एसीसी १६ वर्षमुनिको इस्टर्न जोन कपमा नेपाल र थाईल्यान्डबीचको खेल चल्दै नेपालको राम्रो प्रर्दशन
१३ असार २०८०, बुधबार १०:०२
एसीसी १६ वर्षमुनिको इस्टर्न जोन कपमा नेपाल र थाईल्यान्डबीचको खेल चलिरहेको छ । मलेसियाको बांगीमा भैरहेको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ्ग गरिरहेको छ ।
नेपालले राम्रो प्रदर्शन गरेको छ । शुरुवाती १० ओभरमा कुनै विकेट नगुमाइ ९६ रन बनाएको नेपालले २५ ओभरको खेल सकिँदा ३ विकेट गुमाएर १ सय ८६ रन जोडेको छ । खेल ३५ ओभरको हुनेछ ।
समूह ‘ए’ मा नेपाल, थाईल्यान्ड र मलेसिया छन् । समूह ‘बी’ मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनेएसिया छन् ।
समूह ‘ए’ को खेलमा मलेसियाले थाईल्यान्डलाई १ सय १८ रनले पराजित गरेको थियो । थाईल्यान्ड पहिलो खेलमै पराजित भएको हुँदा नेपालले आज जितेमा सेमिफाइनलमा पुग्नेछ ।
नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा पर्सि शुक्रवार मलेसियासँग खेल्नेछ । सेमिफाइनल जुलाइ ३ तारिख र फाइनल ४ तारिखमा हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया