२३ चैत्र २०७८, बुधबार १७:०१ – Page 3 – Nagarikabhiyan : National News

चितवनमा माओवादीलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा माओवादीलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

बुधबार चितवनमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले देशभित्रका र बाहिरका पनि केही शक्ति चितवन जिल्लामा माओवादीलाई कमजोर पार्ने षड्यन्त्रमा लागेको बताएका हुन् ।

 

‘एकथरि प्रतिक्रियावादीको ध्यान चितवन जिल्लामा माओवादीलाई के गरी कमजोर पार्न सकिन्छ भन्नेमा छ । चितवन जिल्लामा प्रचण्डलाई कसरी हराउने भन्नेमा छ’ उनले भने ।

माओवादीलाई कमजोर पारे मात्र परिवर्तनका एजेण्डा कमजोर हुने भन्दै केही शक्ति माओवादीविरुद्ध लागेको प्रचण्डको दावी छ । चितवनमा माओवादीले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा राम्रो काम गरेको प्रचण्डले दावी गरे ।

 

‘चितवनमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, नदी तटबन्धदेखि तमाम विकासका कामलाई अग्रगति दिने काम गर्दा पनि प्रतिक्रियावादीले किन षड्यन्त्र गरिरहेका छन्’ उनले प्रश्न गरे, ‘चितवनको विकास र समृद्धिको काममा लाग्नु गल्ती हो त रु’

प्रचण्डले चितवनलाई विकास, शान्ति र परिवर्तनको मोडल जिल्ला बनाउने बताए ।

 

नेपालमा श्रीलंकाको जस्तो अवस्था आउँदैन : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण भए पनि श्रीलंकाको जस्तो अवस्थामा पुग्ने अवस्था नभएको बताएका छन् ।

बुधबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेसनमा बोल्दै उपाध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा भए पनि श्रीलंकाको जस्तो अवस्थामा भने नपुग्ने बताएका हुन् ।

 

जबसम्म स्वदेशमा उत्पादित वस्तुहरुको उपभोग गर्दैनौ तबसम्म रोजगारी सृजना र आर्थिक समृद्धि हुन नसक्ने उनको भनाइ छ ।

उपाध्यक्ष ढकालले अहिले मुलुकको अर्थतन्त्र चुनौती पूर्ण रहेकाले यो चुनौती सामना गर्न अर्थतन्त्रलाई चलायमान बनाउने गरी निजी क्षेत्रले काम गर्न आवश्यक रहेको बताए । उनले भने, ‘जबसम्म हामीले स्वदेशी उत्पादनलाई प्राथमिकता दिंदैनौँ र स्वदेशी उत्पादनबाट नै रोजगारी सृजना गर्ने, राजश्व संकलन गर्ने मुलुकमा पूर्वाधारहरुको विकास गर्ने र स्वदेशमा उत्पादन भएका वस्तुलाई धेरै भन्दा धेरै उपयोग गर्न सकिंदैन। त्यति बेलासम्म वास्तविक रुपमा आर्थिक समृद्धि हुँदैन ।’

 

उपाध्यक्ष ढकालले अहिलेको अर्थतन्त्रको मुख्य समस्या तरलता अभाव भएको बताए । उनले तरलता अभावको कारण बैंकहरुले तरलता सहज बनाउनका लागि निक्षेपको ब्याजदर बढाए पनि निक्षेप बढ्न नसकेको बताए । बैंकहरुले निक्षेपको ब्याजदर बढाउँदैमा निक्षेप बढ्दैन भन्ने पछिल्लो उदाहरण भएको उनको भनाइ छ । उनले बैंकहरुमा जबसम्म व्यवसायले थाम्न सक्ने ब्याजदर हुँदैन तबसम्म व्यवसायीक गतिविधिहरु अगाडि बढ्न नसक्ने दाबी गरे ।

ढकालले भने, ‘अहिले बजारमा तरलताको समस्या रहेको छ । त्यसले गर्दा बैंकहरुले ब्याजदर बढाएका थिए । तर यसबाट के देखिएको छ भने निक्षेपको ब्याजदर बढ्दैमा निक्षेप बढ्न सक्दैन भन्ने कुरा देखाएको छ । जबसम्म व्यवसाय गर्नको लागि व्यवसायले थाम्न सक्ने ब्याजदर हुनसक्दैन । यस्तो अवस्थामा व्यावसायिक गतिविधिहरु अगाडि बढ्न सक्दैन ।’

पूर्व उद्योग तथा वाणिज्य आपूर्ति राज्य मन्त्री मोती दुगडले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण भएको अवस्थामा पनि सरकार गम्भीर नभएको बताए । उनले अहिलेको गठबन्धन सरकारले नीजि क्षेत्रसँग कुनै छलफल समेत गर्न नसकेको आरोप लगाए । सरकारले पछिल्लो समय उद्योगी व्यवसायीहरुको मनोवल खस्काउने काम गरेको दुगडले बताए ।

 

टेलिकम भित्रकै कर्मचारीलाई प्रबन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरु आन्दोलित

काठमाडौं । नेपाल टेलिकममा टेलिकम भित्रकै कर्मचारीलाई प्रबन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरु आन्दोलित भएका छन् । बुधबार टेलिकमको केन्द्रीय कार्यालयमा नेपाल टेलिकम वर्कश युनियनले खबरदारी सभाको आयोजना गर्दै प्रबन्ध निर्देशकमा टेलिकम भित्रकै बरिष्ठ व्यक्तिलाई नियुक्त गर्न माग गरेको हो ।

सरकारले रिक्त रहेको प्रबन्ध निर्देशकको पदमा नियुक्ती गर्ने तयारी गरिरहेको बेला कर्मचारीहरुले बाहिरबाट व्यक्ति ल्याएर प्रवन्ध निर्देशक बनाउनु नहुने भन्दै खबरदारी गरेका हुन् । टेलिकममा संस्था बुझेको, संस्थामा भिजेको र लगानी गरेको मान्छे प्रबन्ध निर्देशक हुनुपर्ने नेपाल टेलिकम वर्कश युनियन केन्द्रीय समितिका अध्यक्ष राजेन्द्र प्रसाद जोशीले बताए ।

टेलिकममा बाहिरी हस्तक्षेप हुन लागेको भन्दै उनले बाह्य हस्तक्षेपबाट मुक्त गराउनका लागि खबरदारी गरिएको बताए । नेपाल टेलिकम नबुझेको मान्छेले यस संस्थालाई हाँक्न नसक्ने उनको भनाइ छ ।

उनले भनेका छन्, ‘आज दुई दिनदेखि नेपाल टेलिकममा एमडीको नियुक्ति हुँदै गर्दाखेरी नेपाल टेलिकममा बीसौँ वर्ष, तीसौँ वर्षसम्म काम गरेका व्यक्तित्वहरु हुनुहुन्छ । सिनियर सर, म्याडमहरु हुनुहुन्छ । यो संस्थामा आफ्नो जीवनको सम्पूर्ण लगानीहरुपनि लगाइसक्नु भएको छ । संस्था बुझेको, संस्थामा भिजेको र संस्थामा लगानी गरेको मान्छे र संस्थालाई सबैतिरबाट बुझेको मान्छे संस्था प्रमुख हुनुपर्छ ।’

उनले थप भनेका छन्, ‘र, नेपाल टेलिकम एक नम्बर संस्था हुनका लागि आजसम्म आइपुग्दा जुन अभियानहरु उहाँहरुले आफ्नो संस्थामा लगानीहरु पनि गर्नुभएको छ । संस्था एक नम्बर हुनका लागि यहीँको संस्था प्रमुख भएर पनि आजसम्म कायम रहेको कुराको कारणले आज बाह्य हस्तक्षेपका कुराहरु पनि आएका छन् । विभिन्न किसिमका सेटिङका कुराहरु पनि आएका छन् । हामी के चाहान्छौँ भने नेपाल टेलिकममा बाह्य हस्तक्षेपबाट होइन, संस्था बुझेको मान्छेले मात्र यो संस्थालाई ड्राइभ गर्न सक्छ ।’

नेपाल टेलिकममा प्रवन्ध निर्देशक नियुक्तिका लागि नियुक्ति प्रक्रियाका विभिन्न मापदण्डहरुलाई परिवर्तन गरिएको भन्दै युनियनले आपत्ति जनाएको छ ।

 

सर्वोच्चको आदेशः ‘राष्ट्रिय-अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने कानुनी शिक्षाको व्यवस्था गर्नू’

काठमाडौँ । सर्वोच्च अदालतले कानुनी शिक्षा क्षेत्रको समग्र विकासका लागि एक उच्चस्तरीय अध्ययन समिति गठन गर्न नेपाल कानुन व्यवसायी परिषद्का निर्देशनात्मक आदेश जारी गरेको छ ।कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश हरिप्रसाद फुँयालको संयुक्त इजलासले यही चैत ३ गते राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आवश्यकता पूरा गर्ने र राज्यको प्रतिरक्षा गर्न सक्ने गरी कानुनी शिक्षा प्रदान गर्न उक्त आदेश गरेको हो ।

“पाठ्यक्रम, कानुन अध्ययन प्रणाली, विद्यार्थी सङ्ख्या, प्रवेश परीक्षा र भर्ना प्रक्रिया, प्राध्यापन गराउने जनशक्ति, मूल्याङ्कन तथा परीक्षा प्रणाली, पूर्वाधार अध्ययन, शुल्कजस्ता विषयमा उक्त परिषद्मार्फत एक उच्चस्तरीय अध्ययन समिति गठन गर्नू”, आदेशमा भनिएको छ, “सरोकारवालासँग आवश्यक परामर्शसमेत गरी संविधानले परिकल्पना गरेको उद्देश्य प्राप्त गर्ने प्रकृतिको विपन्नमैत्री तथा समावेशी चरित्र भएको, राष्ट्रिय आवश्यकता पूरा गर्ने र अन्तर्राष्ट्रियरूपमा प्रतिस्पर्धासमेत गर्नसक्ने खालको कानुनी शिक्षा प्रदान गरी राज्यको प्रतिरक्षा हुने तथा आमजनताका न्यायको हक संरक्षण हुने उद्देश्यसहित सुधारको प्रक्रिया अघि बढाउन यथाशीघ्र पहल गर्नू ।”

अदाललते समग्र न्याय क्षेत्रको विकास तथा कानुनी व्यवसायका लागि शैक्षिक मापदण्ड निर्माण र अनुगमन गर्नका लागि परिषद्का अध्यक्ष तथा महान्यायाधिवक्ताका नाममा निर्देशनात्मक आदेश जारी गरेको हो ।उक्त आदेशमा यस्ता कानुनी शिक्षा प्रणालीले समग्र न्याय प्रणालीमा असर पार्ने भएकाले नेपालको कानुन तथा न्याय क्षेत्रका लागि दक्ष जनशक्ति निर्माण गर्न र स्तरीय कानुन शिक्षालाई प्रोत्साहन दिनका लागि विश्व विद्यालयसँग परामर्श गर्नू भनिएको सो आदेशमा समग्र न्याय क्षेत्र र कानुन व्यवसायीका लागि उपयुक्त शैक्षिक मापदण्ड सिफारिस गर्न र अनुगमन गर्ने भूमिकासमेत परिषद्को रहेको उल्लेख छ ।

कानुनी विषयमा भर्ना हुन विश्वविद्यालयहरूले आफूअनुकूल छुट्टाछुट्टै योग्यता र प्रवेश परीक्षा सञ्चालन गरिआएकामा तत्कालका लागि एकरूपता र गुणस्तरीयता कायम हुने गरी स्तर तोक्न र क्रमिकरूपमा एकात्मक प्रवेश परीक्षा प्रणाली विकास गरी लागू हुने व्यवस्था गर्न पनि सर्वोच्चले भनेको छ ।आदेशमा माध्यमिक तह दस जोड दुईको कानुन विषयमा भर्ना हुने जनशक्तिको योग्यताको हकमा ‘ग्रेड सी’ भन्दा माथि वा सोसरहको अङ्क प्राप्त गरेमा मात्र भर्ना गर्न पाउने मापदण्ड निर्धारण गर्नाका लागि उच्च माध्यमिक शिक्षा परिषद्लाई आवश्यक निर्देशन दिनसमेत भनिएको छ ।

कानुनी अध्ययन पूरा नभएसम्म विश्वविद्यालयहरूसँगको समन्वय र सहकार्यमा शिक्षण संस्थाको न्यूनतम पूर्वाधार निर्धारण गर्न र कार्यरत जनशक्तिको आधारमा विद्यार्थी सङ्ख्या निर्धारण गरी आवश्यक व्यवस्था गर्न आदेशमा भनिएको छ ।

परिवर्तित विश्वपरिवेशबमोजिम नेपालको कानुन र न्याय प्रणालीमा आवश्यक प्रतिस्पर्धी दक्ष जनशक्ति परिपूर्ति गर्न विद्यमान कानुनी शिक्षाको पाठ्यक्रममा सैद्धान्तिक र व्यवहारिक पक्षको सन्तुलनसहितको विषयवस्तुलाई समावेश गर्न । गराउन पनि आदेशमा उल्लेख गरिएको छ ।

“कानुनको अध्यापनमा एकरूपता ल्याउन क्रमिकरूपमा विश्वविद्यालय तथा सो अन्तर्गतका कलेजहरूमा कानुन विषयको अध्ययनमा वार्षिक वा सेमेस्टर प्रणाली वा अन्य कुनै प्रणाली लागू गर्न यसअघि गरिएका अध्ययन प्रतिवेदनसमेतलाई मध्यनजर गरी आवश्यक प्रबन्ध मिलाउन पनि आदेशमा भनिएको छ ।त्यस्तै माध्यमिक तह ९दश जोड दुई०बाट उत्पादित कानुनी जनशक्तिले न्याय क्षेत्रको आवश्यकतालाई परिपूर्ति गरे÷नगरेको सम्बन्धमा मूल्याङ्ककन गरी माध्यमिक शिक्षा परिषद्मार्फत आवश्यक सुधार प्रारम्भ गर्नेसमेत जोड दिइएको छ ।

कानुन व्यवसायी परिषद्को विद्यमान कानुनी व्यवस्थामा आवश्यक संशोधन गरी संगठनात्मक संरचना, मानवीय शक्ति, बजेट र मुलतः कानुन शिक्षा हेर्ने महाशाखा तथा त्यसका लागि उच्चस्तरको जनशक्ति र बजेटको व्यवस्था गर्न÷गराउनसमेत सर्वोच्चको आदेशमा उल्लेख छ ।

कानुनी शिक्षामा मातृसंस्थाको रूपमा रहेको नेपाल ल क्याम्पसलाई विशिष्टिकृत शिक्षण संस्थाको रूपमा स्थापित गर्न आवश्यक कार्य गर्न त्रिभुवन विश्वविद्यालयका उपकुलपतिका नाममा निर्देशनात्मक आदेश दिइएको छ । त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को आधारमा कानुनी शिक्षाको पठनपाठन भइरहेको छ ।अधिवक्ता यज्ञमणि न्यौपाने तथा नेपाल ल क्याम्पसको तीनवर्षे एलएलबीमा अध्ययनरत विद्यार्थी आतिस कार्की र बविन्द्र बरालले न्याय क्षेत्रको सुधारका लागि कानुनी शिक्षाको समग्र सुधार माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो । गुणस्तरीय कानुनी शिक्षा र व्यावसायिक कानुन प्रणालीको विकासका लागि उक्त आदेश महत्वपूर्ण रहेको बताइएकोे छ ।

चोभार सुक्खा बन्दरगाहको शिलान्याश गर्न कांग्रेसले तीन पटक रोक्ने प्रयास गरेको थियो : अध्यक्ष ओली

काठमाडौं । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार उद्घाटन गरेका चोभार सुक्खा बन्दरगाहको शिलान्याश गर्न कांग्रेसले तीन पटक रोक्ने प्रयास गरेको बताएका छन् ।

बुधबार भक्तपुरको सिपाडोलमा विनासकारी भूकम्पबाट क्षति भइ पुननिर्माण गरिएको श्री शान्ति निकेतन माध्यामिक विद्यालयको उद्घाटन गर्दै अध्यक्ष ओलीले कांग्रेसले निर्माण गर्न अवरोध गरेको उक्त बन्दगाह एमालेको सरकारले नै निर्माण सम्पन्न गरेको र अहिले प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरेको बताएका हुन् ।

उनले पटक पटक अवरोधपछि एमाले सरकारले बनाएको बन्दरगाह अहिले सञ्चालनमा आउनु सुखद् रहेको धारणा राखे । एमाले सरकारले बिकासका निकै काम गरेको र फेरि पाँच वर्ष सरकारमा बसेपछि शिलान्यास र उद्घाटनको कामले तीव्रता लिने उनले बताए ।

वर्तमान सत्तागठबन्धनलाई कुहिएको गठबन्धनको संज्ञा दिदै उनले कुहिएको गठबन्धन झरेपछि फेरि मुलुकको बिकासको बाटोमा अघि बढ्ने समेत बताए । ओलीले परमादेशपछि बनेको वर्तमान सरकारका कारण मुलुकको बिकासको काम नै अवरुद्ध भएको जिकिर गरे ।

अध्यक्ष ओलीले शिक्षा क्षेत्रको बिकासका लागि यसअघिको एमाले सरकारले ल्याएका कार्यक्रमलाई एमाले सरकारमा गएपछि प्राथमिकताका साथ निरन्तरता दिने उल्लेख गरे । कार्यक्रममा विद्यालय पुनर्निर्माणमा सहयोग गर्नेलाई सम्मान गरिएको थियो ।

केन्द्रबाट तालमेल गर्न खोजे देशव्यापी विरोध हुने शेखर कोइरालाकाे चेतावनी

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता शेखर कोइरालाले केन्द्रबाट तालमेल गर्न खोजे देशव्यापी विरोध हुने चेतावनी दिएका छन् ।

पार्टीले गरेको निणर्य अनुसार आवश्यकता र औचित्यको आधारमा तालमेल हुने बताउँदै कोइरालाले केन्द्रबाट तालमेल लाद्न नहुने उनले बताएका हुन् । केन्द्रमा धेरैले गठबन्धन गर्ने भने पनि आफूहरूले बीचको बाटो लिने निणर्य गरेको उनको भनाइ छ ।

फरक प्रसङ्गमा पार्टीले नै तालमेल गरेर जान सक्ने निणर्य गरेको कारण गठबन्धनले संयन्त्र बनाउने निणर्य सही भएको उनको भनाइ छ । उनले भने, ‘संयन्त्र बनाउने कुरा सामान्य हो ।’ सत्तारुढ गठबन्धनले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले संयोजक पौडेलसहित १० सदस्यीय समिति गठन गरेको थियो । नेता कोइरालाले सभापतिले भागबण्डाको राजनीति गर्न नहुने र न्यायोचित ढङ्गले पार्टी चलाउनु पर्ने माग गरे ।

नेपालगञ्जबाट उडेको बुद्धको जहाज धनगढीमा आकस्मिक अवतरण

काठमाडौं । यात्रुको स्वास्थ्यमा समस्या आएपछि बुद्ध एयरको जहाज आकस्मिक अवतरण गरिएको छ ।

धनगढी विमानस्थलबाट काठमाडौंका लागि उडेको २५२ उडान नम्बरको जहाज आकस्मिक रुपमा नेपालगञ्ज विमानस्थमा अवतरण गरिएको बुद्ध एयरले जनाएको छ ।

जहाजमा रहेका यात्रुको स्वास्थ्यमा एक्कासी समस्या आएकाले अवतरण गर्नु परेको बुद्ध एयरको दाबी छ । नेपालगञ्जमा अवतरणपछि विरामी यात्रुको स्वास्थ्य जाँच गरेर ती यात्रुलाई बाहिर निकालेको जनाइएको छ ।

हाल बिरामीको अवस्था सामान्य रहेको बताइकोछ । बिगत देखि नै बुद्ध एयरमा समस्या हुने घटना दोहोरिदै आइरहेको थियो । तर यो पटक भने यात्रुको स्वास्थ्यमा समस्या भएकाले तत्काल अवतरण गर्नुपरेको बुद्ध एयरको दाबी छ ।

पुरातात्विक संरचना निर्माणको काम समयमै सक्न मन्त्री झाँक्रीको निर्देशन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिअन्तर्गत गुजेश्वरी फाँट र टेकु दोभानमा निर्माण भइरहेका पुरातात्विक संरचनाको अनुगमन गरेकी छन् । आज ९बुधबार० अनुगमन गर्दै मन्त्री झाँक्रीले आयोजना क्षेत्र अस्तव्यस्त देखिएकाले यसबारे मन्त्रालयमा थप छलफल गरिने बताइन् ।

मन्त्री झाँक्रीले आयोाजनाको काम तोकिएको समयमा सक्न पनि निर्देशन दिइन् । मन्त्री झाँक्रीले निर्माण क्षेत्रमा रहेका सत्तलमा आश्रित रहेका परिवारहरुको व्यवस्थानबारे मन्त्रालयले सकारात्मक पहल गर्ने बताउँदै मन्त्रालयको एकल निणर्यले मात्र आश्रित परिवारको व्यवस्थापन गर्न नसकिने बताइन्। उनले अन्य सरोकारवाला निकायहरुसँग छलफल गरेर नयाँ ठाउँमा पुनर्स्थापना गर्न सकिनेबारे विकल्प खोज्नु पर्ने बताइन् ।

अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेलले पहिलो क्षेत्रको काम सम्पन्न भइसकेको बताउँदै दोस्रो र तेस्रो साइट निर्माण कार्य करिब ७० प्रतिशत सकिएको जानकारी दिए। पुरातात्विक र सांस्कृतिक संरचना निर्माण गर्नुपर्ने आयोजना भएकाले काम गर्न अत्यन्तै संवेदनशील र चुनौतीपूणर् रहेको मन्त्री झाँक्रीको भनाइ थियो ।

आगामी असारसम्म आयोजनाको म्याद रहेकाले आफूहरु समयमै काम सक्न प्रतिबद्ध रहेको बताउँदै प्याकुरेलले आफूले निर्माण व्यवसायी र परामर्शदातालाई आयोजना समयमै सक्न ताकेता गरिरहेको बताए ।

 

निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री भेट्दै

काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दैछन् ।

प्रधानमन्त्रीले निर्वाचन तयारीबारेमा जानकारी लिन आयोगका पदाधिकारीलाई छलफलमा बोलाएका आयोग स्रोतले बताएको छ ।

 

आयोग हाल ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको तयारीमा छ ।

आयोगले निर्वाचन आचारसंहिता जारी गर्नेदेखि मतपत्र छपाइसम्मको तयारी गरिरहेको छ ।

 

सोमबार राजनीतिक दलहरुलाई बोलाएर निर्वाचन आचारसंहिता पालनाको प्रतिवद्धतामा हस्ताक्षर गर्न लगाएको थियो ।

चिकित्सा शिक्षा स्नातक तह प्रवेश परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । चिकित्सा शिक्षा स्नातक तहको शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको छ । चिकित्सा शिक्षा आयोगले १८ चैतमा सञ्चालन गरेको स्नातक तह एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएसएलपी, बी पर्फ्युजन टेक्नोलोजी शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

सार्वजनिक भएको नतिजामा परीक्षार्थीले आफ्नो प्रोफाइलमासमेत हेर्न सकिने व्यवस्था गरेको आयोगले जनाएको छ । प्रकाशित नतिजा उपर चित्त नबुझी पुनर्योग गर्न चाहने उम्मेद्‍वारहरुले हिमालयन बैंकको चल्ती खातामा १ हजार जम्मा गरी दस्तुर बुझाएको भौचर वा अनलाइनबाट बुझाएको प्रमाण संलग्न गरी २७ चैतको बिहान १० बजेदेखि २९ चैतको अपरान्ह ५ बजेभित्र आयोगको इमेलमार्फन निवेदन पेश गर्न सक्ने आयोगले जानकारी गराएको छ ।

 

साथै विभिन्न आरक्षण समूहभित्र पर्ने उम्मेद्‍वारहरुको प्रकाशित नतिजाप्रति कुनै उजुरी भएमा यथार्थ प्रमाणसहित पुनर्योगका लागि तोकिएको समयावधिभित्र आयोगमा उजुरी दिने सक्नेछन् । झुठो विवरण पेश गरी परीक्षामा समोवश भएको पाईएमा त्यस्ता परीक्षर्थीहरुको नतिजा जुनसुकै बखत रद्द गर्ने चेतावनी दिएको छ ।

चार जना परीक्षार्थीको परीक्षा रद्द

 

आयोगले चार उम्मेद्‍वारको परीक्षा रद्द गरेको जनाएको छ । प्रवेश परीक्षाको उत्तर पुस्तिकामा रोल नम्बर र प्रश्नपत्र सेटको बबल नभरेका वा बबल गलत भरेका उम्मेद्‍वारका उत्तर पुस्तिकाहरु तथा परीक्षाको मर्यादा विपरित कार्य गरेका, गर्न लगाएका चार जनाको परीक्षा एकीकृत प्रवेश परीक्षा समितिको निर्णय अनुसार रद्द गरेको छ ।

परीक्षामा १७ हजार ४६७ जना विद्यार्थी सहभागी भएकोे आयोगले जनाएको छ । त्यसमध्ये ८ हजार ६८७ उम्मेद्‍वारले र विदेशी परीक्षार्थीतर्फ ६० उम्मेद्‍वारको नाम निस्किएको छ ।

चिकित्सा शिक्षा आयोगले यो वर्षको एकीकृत प्रवेश परीक्षाको नतिजामा पर्सेन्टाइल प्रणाली लागू गरेको छ । आयोगले गत वर्ष कार्यान्वयन गरेको पद्धतिमा २ सय पूर्णाङ्कमा सञ्चालित परीक्षामा न्यूनतम १ सय अंक अर्थात् ५० प्रतिशत अंक ल्याउने विद्यार्थी मात्र चिकित्सा शिक्षामा भर्ना हुन पाउने व्यवस्था गरेको थियो ।

यो व्यवस्थाले नर्सिङ, फार्मेसीलगायत विषयमा मेडिकल कलेजका लागि तोकिएको सिट संख्याको आधा भन्दा कम विद्यार्थी योग्य भएपछि कार्यविधि संशोधन गरी ‘पर्सेन्टाइल’ प्रणाली लागू गरिएको आयोगको भनाइ छ ।

चाँगुनारायणमा कौडा खेल्‍ने १३ जना पक्राउ

भक्तपुर । प्रहरीले भक्तपुरको चाँगुनारायणस्थित होटलमा कौडा खेलिरहेको अवस्थामा १३ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा चाँगुनारायण नगरपालिका(६ नगरकोट गैरीगाउँ बस्ने ३७ वर्षीय मन बहादुर तामाङको न्यू गन्तव्य रेष्टुरेन्ट एण्ड होटलबाट
कौडा खेलिरहेको अवस्थामा मन बहादुरसमेत १३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

 

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद ८ लाख २२ हजार ६० रूपैयाँ र १६ थान कौडा बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

‘केहीले लखेट्न खोजे, तर जनताको मायाले घर फर्किएँ’

काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी ९हरि० नेकपा एमाले प्रवेश गरेको भोलिपल्टै नेकपा माओवादी केन्द्रमा फर्किए ।

सोमबार नेकपा एमालेका अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेर एमाले प्रवेश गरेका उनी मंगलबार एक विज्ञप्ति जारी गर्दै माओवादीमा फर्किएका हुन् ।

 

डल्लाकोटी बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगे । उनले केही मान्छेको परिबन्धमा परेका बालकोट पुग्नु गल्ती भएको बताएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले बताए । डल्लाकोटीको भनाइ उद्धृत गर्दै मल्लले भने, ‘मैले बनाएको पार्टी, कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले दुई दिनसम्म छोडेनन्, सुत्न नि दिएनन् । कार्यकर्ता र जनताप्रति गर्व गर्छु र, म २ दिनमै घर फर्केको छु ।’

जवाफ प्रचण्डले ‘गल्ती गरे भनिसक्नुभो, अब काममा फर्कनुस्’ भनेका छन् ।

 

खुमलटारबाट फर्किएपछि अध्यक्ष डल्लाकोटीसँग अनलाइनखबरले गरेको कुराकानी–

म बुधबार बिहान अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगें । उहाँले ‘तपाईंले गल्ती स्वीकारी सक्नुभयो, अब काममा फर्कनुस्’ भन्नुभयो । पार्टीभित्र आन्तरिक जीवन बलियो बनाउनुपर्छ । जबजब निर्वाचन आउँछ, हाम्रो पार्टी आफ्नो एजेण्डा लिएर जनतामा जानेभन्दा कार्यकर्ता मिलाउन बढी व्यस्त हुनुपर्छ । यो समस्या छ । मैले पार्टीभित्र आफूले भोगेका समस्या अध्यक्ष प्रचण्डलाई राखें । गाउँपालिकामा पार्टी बनेको छ । तर, जिल्लामा केन्द्रको गठबन्धनभन्दा फरक ध्रुवीकरण हुने अवस्था विकास भइरहेको बारे पनि भनें ।

खासगरी पार्टीभित्रै केही साथीहरू जसले जनयुद्ध लड्नुभयो, उहाँहरूप्रति सम्मान छ । उहाँहरुले भोग्नुभएको दुःखप्रति सहानुभूति पनि छ । यो हाम्रो गर्व गर्न लायक इतिहास हो । यो हाम्रो इज्जत पनि हो, यसलाई त हामीले ग्रहण गर्न सक्नुपर्छ ।

म जनताको काम गर्न गएको हुँ, जनताको सेवक भएर गएको हुँ । म पार्टी बिगार्नभन्दा बनाउन गएको हुँ । मैले त्यहाँ पार्टी बिगारेको छैन । पार्टीभित्र एउटाको प्रगतिमा अर्को खुसी हुने कि रिस गर्ने रु मलाई केही साथीहरुले निरन्तर खेद्ने काम गरे । यसरी हामी कसरी गन्तव्यमा पुग्न सक्छौं रु साथीहरुले मलाई काममा सहयोग गर्ने कि कांग्रेस एमालेसँग मिलेर मलाई बाह्रै महिना बाह्रैकाल लखेटी मात्रै राख्ने हो रु साह्रै अपमानको अवस्था भएपछि मान्छेले स्वभाविक रूपमा विद्रोह गर्छ । तर पनि म संयमित भएको छु ।

मलाई चुनाव जित्न समस्या होइन, म जनताको काम गर्ने मान्छे, म उहाँहरूको दुःख सुखसँग जोडिनसक्छु । यो पार्टी बनाउन समय र ऊर्जा खर्चिएको १६ वर्ष भयो । यो अवधिमा कुनै दिन पनि पार्टीको विरुद्धमा काम गरिएन । गर्न पनि मन लाग्दैन । तर पार्टी बनाउन मैले खेलेको भूमिकाको कुनै मूल्यांकन भएन । केही साथीहरूले एकोहोरो लखेटिरहे । डेढ दशकभन्दा लामो समय पार्टीभित्र लागिरहे पनि पार्टीमा हाम्रो स्वामित्व कमजोर हुने अवस्थाले मन दुखिहाल्छ । साथीहरुले नै घेराबन्दी गर्नुभयो । एक नम्बरमा दाग लगाउने, दुई नम्बरमा जसरी पनि ‘रिङ आउट’ गर्ने, तीन नम्बर टिकट नदिने र चार नम्बर टिकट दियो भने हराउने रणनीति बनाएको अवस्थामा पार्टीको हित सम्झिएर मैले आफूलाई सम्हालिनुपर्छ भन्ने लागिरहेको छ ।

मैले गएको चुनाव अगाडि पनि भनेको थिएँ । अरु कोही साथीले जित्छ भने म सघाउन तयार छु । चुनाव जित्न हामीले हाम्रो स्वभाव र शैली बदल्नुपर्छ । जनतासँग एकाकार भएर काम गर्नुपर्छ । उनीहरूको सुख दुःख बुझ्नुपर्छ । गत चुनावमा पार्टीको समानुपातिक मत ४ हजार आसपास आयो । मैले ६४१० मत ल्याएर चुनाव जितेको हुँ । अहिले पार्टीको मत धेरै नै बढेको छ ।

हामीले बुझ्नुपर्छ– आन्दोलन भनेको बाध्यता हो तर, शान्ति र विकास भनेको आवश्यकता हो । हामी अहिले बाध्यताबाट आवश्यकताको युगमा आइपुगेका छौं । यो युगमा हामीले सोहीअनुसार आफूलाई ढालेर लैजानुपर्छ । हामी ०६२ सालतिरै अल्झिएर चुनाव जित्न सकिंदैन । देश धेरै अगाडि बढिसकेको छ । चेतना धेरै अघि बढिसकेको छ । चुनाव जित्न जनताको मत जित्नुपर्छ । पार्टीभित्र बलियो हुनु र जनताको बीचमा बलियो हुनु फरक कुरा हो ।

हाम्रो पार्टी अध्यक्ष प्रचण्ड एकदमै चलाख हुनुहुन्छ । एमसीसी प्रकरणमा उहाँ गोञ्जालो बन्नबाट जोगिनुभयो । परिस्थितिलाई मिहिन रूपमा मूल्यांकन गर्दै उहाँ अगाडि बढ्न सक्नुहुन्छ । हामीले उहाँबाट सिक्न आवश्यक छ ।

कतिपयले चुनाव र टिकटको कुरा पनि गरिरहेका छन् । मेरो मान्यता एक जनाले चुनावमा एकपटक मात्रै अवसर पाउनुपर्छ भन्ने हो । एकजना एक पदको मान्यता पार्टीभित्र कार्यान्वयन गर्नुपर्छ भन्ने मेरो मान्यता अहिले पनि छ । एउटै साथीलाई नदोहो¥याउँदा मान्छे ‘फेयर्ली’ राजनीतिमा लाग्न सक्छ । तर जित्ने साथीले चुनाव उठ्नुपर्छ । किनकि पराजित हुँदा पार्टीको ५ वर्षको समय खेर जान्छ । हार्ने उम्मेदवारले नैतिक जिम्मेवारी लिनुपर्छ ।

गत चुनावमा पनि उठ्ने मेरो रहर होइन । साथीहरूलाई दिलो ज्यान दिएर सघाउँछु भनेको थिएँ । तर साथीहरूलाई सघाउँछु भन्दा कसैले गरेको योगदानलाई अवमूल्यन र अपमान नगर्नुस् भन्ने मेरो आग्रह थियो । तर मैले दुःखका साथ अहिले सम्झना गरिरहेको छु– चुनावी मोर्चाको नेतृत्व गरेको कमरेडले नै मैले चुनाव जित्दा टीका लगाइदिनु भएन । चुनावी मोर्चाको नेतृत्व गर्ने साथीले अविर लगाइदिनु पर्दैन रु मलाई चुनावमा कति सहयोग भयो होला रु यो असहज अवस्थामा म थप कुरा गर्न चाहन्नँ ।

कार्ड र बुम बोकेर जे पनि गर्ने छुट पत्रकारलाई छैन : बस्नेत, अध्यक्ष प्रेस काउन्सिल नेपाल

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमका कार्ड र बुम बोकेर जे पनि गर्ने छुट पत्रकारलाई नभएको बताएका छन् ।

सुर्खेतमा आयोजित प्रदेशस्तरीय पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गर्दै उनले आचारसंहिताको पालना गर्न पत्रकार स्वयम जिम्मेवार हुनुपर्ने बताए ।

अध्यक्ष बस्नेतले बिनाआधार जथाभावी समाचार लेख्ने, आक्षेप लगाउनेजस्ता उजुरी बढेपछि काउन्सिलले कारबाही प्रक्रिया अघि बढाएको उल्लेख गरे ।

“हामी समाजको प्रतिनिधि हो, जहिले पनि परीक्षणमा हुन्छौँ”, उनले भने, “हाम्रा क्रियाकलाप समाजले नियालिरहेको हुन्छ, त्यसैले आचारसंहिताको डोरीभित्र रहेर काम गर्नुपर्छ ।”

प्रेस काउन्सिल नेपालले देशव्यापीरूपमा आचारसंहिता जागरण अभियान सुरु गरेको अध्यक्ष बस्नेतले बताए । पत्रकार आचारसंहिता पालनाका लागि पत्रकार महासङ्घको पनि उत्तिकै भूमिका रहेको उनको भनाइ थियो ।

पे्रस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले पत्रकारले बुम देखाउँदा भाग्नुपर्ने अवस्था आएको भन्दै जिम्मेवार र मर्यादित पत्रकारिताको खाँचो औँल्याए । उनले पे्रस काउन्सिल नेपालले दूत भएर सरकार र पत्रकारबीच पुलको काम गरिरहेको बताए ।

नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतमले आचारसंहिता उल्लङ्घन गर्दा पत्रकारिताको विश्वसनियतामाथि प्रश्न उठेको बताए ।

काउन्सिलले पत्रकार आचारसंहितासम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दा जिल्लास्तरमा आचारसंहिता सिकाउने प्रशिक्षक उत्पादन हुने उनको विश्वास छ ।

पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण कार्यक्रममा कर्णाली प्रदेशका २५ जना सहभागी छन् ।

भुवन केसी काठमाडौंको मेयर उठ्ने

काठमाडौं । अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन् । ०७९ वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा उनी उन्नत लोकतन्त्र पार्टीबाट काठमाडौं महानगरको मेयर उठ्ने भएका हुन् ।

स्वागत नेपाल अध्यक्ष रहेको पार्टीले काठमाडौंको मेयरमा भुवनलाई र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले काठमाडौं महानगरका लागि मेयर र उपमेयरको उम्मेदवार टुंग्याएको थियो।

उन्नत लोकतन्त्र पार्टीको संवाद समितिले गरेको छलफलबाट केसीलाई परराष्ट्र विभागको विभागीय अध्यक्षसमेतको जिम्मेवारी दिइएको अध्यक्ष स्वागत नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

गायिका रचना रिमाल मैदान प्रवेश गरेर ट्रफी उचालेको विषयमा क्यानले सोध्यो स्पष्टीकरण

काठमाडौं । त्रिकोणात्मक टी(२० क्रिकेट शृंखलाको फाइनल खेल क्रममा गेट तोडेर दर्शक प्रवेश गरेको विषयमा नेपाल क्रिकेट संघ ९क्यान०ले स्पष्टीकरण सोधेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले दीपेन्द्रसिंह ऐरी र करन केसीले उत्कृष्ट खेल प्रदर्शनमा पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दै नेपालले उपाधि चुमेको थियो ।

पुरस्कार वितरण समारोहमा गायिका रचना रिमाल र दर्शक नै मैदान प्रवेश गरी ट्रफीसहित फोटो सामाजिक सञ्जालमा राखिएको भेटेपछि क्यानले स्पष्टीकरण सोधेको हो । नेपाल र पपुवा न्युगिनीबीच ४ ओभरको खेल जारी रहँदा दर्शक गेट तोडेर भित्र प्रवेश गरेका थिए ।

क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लका क्यानले सुन्बी होल्डिङसँग स्पष्टीकरण सोधेको हो । सुन्बी होल्डिङ क्यानको पार्टनर हो । यसअघि क्यानले प्रतियोगिताको मर्सियल राइट सुन्बी होल्डिङलाई दिएको थियो ।

सुन्बी होल्डिङले टिकटको लागि आईएमी–पे र सुरक्षाको लागि केटीएमलाई जिम्मा दिएको थियो । खेल सकिएपछिसमेत दर्शक दीर्घाबाट मैदान प्रवेश भएपछि क्यानले सुन्बीलाई स्पष्टीकरण सोधेको हो । क्यानले पुरस्कार वितरणका लागि प्रमुख अतिथिमा अर्थमन्त्री जनार्दन शर्मालाई आमन्त्रण गरेको थियो ।

दर्शकदीर्घाबाट खेल हेर्न प्रवेश गरेकी गायिका रचना रिमाल पुरस्कार वितरण समारोहमा भने मैदान प्रवेश गर्दै कप्तान सन्दीप लामिछानेलगायत खेलाडीसँग फोटो खिच्न भ्याएकी थिइन् । उनले आफ्नो सामाजिक सञ्जालमा भिडियो र फोटोसमेत ‘पोष्ट’ गरेकी छिन् ।

 

चैतको वर्षाले राहत मिल्यो डढेलो नियन्त्रणमा

काठमाडौं । महोत्तरीका वन क्षेत्रका लागि पछिल्लो वर्षाबाट राहत पुगेको छ । शनिबार र आइतबार राति वर्षा भएपछि यहाँको वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ ।

वर्षाका कारण डढेलो निभाउन मद्दत पुगको डिभिजन वन कार्यालयका प्रमुख विनोदकुमार सिंहले बताए ।

जिल्लाको ३०० हेक्टरभन्दा बढी क्षेत्रफलमा वनमा डढेलो लागेको थियो । “डढेलो नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो”, उनले भने ।

वन्यजन्तुको चोरी शिकार, रुख कटान र जताततै डढेलो बढेपछि कार्यालयले विभिन्न टोली खटाएको थियो ।

पछिल्लो वर्षाले नयाँ बिरुवा हुर्कन मद्दत गरेको छ । जिल्लामा सामुदायिक, साझेदारी, धार्मिक, कवुलियती र सागरनाथ वन परियोजनासहित २४ हजार हेक्टर क्षेत्रफलमा वन रहेको छ ।

वर्षाबाट खेतीपाती गर्न राहत मिलेको छ । रुखिएको जग्गा खनजोत गर्न सहज भएको किसान बताउँछन् ।