सिन्धुलीको बितिजोरमा बाढीपहिरो, ३१ वटा घरमा क्षति – Nagarikabhiyan : National News

सिन्धुलीको बितिजोरमा बाढीपहिरो, ३१ वटा घरमा क्षति

सिन्धुली –  सिन्धुलीको गोलञ्जोर गाउँपालिका–२ बितिजोरमा आज बिहान आएको बाढीपहिरोबाट ३१ वटा घरमा क्षति पुगेको छ । बाढीले खेतसमेत बगाएको छ ।
बाढीले पाक्न लागेको मकै र रोपाइँ गर्न राखिएको धानको ब्याडसमेत बगाएको हो ।

लगातारको वर्षापछि खसेको पहिरो र खोल्सामा लेदोसहित आएको बाढीले बितिजोरको कुखुरेटारका चित्रबहादुर माझीको गोठ बगाउँदा पाँच वटा सुँगुर र ६० वटा कुखुरा मरेका छन् ।

बाढीपहिरोले बितिजोरका कखुरेटार, तीनमाने, कटहरे र भालुखोलाका बासिन्दाको घरमा क्षति पुगेको छ । क्षतिको विवरण संकलन गरिरहेका छौँ वडाध्यक्ष कार्कीले भन्नुभयो–ुरोपाइँका लागि तयार हुँदै गरेको धानको ब्याड पुरिँदा किसान मर्कामा परेका छन्