खेतबारी जोत्ने टिलर : मूल्य कति, अनुदान कति ? – Nagarikabhiyan : National News

खेतबारी जोत्ने टिलर : मूल्य कति, अनुदान कति ?

काठमाडौं । कृषि आधुनिकीकरण योजनाका कारण अहिले गाउँगाउँमा कृषिको परम्परागत र झन्झटिलो शैली हराउँदै गएको छ । हातले मकै छोडाउने, परम्परागत तरिकाले धान झार्ने र कुट्ने, कोदो कुट्ने लगायतका कामलाई अहिले आधुनिक कृषि औजारले सजिलो बनाएका छन् ।

कृषि कार्यलाई सहज बनाउन स्वदेश तथा विदेशबाट सामान आयात गर्ने गरिएको छ । पछिल्लो समय कृषिलाई आधुनिकीकरण गर्न धेरै प्रभावकारी देखिएका प्रविधिमध्ये खेत जोत्ने, ड्याङ बनाउने र गोड्नका लागि प्रयोग गरिने मिनी टिलर एक हो ।

 

भन्सार विभागको तथ्यांकअनुसार बर्सेनि नेपालमा करिब ४० अर्ब रुपैयाँ बराबरको ट्याक्टर, पावर टिलर तथा मिनी टिलरजस्ता अन्य कृषि औजारहरूको आयात हुने गर्छ । जुन बजारमा ब्राण्ड र क्षमताको आधारमा ४५ हजार रुपैयाँदेखि १८० हजार रुपैयाँसम्मको पाइन्छ । अहिले पावर टिलर, मिनी टिलरजस्ता कृषि उपकरणमा एक प्रतिशत ड्युटी लाग्छ । विशेषगरी नेपालको पहाडी भूभागमा यस्ता टिलरको प्रयोग बढी हुने गरेको छ ।

बजारमा धेरै कम्पनीका मिनी टिलर पाइन्छन् । कम्पनीको ब्राण्ड र क्षमताको आधारमा मूल्य भने फरक हुन्छ ।

 

होण्डा

होण्डा कम्पनीका मुख्यगरी तीन मोडलका टिलर बजारमा पाइन्छ । जसमा मोडल एफजे ५००, एफ ३०० र टिलर एफक्यु ६५० रहेका छन् । यसमध्ये एफक्यु ६५० सन् २०२१ नोभेम्बरमा बजारमा आएको कम्पनीको आधिकारिक वेबसाइटमा उल्लेख छ । होण्डा कम्पनीले उत्पादन गरेका टिलरको ब्राण्ड र मूल्य तल उल्लेख गरिएको छ ।

मोडल स् एफ ३००, एफजे ५००, टिलर एफक्यु ६५०

मूल्य स् ८० हजार ९०० रुपैयाँदेखि एक लाख ६० हजार रुपैयाँसम्म

विशेषता स्

(पावरफुल होण्डा ४ स्ट्रोक इन्जिन

(उच्च गुणस्तरको एयर फिल्टर

(कम भाइब्रेसन

(गति नियन्त्रणको सुविधा

(बागवानी किसानहरुका लागि झारपातको झन्झट नहुने

(ढुवानीको बेला फोल्ड गर्न सकिने

बसन

बसन ब्राण्डका टिलर पनि विभिन्न मोडलमा उपलब्ध छन् । बसनका ४५ हजार रुपैयाँदेखि ९० हजारसम्म पर्ने मोडल भेटिन्छ । यो ब्राण्डको टिलरलाई नेपालमा बीटीएल ट्रेडले बिक्री वितरण गर्ने गर्छ । बसन ब्राण्डको बीएसडी ८००, ९०० डीई, १०५०, १०५० ई गरी चार मोडलका टिलर बजारमा आउँछन् । मोडल अनुसार मूल्य र विशेषता यस्ता छन् ।

मोडल स् बीएसडी ८००, ९०० डीई, १०५०, १०५० ई

मूल्य स्४५ हजारदेखि ९० हजार रुपैयाँसम्म

क्षमता स् ७(९ हर्स पावरसम्म

किसान क्राफ्ट

नेपालमा बिक्री हुने अर्को ब्राण्ड किसान क्राफ्ट हो । यसले पनि विभिन्न क्षमता र मूल्यका टिलर बजारमा ल्याउने गरेको छ । नेपाली बजारमा किसान मार्टको २ हर्स पावरदेखि ९ हर्स पावरसम्मका ४० हजारदेखि १ लाख ८० हजार रुपैयाँसम्मका टिलर पाउन सकिन्छ । यसका विभिन्न मोडल र मूल्यको सूची निम्नानुसार छ ।

इन्टर कल्टिभेसन ९डिजेल र पेट्रोल०

मोडल स् केके(आईसी(२५०डी, केक(आईसी(२०५पी, केक(आईसी(२००पी, केक(आईसी(२५०डी, केक(आईसी(२५६ डी, केक(आईसी(३००डी, केक(आईसी(४००डी, केके(आईसी(८६५७

नेपाली बजारमा मूल्य स् ४० हजारदेखि एक लाख ८० हजारसम्म

स्पिड स् ३६०० आरपीएम ९रिभोलुसन प्रति मिनेट०, ७५०० आरपीएम९रिभोलुसन प्रतिमिनेट०

इन्जिन÷इन्धन स् २ स्ट्रोकरपेट्रोल, ४ स्ट्रोक÷डिजेल

इन्धन ट्यांकी स् २।५ लिटर, १।२ लिटर

इन्धन खपत स् ६५० मिलिलिटर प्रतिघण्टादेखि ८१० मिलिलिटर प्रतिघण्टा

तर बीएसडी १०५०ई मोडलको टिलरको मूल्य ९० हजार रुपैयाँसम्म पर्ने व्यवसायीहरु बताउँछन् । ९ हर्स पावर क्षमता भएको मिनी टिलरलाई अहिले बजारमा एक लाख १० हजार रुपैयाँसम्म पर्छ ।

भन्सार विभागको तथ्यांकअनुसार फागुन महिनासम्म चीनबाट मात्रै २२ हजार ८६९ वटा १ हजार ८०० सीसम्मको ट्याक्टर आयात भएको देखाएको छ । जसका लागि एक अर्ब रुपैयाँ खर्च भएको देखाएको छ । यस्ता ट्याक्टर तराई भेगको लागि प्रभावकारी भएपनि पहाडी भेगमा भने टिलर नै बढी प्रयोग हुन्छ ।

टिलर अनुदानको लहर

तीनवटै सरकारले आ(आफ्नो क्षेत्रमा खेतबारी जोत्ने यस्ता टिलर अनुदानको रुपमा दिने गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी हिक्मतकुमार श्रेष्ठ केन्द्र सरकारले कुल लागतको ५० प्रतिशत, प्रदेशले ७५ प्रतिशतसम्म र स्थानीय तहले ९० प्रतिशतसम्म यस्ता कृषि सामग्रीमा अनुदान दिने गरेको बताउँछन् ।

परियोजनाका अनुसार २०७४ सालदेखि हालसम्म १२ हजार मेसिन तथा स्पेयर्स पार्ट्स अनुदानमा दिइसकिएको छ । तर यसमध्ये कतिवटा टिलर अनुदानमा दिइयो भन्ने यकिन तथ्यांक नभएपनि यसको संख्या अत्यधिक रहेको सूचना अधिकारी श्रेष्ठ बताउँछन् । परियोजनाले आगामी आर्थिक वर्षको लागि पनि कति टिलर तथा पार्ट्सलाई आर्थिक सहयोग आवश्यक पर्छ भन्ने बारेमा ५८ वटै सेन्टरसँग विवरण माग गरिएको उनको भनाइ छ ।

श्रेष्ठका अनुसार यसरी कार्यान्वयन इकाईहरुले सूचीकरण गरेको आवश्यकतासम्बन्धी विवरणको आधारमा बजेट तयार पारी साना किसान सहकारी जस्ता समूहगत सहकारीमार्फत अनुदान दिने गरिन्छ । त्यसका लागि पहिले बजार मूल्यमा त्यस्ता सहकारीहरुले टिलर खरिद गर्छन् । त्यसको बिलको ५० प्रतिशत शुल्क परियोजनाले सहकारीको खातामा पठाउने प्रचलन रहेको श्रेष्ठ बताउँछन् ।