२३ चैत्र २०७८, बुधबार १०:२८ – Page 4 – Nagarikabhiyan : National News

विमानस्थलमा ‘यात्रुमैत्री प्रहरी व्यवहार’ प्रवर्द्धन कार्यक्रम सुरू

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले ‘यात्रुमैत्री प्रहरी व्यवहार’ प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ ।

उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा यहाँ कार्यरत प्रहरी कर्मचारीलाई प्रशिक्षण दिन थालिएको छ । प्रशिक्षणमा यहाँ कार्यरत २६५ प्रहरी हवल्दार र जवान सहभागी छन् ।

विमानस्थलमा आउने सेवाग्राहीलाई शिष्ट, सभ्य र नम्र व्यवहार प्रदर्शन गरी यात्रुमैत्री सेवा प्रदान गर्नका लागि मङ्गलबारदेखि प्रशिक्षण थालिएको हो ।

समस्यामा परेका यात्रुलाई आवश्यक सहयोग प्रदान गर्न र हवाई यात्रुलाई सुरक्षाको प्रत्याभूति दिलाएर सुरक्षित गन्तव्यसम्म पुग्न सहजीकरण गर्ने उद्देश्यले उक्त कार्यक्रम थालिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

यसबाट अन्तर्राष्ट्रियस्तरमा समेत नेपाल प्रहरीको छवि उच्च हुने उनको बुझाइ छ । कतिपय अवस्थामा सुरक्षाकर्मीको व्यवहार रुखो हुने गरेको भनेर आलोचना खेप्दै आएका बेला उक्त कार्यक्रम फलदायी हुने विश्वास गरिएको छ ।

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १६० रुपैयाँ

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य पुनस् बढेको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजे देखि लागू हुनेगरी मूल्य बढाएको हो ।

निगम संचालक समितिको बैठक मंगलबार बसेको थियो । उक्त बैठकले राति १२ बजेदेखि नै लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूलय बढेकाले नेपालमा पनि बढाउन बाध्य परेको निगमले जनाएको छ ।

यो सँगै अब पेट्रोल प्रतिलिटर रु १६० पुगेको छ । पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढेको हो । त्यस्तै डिजेलको पनि खुद्रा मूल्य १६० ९प्रतिलिटर० र मट्टीतेल १४३ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तैगरी हवाई इन्धन ९आन्तरिक०मा ५ रुपैयाँ बृद्धि भइ प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनमा अमेरिकी डलर ५० ले बृद्धि भइ प्रतिकिलोलिटर अमेरिकी डलर १,५४५ कायम भएको छ ।

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई ६० बुँदे निर्देशन, भोज-भतेर गर्न नपाउने

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दललाई आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई, स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन ६० बुँदे निर्देशन जारी गरेको छ ।

निर्वाचन आचारसंहिता कार्यान्वयनमा दलको प्रतिबद्धता लिएपछि आयोगले दललाई निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७८ एवं निर्वाचनसम्बन्धी प्रचलित कानूनमा भएका व्यवस्था कार्यान्वयन र परिपालना गर्न निर्देशन दिएको हो ।

निर्देशनमा निर्वाचनमा उम्मेदवारी दिने, प्रचारप्रसार गर्ने, मतदान गर्नबाट वञ्चित गर्ने उद्देश्यले वाधा अवरोध पु¥याउने, थुनछेक गर्ने, हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्ने, धाकधम्की वा डरत्रास देखाउने, सामाजिक प्रतिष्ठामा आघात पु¥याउने, सामाजिक वहिष्कार गर्ने, प्रलोभन देखाउने र धर्म भकाउने वा प्रतिज्ञा गराउनेलगायत जस्ता काम गर्न नहुने उल्लेख छ ।

निर्देशनमा भनिएको छ, ‘मतदानको अधिकार प्रयोग गर्न वा नगर्नका लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरे वापत उपहार, पुरस्कार, इनाम, दानदातव्य र वकसका रूपमा नगद वा जिन्सी दिन वा दिन मञ्जुर गर्न वा सार्वजनिक भोज भतेरको आयोजना गर्न वा त्यस्तो प्रयोजनका लागि नगद वा जिन्सी लिन वा लिन मञ्जुर गर्न र सार्वजनिक भोज भतेरमा सहभागी हुन नहुने ।’

निर्देशनमा निर्वाचन प्रचारप्रसार गर्दा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानमा आँच पु¥याउने वा खलल पार्ने, जनतामा निहित सार्वभौमसत्ता र राजकीय सत्ता वा प्रतिस्पर्धात्मक बहुदलीय सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आँच पु¥याउने वा खलल पार्ने, कुनै धर्म, जात जाति, वर्ग, क्षेत्र वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पु¥याउने वा हिंसात्मक कार्य गर्न दुरुत्साहन गर्ने वा भाषा, धर्म, समुदाय वा क्षेत्रीयताको आधारमा घृणा वा द्वेष उत्पन्न गर्ने कार्य गर्न गराउन नहुने उल्लेख छ ।

निर्देशनमा भनिएको छ, “निर्वाचनको नतिजामा प्रभाव पार्नका लागि कुनै उम्मेदवार वा निजको परिवारको सदस्यको कुनै पनि किसिमले चरित्र हनन गर्न वा गराउन वा कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने ।”

आयोगले निर्देशनमा ७५ ग्रामसम्मको कागजमा ३०० वर्ग इन्चसम्म क्षेत्रफल भएको आकारको एउटै रङ र मुद्रकको नामसहितको पर्चा वितरण गर्न वाहेक कुनै प्रकारको पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले छाप्न वा छपाउन वा प्रयोग गर्न वा गराउन, कुनै पनि धार्मिक, पुरातात्विक, ऐतिहासिक, सरकारी, सार्वजनिक वा निजी भवन, स्मारक, पर्खाल वा बनोटमा कुनै पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन, सभा वा भेलामा वा त्यस्तो सभा वा भेलाको लागि सूचना प्रवाह गर्ने प्रयोजनका लागि बाहेक अन्यत्र साउण्ड सिस्टमको प्रयोग नगर्न वा नगराउन भनेको छ ।

मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचार प्रसार गर्न वा गराउन नहुने निर्देशनमा उल्लेख छ ।

निर्देशनमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व भएको संस्था वा कुनै शिक्षण संस्था वा गैरसरकारी संस्थाको सवारी साधन प्रयोग गर्न वा गराउन, कुनै सवारी साधनको प्रयोग गरी ¥याली गर्न वा गराउन नहुने विषय उल्लेख छ ।

निर्वाचन प्रचारप्रसारको सिलसिलामा सरकारी कर्मचारी वा सार्वजनिक सम्पत्तिको प्रयोग गर्न वा गराउन नहुने तथा निर्वाचन प्रचारप्रसारमा प्रचलित सङ्घीय कानूनविपरीत हुने गरी सरकारी वा सार्वजनिक निकाय वा गैरसरकारी सङ्घ संस्थाबाट कुनै पनि प्रकारको आर्थिक सहयोग लिन नहुने निर्देशनमा उल्लेख छ ।

निर्देशनमा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च गर्न नहुने तथा रु २५ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट प्राप्त गर्न नहुने उल्लेख छ ।

राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी र खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको मितिले ३० ९तीस० दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउन भनिएको छ ।

जुलुस वा आमसभा वा प्रचारप्रसार गर्दा दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा बोक्न नहुने विषयमा ध्यानाकर्षण गराउँदै आयोगले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचारप्रसारको कार्यक्रम गर्दा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्ने निर्देशन दिएको छ ।

दलको झण्डा वा दल वा उम्मेदवारको चुनाव चिह्नको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न वा गराउन नहुने तथा कुनै राजनीतिक दल वा उम्मेदवारले अनुमति लिएको सवारी साधन प्रयोग गरी मतदाता ओसारपसार गर्न वा सम्बन्धित स्थान तोकी प्रयोग गर्ने गरी अनुमति लिएको सवारी साधन अन्य स्थानमा प्रयोग नगर्न निर्देशन दिएको छ ।

निर्वाचनमा संलग्न कर्मचारीले टाँसेको वा टाँस्न लगाएको निर्वाचनसम्बन्धी कुनै विवरण, सूचना, सूची वा अन्य कुनै कागजातमा कुनै व्यहोरा थप्न, केरमेट गर्न, सच्याउन, हटाउन वा त्यस्तो कागजात च्यात्न वा कुनै किसिमले बिगार्न, नोक्सान गर्न वा नष्ट गर्न वा त्यस्तो कार्य गर्न लगाउन नहुनेतर्फ राजनीतिक दलको ध्यानाकर्षण गराएको छ ।

आयोगले मतपत्र नष्ट गर्न, मतपत्रमा लागेको निर्वाचन अधिकृत वा मतदान अधिकृतको सही वा छाप वा मतपत्रमा अङ्कित कुनै चिह्न वा सङ्केत मेट्न, केर्न, सच्याउन, कीर्ते गर्न, बिगार्न वा नष्ट गर्न वा अन्य कुनै किसिमले मतपत्रमा नोक्सान पु¥याउन वा दुरूपयोग गर्न वा गराउन नहुने विषयतर्फ सचेत गराएको छ ।

जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने र कसैको घरको आसपासमा गई निज वा निजको परिवारको सदस्यको सम्बन्धमा विरोध वा प्रदर्शन गर्न नहुने विषयमा ध्यानाकर्षण गराउँदै आयोगले स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिकस्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला नगर्न पनि भनेको छ ।

मौन अवधि सुरू हुनुभन्दा अगाडि मतदान स्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने तथा मौन अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुनेतर्फ ध्यानाकर्षण गराएको छ ।

निर्देशनमा दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि सङ्घ, संस्था, व्यक्ति वा निकायले प्रयोजन गरी वा नगरी कुनै आम सञ्चारमाध्यम वा सामाजिक सञ्जाल वा यस्तै माध्यमको प्रयोग गरी कुनै लेख, रचना, अन्तर्वार्ता, जीवनी, सन्देश, सूचना, विज्ञप्ति वा यस्तै प्रकृतिका सामग्री छाप्न, छपाउन वा प्रकाशन, प्रसारण र वितरण गर्न गराउन नहुने उल्लेख छ ।

आयोगले राजनीतिक दलहरूबाट आफ्ना सभा, सम्मेलन, अधिवेशन, बैठक, भेला, आमसभा वा यस्तै प्रकृतिका कार्यक्रम सञ्चालन गर्दा राखिएका दलका झण्डा, चिह्न वा अन्य प्रचारप्रसार सामग्री निर्वाचन आचारसंहिता विपरीत हुने कुनै कार्य भइरहेको वा हुने भए निर्वाचन आचारसंहिता लागू भएको १२ घण्टाभित्र अनिवार्य हटाउने र स्थगन गर्न पनि भनेको छ ।

कोशी गाउँपालिकामा चित्रकला प्रतियोगिता सम्पन्न

सुनसरीको कोशी गाउँपालिकामा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । कोशी टप्पु बन्य जन्तु आरक्षको चित्रण गर्ने गरि मंगलबार बालबालिकाहरुका बीचमा गाउँपालिकास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको हो । सम्पन्न भएको चित्रकला प्रतियोगितामा राष्टिय मावि सोभनपुरका एहसाम मंसुरी प्रथम, कोशी जन्ता मावि हरिपुरका सुशमा यादव दितिय, मिथिला पब्लीक स्कूल लौकहीका विध्या साह तृतिय र कोशी मावि पश्चिम कुशाहाका दिपक कुमार राम तथा राष्टिय मावि भन्सारका हरिलला कुमार मण्डल सनत्वना हुनुभएको छ ।

प्रतियोगितहरुले विश्व रामसार सुचिमा सृचिकृत कोशी टप्पुको जैविक विधता झल्किे तस्विरहरु चित्रकलामा प्रस्तुत गरेको आयोजक कोशी गाउँपालिकाका सामाजिक शाखा प्रमुख राजकिसोर मेहताले जानकारी दिनुभयो । विजयी प्रतियोगितहरुलाई नगद, पुरस्कार र प्रमाण पत्र कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले वितरण गर्नुभएको मेहताले बताउनुभयो । कार्यक्रममा कोशी माविका प्रधानाध्यापक कन्चन कुमारी यादव, राष्ट्रिय मावि शोभनपुरका प्रधानाध्यापक हरिकृष्ण राउत, कोशी जनता माविका प्रधानाध्यापक मोहनकुमार यादव, राष्टिय मावि लौकहीका प्रधानाध्यापक विरेन्द्र कुमार यादव, प्रधानाध्याक श्रवण राम, अकुवा वर्डका संचालक सुरज गिरी , अध्यक्षका स्वकिय सचिव धर्मेन्द्र विश्वास, सूचना अधिकृत रितेश झा, अक्वा वर्ड एण्ड इको रिसोर्टका सिईओ सुरज गिरी, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख रिता मगर, पत्रकार जयकृष्ण यादव र पवन रौनियार, कोशी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुदेव यादव सहितको उपस्थिीती रहेको थियो । चित्रकलाका मूल्याकनकर्ताहरुमा कोशीका अध्यक्ष ऐयुव अंसारीका स्वकिय सचिव धर्मेन्द्र विश्वास, कोशीका सूचना अधिकृत रितेश झा, अक्वा वर्ड एण्ड इको रिसोर्टका सिईओ सुरज गिरी रहनुभएको थियो ।

१, सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न भएको गाउँपालिकास्तरीय चित्रकला प्रतियोगिताका विजयीलाई सिल्ड, प्रमाण पत्र र पुरस्कार पनि सामुहिक तस्विर खिचाउदै ।
तस्विरः जयकृष्ण यादव । इनरुवा

राष्ट्रपति रनिङ शिल्ड खेलकूद तथा अध्यक्षकप प्रतियोगिताको पुरस्कार वितरण

सुनसरीको कोशी गाउँपालिकामा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकूद तथा अध्यक्षकप प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख वेदराज अधिकारीले वार्षिक कार्यक्रम अनुसार कोशी गाउँपालिकाको आयोजनामा राष्ट्रपति रनिंग शिल्ड खेलकूद प्रतियोगिता सम्पन्न भई मंगलबार पुरस्कार, सिल्ड तथा प्रमाण पत्र वितरण गरिएको जानकारी दिनुभयो ।
राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगितामा छात्र र छात्रातर्फ अलगअलग भलिवल, कबड्डी, एथलेटिक्स, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट खेल समावेश गरिएको र अध्यक्षकप प्रतियोगितामा फुटवल खेल समावेश गरिएको सामाजिक विकास शाखा प्रमुख राजकिसोर मेहताले जानकारी दिनुभयो । सम्पन्न भएको प्रतियोगितामा सबै भन्दा बढी अंक सहित राष्ट्रिय मावि लौकही प्रथम, राष्ट्रिय मावि शोभनपुर द्धितिय र राष्ट्रिय मावि श्रीपुर तृतिय भएको छ । सबैलाई कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले पुरस्कार, शिल्ड र प्रमाण पत्र वितरण गर्नुभयो । कोशी गाउँपालीकाको आयोजनामा भएको सहयोगमा कोशी क्रिकेट क्लब भण्टावारीले आयोजना गरेको अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगितामा भलिबल तर्फ राष्ट्रिय मावि शोभनपुर प्रमथ, राष्ट्रिय मावि श्रीपुर द्धितिय र राष्ट्रिय मावि लौकही तृतिय भएको छ । त्यसैगरी कवर्डी तर्फ राष्ट्रिय मावि शोभनपुर प्रमथ, कोशी जनता मावि हरिपुर द्धितिय, कोशी मावि पश्चिम कुशाहा तृतिय भएको छ । त्यसैगरी एथलेटिक्स, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट खेलकुदका विजेताहरुलाई पुरस्कार वितरण गरिएको मेहताले जानकारी दिनुभयो । पुरस्कार तथा प्रमाण पत्र वितरण कार्यक्रममा कोशी माविका प्रधानाध्यापक कन्चन कुमारी यादव, राष्ट्रिय मावि शोभनपुरका प्रधानाध्यापक हरिकृष्ण राउत, कोशी जनता माविका प्रधानाध्यापक मोहनकुमार यादव, राष्टिय मावि लौकहीका प्रधानाध्यापक विरेन्द्र कुमार यादव, प्रधानाध्याक श्रवण राम, अकुवा वर्डका संचालक , अध्यक्षका स्वकिय सचिव धर्मेन्द्र मण्डल, सूचना अधिकृत , महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख , पत्रकार जयकृष्ण यादव र पवन रौनियार, कोशी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुदेव यादव सहितको उपस्थिीती रहेको थियो ।


१, कोशी गाउँपालिकामा सम्पन्न भएको गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद तथा अध्यक्षकप प्रतियोगिताका विजेता र उपविजेतालाई सिल्ड हस्तान्तरण गर्दै ।
तस्विरः जयकृष्ण यादव । इनरुवा

मुलुकभर थप २४ जनामा कोरोना पुष्टि, ५१ द्वारा स्वास्थ्यलाभ

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५८७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ३ हजार २७८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २१ जना र २ हजार ३०९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएका छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ६७२ पुगेको छ । सोही अवधिमा १७ हजार ७५५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ८ सय १२ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

पछिल्लो २४ घण्टामा ५१ जना कोरोना मुक्त भए, ० संक्रमितको मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५१ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ६५ हजार ७६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ५८७ जनाको परीक्षण हुँदा हालसम्म कुल ६६ लाख ९८ हजार ०५३ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

श्रीलङ्कामा आपतकालीन स्वास्थ्य अवस्था घोषणा

कोलम्बो । श्रीलङ्कामा औषधिको चरम अभावका कारण मङ्गलबारदेखि आपतकालीन स्वास्थ्य अवस्था घोषणा गरिएको छ। देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसनको आपतकालीन कानून लागू गर्ने र औषधिको चरम अभावका बारेमा छलफल गर्न बसेको आपतकालीन सामान्य समितिको बैठकपछि यो निर्णय घोषणा गरिएको डेली मिररले जनाएको छ।

जीएमओए सेक्रेटरी डा सेनाल फर्नान्डोले आपतकालीन स्वास्थ्य अवस्था घोषणा गर्ने यो निर्णय बिरामीको जीवन रक्षाका लागि लिएको बताएका छन् । बैठकमा जीएमओएले सरकारको कमजोर व्यवस्थापनका कारण मुलुकमा औषधिको चरम अभाव हुने खुलासा गरेको छ ।

श्रीलङ्काको अखबारले वर्तमान आर्थिक सङ्कट जारी रह्यो भने औषधिको अभाव भविष्यमा निकै गम्भीर अवस्थामा पुग्ने बताएको छ । यसअघि सरकारले फागुन १२ गते सार्वजनिक स्वास्थ्य सेवालाई अत्यावश्यक सेवा घोषणा गरेको थियो ।

‘स्वास्थ्य सेवालाई अत्यावश्यक घोषणा गरेपछि सरकारले अत्यावश्यक औषधिको आपूर्ति मुलुकमै पु¥याउने व्यवस्था मिलाउनुपर्ने थियो,’ डा फर्नान्डोले भने ।

त्यसैले आपतकालीन औषधि अभावको पूर्ण जिम्मेवारी सरकार र स्वास्थ्य मन्त्रालयले लिनुपर्ने उनको भनाइ छ । शनिबार श्रीलङ्काले देशलाई समातेको आर्थिक सङ्कटसँग जुध्न सरकारको प्रयासप्रति जनताको असन्तुष्टिलाई लिएर कोलम्बोमा व्यापक विरोध प्रदर्शन भएपछि तीन दिन कर्फ्यू लगाएको छ।

श्रीलङ्काका राष्ट्रपतिले शुक्रबार ूसार्वजनिक सुरक्षा र सार्वजनिक व्यवस्थाकोू सुनिश्चितता गर्न देशव्यापी आपतकालको घोषणा गरेका थिए।

राजनीतिक दलद्वारा आचारसंहिता पूर्ण पालना गर्ने प्रतिबद्धता

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक नियम कानुनको पूर्णपालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

निर्वाचन आयोगले ती दलका प्रतिनिधिलाई आज आयोगमा आमन्त्रण गरी निर्वाचन आचारसंहितालगायत संविधान, ऐन र कानुनको पूर्ण पालना गर्ने प्रतिबद्धता जाहेर गर्न लगाएको हो ।

प्रतिबद्धता पत्रमा भनिएको छ, ‘नेपालको संविधान, निर्वाचन आयोग ऐन २०७३, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, निर्वाचन ९कसुर तथा सजाय० ऐन २०७३, स्थानीय तह निर्वाचन ऐन, २०७३ र निर्वाचन आचारसंहिता २०७८ मा भएका विभिन्न प्रावधान इमान्दारिताका साथ पालना गर्नरगराउन प्रतिबद्ध छौँ ।’

दलका नेता तथा प्रतिनिधिले निर्वाचनका सन्दर्भमा आयोग, निर्वाचन अनुगमन समिति, निर्वाचन अधिकृत तथा मतदान अधिकृतले बोलाएका बखत अनिवार्यरुपमा उपस्थित हुने प्रतिबद्धता व्यक्त गर्दै प्रतिबद्धता पत्रमा दस्ताखतसमेत गरेका छन् ।

यसअघि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको तयारीका लागि आयोगले तदारुकताका साथ काम गरिरहेको जानकारी दिँदै निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने सन्दर्भ निर्णय गर्नुअघि दलहरुबाट पूर्णपालनाको प्रतिबद्धता होस् भन्ने उद्देश्यले आमन्त्रण गरिएको बताए।

दुई वर्षअघि देखि नै राजनीतिक दल, नागरिक समाज र अन्य सरोकारबाला पक्षसँग छलफल र परामर्शका आधारमा आचारसंहिता तयार गरिएको बताउँदै उनले भने, ‘सबैको परामर्शमा आयोगले तयार गरेको आचारसंहितामा निर्वाचनमा सहभागी राजनीतिक दलबाट पूर्ण पालनाको प्रतिबद्धता होस् ।’

निर्वाचन आयुक्त रामप्रसाद थपलियाले निर्वाचनमा सहभागी हुने राजनीतिक दलबाट आचारसंहिता पालनाको सन्देश तल्लो तहसँग जाओस् भन्ने हेतुले प्रतिबद्धताका लागि अनुरोध गरिएको बताए।

प्रतिबद्ध पत्रमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेकपा ९माओवादी केन्द्र०का केन्द्रीय सदस्य लीलामणि पोखरेल, जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारीणी समिति सदस्य प्रकाश अधिकारी, नेकपा ९एकीकृत समाजवादी० का महासचिव डा। वेदुराम भुसाल, नेकपा ९एमाले०का निर्वाचन विभागका सदस्य बाबुराम दाहाल लगायतका पार्टी नेता तथा प्रतिनिधिले प्रतिबद्धता पत्रमा दस्तखत गरे ।

उदयपुर छात्रा हत्या प्रकरणमा सहपाठीसहित २ जना पक्राउ

काठमाडौं । उदयपुरको बेलका नगरपालिका–१ मा भएको विद्यार्थी कविता सुनुवारको हत्यामा उनकै सहपाठीको संलग्नता देखिएको प्रहरीले दावी गरेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा सुनुवार र उनकै कक्षामा अध्ययनरत अर्की विद्यार्थीबीचको झगडाका क्रममा हत्या भएको देखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एक अधिकारीले बताए ।

 

वियरको बोतल र ढुंगा प्रहार गरेर हत्या गरेको अभियोगमा प्रहरीले १९ वर्षीय विनोद ढकाल र १७ वर्षीया नाबालिकालाई पक्राउ गरेको छ । पक्राउ परेकी नाबालिका मृतक कविता सुनुवारसँगै कोशी जनता माध्यमिक विद्यालय रामपुरको कक्षा १० मा पढ्थिन् ।

जिल्ला प्रहरी कार्यालय, उदयपुरका एक उच्च अधिकृतले अनलाइनखबरसँग भने, ‘मृतक र अर्की नाबालिकाबीच अलि अगाडिदेखि मनमुटाव रहेछ, त्यही विवादमा काकाका छोरा विनोदसँग मिलेर हत्या गरिएको पाइएको छ ।’

 

प्रहरीका अनुसार प्रवेशिका परीक्षाका लागि ट्यूसन पढ्नलाई मंगलबार बिहान तिनैजना सँगै निस्किएका थिए । ‘विनोद त्यो स्कुलमा पढ्ने होइनन्, तर बहिनीलाई पुर्‍याउन भन्दै गएका थिए’ अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘बाटोमा विवाद बढ्यो र सुरुमा वियरको बोतल र पछि ढुंगाले हानेर हत्या गरेको पाइएको छ ।’

प्रहरीले घटनामा प्रयोग गरिएको वियरको बोतलको टुक्रा र ढुंगा पनि बरामद गरेको छ । शवलाई पोष्टमार्टमका लागि लैजाने प्रहरीको तयारी छ ।

चुनाव जित्न मात्र गठबन्धन गरेका होइनौँ : मन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले जनताको सङ्घर्षका बलमा प्राप्त उपलब्धि र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमाथि अझै चुनौती रहेको बताउनुभएको छ ।

गोदाबरी नगरपालिका वडा नं १४ को वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उहाँले प्राप्त उपलब्धि र संविधानको रक्षा तथा विकास गर्ने कार्यभार परिवर्तनकर्मी शक्तिको काँधमा आएको बताउनुभयो ।

“राष्ट्रिय राजनीतिका चुनौतीलाई सामाना गर्न, परिवर्तनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने, त्यसलाई कार्यान्वयन गरेर समाजवादको आधार तयार पारेर जाने विषयमा वर्तमान गठबन्धनलाई निरन्तरता दिने प्रतिबद्धता दलहरुबाट व्यक्त भएको छ”, उहाँले भन्नुभयो ।

 

मन्त्री भुसालले गठबन्धनको संस्कृतिले निर्वाचनमा मात्र तालमेल गरी विजयी हुने मात्र नभइ परिवर्तनका एजेण्डाको रक्षा, राष्ट्रियता, जनता र संविधानको रक्षा गर्ने र त्यसका चुनौतीलाई सामना गर्न गठबन्धन आवश्यक भएको बताउनुभयो । “परिवर्तन विरोधी शक्तिलाई परास्त गर्न गठबन्धनको आवश्यकता थियो, आसन्न स्थानीय तह निर्वाचनमा परिवर्तनकारी शक्ति एक भएर अगाडि बढ्दैछौँ”, उहाँले भन्नुभयो ।

मन्त्री भुसालले सात दशक लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै समाजवादको आधार तयार गरेर सामाजिक न्यायमा आधारित समाज निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पछिल्ला पाँच वर्षको अवधिमा स्थानीय सरकारले धेरै काम सम्पन्न गरेका उल्लेख गर्दै उहाँले छोटो समयमा आधारभूत संरचनाको जग बसेको बताउनुभयो । “अब जो सुकै निर्वाचित भएर आउँदा पनि सोही जगबाट अगाडि बढ्न सहज हुनेछ ”, उहाँले भन्नुभयो ।

एसईईको तयारीका लागि ट्युसन पढ्न गएकी छात्राको हत्या

काठमाडौं । एसईईको तयारीका लागि ट्युसन पढ्न विद्यालय जाँदै गरेकी छात्राको उदयपुर बेलका नगरपालिका ३ मा हत्या भएको छ । बिहान ४ बजे नै घरबाट विद्यालय हिँडेकी १५ वर्षीया कविता सुनवारको जसोधा खोलामा हत्या भएको हो ।

स्थानीयले बिहान ७ बजे बालिकाको शव खोला किनारामा देखेपछि इलाका प्रहरी कार्यालय रामपुरलाई जानकारी गराएका थिए । प्रहरीले अनुसन्धानका क्रममा घटनाको प्रकृति हेर्दा हत्या भएको र अनुसन्धानपछि विस्तृत जानकारी दिइने जनाएको छ ।

भ्रष्टाचारमा शून्य सहनशीलता लागू गरिन्छ : अध्यक्ष लिङ्देन

पर्वत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र विचारले एउटै पार्टी भएको आरोप लगाउनुभएको छ ।

पर्वत सदरमुकाम कुश्माबजारमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले यी तीन ठूला दल नामले फरक भएपनि विचारका हिसाबले फरक नभएको आरोप लगाउनुभएको हो ।

अध्यक्ष लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टी मुलुकको वैकल्पिक राजनीतिक शक्ति भएको उल्लेख गर्दै समृद्ध मुलुक निर्माणका लागि आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो दललाई विजयी गराउन सबैसँग आग्रह गर्नुभयो ।

उहाँले आगामी स्थानीय तहको निर्वाचनमा उपयुक्त वातावरण बनेमा गठबन्धन बनाएर जान सकिने बताउँदै स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएमा कक्षा १२ सम्म निःशुल्क शिक्षा, सबै स्थानीय तहमा सुविधासम्पन्न अस्पताल, हरेक महिला एवम् वृद्धवृद्धाको घरघरमै पुगेर स्वास्थ्य परीक्षण र भ्रष्टाचारमा शून्य सहनशीलता लागू गरिने धारणा व्यक्त गर्नुभयो ।

सावधान १ सेल्फीले कुरुप बनाउँछ अनुहार, बढाउँछ डिप्रेसन

काठमाडौं । स्मार्टफोन उद्योगमा आएको क्रान्तिसँगै सेल्फीको क्रेज पनि बढिरहेको छ । एक अध्ययन अनुसार स्मार्टफोन प्रयोगकर्ताले औषतमा वर्षमा ४ सय ५० वटा सेल्फी खिच्दछन् । तर पछिल्लोपटक गरिएको एउटा अर्को अनुसन्धानको नतिजा थाहा पाउनुभयो भने तपाईले सेल्फी खिचिरहने हिम्मत गर्नु हुने छैन ।

अमेरिकाको युनिभर्सिटी अफ टेक्सास साउथवेस्टर्न मेडिकल सेन्टरका शोधकर्ताहरुले गरेको अनुसन्धान अनुसार अत्यधिक सेल्फी खिच्ने बानीले मानिसको अनुहारको रुप नै बिगारिदिन्छ भने नाक सामान्य तस्वीरको तुलनामा लामो तथा चौडा देखिन्छ ।

 

बेलायतमा नाकको सर्जरी अर्थात् राइनोप्लास्टी कस्मेटिक सर्जरी निकै लोकप्रिय बनिरहेको छ । शोधकर्ताहरुका अनुसार सेल्फीको क्रेजका बीच नाकको उक्त कस्मेटिक सर्जरी गर्न चाहने मानिसहरुको संख्यामा पनि तिव्र वृद्धि भएको छ ।

शोधकर्ता टोलीका प्रमुख डाक्टर बर्डिया अमीरलाकका अनुसार सेल्फी तस्वीरमा वृद्धि तथा राइनोप्लास्टीका लागि आउने अनुरोधमा भएको वृद्धिका बीच उल्लेख्य सम्बन्ध छ, खासगरी युवाहरुमा ।

 

शोधकर्ताहरुले सेल्फीले अनुहारको विशेषतालाई कसरी प्रभावित गर्दछ भन्ने कुरा पत्ता लगाउनका लागि ३० जना स्वयंसेवकहरुलाई नियुक्त गरेका थिए । उनीहरुलाई एकठाउँमा बसालेर एक एक गरी तिनवटा तस्वीर खिचियो ।

त्यसक्रममा दुईवटा सेल्फी १२ र १८ इन्चको दूरीबाट खिचियो भने अर्को तस्वीर ५ फिटको दूरीमा डिजिटल क्यामराबाट खिचियो । तिनवटै तस्वीर एउटै पोजिसनमा लिइएको थियो । तर तस्वीर सार्वजनिक भएसँगै हैरान पारिदिने नतिजा निस्कियो ।

त्यसरी खिचिएका तस्वीरमा अनुहारका मुख्य चार अंग अर्थात् नाक, ओठ, चिउडो र अनुहारको चौडाइको नापको तुलनात्मक अध्ययन शोधकर्ताहरुले गरेका थिए ।

त्यसक्रममा सेल्फी क्यामराबाट खिचिएका तस्वीरले अनुहारको वास्तविक स्वरुपलाई उल्लेख्य रुपमा बिगार्ने तथ्य पुष्टि भयो । उक्त तस्वीरहरु मध्ये १२ इन्चको दूरीबाट खिचिएको सेल्फीमा नाकको लम्बाई यथार्थ भन्दा ६।४ प्रतिशत लामो र १८ इन्चको दूरीबाट खिचिएको सेल्फीमा ४।३ प्रतिशत लामो देखियो ।

उता सेल्फीमा चिउडोको आकार भने यथार्थ भन्दा सानो देखियो। १२ इन्चको दूरीबाट खिचिएको सेल्फीमा चिउडोको लम्बाई १२ प्रतिशत कम पाइयो । समग्रमा सेल्फी तस्वीरमा नाक र चिउडोको लम्बाइको अनुपातमा १७ प्रतिशतले वृद्धि भएको पाइयो ।

त्यस्तै सेल्फी तस्वीरमा अनुहारको चौडाइको अनुपामा नाकको फेँद बढि चौडा देखिने गर्दछ ।

सेल्फीमा हुने यस्तो अनुहारको विकृति सहभागीहरु ऋाफैले आफ्नो अनुहारका बारेमा बताएको कुरामा पनि प्रतिविम्बित भयो ।

डिजिटल क्यामराबाट खिचिएको तस्वीरमा देखिएको नाकभन्दा सेल्फी तस्वीरमा देखिएको आफ्नो नाकको आकारमा सन्तुष्ट हुनेको संख्या ९।१ प्रतिशत कम थियो । त्यस्तै समग्र अनुहारको तस्वीरमा सन्तुष्ट हुनेको संख्या सेल्फीवाला तस्वीरमा ५।७ प्रतिशत कम पाइयो ।

शोधकर्ता अमिरलाकका अनुसार सेल्फीको लोकप्रियता बढ्दै जाँदा यसले हाम्रो अनुहारको वास्तविक स्वरुपलाई कसरी बिगारिदिन्छ र मानिसहरुले त्यसलाई कसरी लिन्छन् भन्ने कुरा बुझ्न जरुरी छ ।

सेल्फी तस्वीरले बिगारिदिने अनुहारको चित्रले मानसिक स्वास्थयमा समेत नकारात्मक असर पारिरहेको शोधकर्ताको भनाई छ ।

सेल्फीमा आफ्नो अनुहारको तस्वीर वास्तविक भन्दा नराम्रो अर्थात् बिग्रिएको देखिने हुनाले मानिसहरुले नाकको सर्जरी अर्थात् राइनोप्लास्टी गर्नुका साथै अनुहार प्रतिको वितृष्णालै डिप्रेसन तथा एन्जाइटीका समस्या पनि देखिने गरेका छन् । एजेन्सीको सहयोगमा

रुपन्देहीमा हिरासतभित्र आत्महत्याको प्रयास

बुटवल । चोरीको आरोपमा प्रहरी हिरासतमा रहेका एकजनाले आत्महत्याको प्रयास गरेका छन् ।

बुटवल औद्योगिक क्षेत्र र विभिन्न स्थानबाट तामाको तार चोरीको अभियोगमा पक्राउ परेका २८ वर्षका रुद्रबहादुर नेपालीले आत्महत्या प्रयास गरेको प्रहरीको दावी छ । घाँटीमा गहिरो चोट लागेका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

 

शनिबार तामाका तारहरु कवाड पसलमा बेच्दै गरेको अवस्थामा नेपालीलाई प्रहरीले पक्राउ गरेको थियो । शनिबार पक्राउ परेका नेपाली सोमबार दिउसो घाँटी रेटिएको अवस्थामा रहेको नेपालीका आफन्त मानकुमारी सार्कीले जनाएकी छिन् । हिरासतभित्रै घाँटी रेटिनु शंकास्पद र गम्भीर भएको भन्दै उनले घटनाको छानबिन हुनुपर्ने माग समेत गरेकी छिन् ।

‘कुनै धारिलो हतियार लैजान नपाइने प्रहरी हिरासतभित्र घाँटी रेटिनु शंकास्पद हो’–मानकुमारीले भनिन्, ‘लडेको भए पेट, छाती वा अन्त चोट लाग्नु पर्ने, त्यस्तो केही छैन घांटी मात्र रेटिएको छ ।’

 

हिरासतमा रहेका नेपालीले आफै धारिलो हतियारले घाँटी रेटेर आत्महत्या गर्न खोजेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।

कांग्रेस नेता पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

काठमाडौं । सत्ता गठबन्धनका दलहरुले स्थानीय निर्वाचनको तयारी र अनुगमनका लागि छुट्टै समिति गठन गरेका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

 

समितिमा कांग्रेसबाट गगन थापा, ज्ञानेन्द्र बहादुर कार्की, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरूङ, नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल र विजय पौडेल, जसपाबाट अशोक राई र रेणु यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी छन् ।

बैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिंदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसँग वृहत् अन्तक्रियाको आयोजना गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने निर्णय पनि गरेको छ ।

 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले तीनदिने भारत भ्रमणको ब्रीफिङ गरेका थिए । समग्रमा भारत भ्रमण सफल रहेको निष्कर्ष बैठकले निकालेको छ ।

 

खेतबारी जोत्ने टिलर : मूल्य कति, अनुदान कति ?

काठमाडौं । कृषि आधुनिकीकरण योजनाका कारण अहिले गाउँगाउँमा कृषिको परम्परागत र झन्झटिलो शैली हराउँदै गएको छ । हातले मकै छोडाउने, परम्परागत तरिकाले धान झार्ने र कुट्ने, कोदो कुट्ने लगायतका कामलाई अहिले आधुनिक कृषि औजारले सजिलो बनाएका छन् ।

कृषि कार्यलाई सहज बनाउन स्वदेश तथा विदेशबाट सामान आयात गर्ने गरिएको छ । पछिल्लो समय कृषिलाई आधुनिकीकरण गर्न धेरै प्रभावकारी देखिएका प्रविधिमध्ये खेत जोत्ने, ड्याङ बनाउने र गोड्नका लागि प्रयोग गरिने मिनी टिलर एक हो ।

 

भन्सार विभागको तथ्यांकअनुसार बर्सेनि नेपालमा करिब ४० अर्ब रुपैयाँ बराबरको ट्याक्टर, पावर टिलर तथा मिनी टिलरजस्ता अन्य कृषि औजारहरूको आयात हुने गर्छ । जुन बजारमा ब्राण्ड र क्षमताको आधारमा ४५ हजार रुपैयाँदेखि १८० हजार रुपैयाँसम्मको पाइन्छ । अहिले पावर टिलर, मिनी टिलरजस्ता कृषि उपकरणमा एक प्रतिशत ड्युटी लाग्छ । विशेषगरी नेपालको पहाडी भूभागमा यस्ता टिलरको प्रयोग बढी हुने गरेको छ ।

बजारमा धेरै कम्पनीका मिनी टिलर पाइन्छन् । कम्पनीको ब्राण्ड र क्षमताको आधारमा मूल्य भने फरक हुन्छ ।

 

होण्डा

होण्डा कम्पनीका मुख्यगरी तीन मोडलका टिलर बजारमा पाइन्छ । जसमा मोडल एफजे ५००, एफ ३०० र टिलर एफक्यु ६५० रहेका छन् । यसमध्ये एफक्यु ६५० सन् २०२१ नोभेम्बरमा बजारमा आएको कम्पनीको आधिकारिक वेबसाइटमा उल्लेख छ । होण्डा कम्पनीले उत्पादन गरेका टिलरको ब्राण्ड र मूल्य तल उल्लेख गरिएको छ ।

मोडल स् एफ ३००, एफजे ५००, टिलर एफक्यु ६५०

मूल्य स् ८० हजार ९०० रुपैयाँदेखि एक लाख ६० हजार रुपैयाँसम्म

विशेषता स्

(पावरफुल होण्डा ४ स्ट्रोक इन्जिन

(उच्च गुणस्तरको एयर फिल्टर

(कम भाइब्रेसन

(गति नियन्त्रणको सुविधा

(बागवानी किसानहरुका लागि झारपातको झन्झट नहुने

(ढुवानीको बेला फोल्ड गर्न सकिने

बसन

बसन ब्राण्डका टिलर पनि विभिन्न मोडलमा उपलब्ध छन् । बसनका ४५ हजार रुपैयाँदेखि ९० हजारसम्म पर्ने मोडल भेटिन्छ । यो ब्राण्डको टिलरलाई नेपालमा बीटीएल ट्रेडले बिक्री वितरण गर्ने गर्छ । बसन ब्राण्डको बीएसडी ८००, ९०० डीई, १०५०, १०५० ई गरी चार मोडलका टिलर बजारमा आउँछन् । मोडल अनुसार मूल्य र विशेषता यस्ता छन् ।

मोडल स् बीएसडी ८००, ९०० डीई, १०५०, १०५० ई

मूल्य स्४५ हजारदेखि ९० हजार रुपैयाँसम्म

क्षमता स् ७(९ हर्स पावरसम्म

किसान क्राफ्ट

नेपालमा बिक्री हुने अर्को ब्राण्ड किसान क्राफ्ट हो । यसले पनि विभिन्न क्षमता र मूल्यका टिलर बजारमा ल्याउने गरेको छ । नेपाली बजारमा किसान मार्टको २ हर्स पावरदेखि ९ हर्स पावरसम्मका ४० हजारदेखि १ लाख ८० हजार रुपैयाँसम्मका टिलर पाउन सकिन्छ । यसका विभिन्न मोडल र मूल्यको सूची निम्नानुसार छ ।

इन्टर कल्टिभेसन ९डिजेल र पेट्रोल०

मोडल स् केके(आईसी(२५०डी, केक(आईसी(२०५पी, केक(आईसी(२००पी, केक(आईसी(२५०डी, केक(आईसी(२५६ डी, केक(आईसी(३००डी, केक(आईसी(४००डी, केके(आईसी(८६५७

नेपाली बजारमा मूल्य स् ४० हजारदेखि एक लाख ८० हजारसम्म

स्पिड स् ३६०० आरपीएम ९रिभोलुसन प्रति मिनेट०, ७५०० आरपीएम९रिभोलुसन प्रतिमिनेट०

इन्जिन÷इन्धन स् २ स्ट्रोकरपेट्रोल, ४ स्ट्रोक÷डिजेल

इन्धन ट्यांकी स् २।५ लिटर, १।२ लिटर

इन्धन खपत स् ६५० मिलिलिटर प्रतिघण्टादेखि ८१० मिलिलिटर प्रतिघण्टा

तर बीएसडी १०५०ई मोडलको टिलरको मूल्य ९० हजार रुपैयाँसम्म पर्ने व्यवसायीहरु बताउँछन् । ९ हर्स पावर क्षमता भएको मिनी टिलरलाई अहिले बजारमा एक लाख १० हजार रुपैयाँसम्म पर्छ ।

भन्सार विभागको तथ्यांकअनुसार फागुन महिनासम्म चीनबाट मात्रै २२ हजार ८६९ वटा १ हजार ८०० सीसम्मको ट्याक्टर आयात भएको देखाएको छ । जसका लागि एक अर्ब रुपैयाँ खर्च भएको देखाएको छ । यस्ता ट्याक्टर तराई भेगको लागि प्रभावकारी भएपनि पहाडी भेगमा भने टिलर नै बढी प्रयोग हुन्छ ।

टिलर अनुदानको लहर

तीनवटै सरकारले आ(आफ्नो क्षेत्रमा खेतबारी जोत्ने यस्ता टिलर अनुदानको रुपमा दिने गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी हिक्मतकुमार श्रेष्ठ केन्द्र सरकारले कुल लागतको ५० प्रतिशत, प्रदेशले ७५ प्रतिशतसम्म र स्थानीय तहले ९० प्रतिशतसम्म यस्ता कृषि सामग्रीमा अनुदान दिने गरेको बताउँछन् ।

परियोजनाका अनुसार २०७४ सालदेखि हालसम्म १२ हजार मेसिन तथा स्पेयर्स पार्ट्स अनुदानमा दिइसकिएको छ । तर यसमध्ये कतिवटा टिलर अनुदानमा दिइयो भन्ने यकिन तथ्यांक नभएपनि यसको संख्या अत्यधिक रहेको सूचना अधिकारी श्रेष्ठ बताउँछन् । परियोजनाले आगामी आर्थिक वर्षको लागि पनि कति टिलर तथा पार्ट्सलाई आर्थिक सहयोग आवश्यक पर्छ भन्ने बारेमा ५८ वटै सेन्टरसँग विवरण माग गरिएको उनको भनाइ छ ।

श्रेष्ठका अनुसार यसरी कार्यान्वयन इकाईहरुले सूचीकरण गरेको आवश्यकतासम्बन्धी विवरणको आधारमा बजेट तयार पारी साना किसान सहकारी जस्ता समूहगत सहकारीमार्फत अनुदान दिने गरिन्छ । त्यसका लागि पहिले बजार मूल्यमा त्यस्ता सहकारीहरुले टिलर खरिद गर्छन् । त्यसको बिलको ५० प्रतिशत शुल्क परियोजनाले सहकारीको खातामा पठाउने प्रचलन रहेको श्रेष्ठ बताउँछन् ।