बजेटको पक्षम उभिन आफ्ना सांसदलाई जसपाको ह्वीप
१३ असार २०८०, बुधबार १५:१५
काठमाडौं : जनता समाजवादी पार्टी जसपाले विनियोजन विधेयकको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ।
अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बुधबार बसेको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदानका लागि ह्वीप जारी गरिएको प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए। यसअघि अध्यक्ष यादवले बजेट संशोधन नभए पास गर्न नदिने अडान लिएका थिए।
तर संशोधन बिना बजेट पास हुँदै गर्दा जसपा पनि पक्षमा उभिएको हो। यसअघि सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पनि अनिवार्य उपस्थित भइ पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेका छन्।
नेकपा एकीकृत समाजवादीले पनि बुधबार नै संसदीय दलको बैठक बसेर बजेटको पक्षमा उभिने निर्णय गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया