दैलेखमा ड्यामबाट खसेको ढुङ्गा लागेर एक बालकको ज्यान गयो, छ जना बालबालिका घाइते – Nagarikabhiyan : National News

दैलेखमा ड्यामबाट खसेको ढुङ्गा लागेर एक बालकको ज्यान गयो, छ जना बालबालिका घाइते

असार १४देवानगञ्ज   दैलेखको आठबीस नगरपालिका–५ मा ड्यामबाट खसेको ढुङ्गा लागेर हिजो बेलुका एक जना बालकको ज्यान गएको छ । ६ जना बालबालिका घाइते भएका छन् ।
निमार्णाधीन अवस्थामा रहेको भित्रिखोला सिँचाइ आयोजनाको ड्याम भत्किएर खसेको ढुङ्गाले लाग्दा आठबिस–५ बस्ने बिर्खबहादुर थापाका छोरा उमेश थापाको ज्यान गएको हो ।

ड्याम बर्सातका कारण भत्किएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताउनुभयो । घाइतेमध्ये १३ वर्षका किरण बुढामगरको अवस्था गम्भीर रहेको आठबिस–५ का वडाध्यक्ष बजिरसिंह विकले बताउनु भयो ।