रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै दायर रिट सर्वोच्चद्वारा खारेज – Nagarikabhiyan : National News

रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै दायर रिट सर्वोच्चद्वारा खारेज

काठमाण्डाै –राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
बुधवार प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लसहितको संवैधानिक इजलासले रिट निवेदन खारेज गरेको हो ।

अधिवक्ता युवराज सफल पौडेलले गएको जेठ १० गते निर्वाचन आयोगसहितलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराउनुभएको थियो । राहदानी दुरुपयोगलगायतका विषय उठाउँदै रिट निवेदनमा रवि लामिछाने सांसद बन्न अयोग्य रहेको दाबी गरिएको थियो ।