गायिका रचना रिमाल मैदान प्रवेश गरेर ट्रफी उचालेको विषयमा क्यानले सोध्यो स्पष्टीकरण – Nagarikabhiyan : National News

गायिका रचना रिमाल मैदान प्रवेश गरेर ट्रफी उचालेको विषयमा क्यानले सोध्यो स्पष्टीकरण

काठमाडौं । त्रिकोणात्मक टी(२० क्रिकेट शृंखलाको फाइनल खेल क्रममा गेट तोडेर दर्शक प्रवेश गरेको विषयमा नेपाल क्रिकेट संघ ९क्यान०ले स्पष्टीकरण सोधेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले दीपेन्द्रसिंह ऐरी र करन केसीले उत्कृष्ट खेल प्रदर्शनमा पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दै नेपालले उपाधि चुमेको थियो ।

पुरस्कार वितरण समारोहमा गायिका रचना रिमाल र दर्शक नै मैदान प्रवेश गरी ट्रफीसहित फोटो सामाजिक सञ्जालमा राखिएको भेटेपछि क्यानले स्पष्टीकरण सोधेको हो । नेपाल र पपुवा न्युगिनीबीच ४ ओभरको खेल जारी रहँदा दर्शक गेट तोडेर भित्र प्रवेश गरेका थिए ।

क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लका क्यानले सुन्बी होल्डिङसँग स्पष्टीकरण सोधेको हो । सुन्बी होल्डिङ क्यानको पार्टनर हो । यसअघि क्यानले प्रतियोगिताको मर्सियल राइट सुन्बी होल्डिङलाई दिएको थियो ।

सुन्बी होल्डिङले टिकटको लागि आईएमी–पे र सुरक्षाको लागि केटीएमलाई जिम्मा दिएको थियो । खेल सकिएपछिसमेत दर्शक दीर्घाबाट मैदान प्रवेश भएपछि क्यानले सुन्बीलाई स्पष्टीकरण सोधेको हो । क्यानले पुरस्कार वितरणका लागि प्रमुख अतिथिमा अर्थमन्त्री जनार्दन शर्मालाई आमन्त्रण गरेको थियो ।

दर्शकदीर्घाबाट खेल हेर्न प्रवेश गरेकी गायिका रचना रिमाल पुरस्कार वितरण समारोहमा भने मैदान प्रवेश गर्दै कप्तान सन्दीप लामिछानेलगायत खेलाडीसँग फोटो खिच्न भ्याएकी थिइन् । उनले आफ्नो सामाजिक सञ्जालमा भिडियो र फोटोसमेत ‘पोष्ट’ गरेकी छिन् ।