२२ चैत्र २०७८, मंगलवार ११:५० – Page 5 – Nagarikabhiyan : National News

एमबीबीएस परीक्षामा सेटिङः ५ देखि १८ लाखसम्म ‘डिल’

काठमाडौं । चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षामा पक्राउ परेका नक्कली विद्यार्थीले क्याटेगोरीअनुसार रकम ‘डिल’ गरी अरूको नाममा परीक्षा दिन परीक्षा हलमा सहभागी भएको खुलेको छ ।

गत १८ चैतमा एमबीबीएस परीक्षा दिनका लागि अरूको प्रवेशपत्रमा फोटो टाँसेर सहभागी भएका चार जना नक्कली परीक्षार्थीसहित पाँच जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये एक जना भारतीय नागरिकसमेत छन् ।

महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरले परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थीले क्याटेगोरीअनुसार रकम ‘डिल’ गरी परीक्षामा सहभागी भएको पाइएको बताए ।

‘उनीहरू क्याटेगोरीअनुसार डिल गरेर अरूको परीक्षा दिन गएका रहेछन्, उनीहरूले ५० हजारदेखि १ लाखसम्म अग्रिम रकम लिएको पाइएको छ, पूरा परीक्षा सकिंएर नतिजा आउँदा ५ देखि १८ लाखसम्म लिनेगरी डिल भएको देखिन्छ,’ महाशाखाका प्रमुख एसएसपी कुँवरले भने । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रदेश १ योजना आयोगको उपाध्यक्षमा डा. लोक्सोम, खेलकुद बोर्डबाट पर्शुराम बर्खास्त

विराटनगर । प्रदेश १ सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा। पूर्ण लोक्सोमलाई नियुक्त गरेको छ । यसैगरी प्रदेश १ खेलकुद बोर्डको सदस्य सचिव पर्शुराम बस्नेतलाई बर्खास्त पनि गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यी निर्णयहरु गरेको हो ।

पाँचथरका डा। लोक्सोम माओवादी केन्द्रको कोटाबाट योजना आयोगको उपाध्यक्ष बनेका हुन् । शेरधन राई नेतृत्वको सरकारले लोक्सोमलाई योजना आयोगको सदस्यमा नियुक्त गरेको थियो । राजेन्द्र राई नेतृत्वको वर्तमान पाँच दलीय गठबन्धनले उनलाई उपाध्यक्षमा नियुक्त गर्यो ।

 

प्रदेश १ सरकारका प्रवक्ता तथा यातायात तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरेका अनुसार बैठकले आयोगको सदस्यमा डा। ज्ञानेन्द्रबहादुर कार्की, नारायण कोइराला, प्रकाश राई र अञ्जु खड्कालाई नियुक्त गरेको छ । कार्की संखुवासभा, कोइराला सुनसरी, राई भोजपुर र खड्का मोरङका हुन् ।

बैठकले प्रदेश १ खेलकुद बोर्डको सदस्य सचिव पर्शुराम बस्नेतलाई पनि बर्खास्त गरेको छ । मन्त्री घिमिरेले सदस्यसचिव बस्नेत र उपाध्यक्ष बाबा मेन्याङ्बोलाई पनि जिम्मेबारीबाट हटाएको जानकारी दिए ।

 

एमाले नेता भीम आचार्यले आफ्नो दुई महिने कार्यकालमा खेलकुद बोर्डको पदाधिकारी नियुक्त गरेका थिए । बोर्डको पदाधिकारीको कार्यकाल चार वर्षको हुन्छ । तर गत असोज तेस्रो साता नियुक्त भएका बस्नेतालाई पदीय जिम्मेवारी अनुसार काम नगरेको भन्दै बर्खास्त गरिएको हो । गत माघमा सामाजिक विकास मन्त्री राजन राईले बस्नेतलाई स्पष्टीकरण सोधेका थिए ।

बैठकले प्रदेश १ प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा विष्णुकुमार कार्कीलाई नियुक्तसमेत गरेको छ ।

 

अब नयाँ जनादेश : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनादेश के थियो र अब चुनावमा के जनादेश आउँछ भन्ने कुरा परिणामले देखाउने बताएका छन् ।

प्रगतिशील इन्जिनियरिङ एसोसिएसनको सम्मेलनमा पूर्व प्रधानमन्त्री ओलीले शान्ति, विकास र जातीय सद्भावका लागि आफ्नो पार्टीले काम गर्दै आएको उल्लेख गर्दै अबको निर्वाचनमा यही मुद्दाका आधारमा एमालेले विजय हासिल गर्ने जिकिर गरे ।

उनले कम्युनिष्टहरुले मुलुकमा द्वन्द्व मच्चाउने भन्दा शान्ति, स्थापना गरी तराई, पहाड, हिमालबीचको मेलमिलाप गराउन सक्रिय हुनुपर्नेमा जोड दिए ।

कांग्रेसको निर्वाचन घोषणापत्र तयारी समितिमा २८ सदस्य मनोनित

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ‘स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’ मा २८ सदस्य मनोनित गरेका छन् ।

उनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णयानुसार महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठन भएको समितिमा आज सदस्य मनोनित गरेका हुन् ।

समितिको सदस्यमा डा आरजु राणा देउवा, मधु आचार्य, प्राडा गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी, नृपबहादुर वड, कान्तिका सैजुवाल, गुरुराज घिमिरे, किरण गिरी, हरिप्रभा खड्गी, भीम ढुङ्गाना, दिलीपप्रताप खाँण, वंशलाल तामाङ, विजयशङ्कर यादव, उमा थापा मगर मनोनित हुएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसैगरी समितिको सदस्यमा भुपेन्द्र राई, ममता महतो, डा जुगल भुर्तेल, गेजा शर्मा वाग्ले, जगदीश भट्टराई, प्रताप पौडेल, शङ्कर तिवारी, पुरुषोत्तम नेपाल, डा इन्द्रा अधिकारी, डा अभिमन्यु सिंह, डा बुद्धिमान श्रेष्ठ, मनिष झा, जिमी लामा र शिलशिला आचार्य मनोनित भएका छन् ।

नेपाल बार निर्वाचन : मतगणना आज

काठमाडौँ । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा आज मतगणना सुरु हुँदै छ ।

बारको नयाँ पदाधिकारीसहित केन्द्रीय कार्यसमितिका लागि यही चैत १९ गते काठमाडौँसहित देशभरका ३५ स्थानमा मतदान भएको थियो । सबै ठाउँका मतपेटिका काठमाडौँ ल्याएर आज बिहान ९ बजेदेखि मतगणना सुरु हुन लागेको हो ।

निर्वाचनमार्फत बारको अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमिति चयन हुँदैछ । निर्वाचनमा देशभरिबाट ९ हजार ७०८ जना कानुन व्यवसायीले मतदान गरेको जनाइएको छ ।

बारको अध्यक्षका लागि व्यक्तिगत र समूहगत रूपमा गरी ८ जनाको उम्मेदवारी परेको थियो । नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच मुख्य प्रतिस्पर्धा रहेको बताइन्छ ।

चुनावी रणनीति तय गर्न सत्ता गठबन्धनको बैठक जारी

काठमाडौँ । सत्ता गठबन्धन दलहरुको बैठक बालुवाटारमा जारी छ । आउँदो स्थानीय तहको निर्वाचनबारे रणनीति तय गर्न उक्त बैठक प्रधानमन्त्री निवासमा जारी रहेको जनाइएको छ ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल तथा झलनाथ खनाल, जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलगायत नेताहरु छलफलमा रहेको बताइएको छ ।

सत्ता गठबन्धनमा आबद्ध दलहरुले स्थानीय तहको निर्वाचनमा आवश्यकताका आधारमा तालमेल गरेर जाने रणनीति बनाइरहेका छन् । चैत १७ गतेको गठबन्धन बैठकले यसबारे औपचारिक निर्णय नै गरिसकेको छ । गठबन्धनले देशभरिबाट स्थानीय तहको दलगत प्रभावको अवस्थाबारे प्रतिवेदन झिकाएर हाल अध्ययन गरिरहेको बताइएको छ ।

तल्लो तहदेखि नै आएको रिपोर्टिङका आधारमा स्थानीय तहमा उम्मेद्वारको भागबण्डा गर्ने र चुनावी रणनीतिबारे थप छलफलका लागि बैठक बसेको बुझिन्छ । स्थानीय तहहरूको दल प्रभावको अवस्था बुझेर प्रतिपक्षी नेकपा एमालेलाइ सकेसम्म रोक्न र सत्ता गठबन्धनका दलहरूको जित सुनिश्चित गर्न रणनीति तय गरेर जाने गठबन्धनमा रहेका दलहरूको तयारी छ ।

स्थानीय तह निर्वाचन : आज ७९ दलसँग छलफल गर्दै आयोग

काठमाडौं । निर्वाचन आयोगले आज ९मंगलबार० स्थानीय तहको निर्वाचनमा भाग लिने दलहरूसँग छलफल गर्दै छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनमा भाग लिने सबै राजनीतिक दलका अध्यक्ष वा नेतालाई छलफलमा बोलाइएको जानकारी दिए ।

बिहान साढे ११ बजे उनीहरूलाई छलफलका लागि बोलाइएको उनले बताए । राजनीतिक दलसँग निर्वाचन आचारसंहिताको पूर्ण पालनाबारे छलफल हुने उनको भनाई छ ।

आयोगले निर्वाचनमा भाग लिने ७९ दलसँग निर्वाचनका सम्बन्धमा हालसम्म भएका तयारीबारे जानकारी दिँदै निर्वाचन आचारसंहिताको पालनाका लागि प्रतिबद्धता लिन लागेको हो । विसं २०७४ को निर्वाचनमा पनि आयोगले राजनीतिक दलसँग निर्वाचन आचारसंहिता परिपालना गर्ने गराउने विषयमा प्रतिबद्धता लिएको थियो ।

आयोगले मुलुकका विभिन्न स्थानमा केही दिनअघि गरेको आचारसंहिता पालना र प्रभावकारी कार्यान्वयन विषयक कार्यक्रममा आचारसंहिताको पालनाका सम्बन्धमा कठोर हुन सुझाव दिइएको थियो ।

सुझावका आधारमा प्रतिबद्धतापत्र तयार गरी सवै राजनीतिक दलका शीर्ष नेताहरूबाट हस्ताक्षर गराउने आयोगले तयारी गरेको छ ।

पुटिनले युद्ध अपराध गरेका छन्, मुद्दा चलाउनुपर्छ : बाइडेन

एजेनसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अपराध गरेको बताएका छन् । उनले युक्रेनमा रुसी सेनाले सर्वसाधारणको निर्मम हत्या गरेको भन्दै पुटिनविरुद्ध युद्ध अपराधमा मुद्दा चलाउन आह्वान गरेका छन् ।

युक्रेनको बुचा शहरमा सयौँ निशस्त्र नागरिकलाई यातना दिएर हत्या गरिएको भन्दै बाइडेनले यो क्रुरता र युद्ध अपराध भएको बताएका हुन् । बीबीसीका अनुसार बुचामा भएको आम हत्याको संसारभरबाट निन्दा भइरहेको छ । त्यहाँको नरसंहारको दृश्यले मानिसहरुलाई बिचलित बनाएको छ ।

 

युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले बुचाको भ्रमणपछि अवस्था डरलाग्दो रहेको भन्दै सडकमा छरिएका र जथाभावी थुप्रिएका शवहरुको दृश्य भिडियोमा देखाएका थिए । जेलेन्स्कीले युद्ध अपराधमा संलग्न रुसी सैनिकको पहिचान गरी अन्तर्राष्ट्रिय फौजदारी अदालतमा मुद हाल्ने बताएका छन् । अमेरिकी राष्ट्रपति बाइडेनले पनि मुद्दा चलाउन आह्वान गरेका हुन् ।

यसैबीच संयुक्त राष्ट्रसंघीय नियोगले पनि सम्भावित युद्ध अपराधका सम्बन्धमा छानबिनको माग गरेको छ । रुसी सैनिकको कब्जामा रहेको बुचा शहर केही दिनअघि मात्रै युक्रेनको नियन्त्रणमा आएको हो । त्यहाँबाट रुसी सैनिक फिर्ता भएपछि मात्रै विनाश र हत्याको हृदयविदारक तस्बिर बाहिर आएका हुन् । तस्बिरहरुमा बुचाका सडकमा सर्वसाधारणका शव देखिएका छन् ।

कृषिजन्य उत्पादनहरु सुरक्षित तवरले भण्डारण गर्न नेपाल वेयरहाउजिङ्ग कम्पनी संचालनमा

देवानगंज । सुनसरीका कृषकहरुका उत्पादन भण्डारका लागि गढी गाउँपालिका २ औरावनी छप्कीमा अन्न भण्डारण गृह निर्माण गरि संचालनमा ल्याएको छ । नेपाल वेयरहाउजिङ्ग कम्पनीले स्थानीय कृषकहरुको अन्न भण्डारण गृह निर्माण गरि कृषिजन्य उत्पादनहरु सुरक्षित तवरले भण्डारण गर्ने गरि संचालनमा ल्याएको हो ।

कम्पनीको रिजष्टर्ड कार्यालय सिनामंगल ९, कामठमाडौमा रहेको भएपनि कृषि उत्पादनको केन्द्रको रुपमा रहेको सुनसरी जिल्लाका किसानलाई लक्ष्ति गरेर उच्च प्रविधिको प्रयोग गरी कृषिजन्य उत्पादनहरुलाई प्रशोधन सफा गर्ने, केलाउने,सुकाउने, कृषकलाई आवश्यक पर्ने बीउ, विजन, मलखाद, औषधी, उपकरण तथा अन्य आवश्यक बस्तु तथा सेवाहरु एकै ठाउँमा सरल,सहज र सुलभ तरिकाले उपलब्ध गराउने गरि अन्न भण्डारण गृह संचालनमा ल्याएको छ ।

यहाँ धान, गहुँ, मकैं सहितका अन्न तथा खाध्यान भण्डारण गर्ने संचालक सदस्य श्रवण कुमार यादवले जानकारी दिनुभयो । नेपाल वेयरहाउजिगं कम्पनीको मूख्य इकाई कार्यालय सुनसरीको गढी गाउँपालिका २ औरावनीमा संचालन तथा उद्घाटन कार्यक्रममा संदीप दाहाल, निश्चित अर्याल, पत्रकार, किसानहरु र सरकारी अधिकारीको उपस्थिती रहेको थियो । यहाँ १५ हजार मेट्रिक टन अन्न भण्डारण गर्न सकने उद्घाटन कार्यक्रममा जानकारी दिएको थियो ।

बर्जुमा सामाजिक परीक्षण

सुनसरीको बर्जु गाउँपालिकामा वार्षिक लेखाजोखा सहित सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । सोमबार गाउँपालिकाको सामाजिक, आर्थिक, भौतिक विकासका गतिविधि तथा लेखाजोखा सहितको सामाजिक परिक्षण प्ररिक्षण कार्याक्रम सम्पन्न भएको हो ।
स्थानीय तहका नागरिकहरुको गाउँपालिका प्रति भएको सकारात्मक सोचसँगै पूर्वमै स्थापित र सम्भावना बोकेको सामाजिक जिम्मेवारी निवार्हको पाटोमा बर्जुको अवस्था साकारात्मक रहेको परीक्षण प्रतिवेदनले औल्याएको छ । स्थानीय तह सामाजिक परीक्षण कार्यविधि बमोजिम स्थानीय तहहरूले एक आर्थिक वर्षमा समग्र सामाजिक जिम्बेवारी पूरा गरे नगरेको सम्बन्धमा लेखाजोखा गर्ने कार्यलाई व्यवस्थित गर्न सामाजिक परीक्षण गरिएको बर्जु गाउँपालिकाका प्रशासन शाखा प्रमुख सृजना क्षेत्रीले जानकारी दिनुभयो । प्रत्येक आर्थिक वर्षको प्रथम चौमासिक भित्र अघिल्लो आर्थिक वर्षको सामाजिक परीक्षण कार्य गरिसक्नु पर्ने व्यवस्था गरिएको अनुसार कार्यक्रम सम्पन्न गरिएको तर प्रतिवेदन ढिलो हस्तान्तरण गरेको छ । स्थानीय तहको सामाजिक जिम्मेवारी, त्यसलाई पालना गर्न भएको प्रयास तथा कार्यसम्पादनको लेखाजोखा गर्ने प्रकृयालाई मार्गदर्शन गर्न प्रतिवेदन तयार गरेको आयोजक सिएसई संस्थाका विरेन्द्र साहले जानकारी दिनुभयो ।
कार्यक्रममा सहजकर्ता साहले सामाजिक परीक्षण अनिवार्य रूपमा गर्नुपर्ने सम्मको व्यवस्था र यसको फाईदाको बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकाको आ.व. २०७७÷०७८ सामाजिक परीक्षण सम्पन्न गरिएको प्रतिवेदन गाउँपालिका अध्यक्ष रघुनन्द चौधरी, उपाध्यक्ष संगिता राय, प्रमुख प्रशासनकिय अधिकृत प्रमोद कुमार चौधरीलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष विरेन्द्र साहले जानकारी दिनुभयो । साहका अनुसार संस्थालाई दिइएको जिम्मेवारी पूरा गर्ने क्रममा यस गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, राजनीतिक दलका प्रतिनिधिहरु, वडा अध्यक्षहरु, सचिवहरु, ईन्जिनियर, लेखा प्रमुख, सामाजिक विकास शाखा प्रमुख, राजश्व प्रशासनका कर्मचारीहरु तथा यहाँका विभिन्न फाँटमा कार्यरत कर्मचारीहरुको अमूल्य सुझाव, सल्लाह र सहयोग प्राप्त भएको छ । प्रतिवेदन सार्वजनिकिकरण कार्यक्रममा पालिका क्षेत्रका सरोकारबालाहरुको उपस्थिती रहेको थियो ।

 

राष्ट्रपतिले गरिन् काष्ठमण्डपको उद्घाटन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काष्ठमण्डपको उद्घाटन गरेकी छन् ।

हनुमानढोका दरबार क्षेत्रमा पुनर्निर्माण गरिएको काष्ठमण्डपमा गणेश र गोरखनाथको नयाँ मूर्ति राखिएको छ । नयाँ मूर्ति राख्न रोक लगाउन माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म यथास्थितिमा राख्न आदेश दिएको थियो ।

 

तर त्यसलाई बेवास्ता गर्दै सामेबार उद्घाटन कार्यक्रम राखियो, जहाँ राष्ट्रपति भण्डारी स्वयं सहभागी भएकी छन् ।

प्रचण्डलाई झ्याप समातेर घिस्याएर ल्याएकै हो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व सहकर्मी पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरेका छन् । मानिसहरुले नबुझेर वामपन्थी भन्दा प्रचण्ड सम्झिने गरेको भन्दै उनले यदि प्रचण्ड कम्युनिस्ट हुन् भने आफू कम्युनिस्ट नभएको बताए ।

सोमबार प्रोगेसिभ इन्जिनियरिङ एशोसिएसनको कार्यक्रममा ओलीले ओलीले भने, ‘नबुझेर मान्छेले के भनिदिन्छ भने म त वामपन्थी त हुन सक्दिन । के पनि भयो भने वामपन्थी भन्यो भने मान्छेले प्रचण्ड सम्झिन्छ, अनि कसरी हुन्छ रु’

 

उनले अघि भने, ‘मैले एक पटक भनेको थिएँ भने यदि प्रचण्ड भन्ने मान्छे कम्युनिस्ट हुन् भने म कम्युनिस्ट होइन । म कम्युनिस्ट हुँदा प्रचण्ड कम्युनिस्ट हुनै सक्दैनन् ।’

प्रचण्डको आलोचना गर्दै उनले भनेका छन्, ‘उहाँ अकारण देशमा द्वन्द्व मच्चाउनुहुन्छ, म शान्तिको पक्षमा हुन्छु । उहाँ जातजातमा भिडाउन खोज्नुहुन्छ, म मिलाउन खोज्छु । उहाँ मधेस र पहाडलाई भिडाउन खोज्नुहुन्छ, म शान्ति कायम गरेर मेलमिलाप गरेर अगाडि बढाउनुपर्छ भन्छु ।कसरी हुन्छ रु उहाँ यो धर्म र त्यो धर्म भनेर घृणाको खेती गर्न खोज्नुहुन्छ, म त्यो गर्दिनँ । उहाँ वामपन्थी आन्दोलन कमजोर पार्न काम गर्न हुनुहन्छ, म बलियो बनाउन लाग्छु । मैले एकता गराउने काम गरेँ, उहाँ फुटाएर हिड्नुभयो ।’

 

एमाले अध्यक्ष ओलीले तत्कालीन नेकपा माओवादी केन्द्रलाई आफूले बलपूर्वक एकतामा ल्याएको समेत दाबी गरे । उनले भने, ‘झ्याप समातेर घिस्याएर ल्याएको हो, अब त ठीकै भयो होला भनेर यसो छोडेको त गुरुरु ‘टाप ।’

सिन्धुलीमा बन्दै गरेको पुल भत्कियो

काठमाडौं । सिन्धुलीको सदरमुकाम सिन्धुली माडीको ग्वाङखोलामा निर्माणाधीन पुल बाढीले बगाएको छ ।

आइतबार राति एक्कासी पानी पर्दा आएको बाढीले २५ वैशाखमा ढलान गर्न ठिक्क पारिएको कमलामाई नगरपालिका–६ को माडीबजार पुछार र वडा नम्बर ५ को कारागार क्षेत्र जोड्ने ३० मिटर लामो पक्की पुल बगाएको वडा नम्बर ६ का अध्यक्ष उज्जवलकुमार थापाले जानकारी दिए ।

 

अध्यक्ष थापाले भने, ‘पानी निकास गर्न खोलामा साँघुरो पारेर ह्युमपाइप राखिएको थियो । जसका कारण केही समय बाढी थुनिन पुग्यो । पानीको सतह बढेर एक्कासी फुट्दा ढलानका लागि ठिक्क पारिएको संरचना बगाएको हो ।’ लामो समयको प्रतिक्षापछि बन्दै गरेको पुल बगाउँदा स्थानीयहरु चिन्तित बनेको उनले बताए ।

निर्माणाधीन पुलको संरचना बाढीले बगाउँदा करिब तीन करोड बराबरको क्षतिभएको आकलन निर्माण कम्पनीले गरेको उनले बताए ।

 

प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको लगानीमा दुई वर्षअघि निर्माण सुरु भएको पुलको लागत पाँच करोड ४१ लाख रहेको थियो ।

 

दिपेन्द्र ऐरी बने टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन बनाउने पहिलो नेपाली

काठमाडौँ । क्रिकेटर दिपेन्द्र सिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गरेर नयाँ कीर्तिमान बनाएका छन् । त्रिवि क्रिकेट मैदानमा जारी टी–२० आई सिरिजको फाइनलमा उनले पपुवा न्युगिनी (पिएनजी) विरुद्ध २१ रन बनाए ।

यससँगै उनको हालसम्म टी–२० मा १ हजार रन पूरा भएको छ । यसरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हजार रन पूरा गर्ने उनी पहिलो नेपाली खेलाडी बनेका छन् ।

जारी खेलमा दिपेन्द्रले पीएनजीविरुद्ध  १३औं ओभरमा २१ रन बनाएका हुन् । यससँगै दिपेन्द्रले हालसम्म टी–२० मा ३९ खेल खेलेर १ हजार रन पूरा गरेका छन् । उनले यसै क्रममा १ शतक र ४ अर्धशतककाे रेकर्ड समेत बनाएका छन् ।

लालीगुराँसले ढकमक्क घोडेपानी पर्यटकको पर्खाइमा

म्याग्दी । चारैतिर घना गुराँसको जङ्गलको बीचमा रहेको बस्ती । घरको झ्यालबाटै जङ्गलको पृष्ठभूमिमा लहरै देखिने हिमाल । पहाडको अग्लो स्थान । शान्त वातावरण । पाखाभरि ढकमक्क फुलेका लालीगुराँस । बिहान सूर्योदय र साँझमा सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिने ।

अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण र मनोरम छ । वसन्त ऋतुको आगमनसँगै फुलेका लालीगुराँसले अझै मनमोहक र आकर्षक बनाएको घोडेपानी टोल सुधार समितिका संयोजक बिरेन गर्बुजा पुनले बताए ।

 

‘घोडेपानी लालीगुराँसले ढकमक्क भइसकेको छ’, उनले भने, ‘हामी पर्यटकको पर्खाइमा छौँ, पर्यटकलाई स्वागत गर्न आतुर छौँ ।’ जाडो हटेर वनजङ्गलमा लालीगुराँस फुलेपछि रमाइलो वातावरण बनेको छ । चैत–वैशाख गुराँस फुल्ने याम हो । यहाँ रातो, सेतो, चिमाली, सिमालीलगायत जातका गुराँस पाइन्छन् ।

पाखोमा फुलेका गुराँसको जङ्गलको पृष्ठभूमिमा धौलागिरि, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रेलगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । विश्वमा ४२ प्रजातिका गुराँस पाइन्छन् । नेपालमा ३२ प्रजातिका छन् । घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइने अध्ययन प्रतिवेदनहरुमा उल्लेख छ ।

 

लालीगुराँस नेपालको राष्ट्रिय फूल पनि हो । एकै स्थानमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जङ्गल गण्डकी प्रदेशकै ठूलो भएको स्थानीयवासीसमेत रहनुभएका गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए ।

‘वनैभरि राताम्मे फुलेका गुराँसका रङ्गले घोडेपानी क्षेत्रको जङ्गल निकै मनमोहक र आकर्षक बनेको छ’, उनले भने, ‘गुराँसले भरिएको जङ्गलमा भ्रमण गर्न र प्राकृतिक सौन्दर्यमा रमाउन आउने पर्यटकको चहलपहल बढेको छ ।’

बेनी, बागलुङ, पोखरा, चितवन, काठमाडौँलगायत क्षेत्रबाट विद्यार्थी, कर्मचारी र व्यापारी समूह बनाएर घोडेपानी भ्रमणमा आएका छन् । घोडेपानी पर्यटक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक प्रेमराज गौलीका अनुसार दैनिक ६०(७० विदेशी र १०० जति नेपाली पर्यटक भ्रमणमा आएका छन् ।

‘घोडेपानी–पुनहिल घुम्न आउने विदेशी पर्यटकको तथ्याङ्क हामीले राख्ने गरेका छौँ’, उनले भने, ‘कोरोना महामारी फैलिएपछि २०७६ चैतदेखि रोकिएको पर्यटकको उपस्थिति गत फागुनदेखि हुन थालेको छ ।’

काठमाडौँबाट आठ जनाको समूहमा घोडेपानी घुम्न आउनुभएकी अक्षता भट्टराईले बजारदेखि टाढाको एकान्त वातावरण र गुराँसले रङ्गिएको जङ्गलमा पदैलयात्रा गर्दा रमाइलो महसुस भएको बताए । गुराँस, पहाड, हिमाल, सूर्योदयको दृश्यबाट मोहित भएको चितवनकी पुनम खरेलले अनुभव सुनाए ।

 

फागुन महिनासम्म सुनसान घोडेपानीमा गुराँस फुल्न थालेपछि चहलपहल बढेको घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले बताए । ‘स्वदेशी पर्यटकलाई आकर्षित गर्न सहुलियतको व्यवस्था मिलाएका छौँ’, उनले भने, ‘घोडेपानीमा रहेका २७ होटललाई सुविधा र पूर्वाधारका आधारमा दुई समूहमा वर्गीकरण गरेका छौँ, ११ होटललाई ९क० र १६ लाई ९ख० समूहमा वर्गीकरण गरेर फरक फरक दररेट बनाइएको हो ।’

एक रात बास बसेको, बेलुकाको खाना, बिहानको खाजासहित रु ९५० देखि एक हजार ६०० को प्याकेज बनाइएको छ । यसअघि सबै होटलले प्रतिव्यक्ति एक रात बास बसेको, बेलुकाको खाना र बिहानको खाजाको रु एक हजार पाँच सय शुल्क लिने गरेका थिए ।

घोडेपानीका होटलमा दैनिक एक हजार जनाभन्दा बढी बास बस्न सक्छन् । गत फागुन २८ गतेको बैठकले गरेको होटल वर्गीकरण र शुल्कको नयाँ दर २०७८ चैत १ गतेदेखि लागू हुने उपसिमतिका अध्यक्ष पुनले बताए ।

अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य घोडेपानी समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटरको उचाइमा अवस्थित छ । घोडेपानीदेखि ३० मिनेट उकालो हिँडेपछि पुनहिल पुग्न सकिन्छ ।

समुन्द्री सतहदेखि तीन हजार २०० मिटर उचाइमा रहेको पुनहिलबाट सूर्योदय, हिमाल र लालीगुराँसको जङ्गल अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्छन् ।

अनलाइन गेम बिङ्गो खेलेको आरोपमा बौद्धबाट १६ जना पक्राउ

काठमाडौं। प्रहरीले अनलाइन बिङ्गो गेम खेलिरहेको आरोपमा बौद्धबाट १६ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका(६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका(७ शिवचोक बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका(१ घर भएका २५ वर्षीय पासाङ शेर्पालगायत १६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

 

उक्त खाजा घरमा अनलाइन बिङ्गो खेल खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट प्रहरीले नगद ७४ हजार १ सय ५० रूपैयाँ, १ हजार ५ सय पिस बिङ्गो टिकट र २ थान स्पिकर बरामद गरेको छ ।

 

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।