चाँगुनारायणमा कौडा खेल्‍ने १३ जना पक्राउ – Nagarikabhiyan : National News

चाँगुनारायणमा कौडा खेल्‍ने १३ जना पक्राउ

भक्तपुर । प्रहरीले भक्तपुरको चाँगुनारायणस्थित होटलमा कौडा खेलिरहेको अवस्थामा १३ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा चाँगुनारायण नगरपालिका(६ नगरकोट गैरीगाउँ बस्ने ३७ वर्षीय मन बहादुर तामाङको न्यू गन्तव्य रेष्टुरेन्ट एण्ड होटलबाट
कौडा खेलिरहेको अवस्थामा मन बहादुरसमेत १३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

 

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद ८ लाख २२ हजार ६० रूपैयाँ र १६ थान कौडा बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।