कृषिजन्य उत्पादनहरु सुरक्षित तवरले भण्डारण गर्न नेपाल वेयरहाउजिङ्ग कम्पनी संचालनमा
२१ चैत्र २०७८, सोमबार १८:५४
देवानगंज । सुनसरीका कृषकहरुका उत्पादन भण्डारका लागि गढी गाउँपालिका २ औरावनी छप्कीमा अन्न भण्डारण गृह निर्माण गरि संचालनमा ल्याएको छ । नेपाल वेयरहाउजिङ्ग कम्पनीले स्थानीय कृषकहरुको अन्न भण्डारण गृह निर्माण गरि कृषिजन्य उत्पादनहरु सुरक्षित तवरले भण्डारण गर्ने गरि संचालनमा ल्याएको हो ।
कम्पनीको रिजष्टर्ड कार्यालय सिनामंगल ९, कामठमाडौमा रहेको भएपनि कृषि उत्पादनको केन्द्रको रुपमा रहेको सुनसरी जिल्लाका किसानलाई लक्ष्ति गरेर उच्च प्रविधिको प्रयोग गरी कृषिजन्य उत्पादनहरुलाई प्रशोधन सफा गर्ने, केलाउने,सुकाउने, कृषकलाई आवश्यक पर्ने बीउ, विजन, मलखाद, औषधी, उपकरण तथा अन्य आवश्यक बस्तु तथा सेवाहरु एकै ठाउँमा सरल,सहज र सुलभ तरिकाले उपलब्ध गराउने गरि अन्न भण्डारण गृह संचालनमा ल्याएको छ ।
यहाँ धान, गहुँ, मकैं सहितका अन्न तथा खाध्यान भण्डारण गर्ने संचालक सदस्य श्रवण कुमार यादवले जानकारी दिनुभयो । नेपाल वेयरहाउजिगं कम्पनीको मूख्य इकाई कार्यालय सुनसरीको गढी गाउँपालिका २ औरावनीमा संचालन तथा उद्घाटन कार्यक्रममा संदीप दाहाल, निश्चित अर्याल, पत्रकार, किसानहरु र सरकारी अधिकारीको उपस्थिती रहेको थियो । यहाँ १५ हजार मेट्रिक टन अन्न भण्डारण गर्न सकने उद्घाटन कार्यक्रममा जानकारी दिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया