९ आश्विन २०७८, शनिबार १६:०६ – Page 7 – Nagarikabhiyan : National News

प्रत्येक जिल्लामा पाँचदलीय गठबन्धन निर्माण गरिन्छः माधव नेपाल

हेटौंडा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँचदलीय गठबन्धन जिल्ला जिल्लामा निर्माण गर्न जोड दिएका छन् । शनिबार हेटौंडामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यो गठबन्धन जिल्लादेखि प्रदेशसम्म निर्माण हुने बताए ।
नेपालले छिट्टै नै केन्द्रमा पाँच दलीय गठबन्धन मोर्चाको रुपमा अगाडि बढ्ने बताए । नेपालले भने ‘यो जिल्लामा पनि मोर्चा बनाउनुहोस् । अरु सँगपनि सहकार्य गर्नुहोस् । पाँच वटा पार्टीका अगुवासँग बसेर राम्रो कामको लागि सहकार्यको संस्कृतिको विकास गर्नुस् । केन्द्रदेखि तलसम्म जान्छौं ।’
उनले पार्टीका कार्यकर्तालाई मेहनत र उत्पादनमुखी बन्न निर्देशन दिए । उनले भने, ‘खेतीमा लागेपनि हुन्छ । सहकारीमा लागेपनि हुन्छ । तपाईहरु उद्यमशिल बन्नुहोस् ।’ उनले पार्टीमा सीप, नैतिकताको शिक्षा दिइने र स्कुल प्रणालीको विकास गरिने बताए । नेपालले भने,‘पदको निम्ति हानथाप होइन । खुबी र क्षमता बढाउनुस् । प्रतिष्पर्धालाई हामी प्रोत्साहन दिन चाहन्छौं ।’

निर्देशककै अगाडि साडी लगाउथे युवती ‘अभिनेत्री बन्न’

मुम्बई । समय पूर्ण रुपमा परिवर्तन भइसकेको छ । समयसँगै फिल्मजगतमा पनि उस्तै परिवर्तन भइसकेको छ । फिल्मलाई मनपराउने दर्शकहरु फिल्मसँग जोडिएका हरेक साना कुरा जान्न चाहन्छन् । अडिसनदेखि फिल्ममा काम पाउने समयसम्मको प्रक्रिया कसरी अगाडि बढ्छ भन्नेसम्मको बारेमा जान्न फ्यानहरु उत्सुक हुन्छन् ।

सन् १९५१ को दशकमा अभिनेत्रीहरुलाई फिल्ममा आफ्नो स्थान बनाउन कतिको सकसपूर्ण थियो र उनीहरुले कसरी अडिसन दिन्थे भन्ने कुरा यहाँ खुलाइएको छ ।

आजको समयमा अडिसन लिनका लागि एक कास्टिङ टिम नै हुन्छ र उनीहरुले कैयौं चरणको अडिसन लिन्छन् । तर सन् १९५१ को दशकमा निर्देशक आफैंले अभिनेत्रीको अडिसन लिन्थे । सन् १९५१ को अडिसनको एक तस्वीर जेम्स बुर्केले लिएका थिए, जुन तस्वीर एक लोकप्रिय पत्रिकामा प्रकाशन भएको थियो । तस्वीरमा फिल्म जगतका लोकप्रिय निर्देशक अब्दुल राशिद करदार युवतीहरुको स्क्रिन टेस्ट लिइरहेको देखिन्छ ।

यो दशकमा युवतीहरु घरबाट अडिसनका लागि कुनै तयारी नगरी निर्देशकको अफिसमा पुग्थे । जहाँ उनीहरुले निर्देशककै अगाडि साडी लगाउँथे । जहाँ निर्देशकहरुले युवतीको अभिनयसँगै शरीरको लुक्सलाई पनि निरिक्षण गर्थे ।

आफ्नो फिल्मको अभिनेत्री छनोटका लागि निर्देशक निकै सुक्ष्म रुपले अभिनयसँगै अभिनेत्रीको हरेक बस्तुको विशेष ख्याल राख्थे । निर्देशकले अभिनेत्रीको कपालदेखि हरेक विषयबारे ध्यान दिन्थे ।

त्यो समयमा कोही अभिनेत्रीलाई फिल्ममा अनुबन्ध गर्नुअघि उसलाई हरेक भूमिकामा हिम्मत बढाउन र हरेक चुनौतीलाई आत्मविश्वासका साथ सामना गर्न निर्देशकले अडिसन लिने गर्दथे । युवतीहरु साडीसँगै पश्चिमा ग्ल्यामर लुक्सका पहिरनमा पनि अडिसन दिन्थे ।

त्यो समयमा कुनै पनि फिल्ममा अभिनय गर्न पाउनु सजिलो कुरा थिएन । अभिनेत्रीहरुले अडिसनसँगै निर्देशकका कैयौं प्रश्नको जवाफ पनि दिनुपथ्र्यो । अडिसनमा पुगेका युवतीहरु निर्देशकको मापदण्डमा उभिनु पथ्र्यो । जसका लागि उनीहरुले निर्देशकले जे भन्थे, त्यही हिसाबले अडिसन दिनुपथ्र्यो ।

स्वदेशी र पश्चिमा दुवै लुक्समा युवतीहरुले अडिसन दिनुपथ्र्यो । सन् १९५१ मा फिल्ममा भूमिका पाउनु सजिलो काम थिएन । यसका लागि युवतीले कैयौं अवरोध पार गर्नुपथ्र्यो । त्यो समयमा निर्देशकहरु युवतीका हरेक कुरा नोटिस गर्थे ।

भारती जोडीको जमानत ‘खतरनाक संकेत’: एनसीबी

मुम्बई । लागुऔषध मामलामा टेलिभिजन होस्ट र कमेडियन भारती सिंह तथा उनका पति हर्ष लिम्बाचियालाई जमानत दिने निर्णय प्रति नारकोटिक्स कन्ट्रोल ब्यूरो९एनसीबी०ले बिहीबार आपत्ति जनाएको छ । उसले मुम्बईको एक सत्र अदालतमा लागुऔषध मामलामा भारतीय र उनका पतिलाई जमानत दिने मजिस्ट्रेट अदालतको आदेश ‘समाजमा खतरनाक संकेत’ साबित हुन सक्ने चेतावनी दिएको छ ।

एनसीबीले अदालतको आदेशले समाजमा हाई प्रोफाइल अपराधी अदालतबाट सजिलै रिहा हुने सन्देश दिएको दाबी गरेको छ । ‘यो निर्णयले हाई प्रोफाइल अपराधीहरु अभियोग पक्षको कुरा नसुनी सजिलै रिहा भइरहने एक खतरनाक संकेत समाजका लागि दिएको छ’, एनसीबीले भनेको छ ।

एनसीबीले गत वर्ष नोभेम्बर १२ मा भारती र हर्षको अँधेरीस्थित घरमा छापा मारेपछि जोडीलाई पक्राउ गरेको थियो । यो जोडीलाई कम मात्रामा मारिजुआना राखेको र नशालु औषधिको सेवन गरेको आरोपमा पक्राउ गरिएको थियो ।

छापामारीमा उनीहरुको घरबाट ८६ दशमलब ५० ग्राम गाजा पनि बरामद गरिएको थियो । यो जोडीले आफूहरु भाङको सेवन गर्ने गरेको स्वीकारेका थिए ।

यो जोडीले पक्राउ पर्नासाथ सेप्टेम्बर २२ मा जमानतका लागि अदालतको ढोका ढकढक्याएका थिए । यो मुद्धालाई एनसीबी र पब्लिक प्रोसिक्यूटरको अदालतमा पेश गरिएको थिएन । जसलाई ध्यानमा राख्दै उनीहरुलाई १५ हजार निजी मुचुल्कामा जमानत दिइएको थियो ।

स्रोत नखुलेको ९५ लाखसहित दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँ आउँदै गरेको यात्रुबाहक बसबाट प्रहरीले दुई जना भारतीय नागरिकलाई ९५ लाखसहित पक्राउ गरेको छ।

प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले ग१ख ६६४५ नम्बरको यात्रुबाहक बसमा सवार दुई जनालाई शुक्रबार स्रोत नखुलेको रकमसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले बताए।

पक्राउ पर्नेमा भारत मुम्बई महाराष्ट्र प्रदेश सङ्ली जिल्ला थाना घर बताउने २६ वर्षीय सागर माली र सोही ठाउँबाट १९ वर्षीय कूष्ण अढाडे छन्। मालीको साथबाट ४५ लाख र अढाडेको साथबाट ५० लाख रुपैयाँ बरामद भएको एसएसपी सिंहले जानबारी दिए।

स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ। पक्राउ परेका दुबैलाई परिसरले हिरासतमा राखेर अनुसन्धान शुरू गरेको छ। पक्राउ परेकालाई आइतबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउने तयारी गरिएको सिंहले बताए।

प्रहरीले ९ महिनायता काठमाडौँबाट साढै चार करोड बढी रकमसहित १७ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ।

एमाले केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल सकियो

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल सकिएको छ । राजनीतिक, सांगठानिक र विधान संशोधन प्रतिवेदन मस्यौदा माथि समूहगत छलफल गरिएको छ ।

केन्द्रीय सदस्यहरुले समूहगत छलफलमा प्रतिवेदन मस्यौदामाथि सुझाव राखेका छन् ।

उक्त सुझावहरुलाई अब केन्द्रीय कमिटी बैठकमा समूह नेताले प्रस्तुत गर्ने एक नेताले बताए ।

समूह प्रदेशका आधारमा बनाइएको छ । प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, बागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा, लुम्बिनीबाट दलबहादुर राना, कर्णालीबाट यमलाल कँडेल, सूदुरपश्चिमबाट कर्णबहादुर थापा, उपत्यका विशेषबाट माधव ढुंगेल र जनसंगठनबाट खिमलाल भट्टराई टोली नेता छन् ।

प्रतिवेदन मस्यौदामाथि टोली नेताहरुले राखेको सुझावको जवाफ दिएपछि बैठक सकिनेछ । १५–१७ असोजमा हुने एमाले विधान महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, महासचिव ईश्वर पोखरेलले संगठनात्मक र उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन मस्यौदा तयार पारेका छन् ।

जनताको मन जित्ने गरी गाउँ-नगरमा सक्रिय हुन देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्य मापदण्ड पालना गरेर अधिवेशनमा सहभागी हुन नेता–कार्यकर्ताहरुलाई आग्रह गरेका छन्। उनले शनिबार सुरु भएको गाउँ-नगरपालिका अधिवेशनको अवसरमा सामाजिक सञ्जालमार्फत स्वास्थ्य मापदण्डको पालना गरेर अधिवेशनमा सहभागी हुन नेता–कार्यकर्ताहरुलाई आग्रह गरेका हुन्।

कांग्रेसका वडा अधिवेशन सकिएका ६४ जिल्लाको पालिका अधिवेशन आज सुरु भएसँगै सभापति देउवाले नगर र गाउँपालिका अधिवेशनको प्रक्रियामा सहभागि कांग्रेसका प्रतिनिधिहरुलाई आफ्नो भूमिकालाई प्रभावकारी बनाउन आग्रह गरेका हुन् । उनले प्रतिनिधिको पार्टीप्रतिको विश्वास र प्रतिवद्धताले कांग्रेसलाई थप बलियो बनाउने उनले जनाएका छन्।

कांग्रेस पार्टीबाट पुराना नेतालाई सम्मानपूर्वक नेतृत्वबाट बिदाइ गर्नुपर्छ : प्रकाशमान सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्तारुढ गठबन्धन दलका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको बताएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्ने बताए ।

‘२५ सदस्यीय मन्त्रिपरिषद् बनाउनुपर्ने छ । त्यसले पूर्णता पाएको छैन । सत्तारुढ घटक पार्टीहरूको कारण, नयाँ पार्टी गठन भएकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन,’ शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सिंहले भने, ‘उहाँहरूका अदालतमा मुद्दा छ । गठबन्धनका दलहरू आन्तरिक व्यवस्थापनमा व्यस्त हुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलासुस्ती भएको हो । प्रधानमन्त्रीले सकेसम्म चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिनुप¥यो ।’

नेपालमा लगानी गर्नेका लागि स्रोत नखोज्ने र सेनिटरी प्याडमा कर लगाउने सरकारको योजनामा पनि सिंहले प्रश्न उठाए । उनले पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले यस्ता निर्णयमा ध्यान दिनुपर्ने बताए । सरकारको नेतृत्व गरिरहेको राजनीतिक दल भएकाले यी योजनामाथिका प्रश्न कांग्रेसलाई आउने उनको भनाइ थियो ।

नेता सिंहले अब पुराना नेताहरूलाई सम्मानपूर्वक पार्टीको नेतृत्वबाट बिदाइ गर्नुपर्ने बताए । ‘पुराना नेताहरूलाई सम्मानजनक रूपमा नेतृत्वबाट बाहिर पठाएर नयाँ नेताहरूले नेतृत्व लिएर जनतामा आश जगाउनुपर्छ,’ उनले भने । राजनीति जनताको विश्वासमा चल्ने र त्यो कायम राख्नका लागि जनताको विश्वास गुमाइसकेपछि नेतालाई बारम्बार पदमा पु¥याउने काम गर्न नहुने उनले बताए । पदमा पुगेर केही काम नगर्ने नेतालाई बिदा गर्नुपर्ने उनको भनाइ थियो ।

कांग्रेसको १४ औँ महाधिवेशनको मिति पटकपटक सर्नुको कारण संगठन कब्जा गर्ने मनशाय रहेको पनि सिंहले आरोप लगाए । कांग्रेसमा अहिले ‘ए कांग्रेस’, ‘बी कांग्रेस’ र ‘सी कांग्रेस’ मात्रै देखिएको तर कांग्रेस नदेखिएको भन्दै उनले आगामी महाधिवेशनपछि संस्थागत रूपमा पार्टी अघि बढाइने बताए ।

सम्झौता भन्दा सात महिना अगाडि नै तीन वटा पुल निर्माण सम्पन्न

जनकपुरधाम । ठेक्का सम्झौता अवधिमा काम सम्पन्न नगर्ने परिपाटी बढिरहेका बेला धनुषाको महेन्द्रनगरस्थित औरही खोलामा रसुवा कन्स्ट्रक्सनले सात महिना अगाडि नै तीन वटा पुल निर्माण सम्पन्न गरेको छ । ढल्केवर–जनकपुर–जटही सडक खण्डमा रसुवा निर्माण कम्पनीले सम्झौता अवधि सकिन सात महिना बाँकी रहँदै तीन वटा पुल निर्माण सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेको छ ।
ढल्केवर–जनकपुर–जटही सडकलाई ६ लेनमा स्तरोन्नति गरेपछि धनुषाको महेन्द्रनगरस्थित औरही खोलामा सरकारले ६ लेनको सडकलाई मिल्ने गरी तीन वटा पुल निर्माण गरेको हो । सडक विस्तार भएदेखि सवारी साधनको चाप बढेको र भएको पुरानो पुलबाट आउजाउ गर्न समस्या भइरहेका बेला एकै चोटि तीन तीन वटा पुल बनेपछि सवारी साधनलाई आउजाउ गर्न सहज भएको छ ।
सरकारसँग भएको सम्झौता अनुसार २०७८ चैत्र मसान्तमा तीन वटै पुल हस्तान्तरण गर्नुपर्ने थियो । तर, काम सम्पन्न हुनुपर्ने मिति भन्दा सात महिना अगाडि नै ७७ करोड २७ लाखको लागतमा पुल निर्माणको काम सम्पन्न भएको हो । नेपाल सरकार र रसुवा कन्स्ट्रक्सन बीच २०७६ असोज ३० गते सम्झौता भई मङ्सिरदेखि काम सुरु भएका तीन वटै पुल सवारी साधनका लागि खुला गरिएको छ ।
औरही खोलामा ठेकेदारले सात महिना अगाडि तीन वटा पुल निर्माण गरेर हस्तान्तरण गरे पनि ढल्केवर–जटही खण्डमा ६ लेनकै सडकको सपही र नक्टाझिजस्थित खहरे खोलामा एकै दिन सम्झौता भएको अर्को निर्माण कम्पनीले जग निर्माण गरेर पुलको बाँकी काम अधुरै छाडेको छ ।
औरही खोलामा निर्माण सम्पन्न तीन वटा पुलमध्ये दुई वटा पुल ६ लेन सडकका लागि हुन् भने एउटा पुललाई सर्विस लेनको रूपमा राखिएको छ । पुलको लम्बाई १ सय ४३ दशमलव ५ मिटर र चौडाइ ११ दशमलव ६ मिटर छ ।
यस अघि पनि दर्जनौँ स्थानमा रसुवा कन्स्ट्रक्सनले ठेक्का सम्झौता अवधि भन्दा अगावै निर्माण सम्पन्न गरी सरकारलाई आयोजना हस्तान्तरण गरिसकेको छ ।

आज २०७८ असाेज ९ गते शनिबारको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ । पढाइ लेखाइ तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । वन्द व्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुखी हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आउने अवसरलाई सही रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नोकरिमा वढोत्तरी हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् ।गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । राजनीति तथा समाजसेवामा गरीएको लगानी बालुवामा पानि जस्तै हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । नीति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथी हरुबाट आलोचना खप्नु पर्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेकोछ । मन कमजोर हुनेहुदा पढाइ लेखाइमा मन जानेछैन भने अरुभन्दा पछि परिनेछ । परिस्थितीले ऋण लगाउँने तथा बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । घरपरिवारमा आफन्त विच मनमुटाव बढ्ने तथा माया प्रेममा गलत बुझाईले समस्या निम्त्याउँन सक्छ, सचेत रहनुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

सवारी साधन तथा भौतिक सम्पती हात लागी हुनेछ भने विलासी वस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुदा मन प्रसन्न रहनेछ । नोकरी पाउँने तथा पदोन्नतीको प्रशस्त सम्भावना रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । खाद्यान्न लगाएत व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिने तथा परिवारका आवश्यक्ताहरु पूरा गर्न सकिनेछ । अध्ययनमा प्रतिस्पर्धीहरुलार्ई साईड लगाउँदै एक दुई कदम अगाडी बढ्न सकिनेछ । नयाँ ठाउबाट प्रेम प्रस्ताव आउने तथा प्रेमका कोपिलाहरु पक्रिएर जानेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

बौद्धिक कार्यमा सहभागी भएतापनि उपलव्धी भने नगन्य जस्तै हुनेछ । माया प्रेममा अविस्वास बढ्ने योग रहेकोछ । पति पत्नी विच मनमुटाव बड्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ । बिद्यामा सफलता पाउँन निकै मेहनेत गर्नुपर्ला । आफन्तबाट उपाहार प्राप्तीको योग रहेपनि टरेर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

राजनीति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यावहार गर्नुहोला आलोचनाको शिकार हुनुपर्नेछ । आमाको तथा आमा सरहका मानिसको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्नेछ । अध्ययन तथा अध्यापनमा मन नजाने हुनाले अरुभन्दा पछी परिनेछ । माया प्रेममा सामान्य मनमुटाव बढ्नेछ ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

दाजुभाई तथा छिमेकिबाट तपार्ईँले शुरु गरेको काममा सहयोग तथा समर्थन हुने हुदा मन प्रशन्न हुनेछ । मायाप्रेममा एक अर्काको भावना बुझ्न सकिने हुदा थप प्रगाडता बढेर जानेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडी बढ्ने योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आफन्त तथा परिवारका सदस्यहरुसँग घरायसी कुरामा राय बाजिनेछ भने आफन्तसँग कुनैपनि कारोबार नगर्नुहोला विवाद हुनसक्छ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने घर परिवार तथा कुटुम्वसँग मनमुटाव वढ्ने योग रहेकोछ । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

समाजसेवामा गरीएको लगानीबाट भनेजस्तो उपलव्धी हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउँने योग रहेको छ । सुन्दर तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर वस्त्र पहिरन अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडी बढ्न सकिने ग्रहयोग रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आफन्तजन तथा दाजुभाईबाट प्रशस्त सहयोग पाईनेछ । तरलपदार्थ पानि,दुध र खाद्यान्न जस्ता व्यावसाय फस्टाएर जानेछ । सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । बिद्यामा तपार्ईँले गरेको मिहिनेत खेर जानेछैन ।

शनिबार कुन भगवानको कसरी गर्ने पूजा ?

काठमाडौँ । हिन्दु धर्ममा विश्वास राख्ने मानिसहरुले हप्ताको सातै दिन फरक फरक भगवानको पूजा गर्ने चलन रहेको छ ।

विशेष व्रत उपवास बाहेक हप्ताको कुनै एक दिन त्यो भगवानको लागि व्रत बसेर पूजा गर्ने गर्छन् ।

आज शनिबार शनिदेवको पूजा गर्ने चलन रहेको छ ।

मूर्ति रूप मा गर्नु हुदैन शनिको पूजा

शनि देवको पूजा गर्दा एउटा कुराको ध्यान राख्नु जरूरी छ, शनिदेवलाई आफ्नो मूर्तिको समक्ष पूजा गरेको मन पर्दैन । त्यसैले शनिको आराधना सदैव त्यो मन्दिरमा मात्र गर्नुपर्दछ जहाँ शनिदेव शिला रूपमा विराजमान हुन् ।

यसको अलावा शनिदेवको आराधना उनको प्रतीक मानिने शमी या पीपल को वृक्षको पनि गर्नु पर्दछ । शनिदेवको पूजा शनिबार मात्र गर्नु पर्दछ ।

यसरी गरौँ पूजा

शनिवारको पूजा गर्दा यो कुराको ध्‍यान राखौँ । यस दिन पीपलको रुखको जरामा नै जल अर्पण गरौँ।

यसको साथै शनिदेवलाई प्रसन्न गर्नका लागि तोरीको तेलको दीप जलाउ । शनिको पूजा गर्नु भन्दा पहिले आफ्नो आचरण स्‍वच्‍छ राख्नु पर्दछ। यसको अलावा शनिबारको दिन बेलुका गरीबलाई भोजन गराउँदा शनिदेव प्रसन्न हुन्छन् र यसले पुण्‍य प्राप्त हुन्छ।

नेकपा एस युवा संघले कार्यक्रमहरुमा खादा-माला प्रयोग नगर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले आफ्नो कुनै पनि कार्यक्रममा खादा माला प्रयोग नगर्ने भएको छ ।
बुद्धनगरमा बसेको केन्द्रीय कमिटी बैठकबाटै खादा माला प्रयोग गर्न छाडेको प्रवक्ता सञ्जीव राईले बताए ।
‘युुवा संघको केन्द्र, प्रदेशदेखि सबै संगठनले गर्ने कार्यक्रममा खादा माला प्रयोग गर्दैनौं,’ राईले भने ।
अनुत्पादक र अनावश्यक भएकाले खादा माला प्रयोगको प्रचलन तोड्ने उनले बताए ।
कार्यक्रमको शैली पनि परिवर्तन गर्ने युवा संघले निर्णय गरेको छ ।
अब युवा संघको कार्यक्रममा अध्यक्ष मात्रै अगाडि बस्नेछन् । अतिथिहरु सहभागीहरुसँग बस्नेछन् ।
बिहीबार शुरु भएको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपाल सहभागीहरुसँगै बसेका थिए । ‘बैठक चलाउँदा अध्यक्ष अगाडि बसेर सहभागीहरुलाई हेर्नुहुन्छ, सहभागीहरुले विषयवस्तुप्रति ध्यान दिए वा नदिएको अवलोकन गर्नुहुन्छ,’ राईले भने, ‘यसले बैठकमा भाग लिने, तर मोबाइल चलाएर बस्ने प्रवृत्तिको पनि अन्त्य हुन्छ ।’

उद्योगपति वसन्त चौधरीलाई ह्रदयघात

काठमाडौं । उद्योगपति तथा कवि वसन्त चौधरीलाई ह्रदयघात भएको छ ।
पारिवारिक घुमफिरका लागि दुबई पुगेका चौधरीलाई अकस्मात ह्रदयघात भएको हो ।
हाल दुबईमा रहेका चौधरीको स्वास्थ्यमा समस्या आएपछि एन्जियोग्राफी गर्दा मुटुमा समस्या देखिएको थियो ।
शुक्रबार ह्रदयघात भएलगत्तै चौधरीलाई दुबईस्थित अमेरिकन अस्पातालमा भर्ना गरिएको छ ।
उनको ओपन हार्ट सर्जरी गर्ने तयारी गरिएको उनको पारिवारिक श्रोतले बताएको छ ।

देवानगंज गाउँपालिका अध्यक्षको निर्देशनमा काँग्रेसको चुनावका लागि आज विद्यालय बन्द

देवानगंज ।  सुनसरीको देवानगंज गाउँपालिका वडा नम्बर २ मा रहेको श्री माध्यमिक विद्यालय आज बन्द गएिको थियो । नेपाली काँग्रेस देवानगंजको अधिवेशनको लागि विद्यालय आज बन्द गरिएको बुझिएको छ । कोरोना माहमारी पछि बल्ल खुल्लेको विद्यालय यसरी पार्टीको कार्यक्रमको लागि बन्द गरिनु राम्रो नभएको स्थानिय अभिवाकहरुको भनाइ रहेको छ ।

शिक्षा जस्तो प्रवृत स्थालमा राजनितिक पार्टीको कार्यक्रमले गर्दा पठनपाठननै ठप गरिनु लजास्पद भएको र यसले विद्यार्थीको भबिष्य माथिको खेलवाड भएको प्रष्ट देखिन्छ ।

देवानगंज गाउँपालिका अध्यक्ष लालि प्रसाद मेहताको ठाडो निदेर्शनमा विद्यालय बन्द गरिएको समाचार स्रोतले बताएका छन् । गाउँपालिका अध्यक्ष लाली प्रसाद मेहताको यस्तो लजास्पद निर्णयले विद्यालयलाई राजनितिक स्वार्थका लागि प्रयोग गरेको देखिन्छ ।
अध्यक्ष मेहताले विद्यालय बन्द गाराएर विद्यार्थीको भविष्य संग खेल्वाड गरिरहको प्रष्ट देखिन्छ । गाउँपालिकामै दुइ, तिन वटा समुदायिक भवनहरु रहेपनि बिद्यालयनै बन्द गरिनु आवश्यक नभएको स्थानिय यूवाहरुको भनाइ रहेको छ ।

गाउँपालिका अध्यक्ष मेहता आफनो पदिय मरियाद लाई समेत ख्याल नगरि निर्देशन दिनु गाउँपालिका अध्यक्ष लाली प्रसाद मेहता देवानगंज गाउँपालिका अध्यक्ष नभइ नेपाली काँग्रेस पार्टी कार्यकताको मात्र अध्यक्ष भएको जनमत पार्टी सुनसरीका नेता भवानी मेहताको भनाई रहेको छ ।
अध्यक्ष मेहताको हेपाहा प्रवृति र नेपाली काँग्रसे देवानगंजको गतिबिधिले नेपाली काँग्रेसलाई आउने चुनावमा जनताले यसको फैसला गर्नै निश्चित रहेको एमालेका यूवा नेता रबिन्द्र यादवले बताए ।
यता यसै बिषायमा बुझन विद्यालयको प्रधानाअध्यापक जर्नादन गुप्ताले गाउँपालिका अध्यक्ष लाली प्रसाद मेहताको निदेर्शणमा विद्यालय बन्द गरिएको प्रतिकृया दिनु भयो । यसले पनि प्रष्ट हुन्छ कि गाउँपालिका अध्यक्ष लाली प्रसाद मेहता कतिको गैर जिमेवार रहेको छ ।

 

राष्ट्रिय सभामा एमाले सांसदहरुको अवरोध

काठमाडौँ ।  शुक्रबार राष्ट्रिय सभा बैठक सुरु भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जारी राखेको छ । बैठक सुरु हुनासाथ प्रतिपक्षी नेकपा एमालेका सांसद खिमलाल भट्टराईले आफूहरुले उठाएका विषय र मुद्दा यथावत रहेकोले आफूहरुको बिरोध जारी रहने बताएका थिए ।

उनले यसो भनेसँगै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले आसन ग्रहण गरे सभालाई सुचारु गर्न भन्दै बस्न आग्रह गरेका थिए, तर एमाले सांसदहरुले बिरोध जारी राखे । त्यसपछि उनले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणको पत्र पढेर सुनाएका थिए । बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।

तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन तीन सातादेखि ठप्प

पर्वत । पर्वतमा सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी–१ को उत्पादन विगत तीन सातादेखि ठप्प बनेको छ। गत भदौ १७ गते राति आएको बाढीले आयोजना क्षतविक्षत बनाएपछि उत्पादन ठप्प बनेको हो। युनाइटेड मोदी हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित यो आयोजना तत्काल मर्मत गर्न नसकिने गरी क्षतविक्षत बनाएकाले उत्पादन सञ्चालन हुन नसकेको आयोजनाले जनाएको छ।

बाढीले आयोजनाको नहर, बाँधस्थल, सेयर वाल, स्ल्याबलगायतका संरचनामा क्षति पुगेको छ। विद्युत् उत्पादनगृहमा कुनै क्षति नपुगे पनि नहरबाट पानी पास गराउन समय लागेको हो। उक्त आयोजनाको विद्युत्गृहदेखि मोदी सबस्टेशन जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइनको चार नम्बर टावरसमेत पहिराले ढालेको छ।

टावर ढलेसँगै तल्लो मोदी–१ को विद्युत्गृहमा पठाउने पानीको नहरको ५०० मिटर भागमा लेदोसहितको माटो थुप्रिनाका साथै करिब एक किमी क्षेत्र क्षतविक्षत बनाएको थियो। त्यसबाहेक युनाइटेड मोदी आयोजनाले नै निर्माण गरेको विद्युत् प्रसारण टावरसमेत पहिराले ढालेको छ। ढालेको टावर निर्माणमा मात्रै करिब रु डेढ करोड खर्च लाग्ने आयोजना कार्यालयले जनाएको छ। आयोजनाको विद्युत् उत्पादन रोकिँदा दैनिक रु १० देखि ११ लाखको नोक्सान भइरहेको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले जानकारी दिए।

बाढी र पहिराका कारण नोक्सान मात्रै रु पाँच करोडभन्दा बढी भएको उनले बताए। अहिले मर्मतको काम चलिरहेको र अझै केही समय लाग्ने उनको भनाइ छ। आयोजनाको संरचना र हालसम्म उत्पादन हुने विद्युत्को नोक्सान मात्रै गरी करिब रु सात करोड भइसकेको उनले बताए। सोही दिनको पहिराले युनाइटेड मोदी कम्पनीले नै निर्माण गरेको प्रसारण लाइनको टावर ढाल्दा करिब दुई साता धवलागिरिको विद्युत् प्रसारण रोकिएको थियो। टावर पुरानै अवस्थामा पुनःनिर्माण गर्न अझै केही महिना लाग्ने कम्पनीले जनाएको छ। टावर निर्माणमा ढिलाइ हुने भएपछि विद्युत् प्राधिकरणले प्रसारण लाइनको अस्थायी व्यवस्था गरेर म्याग्दी र मुस्ताङमा उत्पादित विद्युत् प्रसारण लाइनमा पठाएको छ।

“अहिलेका लागि अस्थायी टावर बनाएर म्याग्दी र मुस्ताङको उत्पादन राष्ट्रिय प्रसारण लाइनमा पठाइएको छ”, कालीगण्डकी प्रसारण करिडोर आयोजनाका प्रमुख चन्दनकुमार घोषले भने “मोदीको टावर बनेपछि सोही टावरमा जोडिन्छ।” सोही टावर हुँदै १० मेगावाटको तल्लो मोदी–१ सहित म्याग्दीको अन्नपूर्ण–४ नारच्याङस्थित ४२ मेगावाटको मिस्त्रीखोला, पाँच मेगावाटको घलेम्दीखोला र मुस्ताङको थासाङ–१ टुकुचेको १३.६ मेगावाटको थापाखोला जलविद्युत् आयोजनाको उत्पादन प्रसारण भइरहेको थियो।

युनाइटेड मोदीको तल्लोमोदी–१ बाहेक म्याग्दी र मुस्ताङको विद्युत् भने भदौ ३१ देखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो। गत माघमा सम्पन्न भएको खुर्कोट–दाना प्रसारण लाइन सम्पन्न भएपछि मुस्ताङ र म्याग्दीमा उत्पादित विद्युत् पनि यही बाटो हुँदै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो।

गैँडा चोरीसिकारको अभियोगमा फरार व्यक्ति पक्राउ

चितवन ।  चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा चोरीसिकार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । निकुञ्जको अनुरोधमा निजलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मुगुको साविक मुगु गाविस–९ स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने ५९ वर्षीय नाङ्गे तामाङ लामा छन् ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार विसं २०७६ भदौ ३१ गते निकुञ्जको बाँदरझुला पोष्टको मर्दीघोलमा तस्करले गैँडा मारेका थिए । उक्त घटनाको अनुसन्धानका क्रममा १५ जना संलग्न रहेको खुलेको थियो । त्यसमध्ये पाँच जना यसअघि नै पक्राउ परेका थिए । अधिकारीका अनुसार फरार १० मध्ये निज लामा पक्राउ परी पुर्पक्षका लागि भरतपुर कारागार चलान गरिएका हुन् ।