्यमा छ ।

यसअघिको यात्रा तय गर्न नेपालले यो खेल जित्नै पर्नेछ । यसअघि भएका तीन खेलमा एक खेल मात्रै जितेको नेपाल यो खेलमा पनि पराजित समूह चरणबाटै पराजित हुने छ ।

आज नेदरल्याण्ड्सलाई पराजित गरेमा भने नेपालको सुपर सिक्समा जाने सम्भावना कायम हुनेछ । तर, यसका लागि नेदरल्यान्ड्स र वेस्ट इन्डिजको खेल निर्णायक हुनेछ । नेपाल अघिल्लो चरण जान नेदरल्याण्ड्स वेस्ट इन्डिजसँग पराजित हुनुपर्नेछ ।

नेपालले तीन खेलमा २ अंक जोड्दा नेदरल्याण्ड्सले दुई खेलबाट २ अंक जोडेको छ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको नेपाल अर्को खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो ।

नेदरल्यान्ड्सले पनि अमेरिकालाई पाँच विकेटले हराउँदा जिम्बावेसँग भने ६ विकेटले पराजित भएको थियो । नेदरल्याण्डस्ले नेपाल र वेष्ट इन्डिजसँ खेल्न बाँकी ५ ।

समूह ए मा वेस्ट इन्डिजर जिम्बाब्वे २र२ खेलबाट चाररचार अंकका साथ पहिलो र दोस्रो स्थानमा रहेका छन् । त्यती नै खेलबाट २ अंक जोडेको नेदरल्याण्ड्स तेस्रो, तीन खेलबाट २ अंक जोडेको नेपाल चौथो र अंकविहीन अमेरका पाँचौ स्थानमा रहेका छ ।

गैँडाकोटमा डुबेर २ बालकको मृत्यु

९ असार, नवलपुर – नवलपरासी बर्दघाट(सुस्तापूर्व को गैंडाकोट नगरपालिकामा रहेको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।
गैँडाकोट–३ स्थित तात्रीबासको सिँचाइ पोखरीमा डुबेर शुक्रबार दुई बालकको मृत्यु भएको वडाध्यक्ष शिवकान्त तिवारीले जानकारी दिए ।

पोखरीमा डुबेका करिब १३ र १४ वर्षका दुई बालकको सनाखत हुनसकेको छैन । इलाका प्रहरी कार्यालय गैँडाकोटको प्रहरी टोली घटनास्थलमा पुगेको छ । गर्मी छल्नका लागि बालक पोखरीमा पौडी खेल्न जाँदा दुर्घटना भएको बुझिएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

‘दर्पण बाटै फर्किदैछन् कलाकार उत्तम प्रधान

देवानगञ्ज – नेपाली चलचित्रका चर्चित कलाकार उत्तम प्रधानले ‘दर्पण छायाँपछि फेरि’ नामक नेपाली चलचित्र निर्माण गर्ने भएका छन् ।
करिब अढाई दर्शक अघि दर्पण छायाँ चलचित्र सुपरहिट भएको थियो । तुलसी घिमिरेले निर्देशन गरेको उक्त चलचित्रमा नायक उत्तम प्रधानको अभिनयलाई दर्शकले खुबै मन पराएका थिए । दर्पण छायाँमा कलाकार प्रधान अन्धोको भूमिकामा देखिएका थिए ।

आज तिनै सुपरस्टार नायक प्रधानले दर्पण छायाँको सिक्वेल ल्याउन लागेका हुन् । ‘मलाई दर्पण छायाँले चिनायो,’ उनले भने, ‘दर्शकबाट पाएको त्यो मायालाई मैलै बिर्सन सक्दिन । त्यही भएर दर्पण छायाँको सिक्वले बनाउन लागेको छु ।’ कलाकार उत्तम प्रधानले बनाउन लागेको उक्त चलचित्रमा दर्पण छायाँका अधिकांश कलाकारसँगै केही नयाँको अभिनय रहने बताए ।

लामो समय नेपाली चलचित्र क्षेत्रबाट टाढै रहेका कलाकार प्रधान अहिले आफ्नो जन्मभूमि भारतको सिक्किम बस्दै आएका छन् । सिक्किममा बसेर पनि उनले नेपाली चलचित्रको विकासमा सहयोग गर्दै आएका छन् । ‘म नेपाली चलचित्रबाट टाढा छुइनँ,’ उनले भने, ‘मेरा दर्शकले सबै चिज ९सम्मान० मलाई दिनु भएको छ । अब मैले दिने बेला आएको छ ।’
नेपाली चलचित्र उद्योगबाट हराएका कलाकार उत्तम प्रधान सिक्किम सरकारको चलचित्र विकास बोर्डको अध्यक्ष पनि भए । उनी सन् २०१४ देखि २०१९ सम्म अध्यक्ष बनेर नेपाली चलचित्रको क्षेत्रमा पुलको काम गरे । उनकै पालामा नेपाली चलचित्रको प्रवद्र्धन र प्रचारमा ठूलो योगदान पुगेको थियो । त्यसबेला नेपाली चलचित्रका कलाकारलाई सिक्किममा बोलाएर अवार्ड कार्यक्रमसमेत सम्पन्न गरेका थिए उनैले ।

कलाकार उत्तम प्रधान अहिले राजनीतिसँगै चलचित्र क्षेत्रमा सक्रिय छन् ।

देवानगञ्ज बजारमा चलियो डोजर, हटियो अवैध घर टहरा, स्थानियहरु खुसी

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर २ को बजार क्षेत्र अतिक्रमण गरि बनाएको घर टहरा देवानगञ्ज गाउँपालिकाले  डोजर चलाए हटाएको छ ।

देवानगंज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताको र वडा अध्यक्ष जगनरायण मेहताको विशेष पहलमा उक्त्त घर टहरा हटाएको छ ।
बजार खालि गर्न गएको डोजर लाई रोक्न खोज्दा समान्य विवाद भएको थियो । बजार क्षेत्र खालि गाइ रहदाँ प्रहरी प्रशासनको उपस्थि थिएन प्रहरी प्रशासनको उपस्थित विनै उक्त्त समरचना हटाएको छ ।

स्थानियहरुले उलेखय रुपमा उपस्थित भएर उक्त्त कार्यलाई सघाएको थियो ।  लामो समय देखि जग्गा हडपेर घर टहरा बनाएर वस्दै आएकोमा आज  (शुक्रवार) खालि हुदाँ स्थायिहरुले पालिका अध्यक्ष बेचन प्रसाद मेहता र वडा अध्यक्ष जगनरायण मेहता लाई धन्यवाद व्यत्त गरेको छ ।
स्थानिय जनताहरु स्थानिय सरकारको यो कार्यको खुलेर जय जय कार गरेका छन ।

प्रतिस्पर्धी विद्यार्थी उत्पादनमा छौँ बालेन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले विद्यार्थीहरूको शारीरिक, मानसिक, सामाजिक र नैतिक विकासबाट प्रतिस्पर्धी जनशक्ति उत्पादनमा काम गर्दै आएको बताएका छन्। उनले शुक्रबार बुक प्रि फ्राइडे कार्यक्रम अन्तर्गत विद्यालयहरूमा अनुगमन गरेपछि उनले यस्तो बताएका हुन्।

काठमाडौं : पहिलो चरणमा शिक्षामा सीप कार्यक्रम समापनको क्रममा छ, शिक्षामा सीप कार्यक्रमको बारेमा विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दा कक्षा कोठामा पढाइने विभिन्न साध्य  सिद्धान्त हरूको उपयोगिता थाहा पाएको, आफूमा व्यावहारिक ज्ञानले गर्दा आत्मविश्वास बढेको सँगसँगै भविष्यमा विभिन्न करियरका विकल्पहरूको बारेमा अवगत भएको जनाए,’उनले भने।

उनले सिकाइ सामग्री आफैँ तयार पार्ने शिक्षण विधि प्रयोग गर्ने बताए। ‘हामी विद्यार्थीहरूको शारीरिक, मानसिक, सामाजिक र नैतिक विकासबाट प्रतिस्पर्धी जनशक्ति उत्पादनमा काम गरिरहेका छौं, यसका लागि पाठ्यक्रम आधार हो, सिकाइ सामग्री आफैँ तयार पार्ने शिक्षण विधि प्रयोग गर्छौं,’उनले भने।

उनका अनुसार भानु माध्यमिक विद्यालय ९दरबार हाई स्कूल मा आज शुक्रवार सञ्चालन हुने ‘शिक्षामा सीप’ अन्तर्गत मोबाइल र विद्युतीय सामान, घरमा तार र बिजुली जडान ९वायरिङ एण्ड इलेक्ट्रिकल लगायत कार्यक्रम सञ्चालन भइरहेका छन्।

कागजको प्रयोगबाट विद्यार्थीहरूले चराको मोडेल नमूना निर्माण गर्दै विभिन्न प्रजातिको चरा चिन्न सक्ने र भन्न सक्ने सीप सिकिरहेका छन्। बुक प्रि फ्राइडे कार्यक्रमअन्तर्गत प्राथमिक तहको कक्षा ४ का ३६ जना विद्यार्थी ९ समूहमा चराको नमूना चित्र हेरी कोलाजमा अभ्यास गर्दै थिए। कोलाजद्वारा एउटा चराको नमुना निर्माण गर्न करिब ९० मिनेट समय लागेको थियो।

त्यस क्रममा विद्यार्थीहरूको सहभागिता उत्साह जनक रहेको पाएको उनले जानकारी दिए। ‘उनीहरू आ–आफ्नो समूहमा आफूले देखेका चराहरूको नाम, आकार र रङ्गका बारेमा छलफल चरा चिन्ने ज्ञान अभ्यास गर्दै थिए, कार्यक्रमका लागि महानगरले अघिल्लो हप्ता नै शिक्षकहरूलाई तालिम दिएको थियो,’उनले भने।

उनका अनुसार कोटेश्वरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा पनि कृषि तथा सहरी खेती, फेसन डिजाइन तथा कपडा निर्माण बारे तालिम सञ्चालन भइरहेका छन्।

सत्तापक्षलाई रविको प्रश्न दल ठूलो कि देश

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बजेट ठिक छैन तर पास गर्न बाध्य हुनेछौं भन्ने सत्तारुढ सांसदका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
प्रतिनिधिसभामा शुक्रबार मन्त्रालयगत बजेट शीर्षकमाथिको छलफलमा भाग लिँदै लामिछानेले दल ठूलो कि देशरु भनेर प्रश्न गरे।

यहाँ सत्तापक्षका सांसदले बजेट सन्तुलित भएन, खास खास नेताका जिल्लामा बजेट खन्याइयो भनेको सुनियो। बजेट ठिक त छैन तर पास त गर्नैपर्यो पनि भन्नुभयो, लामिछानेले भने, ‘हामीले नेपाली जनतालाई यहि सिकाउने होरु दल ठूलो कि देश ठूलो होरु देशको बजेटको विषय रहिरहँदा सत्तारुढ दलका कयौं सांसदले भनिरहनुभएको छ यो ठिक छैन। एकातिर ठिक छैन भन्ने अनि अर्कोतिर हामी त सत्तारुढ दलमा पर्यौं पास गर्नुपर्छ भनिरहेका छौं। हामीले आउने पुस्तालाई यस्तै सिकाउने होरु

अर्थमन्त्रीले बजेटमा हचुवामा आय व्यय विवरण राखेको भन्दै उनले आपत्ति जनाए।
असार ७ गतेसम्म ८ खर्ब ४६ अर्ब राजश्व संकलन भएको छ, असार मसान्तसम्म ११ खर्ब ८० अर्ब पुग्छ भनिएको छरु २४ दिनमा ३ खर्ब ३४ अर्ब कसरी संकलन हुन्छ रु दैनिक १३ अर्ब ९२ करोड कसरी संकलन हुन्छ सभामुख महोदयरु’

उनले बजेट संशोधन प्रस्ताव ल्याउन पनि लामिछानले आग्रह गरे। प्रधानमन्त्रीको भारत भ्रमणमा कुनै ठोस उपलब्धि नभए पनि सुपरहिटको हल्ला पिटिएको भन्दै लामिछानेले असन्तुष्टि व्यक्त गरे।

हामीले हवाई रुट पायौंरु पाएनौं, इपीजी बुझ्ने कुरा भयोरु भएन, अखण्ड भारतको नक्साबारे बोल्न डराइयो, कालापानीबाट भारतीय सेना हट्ने कुरा भयोरु भएन।’ लामिछानेले भने, ‘त्यसै सुपरहिट भएको चर्चा गरियो। हामीले सोच्यौं दिल्लीमा अत्यधिक गर्मी भएकाले होला सुपरहिट भनिएको । त्यो भन्दा बढी केही पनि देखेनौं हामीले।

उनले कम्तीमा भारतबाट आउने विषादीयुक्त तरकारी रोक्न पहल गर्न पनि सरकारलाई आग्रह गरे। उनले सरकार गठबन्धनभित्रै अलमलिएको टिप्पणी गरे।

मापदण्ड पालना नगरेको भन्दै नेपाल एअरलाइन्सका दुई जना पाइलट निलम्बित

काठमाण्डाै – नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान ले नेपाल एअरलाइन्सका दुई जना पाइलटलाई निलम्बन गरेको छ ।
काठमाण्डौ–नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लङ्घन गरेको पाइएकाले उनीहरुलाई उडान सेवाबाट निलम्बन गरिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार निलम्बमा परेका पाइलटलाई ए ३३० मापदण्ड ‘अपरेटिङ प्रोसिड्युर’ पालना नगरेकाले निलम्बन गरिएको हो । प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि उडान सेवाबाट निलम्बन गरेको बताए पनि निलम्बनमा परेका दुई पाइलट कोको हुन् भन्ने खुलाएको छैन ।

संयुक्त सरकार गठन गरौं बाबुराम भट्टराई

काठमाडौं :  पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले संयुक्त सरकार गठनको प्रस्ताव गरेका छन्।
पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नुको सट्टा यो संसदको कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण गर्नुपर्ने सुझाव छ।

गत आमचुनाव यताको नेपाली राजनीतिको दिशा र गति झन्नझन् उतारचढावपूर्ण बन्दै जानु देश र जनताको निम्ति हितकर छैन, विद्यमान निर्वाचन प्रणालीमा अन्तर्निहित अस्थिरता, दलका प्रमुख नेताहरूको अल्पदृष्टि र असीमित महत्त्वाकांक्षा, भूराजनीतिको निरन्तर दृश्यअदृश्य दबाब, राज्यका स्थायी अंगहरूको क्षयीकरण, भ्रष्टीकरण आदि यसका प्रमुख कारण हुनसक्छन्,’ उनले सामाजिक सञ्जालमा लेखेलका छन, ‘यस्तो अवस्थामा पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नुसट्टा यो संसदको कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण, संविधान र कानूनमा आवश्यक सुधार, शान्ति प्रकृयाका बाँकी कामको समापन गर्नु ठीक होला किरु’

मृतक पाँच जनाको पहिचान खुल्यो, चार गम्भीर घाइते चार लाई चितवन पठाइयो

असार ८ देवानगञ्ज। गोरखामा जन्ती बोकेको जीप दुर्घटनामा मृत्यु भएका ५ जनाको सनाखत भएको छ। दुर्घनामा १२ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनालाई थप उपचारका लागि चितवनको भरतपुर मेडिकल कलेज पठाइएको छ। दुई जनाको सकुशल उद्धार गरिएको छ।

शहीद लखन–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङबाट फर्किँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जिप शुक्रबार बिहान २ बजे दुर्घटनामा परेको गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।

१९ जना सवार जीपमा गम्भीर घाइते भएका ४ जनालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन पठाइएको र अन्य ८ जनाको तनहुँको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको लामिछानेले बताए।

मृत्यु हुनेमा शहीद लखन गाउँपालिका– ५ पोखरे डाँडाका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षका निरज थापा, १९ वर्षीया नविना थापा सोही गाउँपालिका–४ का ६४ वर्षीय धनबहादुर थापा रहेका छन्।

दुलहा दुलहीसहित शहीदलखन–३ कोटगाउँबाट १९ जना जन्ती बोकेर जिप शहिदलखन ५ पोखरीडाँडा जाँदै गरेको थियो। बेहुलाबेहुलीसहित अर्को दुईवटा गाडी अगाडि गएको र तेस्रो गाडी दुर्घटनामा परेको नायब उपरीक्षक लामिछानेले बताए। घाइते सबैजना शहीद लखन(५ पोखरीडाँडाका हुन्।

टिकटक स्टार २४ वर्षीया कुसुम बिसीको धन्दा यस्तो

असार ८ देवानगञ्ज। भिडियो शेयरिङ एप टिकटकको माध्यमबाट नजिक भई सुन चोरी गर्ने एक महिला स्याङ्जामा पक्राउ परेकी छिन् ।
सुनका गरगहना लगाएका अपरिचित व्यक्तिहरूलाई साथी बनाउने, उनीहरूको टिकटक भिडियोहरूमा लाइक तथा कमेन्ट गरी टिकटकबाट नै कुराकानी गर्ने र नजिकको साथी बनी घरमा गई चोरी गर्ने गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका–३ बस्ने २४ वर्षीया कुसुम बिसी रहेको स्याङ्जाका प्रहरी नायब उपरीक्षक डीएसपी रबिन्द्र खनालले जानकारी दिनुभयो । कुसुमले टिकटकबाट साथी बनाएकाहरूको घरमा गई कहाँ के राखेको छ, गोप्य समान कहाँ छन् भन्ने जानकारी लिएपछि चोरी गरी भाग्ने गरेको डीएसपी खनालले बताउनुभयो ।

वालिङ नगरपालिका–६ एक्ले पिपलमा रहेको एक घरमा कुसुमले चोरी गरी भागेको उजुरी परेपछि चोरीको नयाँ तरिका बाहिर आएको प्रहरीको भनाइ छ  प्रहरीका अनुसार उनले टिकटकबाट साथी बनेकाहरूको सुन चोरी गर्ने पोखरामा लगेर पसलमा बेच्ने गरेकी थिइन् ।

पक्राउ परेकी कुसुमको साथबाट आधा तोला बराबरको बेरुवा औँठी एक थान र एक तोला बराबरको करुवा लकेटसहितको सिक्री एक थान बरामद गरिएको प्रहरीले जनाएको छ । उनले कुन ठाउँबाट कति गरगहना चोरी गरिन् भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।