१३ असार २०८०, बुधबार १७:४५ – Page 3 – Nagarikabhiyan : National News

साथीको घर गएकी अश्मीको बलात्कार पछि मृत्यु अश्मीका दोषी एक जना पक्राउ

असार १३ देवानगञ्ज  –कैलालीको अत्तरियामा एक १८ वर्षीया किशोरी शनिवार मृत फेला परिन्। गोदारी नगरपालिका वडा नम्बर ४ बसन्तपुरका भक्तबहादुर बोहराकी छोरी अस्मि बोहरा मृत फेला परिन्। शनिबार करिब ४ बजेको समयमा अस्मि आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी थिइन्। उनी आफ्नै एक तले चार कोठे पक्की घरको आफु सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी थिइन।

अस्मिले आफ्नो प्राण आफै परित्याग गरेकी हुन्। यस विषयमा अनुसन्धान गर्दै जाँदा उनी जबरजस्ती करणीमा परेर मृत्युको बाटो रोज्न पुगेको खुलेको छ। अस्मिकोे न्यायका लागि आफन्तले अत्तरियामा प्रदर्शन नै गरेका छन्। असार ९ गते आफ्नै घरमा मृत फेला परेकी अस्मिलाई देहत्याग गर्न बाध्य पार्नेलाई कारवाहीको माग गर्दै अत्तरियामा प्रदर्शन गरिएको छ।

नेपालगंजमा अध्ययनरत अस्मिमाथी नेपालगंजमै जबरजस्ती करणी भएको र कसैलाई भने ज्यान मार्ने धम्की दिएका कारण उनले मानसिक तनाबमा आएर देहत्याग गरेको आफन्तको आरोप छ। प्रहरीले अस्मिको आत्महत्या दुरुत्साहन मुद्दामा मुगुको सेरु गाउँपालिका– ३ का २१ बर्षीय डिलेन्द्र शाहीलाई पक्राउ गरिसकेको छ। अस्मिका आफन्तले मंगलबार शाही र अस्मिकी साथी लक्ष्मी खड्काका विरुद्ध किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख गणेश बरालले बताए।

उनले अश्मीसँगै नेपालगंजमा रहेको अलाईट टेक्निकल कलेजमा पढ्ने लक्ष्मी खड्काको खोजी गरिरहेको बताए। ६ महिनादेखि अलाईट टेक्निकल कलेजमा नेत्र विज्ञान बिषयमा अध्ययनरत अश्मी कलेजकै होस्टेलमा बस्दै आएकी थिइन। उनीमाथि सोही कलेजमा अध्ययनरत लक्ष्मीको घरमा गएको बेला जबरजस्ती करणी भएको परिवारको दाबी छ। बुधबार आफन्तले अश्मीका दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै अत्तरिया बजारमा प्रदर्शन समेत गरिएको छ।

बजेटको पक्षम उभिन आफ्ना सांसदलाई जसपाको ह्वीप

काठमाडौं : जनता समाजवादी पार्टी जसपाले विनियोजन विधेयकको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ।
अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बुधबार बसेको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदानका लागि ह्वीप जारी गरिएको प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए। यसअघि अध्यक्ष यादवले बजेट संशोधन नभए पास गर्न नदिने अडान लिएका थिए।

तर संशोधन बिना बजेट पास हुँदै गर्दा जसपा पनि पक्षमा उभिएको हो। यसअघि सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पनि अनिवार्य उपस्थित भइ पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेका छन्।

नेकपा एकीकृत समाजवादीले पनि बुधबार नै संसदीय दलको बैठक बसेर बजेटको पक्षमा उभिने निर्णय गरेको थियो।

युवतीको कन्चटमा बन्दुक ताकेर लुटेराले भन्यो(फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाऊ, नत्र‘

असार १३ देवानगञ्ज ।सोसल मिडियाले दुनियाँमा केवल तरंग मात्र ल्याएको छैन मानिसहरुलाई एक अर्काबीच सम्बन्ध स्थापित गर्न तथा बुझनका लागि समेत राम्रो मञ्च दिएको छ
सामाजिक सञ्जालमध्ये सबै उमेरका प्रयोगकर्ताका लागि सर्वाधिक लोकप्रिय र प्रभावशाली माध्यम फेसबुक मानिन्छ ।

एउटाले फ्रेण्ड रिक्वेस्ट पठाउने र अर्कोले त्यसलाई स्वीकार गरेपछि फेसबुकमा साथी बनिन्छ । यसरी साथी बन्ने अनुरोध पठाउने र स्वीकार गर्ने काम कहिलेकाहीँ दुवैजनाको सहमतिमै तत्कालै हुन्छ त कहिलेकाहीँ एकजनाले साथीका लागि प्रस्ताव गर्छ र अर्कोले त्यसलाई सोची विचारी स्वीकार वा अस्वीकार गर्न सक्दछ ।

सुन तोलामा ६ सय रुपैयाँले घट्यो

काठमाण्डौ – सुनको भाउ आज घटेको छ ।
तोलामा ६ सय रुपैयाँले घटेर सुन आज एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलाको एक हजार तीन सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

वाग्मतीमा मुख्यमन्त्री र शक्तिशाली मन्त्रीहरुको जिल्लामा मात्रै योजना परेपछि असन्तुष्टि

मकवानपुर –  वाग्मती प्रदेश सरकारले ल्याएको बजेटमा मुख्यमन्त्री र शक्तिशाली मन्त्रीहरुका जिल्लामा योजना परेको गुनासो छ ।
प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि ल्याएको बजेट किताब अध्ययन गर्दा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, आर्थिक मामिला मन्त्री बहादुरसिंह लामा, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाललगायतका मन्त्रीका जिल्लामा मन्त्रालय पिच्छे करोडौँ बजेट छुट्याएको पाइन्छ ।

प्रदेश सरकारले ल्याएको बजेट समेटिएको किताबमा वडा कार्यालयले गर्ने काम पनि मन्त्रालयले गर्ने गरी पाँच लाखका स–साना योजनाहरु बजेटमा समेटिएको छ ।
यो समस्या हरेक मन्त्रालयपिच्छे रहेको छ । मुख्यमन्त्री र शक्तिशाली मन्त्रीहरुका जिल्लामा मन्त्रालयपिच्छे योजना परेका छन् ।
भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले पूर्वाधार विकासतर्फ सबैभन्दा धेरै बजेट सिन्धुपाल्चोकमा छुट्याउनुभएको छ ।

त्यसैगरी खानेपानी उर्जा तथा सिँचाइ मन्त्री तीर्थबहादुर लामाले आफ्नो मन्त्रालयको धेरै बजेट काभ्रे जिल्लाका लागि छुट्याउनुभएको छ ।
खानेपानीका लागि पनि सबैभन्दा धेरै बजेट काभ्रे जिल्लामा रहेको बजेट किताबमा छ । त्यसैगरी मुख्यमन्त्री जम्मकट्टेलको जिल्ला धादिङमा हरेक मन्त्रालयबाट करोडौँ रुपैयाँ बजेट छुट्याइएको छ ।

मन्त्रालयपिच्छे भौतिक पूर्वाधार, सिँचाइ, खानेपानी, पर्यटन, वन लगायतका मन्त्रालय मार्फत बजेट खन्याइएको छ । बजेट विनियोजनाका क्रममा धेरै खालका कमजोरी भएको भन्दै हिजो प्रदेश सभा बैठकमा अवरोध गरिएको थियो।

बजेटमा असन्तुष्टि रहेको वाग्मती प्रदेशको प्रमुख प्रतिपक्षी दलका नेता जगन्नाथ थपलियाले बताउनुभयो । प्रदेश सभामा राप्रपा र एमालेले गरेको अवरोधका कारण बजेट माथिको छलफल नै हुन सकेन ।

बजेट नुवाकोट, धादिङ्ग, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली जिल्ला केन्द्रित भएको र योजना टुक्रे योजनाको रुपमा प्रस्ताव भएकोले कार्यान्वयन गर्नका लागि चुनौती हुने कर्मचारीको भनाइ छ ।
बजेट तर्जुमा प्रक्रियामा कर्मचारी संयन्त्रको सहभागितालाई अलग्याउँदा नीति कार्यक्रम तथा बजेटको प्राथमिकता बमोजिम रकम बाँडफाँट हुन नसकेको भन्ने सन्देश प्रवाह भएको र कर्मचारी संयन्त्रले अपनत्व ग्रहण नगर्ने अवस्था रहेकाले कार्यान्वयनमा चुनौती हुने सम्बन्धित विकासे कार्यालयका कर्मचारीहरु बताउँछन् ।

तर, प्रदेश सरकारका मुख्यमन्त्रीदेखि मन्त्रीहरुले बजेटमा कुनै पनि पूर्वाग्रह नराखेको बताउँछन् । मुख्यमन्त्री जम्मकट्टेलले सार्वजनिक कार्यक्रममासमेत आवश्यकताका आधारमा कुनै पनि आग्रह, पूर्वाग्रह नराखिकन बजेट ल्याएको बताउँदै आउनुभएको छ ।

उज्यालोसँगको कुराकानीमा मुख्यमन्त्री जम्मकट्टेलले आफू र अन्य मन्त्रीका जिल्लामा पहिले एमालेको सरकारका पालादेखिको बहुवर्षीय योजनाहरु धेरै भएको र अहिले केही योजना थपिएका कारण धेरै बजेट देखिएको हुन सक्ने बताउनुभयो । बजेट ल्याउँदा निर्वाचन क्षेत्र, जिल्ला र पालिकामा सन्तुलित ढंगले ल्याएको उहाँको दाबी छ ।

पूर्वाधार विकासतर्फ हरेक योजनाको लागि बजेट विनियोजन गरी पुनः ५ करोड रुपैयाँ डिपिआर अनुसारको पुल निर्माण गर्न बजेट विनियोजन भएकोबाट संसदको आँखा छलेर अझै बजेट मन्त्री केन्द्रित गर्न खोजिएको छ ।

मेची राजमार्ग पुनः अवरुद्ध

असार १३ देवानगञ्ज ।  मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा पुनः यातायात अवरुद्ध बनेको छ।
यातायात नियमित गर्न मङ्गलबारबाट सञ्चालनमा ल्याइएको डाइभर्सनमा गए राति आएको बाढीले क्षति पुर्याएपछि यातायात पुनः अवरुद्ध बनेको हो।

हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको हो। बाढीले डाइभर्सनमा क्षति पुर्याएपछि यातायात सञ्चालन पूर्णरूपले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।

प्रहरीले यातायात अवरुद्ध भएकाले मेची राजमार्गको फिदिम–ताप्लेजुङ खण्डमा सवारी सञ्चालन नगर्न सबैमा सचेतसमेत गराएको छ।
यही असार २ गते राति आएको बाढीले मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलास्थित सडक पुल बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो।

यातायात अवरुद्ध भएपछि चार दिनको प्रयासमा डाइभर्सन निर्माण गरी मङ्गलबारदेखि पुनः सञ्चालनमा ल्याइएको थियो।
पानीको बहाव घटेपछि गए राति १० बजेसम्म राजमार्ग सञ्चालन भएको थियो । प्रहरीले जोखिमलाई ध्यानमा राख्दै गए रातिदेखि डाइभर्सनबाट सवारी साधन सञ्चालनमा रोक लगाएको हो।

न्याय परिषद्को बैठक बस्दै

काठमाडौं  रिक्त रहेका न्यायाधीश नियुक्तिका लागि न्यायपरिषद् बैठक आज बस्दै छ।
आज दिउँसो बस्ने बैठकले उच्च अदालतमा २७ र सर्वोच्चमा ६ न्यायाधीश नियुक्त गर्न सक्ने सम्भावना रहेको सर्वोच्च प्रशासनले जनाएको छ। यसअघि सोमबार बसेको परिषद् बैठकले भने न्यायाधीश नियुक्तिको निर्णय गर्न सकेको थिएन।

भागबन्डाको राजनीतिले न्यायाधीश नियुक्ति पक्रिया लामो समयदेखि अवरुद्ध हुँदै आएको छ। छोटो समयका लागि प्रधानन्यायाधीशमा नियुक्त भएका हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्ति प्रक्रियामा सक्रियता देखाएका छन्।
न्यायपरिषदको अध्यक्ष प्रधानन्यायाधीश हुने संवैधानिक व्यवस्था छ।

एसीसी १६ वर्षमुनिको इस्टर्न जोन कपमा नेपाल र थाईल्यान्डबीचको खेल चल्दै नेपालको राम्रो प्रर्दशन

एसीसी १६ वर्षमुनिको इस्टर्न जोन कपमा नेपाल र थाईल्यान्डबीचको खेल चलिरहेको छ । मलेसियाको बांगीमा भैरहेको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ्ग गरिरहेको छ ।
नेपालले राम्रो प्रदर्शन गरेको छ । शुरुवाती १० ओभरमा कुनै विकेट नगुमाइ ९६ रन बनाएको नेपालले २५ ओभरको खेल सकिँदा ३ विकेट गुमाएर १ सय ८६ रन जोडेको छ । खेल ३५ ‍ओभरको हुनेछ ।

समूह ‘ए’ मा नेपाल, थाईल्यान्ड र मलेसिया छन् । समूह ‘बी’ मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनेएसिया छन् ।
समूह ‘ए’ को खेलमा मलेसियाले थाईल्यान्डलाई १ सय १८ रनले पराजित गरेको थियो । थाईल्यान्ड पहिलो खेलमै पराजित भएको हुँदा नेपालले आज जितेमा सेमिफाइनलमा पुग्नेछ ।
नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा पर्सि शुक्रवार मलेसियासँग खेल्नेछ । सेमिफाइनल जुलाइ ३ तारिख र फाइनल ४ तारिखमा हुनेछ ।

आमाको हत्या आरोपमा छोरा पक्राउ

 असार १३ देवानगञ्ज ।आमाको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देहीमा छोरालाई पक्राउ गरेको छ ।
रुपन्देही प्रहरीका अनुसार पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ बस्ने २५ वर्षीय शिवकुमार मुशहरलाई प्रहरीले रुपन्देहीको गैडहवा गाउँपालिका–८ मैनहवाबाट पक्राउ गरेको हो ।

शिवकुमारले पारिवारिक विवादको क्रममा ५० वर्षीया आमा बुद्धिरानी मुसहरलाई धारिलो हतियारले प्रहार गरेका थिए ।
घाँटीमा धारिलो हतियार प्रहार गरेपछि बुद्धिरानीको घटनास्थलमै मृत्यु भएको थियो । आमाको हत्यापछि फरार भएका शिवकुमार रुपन्देहीको गैडहवामा आएर लुकेका थिए । घटना हिजो भएको थियो ।

पर्यटकीय सिजनु सकिएसँगै लुक्ला विमानस्थलमा उडानको चाप घट्यो

सोलुखुम्बु –  नेपालकै व्यस्त विमानस्थल मध्येको एक सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा उडानको चाप घटेको छ ।
उडानको चाप घटेसँगै पर्यटकीय सिजनुमा व्यस्त विमानस्थल सिजनु सकिएपछि फुर्सदिलो बनेको छ।
पर्यटकीय सिजनुमा दैनिक सयौँ उडान तथा अवतरण हुने लुक्ला विमानस्थलमा अहिले सिजनु सकिएसँगै दैनिक २र३ वटा मात्र उडान हुने गरेको छ ।

पर्यटकीय सिजनुमा चार सय १२ वटासम्म उडान भएको लुक्ला विमानस्थल जुन ७ तरिखबाट सुनसान नै बनेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख महेश श्रेष्ठले जानकारी दिनुभयो।

यात्रु नहुँदा विमान कम्पनीहरुले उडान तालिका नै घटाएका छन् भने भएका उडानमासमेत कार्गो बोक्नुपर्ने बाध्यता रहेको विमान कम्पनीहरु बताउँछन् ।
अहिले काठमाण्डौबाट दैनिक एकरदुई वटा आउने विमानहरुले निर्माण सामाग्री, खाद्यान्न, कपडालगायतका कार्गो बोकिरहेको प्राधिकरण प्रमुख श्रेष्ठले बताउनुभयो ।

उडान घटेसँगै विमानस्थलका कर्मचारीसमेत फुर्सदमा देखिएका छन् । सिजनुमा एकैपटक धेरै उडान तथा अवतरण हुँदा भ्याइनभ्याइ हुने कर्मचारीलाई यतिखेर फुर्सद रहेको नेपाल नागरिक उड्यन प्राधिकरण लुक्लाले जनाएको छ ।

काठमाण्डौ उपत्यका बाहिरका विमानस्थलमध्ये लुक्ला, पोखरा, सिमिकोट र नेपालगञ्ज व्यस्त विमानस्थलकारुपमा चिनिन्छन् ।
सगरमाथा क्षेत्रमा पर्ने खुम्बुमा वर्षको दुई सिजनु भदौ अन्तिमबाट मंसिर मध्यसम्म र चैतबाट जेठ अन्तिम सातासम्मलाई मुख्य पर्यटकीय सिजनु मानिन्छ ।

पुर्विचौकी गाउँपालिकाका किसानलाई रोपाइँको चटारो : , पानी र मल अभाव

राज बोगटी असार १३ देवानगञ्ज ।

पानी पर्न थालेसँगै किसानलाई धान रोपाइँको चटारो शुरु भएको छ ।सुदूरपश्चिमलगायत केही जिल्लामा पहाडी र तराईका जिल्लामा रोपाइँ भैरहेको छ भने पानीको अभाव हुँदा रोपाइँमा असर परेको छ ।
रोपाइँका लागि पर्याप्त पानी नहुँदा किसान मर्कामा परेका छन् रोपाइँ गर्न थालेको पुर्विचौकी गाउँपालिकाका लगायतका किसानले गुनासो गरेका छन् ।

कृषि ज्ञान केन्द्रका प्रमुख खगेन्द्रप्रसाद शर्माका अनुसार कति ठाउँमा भने वर्षा नभएकाले अहिलेसम्म झण्डै १२ प्रतिशतमा रोपाइँ भएको छ ।
यस्तै, रोपाइँ शुुरु भइसक्दासमेत रासायनिक मल नपाएको किसानको गुनासो छ ।

सरकारले यसपटक धान बालीमा मलको अभाव नहुने दाबी गर्दै आए पनि किसानले मकै र धानका लागि पर्याप्त मल पाएका छैनन् ।
आम्दानी गर्ने र जीविका चलाउने मुख्य बालीका रुपमा बर्खे धान बालीलाई लिइन्छ ।
मल र सिँचाइको अभावले मुख्य बालीको उत्पादनमा असर पर्न सक्ने पुर्विचौकी गाउँपालिकाका किसानको गुनासो छ ।

उच्च पहाड अछामलगायत आसपासका क्षेत्रमा रोपाइँ सकिएको छ । पुर्विचौकी गाउँपालिकाका किसानले बताएकाछन्

नारायणी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरु हुने

काठमाण्डौ –  पर्साको वीरगञ्जमा रहेको नारायणी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरु हुने भएको छ ।
वीरगञ्ज महानगरपालिका मेयर राजेशमान सिंहको पहलमा नारायणी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरु गर्न लागिएको हो ।

अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरु गर्ने विषयमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा। पुकारचन्द्र श्रेष्ठसहितको टोलीसँगको छलफलपछि नारायणी अस्पतालमा सेवा शुरु गर्ने सहमति भएको हो ।

वीरगञ्ज महानगरपालिका कार्यालयमा भएको छलफलमा मेयर सिंहले मिर्गौला प्रत्यारोपण सेवा शुरुगर्न सबै प्रकारको भौतिक संरचनासहितको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वीरगञ्जमा सेवा शुरु भएपछि पर्सासहित मधेस प्रदेशका बिरामीलाई उपचार सेवा सहज हुनेछ ।

नारायणी अस्पतालमा शल्यक्रिया कक्ष शुरु भएमा आवश्यक जनशक्तिलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा तालिम दिने र राष्ट्रिय प्रत्यारोपण केन्द्रका डाक्टरसहितको समूहले मिर्गौलाको प्रत्यारोपण शुरुगर्ने शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा। श्रेष्ठले बताउनुभयो ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। चित्तरञ्जन साहले मिर्गौला प्रत्यारोपण केन्द्रको सहकार्यमा चाँडै मिर्गौला प्रत्यारोपण सेवा शुरु गराउन आफूहरूले तयारी गरेको बताउनुभएको छ ।

मेची राजमार्ग अन्तर्गत फिदिम ताप्लेजुङ खण्ड फेरि अवरुद्ध

देवानगञ्ज । मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिम र ताप्लेजुङ जोड्ने खण्ड फेरि अवरुद्ध भएको छ ।
असार ३ गतेको बाढीले हेवा खोलामा पुल बगाएपछि १० दिनपछि ह्युमपाइपबाट पानी तर्काइ हिजोदेखि गाडी गुड्न र ढुवानीका साधन आवतजावत गर्न थालेका थिए ।

तर, गएराति आएको बाढीका कारण खोलामा पानीको मात्रा बढेपछि अस्थायी रुपमा बनाइएको डाइभर्सनको सतह पार गरेपछि यो खण्ड फेरि अवरुद्व भएको हो ।
खोलामा पानीको बहाव बढेको छ । पानी डाइभर्सनमाथि बाट बगेकाले यात्रा नगर्न भनिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख ९डिएसपी० हरि खतिवडाले बताउनुभयो ।

पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भइ बग्ने हेवा खोलामा यसअघि ह्युम पाइपबाट पानी तर्काएर डाइभर्सन गरी फिदिम ताप्लेजुङ खण्ड खुलाइएको थियो ।

आज धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान

देवानगञ्ज- सुदूरपश्चिम र कोशी प्रदेशमा केही ठाउँमा बिहानैदेखि हल्का पानी परिरहेको छ ।
अन्य ठाउँको मौसम भने आंशिकदेखि सामान्य बदली भएको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज दिउँसो र राति देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।
यस्तै, तराईका जिल्लामा आज पनि हावाहुरी चल्ने अनुमान छ । वर्षा र हावाहुरीको अनुमान रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।
मौसमविद्का अनुसार पर्सि शुक्रवार र शनिवार भने केही ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ ।

देवानगञ्जमा छात्राहरुलाई साइकल वितरण

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ५ ले छात्रालाई साइकल वितरण गरेको छ । छात्रालाई विद्यालयमा नियमित आउन प्रोत्साहन गर्नका लागि निःशुल्क साइकल वितरण गरिएको हो ।

वडा कार्यलाईले वडामा रहेको माध्यमिक विद्यालयका कक्षा ८ पास गरेको ४३ जना छात्रालाई साइकल वितरण गरेको हो । कार्यक्रममा कोशि प्रदेश सभा संसाद रामप्रसाद मेहता, गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता, उपाध्यक्ष कुमारी विभा यादव, प्रमुख प्रशासकिय अधिकृत रामराज पौडेल, वडा अध्यक्ष मनोज मण्डल लगायत वडाका स्थानियहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले भने महिला सशक्त भएमात्र पालिकाको विकास सम्भव हुने बताए । शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमा पछि परेका महिलालाई अगाडि बढाउन पालिका प्रतिबद्ध रहेको उनको भनाइ थियो । छोरीलाई शिक्षित र सबल बनाउन साइकल वितरण गरेको बताउनु भयो यसबाट महिलाको शिक्षामा पहुँच वृद्धि हुने अध्यक्ष मेहताले बताए ।

छोरीहरूलाई शिक्षा र रोजगारीका साथै आत्मरक्षाका लागि समेत अग्रसर बनाउने लक्ष्यका साथ पालिका अघि बढेको उपाध्यक्ष कुमारी विभा यादवले बताए ।

साइकलले टाढा घर भएका विद्यार्थीलाई विद्यालय आउन सहज हुने गाउँपालिकाका प्रशासकीय अधिकृत रामराज पौडेलले बताउनु भयो ।
शिक्षा जस्तो महत्व पूर्ण कुरामा आफनो सहयोग निरन्तर रहने र यो कार्यक्रम पालिका भरिनै संचालन गर्न गाउँपालिका लाई कोशि प्रदेश सभा संसाद रामप्रसाद मेहताले आग्रह गर्नु भयो ।

मेडिकल सञ्चालक महराले आफ्नै मेडिकलमा ४५ वर्षीया महिलालाई गरे बलात्कार

कञ्चनपुरः  कञ्चनपुरमा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ परेका छन्।
५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्लाको भीमदत्त नगरपालिका–७ हल्दुखालका ४६ वर्षीय हरकसिँह महरालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।

खुट्टाको समस्याको कारण उपचार गर्न गएको बेलामा ती महिलालाई महराले आफ्नै मेडिकलमा जबरजस्ती करणी र कुटपिट समेत गरेको भन्ने उजुरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।