देवानगञ्जमा छात्राहरुलाई साइकल वितरण – Nagarikabhiyan : National News

देवानगञ्जमा छात्राहरुलाई साइकल वितरण

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ५ ले छात्रालाई साइकल वितरण गरेको छ । छात्रालाई विद्यालयमा नियमित आउन प्रोत्साहन गर्नका लागि निःशुल्क साइकल वितरण गरिएको हो ।

वडा कार्यलाईले वडामा रहेको माध्यमिक विद्यालयका कक्षा ८ पास गरेको ४३ जना छात्रालाई साइकल वितरण गरेको हो । कार्यक्रममा कोशि प्रदेश सभा संसाद रामप्रसाद मेहता, गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता, उपाध्यक्ष कुमारी विभा यादव, प्रमुख प्रशासकिय अधिकृत रामराज पौडेल, वडा अध्यक्ष मनोज मण्डल लगायत वडाका स्थानियहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले भने महिला सशक्त भएमात्र पालिकाको विकास सम्भव हुने बताए । शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमा पछि परेका महिलालाई अगाडि बढाउन पालिका प्रतिबद्ध रहेको उनको भनाइ थियो । छोरीलाई शिक्षित र सबल बनाउन साइकल वितरण गरेको बताउनु भयो यसबाट महिलाको शिक्षामा पहुँच वृद्धि हुने अध्यक्ष मेहताले बताए ।

छोरीहरूलाई शिक्षा र रोजगारीका साथै आत्मरक्षाका लागि समेत अग्रसर बनाउने लक्ष्यका साथ पालिका अघि बढेको उपाध्यक्ष कुमारी विभा यादवले बताए ।

साइकलले टाढा घर भएका विद्यार्थीलाई विद्यालय आउन सहज हुने गाउँपालिकाका प्रशासकीय अधिकृत रामराज पौडेलले बताउनु भयो ।
शिक्षा जस्तो महत्व पूर्ण कुरामा आफनो सहयोग निरन्तर रहने र यो कार्यक्रम पालिका भरिनै संचालन गर्न गाउँपालिका लाई कोशि प्रदेश सभा संसाद रामप्रसाद मेहताले आग्रह गर्नु भयो ।