मुलुकभर थप २४ जनामा कोरोना पुष्टि, ५१ द्वारा स्वास्थ्यलाभ – Nagarikabhiyan : National News

मुलुकभर थप २४ जनामा कोरोना पुष्टि, ५१ द्वारा स्वास्थ्यलाभ

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५८७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ३ हजार २७८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २१ जना र २ हजार ३०९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएका छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ६७२ पुगेको छ । सोही अवधिमा १७ हजार ७५५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ८ सय १२ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

पछिल्लो २४ घण्टामा ५१ जना कोरोना मुक्त भए, ० संक्रमितको मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५१ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ६५ हजार ७६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ५८७ जनाको परीक्षण हुँदा हालसम्म कुल ६६ लाख ९८ हजार ०५३ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।