१४ असार २०८०, बिहीबार १०:२२ – Page 2 – Nagarikabhiyan : National News

छोराछोरी पढाउँला भनेर जम्मा गरेको पैसा सहकारीले खाइदियो

१४ असार, काठमाडौं सहकारीमा जम्मा गरेको पैसा निकालेर बच्चालाई स्कुल भर्ना गर्ने,’ हरेक पटक सहकारीमा पैसा जम्मा गर्दा यस्तै कल्पना गर्थिन् सन्ध्या शर्मा ।

बच्चालाई स्कुल भर्ना गर्न कसैसँग हात फैलाउन नपरोस् भनेरै शर्मा श्रीमान्लाई थाहै नदिकन ३ वर्षदेखि सहकारीमा पैसा जम्मा गरिरहेकी थिइन् ।

काठमाडौंको पेप्सिकोला बस्ने शर्माका श्रीमान् साझा यातायातको बस चलाउँछन् । हरेक दिन काममा जानु अगाडि खाजा खानु भन्दै शर्माका श्रीमान्ले कहिले सय रुपैयाँ त कहिले दुई सय रुपैयाँ छाडेर जान्थे । शर्माले त्यही पैसा सहकारीमा जम्मा गर्ने गरेकी थिइन् । ‘श्रीमान्ले खाजा खानु भनेर दिएको पैसा जम्मा गरेकी थिएँ,’ उनले सुनाइन् ।

खाजाको खुराक कटौती गर्दै शर्माले सहकारीमा पैसा जम्मा गरिन् । मिठो मसिनो खान त उनलाई पनि मन थियो ।

सन्तानका लागि भनेर आफ्नो रहर मार्दै सहकारीमा सयरपचास रुपैयाँ जम्मा गरिरहिन् ।
कोठा नजिकैको किराना पसलमार्फत् चिनजान भएपछि पेप्सीकोलास्थित शर्माको डेरामै आएर आइपुग्थे प्रस्परस बचत तथा ऋण सहकारी संस्था सहकारीका कर्मचारी ।

राजधानीको कोटेश्वरमा मुख्यालय रहेको प्रस्परस बचत तथा ऋण सहकारी संस्थाको सामाखुसी र जोरपाटीमा पनि शाखा छ ।
शर्माको काखमा यतिखेर डेढ वर्षको छोरा छ । छोरालाई स्कुल भर्ना गर्दा कसैसँग गुहार माग्न नपरोस् भनेरै उनले गर्भवती हुँदा पनि खाजा नखाइकन सहकारीमा पैसा जम्मा गरिन् । ‘यसैलाई स्कुल पढाउँला भनेर पैसा जम्मा गरेकी थिएँ,’ छोरालाई सुमसुम्याउँदै उनी भन्छिन् ।

छोरालाई स्कुल भर्ना गर्न भनेर उनले खाइ(नखाइ एक लाख २० हजार रुपैयाँ सहकारीमा जम्मा गरिन् । तर, गत वैशाखमा उनले पैसा जम्मा गर्दै आएको सहकारीका कर्मचारी उनको डेरामा आउ छाडे । पैसा संकलन गर्न कर्मचारी आउन छाडेपछि उनले सोधखोज गरिन् र सहकारीको कार्यालय भएको कोटेश्वर पुगिन् । ‘कोटेश्वर अफिसमा पुग्दा त ताल्चा लागेको थियो,’ आफूले पैसा जम्मा गरेको सहकारीको ढोकामा ताल्चा देखेपछि शर्माको होसोहवास उड्यो ।

‘पैसा फिर्ता पाउन कहाँ जाने रु के गर्ने रु’ उनले सोच्नै सकिनन् । ‘कति दिनसम्म त खाना खान पनि मन लागेन,’ उनी सुनाउँछिन्, ‘निन्द्रा पनि लागेन ।’ त्यसो त अहिले पनि उनलाई निन्द्रा त कहाँ लाग्छ र १

सहकारी पीडितहरु माइतिघरमा जम्मा भएको थाहा पाएपछि उनी पनि डेढ वर्षको छोरा बोकेर माइतिघर आउन थालिन् । शर्मा माइतिघर आउन थालेको २ हप्ता पुग्यो ।

माइतिघरको सडकमा आफू जस्तै अरु पनि पीडित भेटेपछि उनलाई आफ्नो पीडा सहन थोरै भए पनि सजिलो भएको छ ।उनीसँग पैसा गुमेको पीडा र सहकारीप्रति आक्रोश मात्र छ ।
प्रस्परस बचत तथा ऋण सहकारी संस्थामै पैसा जम्मा गर्थिन् रीता भट्टराई । कोटेश्वरमा भट्टराईको सानो कपडा पसल छ । ‘पसलमै पैसा लिन आउँथे । चाहिएको बेला पसलमै पैसा ल्याएर दिन्थे,’ भट्टराई सुनाउँछिन् ।

घर भाडा र पेन्सनको गरेर उनले सहकारीमा २० लाख रुपैयाँ जम्मा गरेका थिए । ‘यतिका वर्ष जम्मा गरेको त्यति ठूलो पैसा अब मैले कहाँबाट पाउनु रु,’ ७३ वर्षीय गौरीलाल चिन्ता गर्छन, ‘त्यही पैसा सम्झेर निन्द्रा लाग्दैन ।’

पाँच वर्षदेखि भट्टराई प्रस्परसमा पैसा जम्मा गरिरहेकी थिइन् । ‘छोराले विज्ञान पढ्छु भनेको हुनाले सहकारीमा पैसा जम्मा गरें,’ उनले भनिन् ।
भट्टराईको बचत तीन लाख भइसकेको थियो । आवधिक बचत खातामा पैसा जम्मा गरिरहेकी उनी सुनाउँछिन्, ‘१२ वैशाखमा पैसा संकलन गर्न आएनन् । उनीहरुले कार्यविधि सहकारीसँग मर्ज हुन लागेको कुरा सुनाए ।’

केही दिनपछि कार्यविधि सहकारीसँग बुझ्दा, ‘प्रस्परसले कर चुक्ता गरेको रहेनछ, मर्ज भएन भन्यो,’ उनी सुनाउँछिन् । त्यसपछि उनी पनि शर्मा जस्तै प्रस्परसको कार्यालय पुगिन् । कार्यालयमा ताल्चा लागेको थियो ।

सहकारी डुबिरहेको समाचार आइरहँदा आफूले पैसा जम्मा गरेको सहकारीको ढोकामा ताल्चा लागेको देखेपछि उनी कोटेश्वर प्रहरी कार्यालय पुगिन् । प्रहरीले वडा कार्यालय पठायो । वडा कार्यालयको रोहबरमा प्रस्परस सहकारीका सञ्चालक दीपेन्द्र श्रेष्ठले चेक दिने प्रतिबद्धता गरे ।

‘चेक दिन्छु भनेको मान्छे त त्यसपछि सम्पर्कमा नै छैन,’ भट्टराई सुनाउँछिन् । सहकारी सञ्चालक सम्र्पकविहीन भएपछि उनी यतिखेर पसल बन्द गरेर सडकमा ओर्लेकी छिन् । ‘व्यापार पनि सुकेको बेला पसलको भाडासमेत तिर्न सकेकी छैन,’ उनी सुनाउँछिन, ‘दिनभर पसलमा बसेर कमाको पैसा लिएर सहकारी भाग्यो ।’

माइतिघर मण्डलामा यतिखेर देशभरका ३५ वटा सहकारी पीडितहरु एकत्रित भएकाछन् । आफूले पसिना बगाएर कमाएको पैसा फिर्ता नपाउँदा अलपत्र परेकी प्रीति बाडे तिनैमध्ये एक हुन् ।
भक्तपुर पुरानो ठिमीकी प्रीति बाडेले ६ वर्षदेखि ठिमीकै स्वस्तिक बचत तथा ऋण सहकारी संस्थामा पैसा जम्मा गरिरहेकी थिइन् ।

उच्च शिक्षा अध्ययनका लागि जापान गएकी उनले जापानमा कमाएको पैसा घरमा दिदीलाई पठाउँथिन् । ‘दिदी किराना पसल चलाउनुहुन्छ । दिदिले मेरो, आफ्नो र घरका सबैको पैसा त्यही सहकारीमा राख्नुहुन्थ्यो,’ बाडेले भनिन् ।

सन् २०२० मा जापानबाट प्रीति नेपाल फर्किइन् । नेपाल फर्केर उनले आफूले पठाएको पैसाको सोधिखोजी गरिन् । ‘त्यतिखेर लकडाउन छ अहिले सकिँदैन, केही समयपछि दिन्छु भन्यो सहकारीले,’ प्रीतिलाई पनि विश्वास लाग्यो । स्वस्तिक सहकारीमा प्रीतिको ६ लाख रुपैयाँ जम्मा भएको थियो ।
प्रीतिसँगै उनकी दिदिले आफ्नो, श्रीमान् र छोराका नाममा समेत बचत गरेकी थिइन् ।लकडाउन सकिएको दुई वर्ष बितिसक्दा पनि स्वस्तिकले प्रितिको बचत फिर्ता गरेन ।

जीवन चलाउने इन्धन हो पैसा । शौच गर्नसमेत पैसा तिर्नुपर्ने सहरमा दुःख गरेर आर्जेको रकम सहकारीले डुबाएपछि बचतकर्ताहरुको जीवन ठप्प भएको छ । ठप्प भएको जीवन फेरि चल्ने आशमा माइतिघरमा छन् बचतकर्ताहरु
सहकारीले पैसा फिर्ता नगरेपछि प्रीति मध्यपुर थिमि नगरपालिका, प्रहरी र जिल्ला प्रशासन कार्यालय पुगिन् उनी ।
‘सबै ठाउँमा उजुरी हालिसके, कसैले पैसा फिर्ता दिलाउन पहल गरेनन्,’ उनी गुनासो गर्छिन, ‘बरु उल्टै सञ्चालकले जे सक्छन गर भनेर धम्की दियो ।’

पैसा फिर्ता माग्न भनेर उनी सहकारी सञ्चालक अजय श्रेष्ठको घर रहेको सूर्यविनायक नगरपालिका गाम्चासम्म पुगिन् । त्यहाँ घरको गेटमा ताल्चा छ ।

मध्यपुर ठिमिको पुरानो ठिमिमा रहेको स्वस्तिक सहकारीको केन्द्रीय कार्यालयमा पनि ताल्चा लागेको छ ।
जापानबाट फर्किएदेखि सहकारीबाट आफ्नो बचत फिर्ता गर्न लागेकी उनी फेरि जापान जाने तयारीमा छिन् । झोलाबाट राहदानी निकाल्दै उनले आफू फेरि जापान जान लागेको सुनाइन्।
भिसा आइसक्यो तर, मैले पहिला जापानमा कमाको पैसा नै सहकारीले डुबाइदियो,’ उनी चिन्ता मान्छिन्, ‘सहकारीमा डुबेको पैसाका कारण घरमा दिदी भिनाजुको दिनकै झगडा हुन्छ ।’

नानीको त उमेर छ फेरि कमाउछौं, म बुढो कहाँ जानु अब रु’ प्रीतिको गुनासो सुनिरहेका ७३ वर्षे गौरीलाल श्रेष्ठ बोले ।
असन बांगेमुढाका यी बयोवृद्ध रिटायर्ड कृषि इन्जिनियर हुन् । ०७४ देखि उनले घर नजिकैको शिवशिखर बहुउद्देश्यी सहकारी संस्थामा आफ्नो पेन्सन र घरबहाल जम्मा गरिरहेका थिए ।
मधुमेह र आँखाका रोगी श्रेष्ठ आफ्नो बचत फिर्ता माग्न गत वर्षको कात्तिकमा सहकारीको कार्यालय पुगे । तर, सहकारीले कोभिडका कारण पैसा संकलन नभएको बहाना बनायो । ‘अलिक समयपछि आउनु भनेर फिर्ता पठायो । त्यसपछि सहकारीको अफिसमा ताल्चा लाग्यो,’ जीवनको उत्तरार्धमा पुगेका श्रेष्ठ धारे हात लगाउँछन, ‘म बुढोको पैसा लिएर भाग्यो त्यो सहकारी ।’

घर भाडा र पेन्सनको गरेर उनले सहकारीमा २० लाख रुपैयाँ जम्मा गरेका थिए । ‘यतिका वर्ष जम्मा गरेको त्यति ठूलो पैसा अब मैले कहाँबाट पाउनु रु,’ ७३ वर्षीय गौरीलाल चिन्ता गर्छन, त्यही पैसा सम्झेर निन्द्रा लाग्दैन ।’

घर परिवारले पनि सहकारीमा पैसा राखेर डुबाएको भन्दै श्रेष्ठलाई तनाव दिन्छन् । ‘घरका सबैजना मैले नै पैसा डुबायो भन्छन्,’ श्रेष्ठ भन्छन्, ‘मैले त राम्रै होला भनेर राखेको थिए ।’

जीवन चलाउने इन्धन हो पैसा । शौच गर्नसमेत पैसा तिर्नुपर्ने सहरमा दुःख गरेर आर्जेको रकम सहकारीले डुबाएपछि बचतकर्ताहरुको जीवन ठप्प भएको छ । ठप्प भएको जीवन फेरि चल्ने आशमा माइतिघरमा छन् बचतकर्ताहरु ।

समन्वय भएमात्रै वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न सकिन्छ मेयर कोइराला

देवानगञ्ज विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तीनै तहको सरकारको सहकार्य र समन्वयले मात्रै वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्न सकिने बताउनुभएको छ ।

सुरक्षित आप्रवासन सामी कार्यक्रम प्रहरीसँगको अन्तरक्रियालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मेयर कोइरालाले पछिल्लो समय वैदेशिक रोजगारीका नाममा ठगीका घटनाहरु बढ्दै जानु चिन्ताको विषय भएको बताउनुभयो । उहाँले विदेश जाँदा सीप सिकेर र भरपर्दो अस्पतालमा स्वास्थ्य जाँच गरेर मात्रै जानुपर्नेमा जोड दिनुभयो ।

सीप नसिकी जाँदा विदेश गएर पनि काम नपाउने अवस्था छ । अझ यहाँ भरपर्दो अस्पतालमा स्वास्थ्य चेकजाँच नगर्दा विदेशमा पुगेर हृदयघातलगायतका कारण ज्यान गुमाउनुपरेको छ,” उहाँले भन्नुभयो, “आफू जाने मुलुकका बारेमा र कामका बारेमा यहीं राम्ररी बुझेर जाँदा समस्या हुँदैन ।” सीप नसिकी जाँदा नेपाली युवाले विदेशमा दुःख पाउने गरेको उहाँको भनाइ थियो । मेयर कोइरालाले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्न स्थानीयसँगै संघीय सरकार बढी जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले वैदेशिक रोजगारीले मुलुकमा रेमिट्यान्स भित्रिए पनि सामाजिक विकृति र परनिर्भरता बढ्दै गएको उल्लेख गर्नुभयो । मेयर कोइरालाले भन्नुभयो, “रेमिट्यान्स त हरेक दिन भित्रिरहेको छ यसले वैदेशिक मुद्रा संचितिमा योगदान पनि पुगेको छ । तर रेमिट्यान्सको सही सदुपयोग पनि भएको छ । वस्तु आयातमै रेमिट्यान्स खर्च गरिरहेका छौं । हामीले उत्पादनमूलक र रोजगारीमूलक क्षेत्रमा रेमिट्यान्स लगाउन सकेका छैनौं ।”
अन्तरक्रियामा मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले प्रमाण अपुग हुँदा ठगीमा संलग्नलाई कारबाही गर्न समस्या हुने गरेको बताउनुभयो ।

 

समलिङ्गी विवाहले सामाजिक विकृति सिर्जना गर्छ

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले समलिङ्गी विवाहले पारिवारिक झमेला एवं सामाजिक विकृति निम्त्याउने बताएका छन्।
बिहीवार बिहान सामाजिक सञ्जालमा ‘स्टाटस’ लेखी अध्यक्ष थापाले समलिङ्गी विवाह दर्ताका सम्बन्धमा सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण रहेको बताएका हुन्।

समलिङ्गी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कारविपरीत छ’, उनले लेखेका छन्, ‘समलिङ्गी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्दछ।’

समलिङ्गी विवाह दर्ताको सम्बन्धमा सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण छ।
समलिङ्गी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कार विपरीत छ।विवाह महिला र पुरुष विचको पवित्र सम्बन्ध हो।
समलिङ्गी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्दछ।

सरकारी अस्पतालमा विपन्न नागरिकलाई आजदेखि निस्शुल्क शय्या

असार १४ काठमाण्डौ –  काठमाण्डौका चार सरकारी अस्पतालमा विपन्न नागरिकले आजदेखि निस्शुल्क शय्याको सुविधा पाउने छन् । गङ्गालाल हृदयरोग केन्द्र, प्रसूति गृह, कान्तिबाल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा विपन्नले शय्याका लागि पैसा तिनु पर्दैन ।

कान्तिबाल अस्पतालको ६०, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको चार सय ५०, ट्रमा सेन्टरको एक सय ५० र शहीद गङ्गालाल हृदयरोग केन्द्रको ९० वटा शय्या निःशुल्क हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार योसहित अहिलेसम्म विपन्नका लागि निःशुल्क घोषणा गरिएका शय्याको सङ्ख्या दुई हजार २८ पुगेको छ । यसअघि काठमाण्डौको वीर अस्पतालले ७ सय शय्या र कोशी अस्पतालले तीन सय ३० शय्या निःशुल्क उपलब्ध गराउने घोषणा गरिसकेका छन् ।

बिस्तारै देशभरीका केन्द्रीय अस्पतालमा विपन्नका लागि निःशुल्क शय्या थप्दै जाने र ती शय्यामा उपचार पनि निःशुल्क हुने स्वास्थ्यमन्त्री मोहन बस्नेतले बताउनु भएको छ । शय्या निःशुल्क गरेपछि अस्पतालमाथि पर्ने आर्थिक भार कम गर्नका लागि केही बजेट सम्बन्धित अस्पतालले व्यवस्थापन गर्ने र अपुग रकम स्वास्थ्य मन्त्रालयले बेहोर्ने गरी काम भइरहेको मन्त्री बस्नेतको भनाइ छ ।

निजी अस्पतालमा पनि कुल शय्याको १० प्रतिशत विपन्नका लागि निःशुल्क छुट्याउनुपर्ने व्यवस्था छ । यो नियम कार्यान्वयन गर्न कडाइ गरिने स्वास्थ्यमन्त्री बस्नेतले बताउनुभएको छ ।

गण्डकी, लुम्बिनी र कर्णालीका ठाउँमा ठूलो वर्षाको सम्भावना

देवानगञ्ज आज मधेस प्रदेशसहित धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ ।

गण्डकी, लुम्बिनी र कर्णालीका एकरदुई ठाउँमा भने ठूलो पानी पर्ने मौसमविद् गोविन्द झाले बताउनुभयो । उहाँका अनुसार दिउँसो धेरैजसो ठाउँमा हल्कादेखि मध्यम तथा गण्डकी, लुम्बिनी र कर्णालीका एकरदुई ठाउँमा ठूलो वर्षा हुनेछ । यस्तै, राति गण्डकी र लुम्बिनीका एकरदुई ठाउँमा ठूलो वर्षाको अनुमान छ ।

ठूलो वर्षा हुने क्षेत्रमा बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद् झाको आग्रह छ । यस्तै, तराईका जिल्लामा आज पनि हावाहुरी चल्ने अनुमान छ । तराईका जिल्लामा केही दिनयता हावाहुरी चलिरहेको छ ।

बकर इद मनाइँदै, आज सार्वजनिक बिदा

काठमाण्डाै – मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद इदुल जोहा आज मनाइँदैछ । इदुल फित्र अर्थात् रमजानको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ
मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गएर सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले बताउनुभयो । उहाँका अनुसार बकर इदमा मक्का मदिना जानु शुभ मानिन्छ ।

मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हजयात्रा गराउने गरेको छ । यसका लागि गृहमन्त्रालयअन्तर्गत हज समितिको सचिवालय स्थापना गरिएको छ । मक्का मदिना जान नपाउने हजयात्रीले समेत घरघरमै बकर इद मनाउँछन् ।
बकर इदका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले बकर इदको अवसरमा शुभकामना दिँदै धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिनुभएको छ यो पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्ने उहाँले बताउनु भएको छ ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताभित्रको एकता नै राष्ट्रिय पहिचान र गौरव भएको बताउनुभएको छ । बकर इदको अवसरमा शुभकामना दिँदै उहाँले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त विशेषता भएको नेपाल संविधानतः धर्म निरपेक्ष राज्य भएको उल्लेख गर्नुभएको छ ।
यस्तै, उपराष्ट्रपति, मुख्यमन्त्री, सभामुख, राजनीतिक दलका शीर्ष नेताहरुले पनि बकर इदको अवसरमा शुभकामना दिएका छन् ।

आज हरिशयनी एकादशी तुलसीको बिरुवा सारिँदै

देवानगञ्ज – आज हरिशयनी एकादशी । हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारिन्छ ।
एक महिनाअघि जेठ शुक्ल एकादशीका दिनमा राखिएको दलको बिरुवा आज तुलसीको मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य डा देवमणि भट्टराई बताउनुहुन्छ ।
भगवान विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । यस वर्ष भने साउन महिनामा अधिकमास परेकाले पाँच महिना हुने भएको छ । एक वर्षमा २४ वटा एकादशी पर्छ । यस वर्ष भने अधिकमासका दुईसमेत गरी २६ वटा एकादशी परेको भट्टराईले बताउनुभयो ।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाण्डौ उपत्यकाका बूढानीलकण्ठ, चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको चाप छ । वैज्ञानिकरुपमा पनि बढी अaक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका ठाउँमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ ।

दैलेखमा ड्यामबाट खसेको ढुङ्गा लागेर एक बालकको ज्यान गयो, छ जना बालबालिका घाइते

असार १४देवानगञ्ज   दैलेखको आठबीस नगरपालिका–५ मा ड्यामबाट खसेको ढुङ्गा लागेर हिजो बेलुका एक जना बालकको ज्यान गएको छ । ६ जना बालबालिका घाइते भएका छन् ।
निमार्णाधीन अवस्थामा रहेको भित्रिखोला सिँचाइ आयोजनाको ड्याम भत्किएर खसेको ढुङ्गाले लाग्दा आठबिस–५ बस्ने बिर्खबहादुर थापाका छोरा उमेश थापाको ज्यान गएको हो ।

ड्याम बर्सातका कारण भत्किएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताउनुभयो । घाइतेमध्ये १३ वर्षका किरण बुढामगरको अवस्था गम्भीर रहेको आठबिस–५ का वडाध्यक्ष बजिरसिंह विकले बताउनु भयो ।

मुख्यमन्त्रीले राजीनामा नदिने, विश्वासको मत माग्ने

असार १३ देवानगञ्ज कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा विश्वासको मत माग्ने भएका छन् । बुधबार बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि विपक्षी दलहरुसँग पनि विश्वासको मत माग्ने निर्णय गरेको हो ।

१७ जेठमा जसपा र २३ जेठमा माओवादी केन्द्रले सरकार छाडेपछि एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रदेश मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले बिहीबारका लागि प्रदेशसभाको बैठक आह्वान गरेका छन् । उक्त बैठकमा विश्वासको मत माग्ने निर्णय भएको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

पास भएपनि फेल भएपनि विश्वासको मत माग्ने निर्णय भएको छ’, उनले भने, ‘प्रतिपक्षी दलहरुसँग विश्वासको मत माग्छौं ।’ प्रदेशको स्थिरता र विकासका लागि सहमतिको सरकार बनाउन नेपाली कांग्रेस र माओवादी केन्द्रसहित प्रतिपक्षी दलहरुसँग विश्वासको मत माग्ने निर्णय भएको उनले बताए ।

विश्वासको मत पाउने वा नपाउने भन्ने प्रदेशसभाले निर्णय गर्ने बताउँदै उनले अगाडि नै मुख्यमन्त्रीले राजीनामा नदिने बताए । ‘विश्वासको मत माग्दा आफ्नो कुरा राख्न पाइन्छ, कन्भिन्स गर्ने अवसर हुन्छ’, उनले भने, ‘अगाडि राजीनामा आउदैन ।’

नेकपा एमाले संसदीय दलको बैठकले आफ्ना सांसदलाई बिहीबार दिउँसो १ बजे भन्दा अगाडि नै प्रदेशसभा भवन अगाडि उपस्थित हुन निर्देशन पनि जारी गरेको उनले बताए ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सत्ता साझेदार नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीको पक्षमा ४६ मत छ । बिहीबार उनलाई बहुमत जुटाउन सकस छ । प्रतिपक्षी गठबन्धनको बैठकले मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव फेल गराउने निर्णय गरिसकेको छ ।

कोशी प्रदेशमा ४० सिट रहेको एमाले र ६ सिटको राप्रपा हाल सरकारमा छन् । विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका २९, सभामुखबाहेक माओवादी केन्द्रका १२, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन् । सभामुखबाहेक दुवै पक्षमा समान ४६–४६ सांसद छन् । बराबरी भएको अवस्थामा सभामुखले निर्णयक मत दिन पाउँछन् ।

चलचित्र क्षेत्रलाई उपेक्षा गरेको भन्दै निर्देशक रिमेश अधिकारीले दिए सरकारलाई चुनौति

असार १३ देवानगञ्ज सरकारले चलचित्र क्षेत्रलाई उपेक्षा गरेको भन्दै निर्माता तथा निर्देशक रिमेश अधिकारीले आपत्ति जनाएका छन् ।
सरकारले चलचित्र क्षेत्रको संरक्षण गर्न लागिपर्नु पर्नेमा वार्षिक बजेट पनि नछुट्याउने गरेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुका लेखेका छन् ‘कुनै पनि देशको संस्कृति, भाषा, भेषभुषा, इतिहास, पर्यटन, सामाजिक परिवेश, रितिरिवाज, धर्म, देशको स्वाधिनता पहिचान संरक्षण विश्व माझ पु¥याउने पहिलो शसक्त माध्यम भनेकै कला क्षेत्र र विशेष चलचित्र हो । तर यही क्षेत्रलाई सरकारले न संरक्षण गरेको छ नत व्यबस्थित नै, न दरिलो कुनै नीति नियम कानुन छ । अन्य देशबाट सिक्ने बुझ्ने फुर्सद निकाल्ने कि सरकार रु’

उनले यस क्षेत्रबाट हजारौंले रोजगारी पाएको, सरकारलाई कर तिरेको भएपनि सरकारले यस क्षेत्रको विकास र कलाकर्मीको संरक्षणमा ध्यान नदिएको उल्लेख गरेका छन् ।
उनले सरकारको यो क्षेत्र प्रति कुनै दायित्व हुने कि नहुने भन्दै प्रश्न समेत गरेका छन् । उनले अब उपरान्त यस क्षेत्रलाई उपेक्षा नगर्न माग गर्दै चलचित्र बिकास बोर्डलाई अभिलम्ब स्वायत्तता बनाउन सरकारसँग माग गरेका छन् ।

उनले सधैँभरी यस क्षेत्रलाई यसरीनै उपेक्षा गर्ने हो भने चलचित्र बनाउन दिने इजाजत रोकेर बिकास बोर्ड खारेज गर्न भनेका छन् ।
चलचित्र क्षेत्रको हकहितका लागि भनिएर खोलिएका संस्थाहरूलाई राजनिति गर्ने थलो नबनाउन पनि उनले अनुरोध गरेका छन् ।

बलात्कार को घटनामा सुदूरपश्चिम पहिलो नम्बरमा

असार १३ देवानगञ्ज । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १ गोप्काकी कविता बुढाको जेठ अन्तिम साता हत्या भयो। परिवारका सदस्यहरुले उनको हत्या गरेको आरोप छ। जिल्लामा पुसदेखि अहिलेसम्म दुई महिलाको परिवारका सदस्यहरुबाटै हत्या भएको छ। जिल्लामा एक जना पुरुषको हत्या भएको इन्सेक सुदूरपश्चिमका संयोजक खड्कराज जोशीले बताए। उनका अनुसार कैलालीमा सबैभन्दा बढी बालबालीका र महिला असुरक्षित छन्।

जिल्लाभित्र सबैभन्दा बढी घरेलु हिँसाका घटना हुँदै आएका छन्। पुसदेखि हालसम्म एक सय २० वटा घरेलु हिँसाका घटना भएका छन्। त्यस्तै जबरजस्ती करणीका १७, जबरजस्ती करणी प्रयासका एक, यौनदुव्र्यभारका एक, बेचबिखनका तीन तथा बहुविवाहका सात घटना भएका छन्। साथै बाल विवाहको एक मुद्दा दर्ता भएको अभिलेख छ।

बालअधिकारबाट २० जना पीडित भएकोमा १० जना जबरजस्ती करणीबाट पीडित भएको तथ्याँक छ। जिल्लामा बाल विवाहपछि जबरजस्ती करणीका मुद्दा बढी दर्ता छन्। जिल्ला प्रहरी कार्यालय कैलालीकी प्रहरी निरिक्षक सरस्वती अधिकारीले बाल विवाहपछि बलात्कारका मुद्दा दर्ता हुने गरेको बताइन्। १८ वर्ष मुनीका प्रायः बालबालीकाको विवाहपछि बलात्कारका मुद्दा दर्ता हुने गरेको उनले बताइन्। साथै जबरजस्ती करणीका घटना समेत भयावह रुपमा बढ्दै गएको पाइएको छ।

कैलालीमा सात महिनाको अवधिमा एक सय ८६ वटा अपराधका घटना भएका छन्। यस्ता घटनाबाट सबैभन्दा बढी एक सय ८२ महिला र आठ जना पुरुष पीडित भएका छन्। साथै सो अवधिसम्ममा एक सय ९० जना पीडित भएको इन्सेक सुदूरपश्चिमका संयोजक जोशीले बताए। बाल विवाहपछि सबैभन्दा बढी जबरजस्ती करणीका मुद्दा दर्ता हुने गरेको प्रहरी अधिकारीले बताएका छन्।

 

प्रधानमन्त्रीको विश्वास ९९ दशमलव ९९ प्रतिशतबाट ५३ प्रतिशतमा झर्‍यो केपी ओली

काठमाण्डाै –  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा सरकारमाथिको विश्वास घटेको टिप्पणी गर्नुभएको छ ।

बुधवार प्रतिनिधिसभामा मतदानमार्फत बजेट पारित भएलगत्तै अध्यक्ष ओलीले सञ्चारकर्मीमाझ यो प्रतिक्रिया व्यक्त गर्नुभएको हो । उहाँले संसदमा प्रधानमन्त्रीमाथिको विश्वास ९९ दशमलव ९९ प्रतिशतबाट झरेर ५३ प्रतिशतमा पुगेको देखिएको बताउनुभयो ।

ओलीले भन्नुभयो, ‘गठबन्धनसँग बहुमत थियो । बजेट पारित हुनु स्वाभाविक हो । हामीले आफ्नो मत देखायौँ । प्रधानमन्त्रीको विश्वास ९९ दशमलव ९९ प्रतिशतबाट ५३ प्रतिशतमा झर्‍यो भन्ने त्यहाँ देखियो । त्यसमा अरू केही भनिरहनु परेन ।’

एमालेको मागअनुसार बजेट पारित गर्नका लागि आज प्रतिनिधिसभा बैठकमा मतदान भएको थियो ।

रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै दायर रिट सर्वोच्चद्वारा खारेज

काठमाण्डाै –राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
बुधवार प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लसहितको संवैधानिक इजलासले रिट निवेदन खारेज गरेको हो ।

अधिवक्ता युवराज सफल पौडेलले गएको जेठ १० गते निर्वाचन आयोगसहितलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराउनुभएको थियो । राहदानी दुरुपयोगलगायतका विषय उठाउँदै रिट निवेदनमा रवि लामिछाने सांसद बन्न अयोग्य रहेको दाबी गरिएको थियो ।

पुर्विचौकी गाउँपालिकाका किसानलाई रोपाइँको चटारो , पानी र मल अभाव

राज बोगटी असार १३ देवानगञ्ज ।  पानी पर्न थालेसँगै किसानलाई धान रोपाइँको चटारो शुरु भएको छ ।सुदूरपश्चिमलगायत केही जिल्लामा पहाडी र तराईका जिल्लामा रोपाइँ भैरहेको छ भने पानीको अभाव हुँदा रोपाइँमा असर परेको छ ।
रोपाइँका लागि पर्याप्त पानी नहुँदा किसान मर्कामा परेका छन् रोपाइँ गर्न थालेको पुर्विचौकी गाउँपालिकाका लगायतका किसानले गुनासो गरेका छन् ।

कृषि ज्ञान केन्द्रका प्रमुख खगेन्द्रप्रसाद शर्माका अनुसार कति ठाउँमा भने वर्षा नभएकाले अहिलेसम्म झण्डै १२ प्रतिशतमा रोपाइँ भएको छ ।
यस्तै, रोपाइँ शुुरु भइसक्दासमेत रासायनिक मल नपाएको किसानको गुनासो छ ।

सरकारले यसपटक धान बालीमा मलको अभाव नहुने दाबी गर्दै आए पनि किसानले मकै र धानका लागि पर्याप्त मल पाएका छैनन् ।
आम्दानी गर्ने र जीविका चलाउने मुख्य बालीका रुपमा बर्खे धान बालीलाई लिइन्छ ।
मल र सिँचाइको अभावले मुख्य बालीको उत्पादनमा असर पर्न सक्ने पुर्विचौकी गाउँपालिकाका किसानको गुनासो छ ।

उच्च पहाड अछामलगायत आसपासका क्षेत्रमा रोपाइँ सकिएको छ । पुर्विचौकी गाउँपालिकाका किसानले बताएकाछन्

कलाकार पक्राउ परेपछि टिभी शृंखलाको अवस्था

काठमाडौं अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन गरेको आरोपमा जेठ ३२ गते प्रहरीले आठ जनालाई पक्राउ गर्‍यो । पक्राउ परेकामध्ये पाँच जना त टेलिभिजनमा प्रसारण हुने हास्य सिरियलका कलाकार हुन् जसमा मरिचमान श्रेष्ठ बल्छी धुर्वे, राजु पौडेल राजु मास्टर, पवन खतिवडा म्याकुरी, बेगम नेपाली भटभटे माइला र सरोज घिमिरे ९ढेडो बुढो० छन् ।

प्रहरीले काठमाडौं जिल्ला अदालतको अनुमति लिएर यी कलाकारलाई हिरासतमा राखिरहेको छ । यस्तोमा निकै व्यस्त र चर्चित कलाकार नै एक साताभन्दा बढी समयदेखि हिरासतमा बस्दा उनीहरु संलग्न हुँदै आएको टेलिभिजन कार्यक्रम प्रभावित बन्न थालेको छ ।

हिमालय टिभीमा प्रसारण हुँदै आएको बल्छी धुर्वे र राजु मास्टरको हास्य शृंखला ‘हल्का रमाइलो’ पुनः प्र्रसारण भइरहेको छ भने ‘जुठे’को नियमित प्रसारण जारी छ । ‘जुठे’ सिरियलका केही एपिसोड स्टकमा भएकाले प्रसारण नरोकिएको जनाइएको छ । यी दुवै सिरिजको लेखन तथा निर्देशनमा बल्छी धुर्वे र राजु मास्टर संंलग्न छन् ।

भटभटे माइलाको ‘गाह्रो छ हो’ र म्याकुरीको ‘ख्याल ठट्टा’को प्रसारण पनि भइरहेका छन् । कलाकार मात्र सहभागी भएका सिरियल उति प्रभावित छैनन् । अन्य कलाकार र टिमले यी सिरियलको छायांकन धमाधम गरिरहेका छन् । सरोज घिमिरेको श्रृंखला ‘परिवार’ पनि ग्यालेक्सी टिभीमा प्रसारण भइरहेको छ तर काम रोकिएको छैन ।

यी पाँच कलाकार पक्राउ परेको तेस्रो सातासम्म पनि सिरियल हल्का प्रभावित भए पनि रोकिएका छैनन् । ‘जुठे’का कलाकार रवि गिरी केही भाग स्टकमा भएकाले प्रसारणमा समस्या नभएको बताउँछन् । हिमालय टिभीबाट प्रसारण हुँदै आएको जुठे पछिल्लो समयको चर्चित सामाजिक र हास्य सिरियल हो । पक्राउ परेकाहरुमाथि युट्युबबाट वानएक्स एपमार्फत बेटिङको प्रचार गरेको आरोप छ ।

मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

 असार १३ देवानगञ्ज ।मोटरसाइकलले ठक्कर दिँदा सुर्खेतको वीरन्द्रनगर नगरपालिका–६ घण्टाघर चोकनजिक एक जना पैदलयात्रुको मृत्यु भएको छ ।
मुत्यु हुनेमा वीरेन्द्रनगर–७ का ५० वर्षीय टिका सुनार रहको प्रहरीले जनाएको छ।

घण्टाघरदेखि शंकरचोकतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ प ४७६१ नम्बरको मोटरसाइकको ठक्करबाट गम्भीर घाइते भएका सुनारको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता लक्ष्मणबहादुर शाहीले जानकारी दिए।
प्रहरीका अनुसार मृतक सुनारको शव प्रदेश अस्पतालमा राखिएको छ । मोटरसाइकल चालक महावु गाउँपालिका–६ का ३३ वर्षीय तेजबहादुर शाहीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।