कोशी गाउँपालिकामा चित्रकला प्रतियोगिता सम्पन्न
२२ चैत्र २०७८, मंगलवार १८:४६

सुनसरीको कोशी गाउँपालिकामा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । कोशी टप्पु बन्य जन्तु आरक्षको चित्रण गर्ने गरि मंगलबार बालबालिकाहरुका बीचमा गाउँपालिकास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको हो । सम्पन्न भएको चित्रकला प्रतियोगितामा राष्टिय मावि सोभनपुरका एहसाम मंसुरी प्रथम, कोशी जन्ता मावि हरिपुरका सुशमा यादव दितिय, मिथिला पब्लीक स्कूल लौकहीका विध्या साह तृतिय र कोशी मावि पश्चिम कुशाहाका दिपक कुमार राम तथा राष्टिय मावि भन्सारका हरिलला कुमार मण्डल सनत्वना हुनुभएको छ ।
प्रतियोगितहरुले विश्व रामसार सुचिमा सृचिकृत कोशी टप्पुको जैविक विधता झल्किे तस्विरहरु चित्रकलामा प्रस्तुत गरेको आयोजक कोशी गाउँपालिकाका सामाजिक शाखा प्रमुख राजकिसोर मेहताले जानकारी दिनुभयो । विजयी प्रतियोगितहरुलाई नगद, पुरस्कार र प्रमाण पत्र कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले वितरण गर्नुभएको मेहताले बताउनुभयो । कार्यक्रममा कोशी माविका प्रधानाध्यापक कन्चन कुमारी यादव, राष्ट्रिय मावि शोभनपुरका प्रधानाध्यापक हरिकृष्ण राउत, कोशी जनता माविका प्रधानाध्यापक मोहनकुमार यादव, राष्टिय मावि लौकहीका प्रधानाध्यापक विरेन्द्र कुमार यादव, प्रधानाध्याक श्रवण राम, अकुवा वर्डका संचालक सुरज गिरी , अध्यक्षका स्वकिय सचिव धर्मेन्द्र विश्वास, सूचना अधिकृत रितेश झा, अक्वा वर्ड एण्ड इको रिसोर्टका सिईओ सुरज गिरी, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख रिता मगर, पत्रकार जयकृष्ण यादव र पवन रौनियार, कोशी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुदेव यादव सहितको उपस्थिीती रहेको थियो । चित्रकलाका मूल्याकनकर्ताहरुमा कोशीका अध्यक्ष ऐयुव अंसारीका स्वकिय सचिव धर्मेन्द्र विश्वास, कोशीका सूचना अधिकृत रितेश झा, अक्वा वर्ड एण्ड इको रिसोर्टका सिईओ सुरज गिरी रहनुभएको थियो ।
१, सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न भएको गाउँपालिकास्तरीय चित्रकला प्रतियोगिताका विजयीलाई सिल्ड, प्रमाण पत्र र पुरस्कार पनि सामुहिक तस्विर खिचाउदै ।
तस्विरः जयकृष्ण यादव । इनरुवा
फेसबुकबाट तपाईको प्रतिक्रिया